Top Navigation
  • Contact
Main Navigation
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • काेराेनाकाे खोपमै राजनीति
काेराेनाकाे खोपमै राजनीति
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असार १६, २०७८

-श्याम स्मृत

नेपालमा हालसम्म कोभिड–१९ बाट करिब ६ लाख संक्रमित भइसेका छन् भने करिब ६८ हजार सक्रिय संक्रमित छन्। लगभग ८ हजार जनाले ज्यान गुमाइसकेका छन्। त्यस्तै करिब ५ लाखभन्दा बढी निको भएका छन्। यो आँकडाले नेपाल जस्तो सानो गरीब मुलुकको लागि कोभिड-१९ को महामारीवाट बच्नका लागि सहज उपाय भनेको हाललाई कोभिड–१९ विरुद्धको खोप नै हो।

यो खोप पाउनका लागि पनि अनेक उपाय गर्नुपर्ने अवस्था आउनु दुःखद कुरा हो। अझ नेपालमा खोपको नाममा राजनीति भएको छ। आम नेपाली जनतालाई सहज ढंगवाट खोप उपलव्ध गराएर कोभिड–१९ वाट बचाउनु पर्ने मानविय कार्यलाई बेवास्ता गरेको पाइएको छ। नातावाद, कृपावाद तथा आस्थावाद जस्ता अनेक वादमाझवाट खोपको राजनीतिको चर्को आगो सल्किएको छ। 
    
त्यो चर्को राजनीतिको आगोले गर्दा गत फागुन २२ गतेपछि पहिलो भारतीय खोप लाएका ६५ बर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले तीन महिना वितिसक्दा पनि दोश्रो खोप नपाउनु पराकाष्ठता नै हो। विश्व स्वास्थ्य संगठनका अनुसार पहिलो खोप लाएको आठ हप्ता पार हुन नहुने भनिएतापनि सरकार खोपको राजनीति गरेर ६५ बर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले पाउनुपर्ने दोश्रो खोप नपाएर रुनु न हांस्नु भएको छ। 

समय यसरी नै गुज्रदै गएमा पहिलो खोप लगाएको कुनै अर्थ नहुने र फेरि पहिलो खोपवाट दोहो¥याउनु पर्ने स्वास्थ्यविज्ञहरुको भनाई प्रकाशमा आइरहेको अवस्थामा सरकारले ती ज्येष्ठ नागरिकहरुले दोश्रो खोप पाउने हो या होइन ? त्यसको सुनिश्चितता हुनु आवश्यक छ। भारतवाट उक्त दोश्रो खोप ल्याउन नसक्ने नै भएमा मौजुदा चीनिया खोपको पहिलो र दोश्रो मात्रा लगाएर लाखौं ती ज्येष्ठ नागरिकहरुलाई सरकारले सुरक्षित पार्ने बैकल्पिक उपाय गर्न चुक्नु हुंदैन।
     
खासमा खोप सञ्चालन गर्दा कति मात्रा प्राप्त भएको छ, कति मात्रा प्रयोग गर्ने, कति मात्रा दोस्रो डोजलाइ खपत गर्ने, कस्तो व्यक्ति अथवा कुन उमेर समूहमा सञ्चालन गर्ने भन्नेबारे सबै सरोकारवालासँग छलफल गरी पूर्वतयारी गरेर मात्रै खोप सञ्चालन गर्नुपर्ने हुन्छ। जुन भएको देखिदैन । पूर्वतयारी र समन्वयको अभाव तडकारो रुपमा देखिएको छ। अर्कोतर्फ अस्थिर सरकार अर्को कारण हो।
      
कोभिड-१९ लहर चलेदेखि नेपालमा राष्ट्रिय राजनीतिको असर स्वास्थ्य मन्त्रालयमा पनि देखिएको छ। पहिलो चरणमा देखापरेको कोभिड-१९ देखि हालसम्म तीनपटक मन्त्रिपरिषद विस्तारले गर्दा तीनपटक नै स्वास्थ्यमन्त्री फेरिँदा मन्त्रालयले सही मार्गदर्शन पाउन सकेको देखिँदैन। बारम्बारको मन्त्री फेरबदलले कोभिड-१९ विरुद्ध पूर्वतयारी हुन नसक्नु, सही नीति कार्यान्वयन गर्न नसक्नु, अक्सिजनसहितको आइसोलेसन स्थापना गर्न नसक्नु, सक्रिय संक्रमित व्यवस्थापन गर्न र शव व्यस्थापनमा पनि सरकार पटक–पटक चुकिरहेको छ।
     
त्यसैगरी खोप आपूर्ति गर्न नसक्नु, प्राप्त खोपको सही व्यवस्थापन गर्न नसक्नुले पनि थप सकस पैदा गरेको छ। त्यसो त जनस्तरबाट खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराउन पटक–पटक सबैले बिभिन्न माध्यमबाट दबाब पनि नदिएका होइनन् तर सरकार मन्त्रिपरिषद र सत्ता जोगाउन मात्रै व्यस्त देखिन्छ। जुन विडम्बना हो।
 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  ०७:१८
##Vaccine
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्