Food and Nutrition Security Enhancement Project (FANSEP)
x
Top Navigation
Main Navigation
मंगलबार, चैत १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, चैत १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • पर्यटनक्षेत्रको विकासमा लागाैं
पर्यटनक्षेत्रको विकासमा लागाैं
कपिल अर्याल
कपिल अर्याल आइतबार, पुस ८, २०८०

नेपालको आन्तरिक अर्थतन्त्र निर्माणमा पर्यटन क्षेत्रको उच्च योगदान रहेको महसुस गर्न सकिन्छ। तर फिलहाल भने पर्यटन क्षेत्र दयनीय अवस्थामा छ । खासगरी कोभिड १९ को महामारी  पश्चात विश्वजगतमा पर्न गएको असहज परिस्थितिका कारण पर्यटन क्षेत्र जोखिममा पर्दै आएको सर्वविदितै छ।

झनै नेपालजस्ता अविकासित राष्ट्रमा यस्ता महामारी र संकटले कति प्रभाव पारे होला भन्ने सबैको अध्ययनको विषय बनेको छ। नेपाल अत्यन्तै पर्यटन संभावनाको क्षेत्र हो। हिमाल, पडाड, तराई र मदेश क्षेत्र पर्यटनका अथाहा संभावना भएका भू–क्षेत्रहरु हुन्।

नेपालको प्राकृतिक सुन्दरताले आन्तरिक र बाह्य पर्यटकलाई सहजै लाभांन्वित पार्दछ। कला, संस्कृति, साहित्य, भेषभुषा थप पर्यटन पर्वदनका सामाग्रीहरु हुन्। समुन्द्री सतहदेखि ८८४८ मिटरमाथिसम्म अनुपम प्राकृतिक श्रृंगारहरुले नेपालको पर्यटकीय पहिचानलाई स्थापित गराएको छ। 

विविध संभावना र मनग्य आम्दानी हुने क्षेत्र हुँदा हुँदै पनि सरकार, सरोकारवाला निकाय गंभिर भएको भने पाईँदैन। पर्यटन पुर्वाधारमा उचित व्यवस्थापन हुन नसक्दा पर्यटन क्षेत्रहरु प्रभावित भएका छन्। पर्यटन क्षेत्रमा पुर्वाधार भन्नाले सडक, यातायात, सुरक्षा, खानपिन, बसोबास, प्रविधि र ईन्टरटेन्मेन्ट साधनहरुलाई जनाउँछ।

नेपालमा यस्ता पर्यटन पुर्वाधारका श्रोतहरुलाई व्यवस्थापन गर्न सरकारले सकेको छैन। यदी उल्लेखित विषयहरुमा दृढ भएर सरकार लाग्ने हो भने पर्यटन क्षेत्र उकासिन बेर नै लाग्ने छैन। पर्यटन र पर्यटकीय शिक्षा बिकास मात्र गर्न सक्ने हो भने मुलुकले आर्थिक दृष्टिकोणबाट मुहार फेर्न सक्दछ।

पर्यटन क्षेत्र विशाल छ पछिल्लो समय रोप वे अन्तर्गत केवलकार, पोर्ड वे जस्ता साधनहरुले पहाडी भुभागमा प्रयोगमा आउन थालेका छन। होमस्टेको रुपमा परिचित घले गाउँ तथा अन्य क्षेत्रका होमस्टे सेवाले पर्यटकको गन्तब्यलाई आकर्षण गरेको छ।

अहिले लुम्विनी प्रदेशको कपिलवस्तु जिल्लामा पर्ने तिलौराकोटलाई विश्व संम्पदा सुचीमा पार्नका लागि अभ्यासरत सरकार देखिन्छ। पोर्ड वे को कार्यन्वयनका लागि विभिन्न निकाय अभ्यासरत देखिन्छन्। पाल्पा जिल्लाको नुवाकोट र बसन्तपुरमा केवलकार संचालनमा आईसकेको छ। 

रानीमहल, भैरवस्थान, रामापिथेकस, सत्यवती र सिद्धबाबा क्षेत्र तथा शाहकालिन दरबार हेर्न लायक पाल्पाका अनुपम पर्यटन गन्तब्य हुन्। पाल्पाको करुवा, ढाकाका कपडा तथा मगरात संस्कृतिलाई समेत पर्यटनको आयाम बनाउँनु पर्दछ।

