Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • चौरासी वर्षे पूजा खर्च कटौती गरेर विद्यालयलाई ४ लाख सहयोग
चौरासी वर्षे पूजा खर्च कटौती गरेर विद्यालयलाई ४ लाख सहयोग
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, पुस ११, २०८०

म्याग्दी । मालिका गाउँपालिका-४ च्युरीबोटका एक वृद्धा र उनका परिवारले चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयलाई ४ लाख सहयोग गरेको छ।

च्युरीबोट घर भई हाल बेलायत बसोबास गर्ने घनमाया पुन र उनका छोराहरुले मङ्गलबार चौरासी वर्ष पुगेको अवसरमा सिद्धार्थ माविलाई रकम हस्तान्तरण गरेको हो। 

घनमायाले आफ्नो नामबाट १ लाख, दिवङ्गत श्रीमान् टेकबहादुर पुनको नाममा १ लाख र स्व छोरी चित्रा घर्तिको स्मृतिमा ५० हजार नगद हस्तान्तरण गरेको प्रअ ललितबहादुर घर्तिमगरले बताए।

घनमायाका छोरा टार्जन र दुर्गा एवं छोरी रुपी पुनले थप ५०/५० हजार नगद उपलब्ध गराए। घनमाया, उनका छोराछोरी र बुहारीले वडाध्यक्ष भेजेन्द्रमान पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन, घर्ती, अक्षयकोषका अध्यक्ष भिजेन्द्रमान पुनलाई नगद हस्तान्तरण गरेको थियो।

घनमायाका जेठा छोरा/बुहारी दलमान र माया पुनले गत वर्ष ५० हजार सहयोग गरेको थियो भने उनका भान्जा खिमबहादुर बुढाले विद्यालयलाई १० हजार सहयोग गरेको थियो । सो रकम विद्यालयमा सिद्धार्थ अक्षयकोषमा जम्मा गरिने प्रअ घर्तीले बताए।

चौरासी वर्ष पूरा भएको अवसरमा घनमायाले विद्यालयलाई सहयोग गरेर फजुल खर्च नियन्त्रण र सामाजिक क्षेत्रमा सकारात्मक सन्देश दिएको वडाअध्यक्ष पुनले बताए। सहयोगदाता पुनले विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयलाई ८४ वर्ष पुगेको अवसरमा भोजनसमेत गराएको थियो।

विद्यालय, च्युरीबोट ख्याली सोरठी, स्थानीय आमा समुह, क्लबलगायत सङ्घसंस्थाहरुले घनमाया र उनका परिवारलाई सम्मान गरेका थिए।

विसं २०५५ मा स्थापित अक्षयकोषको रकमबाट विद्यालयमा अध्यापनरत निजी स्रोतका शिक्षकहरुलाई तलब र गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरणका लागि खर्च गरिँदै आएको शिक्षक छकप्रसाद घर्तिमगरले बताए। कक्षा १० सम्म पढाइ हुने विद्यालयमा १ सय २७ विद्यार्थी छन्।

अक्षयकोषमा देशविदेशमा रहेका च्युरीबोटबासीबाट अहिलेसम्म २४ लाख १४ हजार ६ सय ४३ सङ्कलन भएको छ।

सोही अवसरमा गत वर्षको एसइई परीक्षामा विद्यालयबाट सहभागी भई सो गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी बोमबहादुर रोकालाई विद्यालयले नगदसहित पुरस्कृत गरेको छ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी शनिबार, असोज १०, २०८३
महिनावारी सुकेपछि हुने चर्को गर्मी
महिनावारी सुकेपछि हुने चर्को गर्मी सोमबार, असोज ५, २०८३
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न शनिबार, असोज ३, २०८३
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प बुधबार, भदौ २४, २०८३
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ?
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ? मंगलबार, भदौ १६, २०८३
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग मंगलबार, भदौ ९, २०८३
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ?
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ? शुक्रबार, साउन २२, २०८३
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर सोमबार, साउन १८, २०८३
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत मंगलबार, साउन १२, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ५ रूम नं १९४
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्