Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • बर्षेनी बाढी र विपतको उही व्यथा
बर्षेनी बाढी र विपतको उही व्यथा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असार १२, २०७८
Api Himal

यो बर्ष पनि जेठ २८ गतेबाट असारे मनसुन शुरु भएको छ। शुरु भएयताकोे पहिलो हप्तामै देशैभर बबण्डर मचाउंदै जनधनको नोक्सानी पुर्याएको छ । शुरुवाती चरणमै मनसुन व्यापक सक्रिय बन्दा देशका सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ लगायत डेढ दर्जन बढी जिल्लामा बाढीपहिरो गएको छ । 

कोरोना महामारीसँगै अझै तीन महिनाभन्दा बढी समय हुने भारी वर्षाले मच्चाउन वितण्डा भयानक बर्षेनी भयानक हुने गरेको छ। यो भयानकताको निरन्तरता यो बर्ष पनि कायमै छ। यो हुनुमा  विपत् व्यवस्थापनामा राज्य र सरकारको नै गैरजिम्मेवारी हो।  मनसुनको समयमा प्रत्येक वर्ष सरकारी निकायले वर्षा र बाढी पहिरोबाट प्रभावित हुने मानिस, परिवार र आर्थिक नोक्सानीको अनुमानित हर हिसाब निकाल्छ। त्यसका लागि राज्य संयन्त्र सँधै तयार रहेको बताइन्छ । तर, वर्षाको पानीसँगै सरकारी तथा जनप्रतिनिधिका प्रतिबद्धता पनि बगेर जाने गरेको छ । त्यो क्रमले यो बर्षपनि निरन्तरता पाएको छ।
      
राष्ट्रिय विपद् जोखिम न्यूनीरकण तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष बाढी पहिरो तथा पानी जन्य विपद्बबाट १८ लाख मानिस प्रभावित हुने आँकडा सार्वजनिक गरेकै हो । प्रभावितको उद्धार तथा राहतमा तयार रहेको पनि भनेकै हो। यसवर्ष पनि मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना कार्य पारित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीरकण तथा व्यवस्थापन प्राधिकरणले जनाएकै हो। भनाई र गराईमा भने, फरक हुन पुग्दा बर्षेनीको दुःखको विपत यो बर्ष पनि भोग्न नेपाली जनता बाध्य बन्नु परेको छ।

राज्य र सरकार कार्ययोजनामा हरेक मन्त्रालयसँगै तीनै तहको सरकारका कामहरुको स्पष्ट लेखिएको हुन्छ। बाढी पहिरोबाट वर्षेनी २ सय जनाको मृत्यु र २ अर्ब हाराहारीको आर्थिक क्षती हुने गरेको छ । हरेक बर्ष विपद्को सामना गर्न तीन तहका सरकारका सुरक्षा निकायले आफूहरु तम्तयार रहेको बताएतापनि त्यो हुन सकेको पाइएको छैन्। जसको कारण समयमा नै तयारी गरेर त्यसवाट बचाउने उपाय नगरेको यथार्थता कसैवाट छिपेको छैन्।
     
यो पछौटेपनले गर्दा जोखिम घट्नुको साटो बढ्दो छ । आफूसँग भएको सिमित स्रोत र साधनको प्रयोग गरेर विपत जोखिमको तयारी अवस्थामा नेपाली सेना देखिएको खुशीको खबर हो। यो बर्षको प्रारम्भिक विपतमा नेपाली सेनाले गरेको कार्य अत्यन्त सह्रानिय छ। प्रभावित क्षेत्रमा सरकारको प्रभाव निकै ढिला हुने गरेको अवस्थामा नेपाली सेनाको प्रभाव निश्चित रुपमा सहारा हो। 

Nepal Oil Corporation

कागजमा सुन्दर योजना बनाए पनि त्यो कार्यान्वयन नहुनुले योजना देखाउनका लागि मात्र कार्य भएको छ । विपतको बेला समयमा तथा समय अगावै पाइला चाल्नका लागि राज्य र सरकारवाट खासै कुनै काम हुन सकेको छैन्। विपत आउन अघि नै त्यसको लागि तयारी गर्नु र जनचेतना अभिबृद्धि गर्ने–गराउने कार्य नगर्नु अर्को विपत हो।
      
विपत भन्ने कुरा नआएसम्म आउंदैन र आएपछि बाजा बजाएर थाम्न नै नसक्ने गरेर आउने गर्दछ। जुन कुरा यो बर्षको प्रि–मनसुनवाटै शुरुवात भएको छ। यो विपतलाई झेल्न निश्चित रुपमा निक्कै कठिन छ। बर्षेनी बाढीको विपतको व्यथा उही भएको छ। यो उहीको कथालाई हरेक बर्ष दोहोर्याउने कार्य बारम्बार भैरहेको छ। जुन दुःखद तथा विडम्बना हो।

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १३:१४
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्