Top Navigation
Main Navigation
आइतबार, फागुन ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, फागुन ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सुनिता गुरुङको संघर्षमय सफलता
सुनिता गुरुङको संघर्षमय सफलता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असार १६, २०७८

–श्याम स्मृत

ललितपुर । संघर्षले नै सफलताको चुचुरो चुम्ने गर्दछ। संघर्ष विनाको सफलता पाउन पनि कठिन छ। यो संघर्षको कथाभित्रको यथार्थता सुनिता गुरुङ हुन्। जसले पहाडजस्तो अत्यन्त कठिनभन्दा कठिन जिन्दगीलाई पार गरेकी छन्।

थातथलो पश्चिम नेपालको तनहुँको एम्पाफाँटको कठिन जीवनको त्यो बेला पनि मिठो खाएर हातभरि रंगीचंगी चुरा लाएको स्वप्निल सपना वोकेकी सुनिता गुरुङ सफलता पाउनका लागि सपना देख्नु पर्ने मान्यता राख्छिन्। 
      
सपना देखेपछि त्यो सपना विपना पनि भैदिने गरेको यथार्थता सुनिता गुरुङको वर्तमान यथार्थताले सार्थकता दिएको छ। आठ बर्षको उमेरसम्म तनहुँमा हुंदा ढिंडो खाँदा खाँदा आँखावाट आँशु बर्रर आउने गरेको र चामलको भात खान पाउने दिन कुरेको त्यो क्षण तथा पललाई कहिल्यै पनि नविर्सेकी सुनिता गुरुङको जीवनमा दोश्रो आमाको प्रवेशले नयाँ जीवन पाएको हो। पिता कृषि विज्ञ भएको कारण कृषि विज्ञ पिता बेलायत पुगे। 
      
त्यही सुनिताको पिताको दोश्रो आमा अर्थात नेदरल्याण्डकी कान्छी आमासंग विवाह भएपश्चात नै परिवारमा परिवर्तन आएको दिल खोलेर सुनिता भन्न चुक्दिनन्। संघर्ष र दुःखको पहाडमा थलिएको सुनिताको परिवारमा नेदरल्याण्डकी कान्छी आमाको प्रवेश भएपछि परिवार र बच्चाहरुलाई व्यावहारिक शिक्षा दिनेदेखि उनीहरुको आनीबानी सवै कुरामा परिवर्तन ल्याइदिइन्। जसको कारण नेदरल्याण्डसम्म पुग्न पाइन्। 
      
नेदरल्याण्डमा इन्टरनेशनल इभेन्ट म्यानेजमेन्ट र बेलायतवाट होटल म्यानेजमेन्टको डिग्रीसम्म हासिल गर्न सफलता पाइन्। आठ बर्षको उमेरमा दोश्रो मम्मीको आगमनवाट जीवनमा आएको परिवर्तनका कारण आफ्नी आमालाई जन्म दिने आमा र कान्छी आमालाई कर्म दिने महान आमा भनेर ठूलो सम्मान दिने कार्य सुनितावाट भएको छ। प्रकृतिसंग सानैदेखि रम्ने गरेकी सुनिता प्रकृति प्रेमी तथा फूल–विरुवालाई अत्यन्त माया गर्ने प्रकृति पूजारी पनि हुन् ।
      
विसं.२०७२ साल बैशाख १२ गते नेपालमा महाभूकम्प गएको दिन सुनिता नेदरल्याण्डमा नै रहेकी थिइन्। नेपालमा आएको महाभूकम्पको विपत्तिको बेला नेदरल्याण्डमा भाइबहिनीहरुसंग बसेर त्यहाँ नेपाली कुकिङ गरेर केही सहयोग संकलन गरेर नेपालमा महाभूकम्प पीडितहरुलाई राहत प्रदान गर्ने कार्य गरेकी थिइन्। 
      
महाभूकम्पको त्यो महापीडावाट निक्कै भावविव्हल बनेकी सुनिता नेपालमा महाभूकम्प गएको पाँच महिना पछि नेपालमा नै फर्किइन्। सक्दो सहयोग गर्ने कार्यको व्यक्तिगत रुपमा शुरुवात पनि गरिन्।

