Top Navigation
Main Navigation
शनिबार, माघ ११, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, माघ ११, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरेर संसद् बोलाउनुपर्छ : वरिष्ठ अधिवक्ता श्रेष्ठ
संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरेर संसद् बोलाउनुपर्छ : वरिष्ठ अधिवक्ता श्रेष्ठ
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असार १०, २०७८

काठमाडौ । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभाका सदस्य शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) अनुसार १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका अवस्थामा राष्ट्रपतिले उनलाई सो पदमा नियुक्त गर्नुपर्ने जिकिर गरेको छ। 

प्रतिनिधिसभा विघटनको खारेजी र देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा भएको सुनुवाइका क्रममा बहस गर्दै उनले प्रधानमन्त्री बन्नका लागि आवश्यक बहुमतसहितका सांसदको हस्ताक्षरसहितको दाबी पेश गर्दा सो पदमा नियुक्त नगरेर संविधानको उल्लंघन भएको बताएको हो। 
 
सर्वोच्च अदालतका पछिल्ला फैसलाले विकृत संसदीय प्रणाली सुधार गरेको वरिष्ठ अधिवक्ता श्रेष्ठको भनाइ थियो। “प्रधानमन्त्री रहने/नरहने भन्ने होइन, संविधानसभाले बनाएको संविधान असफल भयो भने जिम्मा कसले लिन्छ?”, उनले प्रश्न गरे “धारा ७६ का सबै अधिकार मैले जे गरे नि हुने भन्ने राष्ट्रपतिलाई भयो । सदनप्रति उत्तरदायी हुनु नपर्ने त्यो अधिकार उहाँलाई छ त ?”
  
प्रधानमन्त्री कार्यालयबाट अघिल्लो पटक र यसपटक फरकफरक लिखित जवाफ दिइएको जिकिर गर्दै उनले  १४९ जनाको हस्ताक्षरसहित  दाबी पेश गरेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री देउवालाई नियुक्त गरेर संसद् बोलाउनुपर्ने जिकिर गरेका थिए ।  
 
झण्डै ५० मिनेट बहसमा उत्रिएका श्रेष्ठले संविधानको धारा (७६) ५ मा आइपुग्दा सांसद स्वतन्त्र हुने जिकिर गरेका हुन्। सरकार गठनका अन्य विकल्पमा दलको संलग्नता संविधानमा नै निर्दिष्ट गरिएको उल्लेख गर्दै उनले दलको संलग्नतामा सरकार बन्न नसकेपछि स्वतन्त्र सांसदको हैसियतमा प्रधानमन्त्री बन्न सक्ने गरी (७६) ५ को व्यवस्था  गरिएको बताए। 
 
“धारा ७६ (५) सांसदहरुलाई दिइएको ब्रह्मास्त्र हो । उपधारा ५ अनुसार सांसदहरुले अन्तिमसम्म पनि सरकार दिएर संसद् जोगाउन सक्छन्”, उनले भने, “जहाँ सांसदहरुले स्वतन्त्र रुपमा सरकार बनाएर संसद् जोगाउन सक्छन्। धारा ७६ (५) अनुसार दलको समर्थन चाहिने, अर्को दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न नपाउने भन्ने तर्कै हुन सक्दैन।”
     
वरिष्ठ अधिवक्ता हरिहर दाहालले १४९ सांसदको हस्ताक्षरभन्दा बलियो आधार के हुन्छ भनी प्रश्न गदै उनले भने, “प्रतिनिधिसभा रातारात विघटन भयो, बिहान पनि पर्खिएन । दुई मिनेट ढिला भयो भने त बर्बादै हुन्छ कि जस्तो गरियो। राष्ट्रपतिले जसरी भए पनि केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा टिकाइराख्न खोज्नुभयो, रातारात भए पनि प्रधानमन्त्रीको पद जोगाउनुप¥यो उहाँहरुलाई।”
 

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १४:२१
##RamanShrestha
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
देशभर प्रतिनिधिसभा निर्वाचन: तीन हजार ४०६ उमेदवार मैदानमा
देशभर प्रतिनिधिसभा निर्वाचन: तीन हजार ४०६ उमेदवार मैदानमा शनिबार, माघ ११, २०८२
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने शुक्रबार, माघ १०, २०८२
१६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी
१६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी मंगलबार, माघ ७, २०८२
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता मंगलबार, माघ ७, २०८२
६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल
६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल मंगलबार, माघ ७, २०८२
प्रतिनिधिसभा निर्वाचनकाे आज उम्मेदवारी दर्ता 
प्रतिनिधिसभा निर्वाचनकाे आज उम्मेदवारी दर्ता  मंगलबार, माघ ७, २०८२
आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदै
आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदै सोमबार, माघ ६, २०८२
६३ दलका ३ हजार २१३ समानुपातिक उम्मेदवार
६३ दलका ३ हजार २१३ समानुपातिक उम्मेदवार आइतबार, माघ ५, २०८२
यस्ताे छ बालेनकाे चुनावी कार्यक्रम
यस्ताे छ बालेनकाे चुनावी कार्यक्रम शनिबार, माघ ४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ यस्ताे छ बालेनकाे चुनावी कार्यक्रम
  • नंः २ ६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल
  • नंः ३ १६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी
  • नंः ४ नेपाली काँग्रेस विभाजन हुनु राम्रो होइन्:  प्रचण्ड
  • नंः ५ आज हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाइँदै
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्