सोलुखुम्बू । थुलुङ दुधकोशी गाउँपालिका-७ देउसामा नवनिर्मित प्रसूति भवनको उद्घाटन गरेसँगै प्रसूति सेवा सुरु भएको छ।
आज आइतबार गाउँपालिका प्रमुख असिम राईले नवनिर्मित प्रसूति भवनको उद्घाटन गरेसँगै प्रसुती सेवा सुरु भएको हो।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले नागरिकको स्वास्थ्यप्रति आफूहरु सचेत रहेको पार्र्दै जनताबाट सहयोग संकलन गरेर मुक्लिमा अस्पताल निर्माण गरि सञ्चालन गरेको र जुबुमा पनि अर्को अस्पताल निर्माणको चरणमा रहेको बताए।
![solukhumbu -41702216709.jpg](https://www.naminews.com/uploads/posts/solukhumbu -41702216709.jpg)
स्वास्थसँगै सबै क्षेत्रको विकासमा आवश्यक बजेट व्यवस्था गर्नको लागि आफू अहोरात्र लागी परेको भन्दै अध्यक्ष राईले नागरिकको सहभागीता महत्त्वपूर्ण रहेको बताए।
नागरिकको सहभागिता र उत्कृष्ट कामको लागि वडा नम्बर ७ बाट अन्य वडाले समेत सिक्नुपर्ने बताउँदै अध्यक्ष राईले यहाँ सञ्चालन भएको खानेपानी योजना, नाम्सेको विद्यालय भवनदेखि वर्थिङ भवन लगायतको कार्य प्रशंसा योग्य रहेको उनको भनाई थियो।
![solukhumbu -21702216477.jpg](https://www.naminews.com/uploads/posts/solukhumbu -21702216477.jpg)
यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष सविता राईले वडा नम्बर ७ मा वर्थिङ सेवा सुरु भएकोमा बधाई दिदै थप सेवा विस्तारमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको भन्दै उपाअध्यक्ष राईले जुनसुकै क्षेत्रको विकासमा नेतृत्वको भूमिका महत्वपूर्ण बताउँदै वडामा सहि नेतृत्व र नेतृत्वलाई सहयोग गर्ने नागरिक भएकै कारण एकपछि अर्को विकास निर्माणको काम सम्पन्न भएको उनको भनाई थियाे।
![solukhumbu -51702216898.jpg](https://www.naminews.com/uploads/posts/solukhumbu -51702216898.jpg)
यस्तै थुलुङ दुधकोशी गाउँकार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक बुद्धिराज राईले विकास निर्माणको हिसाबमा वडा नम्बर ७ सबैभन्दा अघि रहेको बताएका थिए।
त्यस्तैगरी पूर्व वडा अध्यक्ष तथा नेकपा माओवादी केन्द्र थुलुङदुधकोशी गाउँपार्टी समितिका अध्यक्ष रामसंघर्ष किराँतीले माओवादीले नेतृत्व गरेको वडा तहदेखि गाउँपालिकासम्मको विकास निर्माणका कार्यहरु जनपक्षिय र दुरगामी महत्वको भएको बताएका थिए।
कार्यक्रम समापन गर्दै वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्कीले सबैलाई धन्यवाद दिदै वडाको विकासमा एकजुट हुन आग्रह गरेका थिए।
![solukhumbu -31702216613.jpg](https://www.naminews.com/uploads/posts/solukhumbu -31702216613.jpg)
निर्वाचित भएपछि विभेदरहित ढंगबाट कामरहेको भन्दै अध्यक्ष कार्कीले सामुदायिक स्वास्थ्य इकाईमा दुईजना मात्रै कर्मचारी भएपनि चेराखु र बोगल टोलमा हरेक महिना स्वास्थ्यकर्मी पठाएर औषधी उपचार गर्ने व्यवस्था मिलाईएको उनको भनाई छ।
गाउँपालिका अन्तरगतको ३५ लाख बजेटबाट ६ कोठे प्रसूति गृह निर्माण गरिएको वडा अध्यक्ष भोजराज कार्कीले बताए। २०८० असारमा शिलान्यास गरिएको उक्त भवन स्वास्थ्य व्यवस्थापन समितिले ५ महिनामा निर्माण सम्पन्न गरिनुको साथै निर्माण सम्बन्धि आयव्याय समेत सार्वजनिक गरिएको थियो।
![solumkhumbu -01702216982.jpg](https://www.naminews.com/uploads/posts/solumkhumbu -01702216982.jpg)
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८० १९:३५