Food and Nutrition Security Enhancement Project (FANSEP)
x
Top Navigation
Main Navigation
शनिबार, चैत ७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, चैत ७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • चर्चामा मात्र सिमित रह्याे पाथीभरा केबलकार निर्माण
चर्चामा मात्र सिमित रह्याे पाथीभरा केबलकार निर्माण
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, पुस ७, २०८०

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन्।

पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा गत महिना गएको एक सर्वपक्षीय अनुगमन टोलीले पाथीभरा क्षेत्र कोशी प्रदेशको मात्र नभएर देशकै एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रहेकाले उक्त क्षेत्रमा पुग्न सहज गर्नेगरी केबलकार बन्नुपर्ने निष्कर्ष निकालेको हो।

त्यसका लागि आवश्यक वातावरण सिर्जना गर्न र कानुनी अड्चनहरु भए त्यसलाई फुकाई सरलीकृत गर्नसमेत सरोकारवालाहरुलाई सुझाव दिएका छन्।

सो समितिले स्थानीय नागरिक, राजनीतिक दलका स्थानीय नेता तथा प्रतिनिधि र अरू धार्मिक एवं पर्यटकीय सरोकारवालाहरुसँग समेत अन्तरक्रिया गरी राय लिएको र सबैले केबलकार निर्माण गर्नुपर्छ भन्ने सुझाव दिएपछि केबलकार निर्माणको प्रक्रिया तत्कालै अघि बढाउनुपर्ने निष्कर्ष निकालेको हो।

यसै विषयमा केन्द्रित रहेर शुक्रबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा उक्त केबलकारका लगानीकर्ता र जिल्लाका सबै सरोकारवालहरुसँग अन्तरक्रिया गरिएको छ। 

अन्तरक्रियामा सहभागी सबैले लामो समयदेखि यहाँ केबलकार बन्ने चर्चामात्र सुनिएको तर काम सुरु नभएको भन्दै निर्माणको काम तत्कालै अघि बढाउन माग गरेका थिए।

उनीहरुले यस प्रदेशकै एक गौरवको आयोजना बन्न सक्ने र ताप्लेजुङका स्थानीयवासीहरुले प्रत्यक्ष लाभ लिनसक्ने यस आयोजना तत्कालै अघि बढाउनका लागि स्थानीय र प्रदेश सरकारसँग आग्रह पनि गरेका थिए।

सो अन्तरक्रियामा प्रतिनिधिसभाका सदस्य लीलादेवी बोखिमले आफ्ना घरआँगनमै यतिठूलो लगानीको आयोजना आउँदा स्थानीय नागरिक नै अघि सरेर सघाइ आयोजनालाई सफल बनाउनुपर्ने भन्दै केबलकार निर्माणको काममा अब ढिला गर्न नहुने बताए।

उनले राज्य आफैँले अर्थात् तीनै तहको सरकारले लगानी गरेर केबलकार परियोजना निर्माण गर्न नसक्ने बताउदै लगानी गर्न इच्छुक निजी कम्पनीलाई काम गर्ने वातावरणका लागि स्थानीय तयार हुनुपर्ने मात्र नभई आवश्यक सहयोग गर्नुपर्ने धारणा राखे।

उनले स्थानीय नागरिकले राखेका मागहरुका सम्बन्धमा लगानीकर्ता र उनीहरु बस्नुपर्ने र त्यसका लागि पनि स्थानीय तहले सहजीकरण गर्नुपर्ने सुझाव दिए।

ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले यो आयोजना स्थानीय नागरिकले प्रत्यक्ष लाभ लिनसक्ने आयोजना भएकाले स्थानीयसँग समझदारी जुटाएर अघि बढ्नुपर्ने बताए। उनले आवश्यकताअनुसार निरन्तर छलफलमा बसेर सहमति जुटाई काम थाल्नमा ढिलो गर्न नहुने बताए।

