Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • उज्यालो भविष्य खोज्दै रामेछाप भुजीका बालबालिका
उज्यालो भविष्य खोज्दै रामेछाप भुजीका बालबालिका
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, कात्तिक २५, २०८०
ठिङ्केपु आधारभूत विद्यालय

मन्थली, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका-७ भुजीस्थित ठिङ्केपु आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्ने रिया सुनुवार माथि हेर्दै डराइडराइ पहिरो पार गरेर विद्यालय पुग्छिन्। उनलाई विद्यालयमा पढ्न आउँदा र फर्किंदा माथिबाट पहिरोसहित ढुङ्गा खस्छ कि भन्ने डर छ। ज्यान जोखिममा राखेर उनीजस्ता बालबालिका उज्यालो भविश्य खोजिरहेका छन्।

पहिरोका कारण स्थानीय ठिङ्केपु विद्यालयमा पढ्न आउने रियासँगै खिनमाया, आईश्वरी, अर्निता जस्ता धेरै बालबालिका जोखिम पार गरेर पढ्न आउन बाध्य छन्। भविष्यलाई उज्यालो बनाउन उनीहरु जस्ता धेरै बालबालिकाले सङ्घर्ष गरिरहेका छन्।

पहिरोकै कारण विद्यालयमा आउने विद्यार्थी कम भइसकेका विद्यालयका प्रधानाध्यापक राजन सुवेदीले बताए। “यो पहिरो जानुअघि ३ सय ५० भन्दाबढी विद्यार्थी थिए। अहिले घटेर ७५ पुगेका छन्। हिँउद र वर्षा दुवै समयमा आउने पहिरोका कारण विद्यालय सञ्चालन गर्न कठिनाइ भइरहेको छ। हिजोआज पनि विद्यार्थीहरू डराइडराई विद्यालयमा आइपुग्छन्। सर आज ढुङ्गा खसेन नी भनेर खुसी हुन्छन्”, उनले भने, “वर्षाको बेलामा ल्याउने र पुर्याउने गर्नुपर्छ। पहिरो कटाउन सकिएन भने यतै व्यवस्थापन गर्नुपर्छ। ठूलै झरी परे विद्यार्थी आउने सम्भावना नै हुँदैन।”

ज्यान जोखिममा राखेर नानीबाबुहरू आउँछन्। मानसिकरूपमा नै थाकेर स्कुल आइपुगेका कलिलो दिमागले कति ज्ञान लिन सक्लान् र खै? सुवेदीले दुखेसो पोखे। “यो त दोस्रो घ्याप्चेभन्दा पनि फरक पर्दैन। त्यहाँ जस्तै यहाँ पनि पहिरोले साह्रो कष्टकर दैनिकी बनाएको छ”, उनले भने।

मन्थली नगरपालिका र लिखु तामाकोसी गाँउपालिकाको सिमानामा पर्ने ध्याप्चे पहिराका कारण सालुको गैराथोक कठजोरको अर्चलेका धेरै स्थानीय विस्थापित भइसकेका छन्। सदरमुकाम मन्थली र आसपासका धेरै खेतीयोग्य जमिनलाई नस्ट पारेको घ्याप्चेको पहिरोलाई जिल्लाको ठूलो पहिराका रुपमा लिइन्छ।

सानो पानी परे पनि पहिरो खस्ने र हिउँदमा सुख्खा पहिरो खसेर बाटो माथिबाट ढुङ्गा झर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकुमार सुनुवारले बताए। “पानी पर्याे कि पहिरो झरिहाल्छ। पहिरो कतिबेला आएर के गर्ने हो पत्तो हुँदैन। अर्कोबाटो भएर घुमेर आउ नानीबाबु भन्न पनि कतै बाटो छैन”, उनले भने, “पहिरो झरेको फेदीमा झेलुङ्गे पुलको योजना पर्याे भन्ने सुनिन्छ तर पुल तरेर आउदारजाँदा बालबालिकालाई निकै उकालो ओरालो हिँड्नुपर्छ।”

भुजीको पहिरो रोकिनेभन्दा पनि जोखिम बढाउँदै गइरहेको छ। विसं २०७२ को भूकम्पदेखि सुरु भएको उक्त पहिरो त्यस वर्षको वर्षात्को समयदेखि बढ्दै गएको स्थानीय भीमबहादुर नेवारले बताए।