गुल्मीको रुरु कालीगण्डकी क्षेत्र, रेसुङ्गा क्षेत्र, गुल्मी चारपाला दरबार क्षेत्र, पुर्कोट, ईस्मा र धुर्कोट क्षेत्र आदी ईत्यादीहरु पर्यटनका नयाँ गन्तब्य बन्न सक्दछन्। रुपन्देही क्षेत्रको लुम्विनी, औधोगिक क्षेत्रहरु, अन्तराष्ट्रिय एयरपोर्ट, सडक पुर्वाधार, देवदह, सियाभार दरभाह हुँदै लुम्विनी पुग्ने सांस्कृतिक र कृषि सडक क्षेत्र, गजेडी, गैडहवा ताल, मणिमुकुन्दशेन र जितगढी किल्ला जस्ता एतिहासिक, र्सास्कतिक र धार्मिक धरोहरलाई पर्यटनको गन्तब्यमा जोड्न सके पर्यटन क्षेत्रले आर्थिक समृद्धिमा राष्ट्रलाई महत्वपूर्ण योगदान पुयाउन सक्दछ।

बागमती प्रदेश, कोशी प्रदेश, गण्डकी लगायत सातै प्रदेशमा सुचिकृत भएका वा हुन बाँकी रहेका पर्यटन क्षेत्रहरुलाई पर्यटन हबको रुपमा विकास गरी पर्यटन पर्वदनमा उत्साह निर्माण गर्नुपर्दछ। पर्यटन उद्यान, पर्यटन अनुसन्धान केन्द्र, पर्यटन अबलोकन केन्द्र, पर्यटन विश्वविद्यालय जस्ता पर्यटन पाठशालाहरु संघीय सरकार र प्रादेशिक सरकारहरुले स्थापना गर्नुपर्दछ।

पर्यटक सुरक्षा केन्द्र, पर्यटक खोज केन्द्र, पर्यटक हेल्थ डेस्क, जस्ता सुरक्षित र अध्ययन सामाग्रीको व्यवस्था समेत हुन जरुरी छ। मौलिक खानपिन, नाचगान र सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई उधृत गर्नेगरी सङग्रहालय तथा पर्यटन क्षेत्रहरुमा डकुमेन्ट्री शो कार्यक्रम डिजिटल प्रविधि मार्फत दृश्याअवलोकन गराउन सक्याैं भने नेपालका इतिहास, गौरव र पौरखले विश्वजगतमा पहिचान कायम गर्न सक्दछन्।

उत्तरार्र्धमा पर्यटन नेपालको अर्थतन्त्र बदलावको मुल श्रोत हो यसलाई अभिबृद्धि गर्न संघीय सरकार, प्रादेशिक सरकार र स्थानिय सरकार कटिबद्ध भएर लाग्नु पर्दछ।

सन २०२४ लाई पर्यटन दशक वर्षको रुपमा मनाउन सके ठूलै उपलब्धी हासिल हुन सक्छ। अर्थतन्त्र खस्किएको बेला पर्यटन क्षेत्रलाई पुर्वाधार बिकाससँंग जोड्दै यसको बढोत्तरीमा लाग्ने हो भने नेपाल र नेपालीत्वको समेत परिचय विश्वजगतमा पुग्न सक्दछ।

-कपिल अर्याल, शुद्धोधन ४ रुपन्देही 

याे पनि :

नामी साप्ताहिक


 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०९:५२
##tour #tourist #tourism
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
ग्लोबल मनी विक-२०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम
ग्लोबल मनी विक-२०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम आइतबार, चैत ८, २०८२
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक 
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक  बुधबार, चैत ४, २०८२
कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू सोमबार, चैत २, २०८२
बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा 
बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा  बुधबार, फागुन २७, २०८२
शक्तिशाली इञ्जिन र स्मार्ट फिचरसहित पल्सर सार्वजनिक
शक्तिशाली इञ्जिन र स्मार्ट फिचरसहित पल्सर सार्वजनिक मंगलबार, फागुन २६, २०८२
नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता
नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता सोमबार, फागुन १८, २०८२
बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज शुक्रबार, फागुन ८, २०८२
नागरिक लगानी कोषले पायो ‘ए प्लस’ रेटिङ 
नागरिक लगानी कोषले पायो ‘ए प्लस’ रेटिङ  मंगलबार, फागुन ५, २०८२
नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो पृथक विशेषतासहितको नारी सुरक्षा जीवन बीमा योजना
नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो पृथक विशेषतासहितको नारी सुरक्षा जीवन बीमा योजना मंगलबार, फागुन ५, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ मन्त्रीपरिषद् बैठकको निर्णयहरु
  • नंः २ जातीय विभेदले पारेको प्रभाव
  • नंः ३ कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णयहरु
विचार
जातीय विभेदले पारेको प्रभाव
जातीय विभेदले पारेको प्रभाव शारदा बजगाईँ
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्