त्यसैगरी, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पनि केबलकार परियोजना निर्माण गर्नु जिल्लावासीको हितमा रहेको बताए। व्यक्तिगत स्वार्थ र पुराना सोच राखेर अहिले विकास निर्माणका कामलाई कसैले पनि अवरोध गर्न नहुने उनको भनाइ थियो। 

उनले भने, “मुलुकका धेरै क्षेत्रतिर अहिले धमाधम पर्यटन पूर्वाधारहरु निर्माण भइरहेका बेला हामीले मुलुककै प्रसिद्ध धार्मिक पर्यटकीयस्थलमा केबलकार बन्न लागेको काममा बाधा उत्पन्न गर्याै भने हामी आफैँ पछि पर्नेछौँ। त्यसैले सबै पक्ष बसौँ, आफ्ना कुरा राखौँ र समझदारी बनाई निर्माणको काम थालौँ।”

त्यसैगरी, नेपाली कांग्र्रेसका जिल्ला सभापति गजेन्द्र तम्याङ, नेकपा ९माओवादी केन्द्र०का कोशी प्रदेश सदस्य बमबहादुर भट्टराई, फुङ्लिङ नगरपालिकाका उपप्रमुख भिमादेवी ओझालगायतले स्थानीयका माग र उनीहरुका सुझावहरुलाई समेटेर एक साझा सहमति बनाई आयोजना निर्माणको काममा ढिला गर्न नहुने धारणा राखे।

कोशी प्रदेश अत्यधिक पर्यटकीय सम्भावना भएको क्षेत्र रहेको चर्चा गर्दै पर्यटन पूर्वाधार निर्माणका कामलाई अघि नबढाउने हो भने प्रदेशवासी  नै पछि पर्ने पनि बतााए।

उता पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने केबलकार निर्माणको काम सुरु भएपछि १३ महिनाभित्रै परियोजना सम्पन्न गरिसक्ने बताए।

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा प्रस्ताव गरिएको केबलकार निर्माणको काम सुरु गरेको १३ महिनाभित्र सम्पन्न गरी केबलकार सञ्चालनमा ल्याइने अध्यक्ष ढकालको दाबी थियो ।

उनले भने, “हामीसँग अनुभव छ, हामीले गर्दै पनि आएका छौँ। जस्तो कि गैँडाकोटको मौलाकालिका र बुटवलको लुम्बिनी केबलकार पनि हामीले निर्माण सुरु गरेको लगभग १३ महिनाभित्रै सञ्चालनमा ल्याएका हौँ। यहाँ पनि स्थानीयवासी र सरकारले हामीलाई वातावरण निर्माण गरिदिएको १३ महिनाभित्रै आयोजना सञ्चालनमा ल्याउँछौँ।

पाथीभरा केबलकार कोशी प्रदेशकै गौरवको परियोजना भएको उल्लेख गर्दै सबैभन्दा बढी लाभ ताप्लेजुङवासीलाई हुने भए पनि यो आयोजनाले कोशी प्रदेशलाई नै लाभ पुग्ने उनको भनाइ थियो।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएका ढकालले स्थानीयलाई रोजगारीसँगै यहाँको आर्थिक गतिविधि, पर्यटन विकास लगायतमा परियोजनाले ठूलो सहयोग पुग्ने दाबी पनि गरे।

उनले स्थानीयले उठाएका मागका बारेमा बसेर समझदारी गर्न सकिने भन्दै सामाजिक उत्तरदायित्व, परियोजनाको शेयर लगायतका विषय कानुनअनुसार पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाए।

यसबाट सर्वसाधारणलाई शेयर प्राप्त हुने बताउँदै उनले जनता, सरकार र समुदायलाई प्रत्यक्ष लाभ हुने तवरबाट केबलकार निर्माणको मोडल बनाएको र यो परियोजनाले प्राकृतिक, सांस्कृतिक र वातावरणीय समस्या निम्त्याउनेजस्ता कुनै पनि आशङ्का नपाल्नसमेत आग्रह गरे।

यता केबलकार परियोजनाको विरोध गरिरहेको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिले भने केबलकार निर्माण गर्न नहुने बताउँदै आएको छ। समितिका संयोजक श्री लिङ्खिमले लिम्बू समुदायको आस्था र ऐतिहासिकताको ख्याल गरेरमात्र परियोजना अघि बढाउनुपर्ने बताएको छ।

कस्तो बन्दै छ केबलकार ?