“निरन्तर पहिरो झर्ने भएकाले जोखिम बढ्दै गएको छ । विद्यालय जानेरआउने बालबालिकालाई निकै समस्या छ”, उनले भने, “जोखिमका कारण वर्षाद्को समयमा बालबालिकालाई वडाको व्यवस्थापनमा वडा कार्यालयमा राखेर पढउने गरिन्छ।”

पहिराका कारण भुजीको ठिङ्केपुु पीपलडाँडा, सारीटोल, कोकर्सी गाउँको नेवारी, सुनुवार र दलित समुदाय गरी करिब ८० घरपरिवार विस्थापित भइसकेका उमाकुण्ड गाउँ कार्यपालिका सदस्य हेमन्त सुनुवारले जानकारी दिए।

उनका अनुसार पीपलडाँडाबाट विस्थापित भई वडाध्यक्ष रुद्रमणि नेवारसहित दलित र नेवारी समुदायका २५ घरपरिवार अन्यत्र बसाइँसराइ गरिसकेका छन्।

भूर्गविद्लाई यससम्बन्धी गहिरिएर अध्ययन गराई समस्याको समाधान गर्नुपर्ने भन्दै समयमा नै समस्या समाधान नभए थप जोखिम बढ्ने कार्यपालिका सदस्य सुनुवारले बताए।

“सरकारले यस ठाउँको बस्ती स्थानान्तरणको कार्यक्रम ल्याएको छ। उक्त कार्यक्रम प्रभावकारी ढङ्गबाट कार्यान्वयन हुन सकेको छैन। रुना, ठिङ्केपु, पीपलडाँडा, फास्तुबाट वडा कार्यालय आवतजावत गर्न सङ्घीय सरकारमार्फत मुहान खोलामा झोलुङ्गे पुलको योजना पर्नुका साथै पहिरो नियन्त्रणका लागि प्रदेश सरकारबाट १० लाखको योजना परेको छ। तर यो मात्र पर्याप्त छैन”, उनले भने।

उक्त पहिरोको जोखिमका कारण वर्षाद्का समयमा भुजीस्थित पोल्दिममा भएको स्वास्थ्यचौकीमा र वडा कार्यालयमा आउने सेवाग्राहीको सङ्ख्या पनि घटेको स्थानीय दशराम सुनुवारले जानकारी दिए।

“पहिरोले विद्यालय र बालबालिकालाई मात्र नभएर अरु स्थानीयलाई समेत समस्या परेको छ। ओल्लोपाटोका नागरिकलाई किनमेलका लागिसमेत समस्या छ”, उनले भने, “दैनिक उपभोग्य सामान खरिदका लागि पहिरो कटेर जानुपर्ने बाध्यता छ।”

पहिरोलाई रोकछेक गर्ने कुनै सम्भावना नै नभएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताए । “हामीले अहिलेलाई त्यहीँ पहिरोको बीचबाट बाटो खोलेका छौँ। तर त्यहाँबाट आवतजावत गर्न जोखिम छ”, उनले भने, “हरेक वर्ष बाटो खोल्छौँ। वर्षा लागेपछि बाटो सरेर झण्डै एक सय मिटरभन्दा तल पुगेको हुन्छ। त्यसको विकल्पका लागि पुल बनाउने योजनामा छौँ।”

पुल निर्माणका लागि कार्यपालिकाबाट निर्णय भएर केन्द्रमा गइसकेको अध्यक्ष सुनुवारले जानकारी दिए। यो प्रक्रियागत काम भएकाले छिट्टै पुल बनाउने काम सुरु हुने उनको भनाइ थियो। पुल बनेपछि मात्रै यहाँका नागरिकले पहिरोको जोखिमबाट मुक्ति पाउनेछन्।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १८:१९
##ramechhap #bhuji #school
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी शनिबार, असोज १०, २०८३
महिनावारी सुकेपछि हुने चर्को गर्मी
महिनावारी सुकेपछि हुने चर्को गर्मी सोमबार, असोज ५, २०८३
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न शनिबार, असोज ३, २०८३
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प बुधबार, भदौ २४, २०८३
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ?
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ? मंगलबार, भदौ १६, २०८३
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग मंगलबार, भदौ ९, २०८३
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ?
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ? शुक्रबार, साउन २२, २०८३
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर सोमबार, साउन १८, २०८३
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत मंगलबार, साउन १२, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ५ रूम नं १९४
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्