Top Navigation
Main Navigation
मंगलबार, असार ३१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार ३१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • जनताको घरघरमा खानेपानी पुर्याउने सांसद थेवेकाे धोको
जनताको घरघरमा खानेपानी पुर्याउने सांसद थेवेकाे धोको
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, फागुन ३, २०८०
Urmila Thebe

काठमाडौँ । ताप्लेजुङ जिल्लामा खानेपानीको निकै समस्या छ। जनताका घरघरमा खानेपानी पुर्याउने मलाई धोको छ। एक नगरपालिका र आठवटा गाउँपालिका रहेको यस जिल्लाका धेरै स्थानमा अहिले पनि सहज खानेपानीको सुविधा छैन। 

अग्ला पहाड, छरिएको बस्ती रहेको यस जिल्लामा स्थानीयवासीलाई खानेपानीको जोहो गर्न निकै मुस्किल परिरहेको जोकोहीले देख्न र अनुभव गर्न सक्छ जसबाट मुख्यतः धेरै महिला दिदीबहिनी पीडित भएको छ। उनीहरुको अधिकांश समय खानेपानीको जोहो गर्नमै खर्च हुने गरेको छ।

‘एक परिवार एक धारा’ बनाउन पाए मैले राजनीति गरेको सफल हुने थियो जस्तो लाग्छ। जनताको आधारभूत कुरा हो खानेपानी। त्यति पूरा गर्न पाए म सफल हुने थिएँ। जिल्लामा खानेपानीको सहज व्यवस्थाका लागि पाइप र ट्याङ्की निर्माण गर्न खानेपानी मन्त्रालयमा योजना पनि दिएकी छु, तर बजेट प्राप्त हुन सकेको छैन।

अर्कोतर्फ, ताप्लेजुङका धेरै ठाउँमा पहिरोले दुःख दिएको छ। ती पहिरा पीडितले पनि अझै राहत प्राप्त गर्न र उनीहरुको उचित पुनःस्थापना हुन सकेका छैनन्। यी विषयको सम्बोधनका लागि मैले संसद् र अन्य मञ्चमा निरन्तर कुरा उठाएँ तर सुनुवाइ भएको छैन।

Nepal Oil Corporation

पहिराले भत्काएका विद्यालय बन्न सकेका छैनन् र भएका विद्यालय पनि पुनःनिर्माण हुन नसक्दा विद्यार्थीले राम्ररी पढ्न पाएका छैनन्। कुनै विद्यालय पहिराले लगेको छ, कुनै विद्यालय निर्माणाधीन छ, कुनै जीर्णोद्धार हुँदैछ। यस ज्वलन्त समस्यातर्फ राज्यको ध्यान जान नसकेकोप्रति दुःख लागेको छ।

ताप्लेजुङका जनताको ठूलो माग केही पनि छैन तर आधारभूत आवश्यकता नै पूरा हुन सकेका छैनन्। सडक सबै ठाउँमा पुगेको छैन, आवतजावतमा समस्या छ। स्वास्थ्यको अवस्था हेर्दा त्यतिकै नाजुक छ। सबै योजना बनाएर हरेक सम्बन्धित मन्त्रालयमा दिएकी छु तर कुनै पनि फाइल हेरिएन, बजेट परेन। अधिकतम प्रयास गरेँ तर त्यो सफल हुन सकेन।

सांसद विकास कोषको व्यवस्था भएको भए सांसदको क्षेत्रमा अलिअलि भए पनि विकास बजेट हुन्थ्यो भन्ने लाग्छ। कोषको रकम प्रत्यक्ष निर्वाचित सांसदलाई मात्र दिइनु हुँदैन, समानुपातिक सांसदलाई पनि दिइनु जरुरी छ।

राष्ट्रिय बजेट सरकारले आफुखूसी वितरण गरेको पाइन्छ। यस्तो अवस्थामा सांसद कोषले केही मात्रामा भए पनि आफू निर्वाचित भएको क्षेत्र र जिल्लामा खर्च गर्न सकिन्थ्यो, त्यो पनि अहिले रोकिएको छ। यस कोषबाट खानेपानीका पाइप खरिद गर्न, ट्याङ्की बनाउन सकिन्थ्यो नि।

पहाडी जिल्लामा महिलाको अवस्था पनि निकै कष्टप्रद रहेको छ। उनीहरुका लागि केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ। महिलालाई सीपमूलक तालिम दिन पाएको भए कति राम्रो हुन्थ्यो। राज्यले महिलाको उन्नति र प्रगतिका लागि पर्याप्त र प्रत्यक्ष लगानी गरेको देखिन्न।