कम्पनीका इञ्जिनियर विजय पौडेलका अनुसार काफ्लेपाटी डढेले छेउ मुख्य स्टेसन रहने केबलकारको डिजाइनअनुसार त्यहाँबाट करिब २ हजार ७ सय मिटर उचाइमा रहेको पाथीभरा क्षेत्रसम्म पुग्ने छ।

मन्दिर आसपास कुनै संरचना नरहने र अहिलेको पदमार्ग हुँदै पाथीभरा मन्दिर प्रवेशद्वारबाटै तीर्थालु तथा दर्शनार्थी जान सकिने गरी केबलकार निर्माणको डिजाइन तयार भएको पौडेलले बताए।

मुख्य स्टेसनबाट १० मिनेट २० सेकेण्डमा केबलकारको अन्तिम स्टेसन पुग्न सकिनेसमेत पौडेलले जानकारी दिए। केबलकारका लागि १३ वटा टावर निर्माण हुने पौडेलले जानकारी दिए।

सो केबलकारमा ४५ वटा डब्बा रहने पौडेलले जानकारी दिए। केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक प्रवद्र्धनका लागि केबलकार लाभदायक बन्ने विश्वास राख्दै यसबाट पहिलो लाभ यहीँका स्थानीयलाई पुग्ने बताए।

उनले भने, “केबलकार निर्माण गर्दा त्यसमा आवश्यक पर्ने जनशक्तिका लागि स्थानीयलाई नै प्राथमिकता दिँदै आएको छौँ। हामी आफैले खर्च गरेर स्थानीयहरुलाई आवश्यक तालिम दिएर पनि रोजगारीमा लगाएका छौँ।”

केबलकार बने पछि ताप्लेजुङमा पर्यटकहरु सङ्ख्यामा वृद्धि हुनाका साथै स्थानीय उत्पादनको बजारीकरण हुने सरोकारवालाहरुको भनाइ रहेको छ। देशैभरि र भारतबाट समेत वर्षमा लाखौँ भक्तजन पाथीभराको दर्शनका लागि आउने गरेका छन्। 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १२:२९
##pathibhara
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक 
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक  बुधबार, चैत ४, २०८२
कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू सोमबार, चैत २, २०८२
बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा 
बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा  बुधबार, फागुन २७, २०८२
शक्तिशाली इञ्जिन र स्मार्ट फिचरसहित पल्सर सार्वजनिक
शक्तिशाली इञ्जिन र स्मार्ट फिचरसहित पल्सर सार्वजनिक मंगलबार, फागुन २६, २०८२
नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता
नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता सोमबार, फागुन १८, २०८२
बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज शुक्रबार, फागुन ८, २०८२
नागरिक लगानी कोषले पायो ‘ए प्लस’ रेटिङ 
नागरिक लगानी कोषले पायो ‘ए प्लस’ रेटिङ  मंगलबार, फागुन ५, २०८२
नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो पृथक विशेषतासहितको नारी सुरक्षा जीवन बीमा योजना
नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो पृथक विशेषतासहितको नारी सुरक्षा जीवन बीमा योजना मंगलबार, फागुन ५, २०८२
 खाना पकाउने एलपी ग्यासको अभाव चुलिएपछि निगमले नै दिन थाल्यो ग्यास
 खाना पकाउने एलपी ग्यासको अभाव चुलिएपछि निगमले नै दिन थाल्यो ग्यास बिहीबार, माघ ३०, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
  • नंः २ सीमाना पारको सम्बन्ध
  • नंः ३ मन्त्रीपरिषद् बैठकको निर्णयहरु
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
विचार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ? अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्