Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असार ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बिहीबार, असार ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • जहाँ किताबी ज्ञान मात्रै होइन, जहाँ व्यावहारिक सीप पनि सिकाइन्छ
जहाँ किताबी ज्ञान मात्रै होइन, जहाँ व्यावहारिक सीप पनि सिकाइन्छ
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, मंसिर २४, २०८०

तनहुँ । व्यास नगरपालिका-१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा पछिल्ला समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ।

विद्यालयले किताबी ज्ञानसँगै विद्यार्थीको रुचिअनुरुप व्यावहारिक सीप दिन थालेपछि विद्यार्थीको आकर्षण बढेको हो। सोही वडा निवासी आश्रुत लामिछाने कक्षा १० मा अध्ययनरत छन्।

पढाईसँगै उनले सीपमूलक तालिम पनि सिकेको छ। पञ्चेबाजाअन्तर्गत उनले अहिले मज्जाले ढलाकी बजाउन सिकेको हो। विद्यालयले सिक्दै, पढ्दै कार्यक्रमअन्तर्गत एक महिने पञ्चेबाजासम्बन्धी प्रशिक्षण दिएपछि उनी ढलाकी बजाउन निपूर्ण बन्नु भएको हो।

“सुरुमा कसरी बजाउने होला भन्ने सोचेको थिएँ”, उनले भने, “प्रशिक्षकले दिएको ज्ञानलाई व्यवहारमा लागू गर्दै निरन्तरको प्रयासपछि अहिले ढलाकी बजाउन सक्षम बनेको छु।” लामिछाने जस्तै कक्षा १० मा अध्ययनरत शिशिर सापकोटा टेम्पो बजाउन सफल बनेको छ। इच्छाशक्ति भए नसकिने भन्ने हुँदो रहेनछ विद्यार्थी सापकोटाले भने, “सुरुमा डर लागे जस्तो भएपनि अहिले मज्जाले बजाउन सकिन्छ।’

विद्यालयले चितवनबाट प्रशिक्षक ल्याएर इच्छुक विद्यार्थीहरुका लागि पञ्चेबाजासम्बन्धी एकमहिने प्रशिक्षण दिएको शिक्षक ध्रुव भण्डारीले जानकारी दिए। पञ्चेबाजामध्ये नरसिंहा बजाउने प्रशिक्षण दिने तयारी गरेका छौँ। उनले भने, “वाद्यबाजन र पञ्चे बाजा बजाउनसके पनि धेरैले नरसिंहा बजाउन सक्दैनन्।”

विद्यालयमा पठनपाठन बन्द भएको समय र बिदाका दिनमा समाजमा हुने बिवाह, ब्रतवन्ध, पूजाआजालगायतका कार्यक्रममा पठाइने सोच बनाइएको सो विद्यालयले जनाएको छ।

विद्यालयमा बाद्यबाजनका साथै नृत्य, टपरी बुन्ने, तरकारी खेती, आलुखेती, बत्ती कात्ने, कपाल काट्नेलगायतका सीप विद्यार्थीलाई दिएर संस्कारी बनाउन लागिएको प्रधानाध्यापक चन्द्रमणि कोइरालाले जानकारी दिए।

समाजमा चलिआएका पुख्र्यौली सीपहरु समेत लोप हुने अवस्थामा पुगेकाले विद्यार्थी सिकाएर व्यावहारिक बनाइएको छ। परियार समुदायले बजाउने पुर्ख्याैली पञ्चेबाजा पछिल्लो समय लोपोन्मुख बन्ने खतरा बढेको छ भने आधुनिक बाजाले विस्थापित हुदै गएको छ। पुर्ख्याैली सम्पत्तिको संरक्षण एवं सम्वर्धन गर्न पनि विद्यालयले यसलाई प्राथामिकता दिएको हो।

कक्षा ८,९ र १० कक्षाका विद्यार्थीलाई शिक्षाको साथै व्यावहारिक शिक्षा प्रदानमा जोड दिइएको उनको भनाइ छ। विद्यार्थीलाई पठनपाठनमा मात्रै केन्द्रित गर्दा पट्यार लाग्ने, दिक्क अनुभव गर्ने र पढाईमा ध्यान नदिने भएकाले यस्ता सीपमूलक शिक्षामा जोड दिइएको प्रधानाध्यापक कोइरालाले बताए।