छोराछोरी पढाउनुपर्छ भन्ने चेतना त आएको छतर आमा दिदीबहिनीलाई आत्मनिर्भर बनाउने किसिमका तालिम हुन सकेका छैनन्। मैले अहिले घरेलु तथा साना उद्योगसँग मिलेर केही महिलाका लागि बाँसका सामग्री बनाउने सीपमूलक तालिम दिने काम गरिरहेकी छु।

यो तालिमबाट उनीहरु स्थानीय सामान प्रयोग गरेर डालो, डोको, नाङ्लो आदि बनाउन सक्ने भएका छन्। सीप सिकेर केही अर्थोपार्जन पनि गर्न पाएकामा उनीहरु निकै खुसी छन्।

विधायकका रुपमा काम गरेको एक वर्ष पुग्यो, तर कानुन निर्माणको काममा भने त्यति राम्रो गर्न सकिएन। एक वर्षका अवधिमा बल्ल एउटा कानुन बन्यो। संविधानअनुकूल हुने गरी कानुन बनाउन बाँकी छ। सङ्घीयता कार्यान्वयन गर्न पनि निकै कठिन परेको छ।

खासगरी सरकारले आवश्यक विधेयक लिएर आउनुपर्ने हो। तर त्यसमा ढिलाइ र आलटाल गर्ने प्रवृत्ति देख्छु। प्रतिपक्षले त संसद्मा विधेयक ल्याउने होइन। सरकारले राज्य र जनताको पक्षमा काम गर्नुपर्ने हुन्छ, प्रतिपक्षले रचनात्मक खबरदारी गर्ने हो।

सांसद कानुन बनाउने हुन् भनेर सोच्ने परिपाटी अझै विकास भएको देखिन्न। आफू प्रतिनिधित्व गर्ने जिल्ला, क्षेत्रमा विकास निर्माणका काममा वास्ता नगर्ने हो भने जनताले अर्को पटक जिताउने सम्भावना कम हुन्छ। जनताकै लागि राजनीतिक गरेको हो, जनताको खुसी नै राजनीतिक दलको सफलता हो। जनता खुसी भए पछि मात्र राजनीतिक दलको उद्देश्य सफल हुन्छ।

सांसद उर्मिला थेवेको परिचय

पाँचथरमा २०१६ असार १५ गते जन्मिएकी उर्मिला थेवेले विसं २०३१ देखि राजनीतिक यात्रा सुरु गरेको थियो। उनी २०३८ सालदेखि अखिल नेपाल महिला सङ्घको स्थानीय कमिटी र जिल्ला कमिटीदेखि केन्द्रीय कमिटीमा काम गरिन्। विद्यार्थी जीवनमा जेल, नजरबन्दमा पनि परेकी नेत्री थेवे अहिले एमाले केन्द्रीय सदस्य हुन्। उनी नेकपा एमालेका तर्फबाट समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य हुन्।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०९:२८
##urmilathebe #taplejung
प्रतिक्रिया दिनुहोस्
थप सम्वाद
मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ :  नगर प्रमुख श्रेष्ठ
मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ शनिबार, असार २८, २०८२
ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा शनिबार, असार २१, २०८२
यस्तो छ यसवर्षको मनसुनीे वर्षाको प्रक्षेपण
यस्तो छ यसवर्षको मनसुनीे वर्षाको प्रक्षेपण शनिबार, असार ७, २०८२
जनताकाे मन जित्ने गरि विकासका कार्यहरु धमाधम हुँदैछ : नगर प्रमुख बस्नेत
जनताकाे मन जित्ने गरि विकासका कार्यहरु धमाधम हुँदैछ : नगर प्रमुख बस्नेत शनिबार, असार ७, २०८२
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल सोमबार, जेठ १३, २०८२
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान सोमबार, मंसिर १०, २०८१
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे मंगलबार, असोज १, २०८१
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे आइतबार, असार १६, २०८१
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली शुक्रबार, असार १४, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः २ बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
  • नंः ३ उदयपुरकाे कुन पालिकामा एसइई नतिजा कस्ताे?
  • नंः ४ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
  • नंः ५ उदयपुरकाे त्रियुगा नदीमा नुहाउने क्रममा एक बेपत्ता
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्