katari Municipality
x
Top Navigation
  • Contact
Main Navigation
शनिबार, असार २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असार २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • अस्ट्रेलियामा ज्ञानेन्द्र उप्रेतीको पहलमा पाइलट प्रोजेक्ट परियोजना
अस्ट्रेलियामा ज्ञानेन्द्र उप्रेतीको पहलमा पाइलट प्रोजेक्ट परियोजना
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असार १६, २०७८

मेलबर्न अष्ट्रेलिया । भिक्टोरियन बहुसांस्कृतिक आयोगका लागि बारवन साउथ वेष्ट रिजनको प्रतिनिधित्व हुने गरी २०१९–२१ का लागि सल्लाहकारका रुपमा कार्यरत एवम् ग्रेटर जिलोङ नेप्लिज कम्युनिटीका सक्रिय सदस्य नेपाली मूलका ज्ञानेन्द्र उप्रेतीको पहलमा समुदायका सदस्यहरुले सामना गर्न परेका बिभेदकारी सामाजिक, आर्थिक र राजनीतिक हैरानीहरुलाई न्यूनिकरण गर्ने उद्धेश्यकासाथ अस्ट्रेलियाको भिक्टोरियामा नयाँँ परियोजनाको पाइलट प्रोजेक्ट “Community Led initiative” सूत्रपात भएको छ ।
       
कोभिड्–१९ का कारण मेलबर्नमा गरिएको जुम मिटिङ सकिएलगत्तै यस परियोजनाले औपचारिकता प्राप्त गरेको हो । यसै परियोजना अन्तर्गत सम्बन्धित बिभिन्न समुदायकाबीच जुलाई २३ मा जिलोङमा अरबी भाषामा, अगस्ट २० मा जिलोङमा डारी भाषामा, सेप्टेम्बर २४ मा जिलोङमा कारेन भाषामा, २२ अक्टोबरमा जिलोङमा अंग्रेजी भाषामा १९ नोभेम्बरमा तमिल भाषामा कोलाकमा अंग्रेजी भाषामा र २१ जनवरीमा वार्नाबुलमा अंग्रेजी भाषामा “Safety at work : know your rights and responsibilities”कार्यक्रमहरु सञ्चालन गरिने भएका छन् ।
        
भिक्टोरियन बहुसांस्कृतिक आयोगका कमिसनर, शरणार्थी सप्ताह २०२१ का दूत एवम् माइग्रान्ट वर्कर केन्द्रका सेफ्टी दूत शंकर काशिनाथनद्धारा सञ्चालित कार्यक्रममा स्थानिय सरकारका प्रतिनिधिका रुपमा सांसद क्रिश्टियन कौजिन्स र ग्रेटर जिलोङका काउन्सिलर जिम मासनले मन्तब्य राखेका थिए । 
      
आयोजित कार्यक्रमका प्रमुख वक्ताको रुपमा डाइभरसिटाटका तर्फबाट स्ट्राटेजिक इन्गेजमेण्ट को–अर्डिनेटर प्रेहासिनी जोसेफ, भिक्टोरियन बहुसांस्कृतिक आयोगका लागि बारवन साउथ वेष्ट रिजनको प्रतिनिधित्व हुने गरी २०१९–२१ का लागि सल्लाहकारका रुपमा कार्यरत एवम् ग्रेटर जिलोङ नेप्लिज कम्युनिटीका सक्रिय सदस्य ज्ञानेन्द्र उप्रेती, फोएनिक्स एजुकेशनल, मल्टिकल्चरल इन्टिग्रेशन, कन्सल्टिङ, कम्युनिटी सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत डा. मार्टिन घायोर मिनाइए रहेका थिए।
     
कार्यक्रममा माइग्राण्ट वर्कर्स सेन्टरका तर्फबाट भिमा मुनियापाह, लुम्बिनी–कपिलवस्तु विश्वअभियानका तर्फबाट दिदीबहिनी समाज भिक्टोरियाका अध्यक्ष डा. जमुना पराजुली, ग्रेटर जिलोङ नेप्लिज कम्युनिटीका अध्यक्ष डा. सन्तोष पाण्डेको उपस्थिति रहेको थियो।
      
ब्यक्ति वा संस्थाद्धारा अन्य ब्यक्तिहरुमा विभिन्न नियत र स्वार्थका कारण सामाजिक, आर्थिक र राजनीतिक रुपमा गरिने भेदभाव र हैरानी जस्ता संबेदनशिल मानवीय समस्या न्यूनिकरणका लागि उप्रेतीले यो परियोजनाको अवधारणाको परिकल्पना गरेका हुन्। 
    
विगतमा आफूले भोगेका समस्या र बिभिन्न व्यक्ति र संस्स्थामार्फत विभिन्न व्यक्तिले यस्ता किसिमका समस्याहरु भोगेको आफूले देखेकाले यसबाटै उप्रेतीलाई यो परियोजना बारे सोच्ने प्रेरणा मिलेको हो ।
     
परियोजना २०२२ फरवरीमा सकिने छ र यो समय अवधिमा भए गरिएका कामको मूल्याङ्कनका आधारमा यस परियोजनालाई परिमार्जनकासाथ थप प्रभावकारी बनाउने किसिमले अगाडि बढाइने छ ।
      
यो परियोजना माइग्राण्ट वर्कर्स सेन्टर, डाइभरसिटाट लगायत बिभिन्न संस्थाहरुको सहयोगमा सामुदायिक सदस्य एबं नेतृत्वदायी ब्यक्तिहरुको समूहद्धारा सञ्चालन गरिने गरी तयार पारिएको छ ।
      
यो ऐतिहासिक महत्वपूर्ण परियोजना शुरु गर्न पहल गरेर सफलता प्राप्त गरेकोमा लुम्बिनी–कपिलवस्तु विस्व–अभियानका विश्व संयोजक तथा अन्तर्रास्ट्रिय नेपाली कलाकार समाज ‘इनास’का विश्व सल्लाहकार रामकुमार श्रेष्ठले फेसबुक मार्फत ज्ञानेन्द्र उप्रेती लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई र पाइलट प्रोजेक्ट समयाबधिमा आगामी परियोजना प्रभावकारी ढङ्गले अगाडि बढाउन उल्लेखनीय प्रभावकारी उपलब्धिहरु हासिल होस् भन्दै हार्दिक शुभकामना ब्यक्त गरेका छन् ।

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  ०७:२८
##Australia ##GyanendraUpreti
प्रतिक्रिया दिनुहोस्
थप समाज
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति 
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति  शुक्रबार, असार १९, २०८३
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य बुधबार, असार १७, २०८३
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम बुधबार, असार १७, २०८३
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन मंगलबार, असार १६, २०८३
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू सोमबार, असार १५, २०८३
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा शनिबार, असार १३, २०८३
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान बुधबार, असार १०, २०८३
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट सोमबार, असार ८, २०८३
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ १६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
  • नंः २ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः ३ स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
  • नंः ४ बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
  • नंः ५ यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्