“नाचगानलगायत सीपमूलक शिक्षा प्रदान गर्न थालेसँगै विद्यार्थीहरु उत्साहित भएर सीप सिक्ने र पढ्ने कार्यमा रुचि लगाउने गरेका छन्”, उनले भने।

“सीप सिकेका विद्यार्थीले आफूभन्दा तल्लो कक्षामा अध्ययनरत इच्छुक विद्यार्थीलाई पनि सिकाएर सीप हस्तान्तरण गर्न लगाइएको छ”, उनले भने, “विद्यार्थीबाट विद्यार्थीमा सीप हस्तान्तरण गरी पञ्चेबाजालाई सदाबहार जीवन्तता दिन लागिएको छ।” कक्षा १० मा अध्ययनरत विद्यार्थी एसइईपश्चात् अर्को विद्यालयमा जानुअघि सिकेको सीप आफूभन्दा पछिका पुस्तालाई सिकाउने व्यवस्था मिलाइएको सो विद्यालयले जनाएको छ।

विद्यालयको भावि योजनामा प्लाम्बिङ र वाइरिङलगायतका सीपमूलक र आयआर्जनमूलकसम्बन्धी तालिम प्रदान गर्ने लक्ष्य रहेको छ। विद्यार्थीले मात्रै नभई शिक्षक शिक्षिक पनि वाद्यवादन बजाउन, गाउन र नाच्न उत्तिकै सक्षम बन्दै गएका छन्।

कक्षा १ देखि ५ सम्म स्मार्ट टिभी र कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई स्मार्ट बोर्ड राखेर पठनपाठन गराउन थालिएको छ। समयको मागसँगै विद्यालयले प्राविधिक शिक्षालाई प्राथामिकता दिँदै आएको सो विद्यालयले जनाएको छ।

दलित, जनजाति र सिमान्तकृत बालबालिकाको बाहुल्य रहेको यस विद्यालयमा हाल तीन सय विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १४:४०
##school #student #tanahu
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
स्वास्थ्य मन्त्रालयले साँच्चिकै फड्को मार्न लागेकै हो त ?
स्वास्थ्य मन्त्रालयले साँच्चिकै फड्को मार्न लागेकै हो त ? आइतबार, जेठ २४, २०८३
उदयपुरकाे कटारीमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु, कटारी अस्पतालमा दिनभर तनाव
उदयपुरकाे कटारीमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु, कटारी अस्पतालमा दिनभर तनाव सोमबार, जेठ ११, २०८३
चुरोट खाने महिलालाई अझ बढी स्वास्थ्य समस्या
चुरोट खाने महिलालाई अझ बढी स्वास्थ्य समस्या आइतबार, चैत २२, २०८२
आत्महत्या समाचार सम्प्रेषणमा सावधानी अपनाउन सुझाव
आत्महत्या समाचार सम्प्रेषणमा सावधानी अपनाउन सुझाव मंगलबार, चैत ३, २०८२
मिर्गौलालाई बचाउनुहोस्
मिर्गौलालाई बचाउनुहोस् शुक्रबार, फागुन २९, २०८२
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार बुधबार, फागुन २०, २०८२
प्रेममा यौन आवश्यक नभएपनि यौनमा प्रेम आवश्यक
प्रेममा यौन आवश्यक नभएपनि यौनमा प्रेम आवश्यक शनिबार, फागुन १६, २०८२
घाईतेहरुलाई भेटन ट्रमा सेन्टर पुगे गृहमन्त्री ओमप्रकाश अर्याल
घाईतेहरुलाई भेटन ट्रमा सेन्टर पुगे गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार, फागुन ११, २०८२
अफ्रिकन स्वाइन फिभर देखिएकाे पुष्टी
अफ्रिकन स्वाइन फिभर देखिएकाे पुष्टी सोमबार, फागुन ११, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ४ फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
  • नंः ५ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्