दरवारमार्गस्थित फाइभस्टार होटल दि अन्नपूर्णमा होटल म्यानेजर पदमा काम गर्दै सामाजिक कार्य गर्ने सोच वनाउंदै अघि बढेको सुनिताले भनेकी छन्। द आर्ट एण्ड सोल फाउण्डेसन नामक संस्था खोलेर बालबालिकालाई फर्मल तथा इन्फर्मल एजुकेशन प्रदान गर्ने कार्यमा पनि व्यक्तिगत रुपमा नै लागेकी सुनिताले हालसम्म सामाजिक कार्य गर्न कसैसंग सहयोग नमागेको वताएकी छन्। 
      

होटलको तलबलाई सदूपयोग गर्दै सामाजिक कार्य गर्दैआएको खुलासा गरेकी सुनिताले दि अन्नपूर्ण पछि सोल्टी क्राउन प्लाजा र कोभिड-१९ को दोश्रो लहरको महामारीको कारण जारी लकडाउन अघिसम्म होटल व्दारिकाजमा म्यानेजर पदमा कार्यरत रहेकी सुनिता बालबालिकाको क्षेत्र अलावा महिला सशक्तिकरण तथा बाताबरण सुधारमा पनि भोलियन्टर बेसमा कार्य गर्ने सोच बढाएकी छन्। 
       
त्यसको मतलव बाल अनाथआश्रम लगायत खोलेर बस्ने मनासय नभएतापनि विभिन्न अर्गानाइजेसनमा आवद्ध भएर उनीहरुका कार्यलाई भोलियन्टरी साथ र सहयोग गर्ने कार्यमा अग्रता दिएकी छन्। यसैमा आनन्द आएको पनि सुनिताले भनेकी छन्। निकट भविष्यमा आफ्नो थातथलो तनहुँको एम्पाकोटमा राम्रै सुविधाजनक बाल तथा महिला आश्रम खोल्ने योजना रहेको पनि खुलासा गरेकी छन्।

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  ०७:४८
##SunitaGurung
प्रतिक्रिया दिनुहोस्
थप समाज
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ?
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ? आइतबार, फागुन ३, २०८२
आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजा
आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजा आइतबार, फागुन ३, २०८२
आज देशभर २६३औँ सेना दिवस मनाइँदै
आज देशभर २६३औँ सेना दिवस मनाइँदै आइतबार, फागुन ३, २०८२
आम्दानीको स्रोत बन्दै अटोरिक्सा
आम्दानीको स्रोत बन्दै अटोरिक्सा आइतबार, फागुन ३, २०८२
प्रेम कहिलेकाहीँ साथमा रहँदैन, तर आशीर्वाद बनेर जीवनभर साथ दिन्छ
प्रेम कहिलेकाहीँ साथमा रहँदैन, तर आशीर्वाद बनेर जीवनभर साथ दिन्छ शनिबार, फागुन २, २०८२
सफलता अन्तिम गन्तव्य होइन, निरन्तर यात्रा मात्र हो
सफलता अन्तिम गन्तव्य होइन, निरन्तर यात्रा मात्र हो शनिबार, फागुन २, २०८२
स्वास्थ्य बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत् हुने
स्वास्थ्य बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत् हुने बिहीबार, माघ ३०, २०८२
राप्ती नदीमा २० घडियाल छाडियो, चितवनमा संरक्षण प्रयास तीव्र
राप्ती नदीमा २० घडियाल छाडियो, चितवनमा संरक्षण प्रयास तीव्र बिहीबार, माघ ३०, २०८२
महाशिवरात्रि नजिकिँदै पशुपति क्षेत्रमा सरसफाइ र व्यवस्थापन तयारी तीव्र
महाशिवरात्रि नजिकिँदै पशुपति क्षेत्रमा सरसफाइ र व्यवस्थापन तयारी तीव्र बिहीबार, माघ ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सम्पदाहरू जल्दै गर्दा दुखेको मन
  • नंः २ खाेटाङ र उदयपुर जाेड्ने  सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन
  • नंः ३ प्रतिनिधिसभा निर्वाचन: फागुन ३ देखि १७ गतेसम्म देशभर मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्दै आयाेग
  • नंः ४ सफलता अन्तिम गन्तव्य होइन, निरन्तर यात्रा मात्र हो
  • नंः ५ नामी साप्ताहिक
विचार
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्