Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • सोलुखुम्बूकाे देउसामा प्रसूति भवनको उद्घाटनसँगै प्रसुती सेवा सुरु 
सोलुखुम्बूकाे देउसामा प्रसूति भवनको उद्घाटनसँगै प्रसुती सेवा सुरु 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, मंसिर २४, २०८०

सोलुखुम्बू । थुलुङ दुधकोशी गाउँपालिका-७ देउसामा नवनिर्मित प्रसूति भवनको उद्घाटन गरेसँगै प्रसूति  सेवा सुरु भएको छ।

आज आइतबार गाउँपालिका प्रमुख असिम राईले नवनिर्मित प्रसूति भवनको उद्घाटन गरेसँगै प्रसुती सेवा सुरु भएको हो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले नागरिकको स्वास्थ्यप्रति आफूहरु सचेत रहेको पार्र्दै जनताबाट सहयोग संकलन गरेर मुक्लिमा अस्पताल निर्माण गरि सञ्चालन गरेको र जुबुमा पनि अर्को अस्पताल निर्माणको चरणमा रहेको बताए।

solukhumbu -41702216709.jpg

स्वास्थसँगै सबै क्षेत्रको विकासमा आवश्यक बजेट व्यवस्था गर्नको लागि आफू अहोरात्र लागी परेको भन्दै अध्यक्ष राईले नागरिकको सहभागीता महत्त्वपूर्ण रहेको बताए।

नागरिकको सहभागिता र उत्कृष्ट कामको लागि वडा नम्बर ७ बाट अन्य वडाले समेत सिक्नुपर्ने बताउँदै अध्यक्ष राईले यहाँ सञ्चालन भएको खानेपानी योजना, नाम्सेको विद्यालय भवनदेखि वर्थिङ भवन लगायतको कार्य प्रशंसा योग्य रहेको उनको भनाई थियो।

solukhumbu -21702216477.jpg

यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष सविता राईले वडा नम्बर ७ मा वर्थिङ सेवा सुरु भएकोमा बधाई दिदै थप सेवा विस्तारमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको भन्दै उपाअध्यक्ष राईले जुनसुकै क्षेत्रको विकासमा नेतृत्वको भूमिका महत्वपूर्ण बताउँदै वडामा सहि नेतृत्व र नेतृत्वलाई सहयोग गर्ने नागरिक भएकै कारण एकपछि अर्को विकास निर्माणको काम सम्पन्न भएको उनको भनाई थियाे।

solukhumbu -51702216898.jpg

यस्तै थुलुङ दुधकोशी गाउँकार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक बुद्धिराज राईले विकास निर्माणको हिसाबमा वडा नम्बर ७ सबैभन्दा अघि रहेको बताएका थिए।

त्यस्तैगरी पूर्व वडा अध्यक्ष तथा नेकपा माओवादी केन्द्र थुलुङदुधकोशी गाउँपार्टी समितिका अध्यक्ष रामसंघर्ष किराँतीले माओवादीले नेतृत्व गरेको वडा तहदेखि गाउँपालिकासम्मको विकास निर्माणका कार्यहरु जनपक्षिय र दुरगामी महत्वको भएको बताएका थिए।

कार्यक्रम समापन गर्दै वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्कीले सबैलाई धन्यवाद दिदै वडाको विकासमा एकजुट हुन आग्रह गरेका थिए।

solukhumbu -31702216613.jpg

निर्वाचित भएपछि विभेदरहित ढंगबाट कामरहेको भन्दै अध्यक्ष कार्कीले सामुदायिक स्वास्थ्य इकाईमा दुईजना मात्रै कर्मचारी भएपनि चेराखु र बोगल टोलमा हरेक महिना स्वास्थ्यकर्मी पठाएर औषधी उपचार गर्ने व्यवस्था मिलाईएको उनको भनाई छ।

गाउँपालिका अन्तरगतको ३५ लाख बजेटबाट ६ कोठे प्रसूति गृह निर्माण गरिएको वडा अध्यक्ष भोजराज कार्कीले बताए। २०८० असारमा शिलान्यास गरिएको उक्त भवन स्वास्थ्य व्यवस्थापन समितिले ५ महिनामा निर्माण सम्पन्न गरिनुको साथै निर्माण सम्बन्धि आयव्याय समेत सार्वजनिक गरिएको थियो।

solumkhumbu -01702216982.jpg

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १९:३५
##solukhumbu
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी शनिबार, असोज १०, २०८३
महिनावारी सुकेपछि हुने चर्को गर्मी
महिनावारी सुकेपछि हुने चर्को गर्मी सोमबार, असोज ५, २०८३
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न शनिबार, असोज ३, २०८३
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प बुधबार, भदौ २४, २०८३
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ?
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ? मंगलबार, भदौ १६, २०८३
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग मंगलबार, भदौ ९, २०८३
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ?
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ? शुक्रबार, साउन २२, २०८३
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर सोमबार, साउन १८, २०८३
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत मंगलबार, साउन १२, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्