Top Navigation
  • Contact
Main Navigation
शनिबार, कात्तिक १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, कात्तिक १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • एक बुबा र तीनै छोरा पाइलट
एक बुबा र तीनै छोरा पाइलट
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असार १६, २०७८

काठमाडौँ । “अरुहरुले जे सकिँदैन भन्छन्, हामी त्यो सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने ठान्छौं । काम गर्न नचाहनेले मात्रै यस्ता तर्क गर्छन्। अगाडि बढ्न चाहनेले कहिल्यै सकिँदैन, हुँदैन, सम्भव छैन भन्दैन । नेपालमा काम गर्नुपरेपछि यस्ता तर्क गर्नेहरु भने धेरै भेटिन्छन्’’ कुराकानीको शुरुआत नै यसरी भयो । 

पाइलटहरुको एउटा परिवार। शुरुमा पिता अनि तीन भाई छोरा पनि बुबालाई पछ्याउँदै पाइलट । संसारमा यस्तो संयोग पनि कमै जुर्छ होला । तेस्रो पुस्तालाई समेत सोही पेशामा लगाउने सोच छ त्यो परिवारको छ ।  

यो पाइलट परिवारले झण्डै ६५ हजार घण्टा विमान उडाएको रेकर्ड समेत बनाएको छ । त्यही रेकर्ड बनाएको परिवारको दोस्रो पुस्ताको जेठो सदस्य हुन् सुवास रिजाल । 

नेपालको राष्ट्रिय झण्डा बोकेर उड्ने नेपाल वायु सेवा निगम आफैमा गर्विलो विरासत बोकेको संस्था हो । काठमाडौँको नयाँ सडकको ढोकैमा आकाश भैरवको प्रतिमा शिरमा राखेर ठडिएको यो संस्थाले राजनीतिक उतारचढाव धेरै भोग्यो । सोही संस्थाले दिएको नाम र कामसँग नङमासु जसरी जोडिएको छ रिजाल परिवार । 

धनकुटाबाट विराटनगर हुँदै काठमाडौँ आइपुगेको रिजाल परिवारले बनाएको प्रतिष्ठा धेरैका लागि लोभलाग्दो पनि छ। पिता गंगाप्रसाद रिजाल निगमका वरिष्ठ पाइलट थिए। उनी लामो समय सेवा गरेर हाल अवकाश जीवनमा रमाइरहेको छ। उनका तीन भाई छोरा नै पाइलट छन् । अहिले त उनीहरु पनि वरिष्ठ पाइलट भइसकेका छन् ।   

कुनै समय थाइ एयरलाइन्ससँग जोडिएर आउँथ्यो, निगमको नाम । शाही नेपाल वायु सेवा निगमबाट शुरु भएको यात्रा नेपाल वायु सेवासम्म आइपुग्दा झनै खस्किएको छ । झनै खुम्चिएको छ भन्दा अन्यथा हुदैन होला । विदेशी एयरलाइन्सको धमाधमको कमाइका अघिल्तिर निगमको गन्तव्य भने सीमित छ । सीमित मात्र होइन झन खुम्चिँदै गएको छ। 

देशभित्रै निजी वायुसेवा प्रदायकले दैनिक दर्जनौँ उडान भर्दा, निगमका जहाज घाम पानी थापेर विमानस्थलमा ग्राउण्डेड हुन बाध्य छन्। आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ जहाज उड्न सक्छ, सम्भव छ भन्नेहरुका कुरा सायदै सुनिन्छ। 

पछिल्लो पटक त निगमले ती जहाज व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गरिसकेको छ । अन्तर्राष्ट्रिय उडानमा रहेका दुई न्यारोबडी र दुई वाइडबडीका पनि आ–आफनै कहानी छन् । 

निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले आँट गरेर जहाज नल्याएको भए आज निगम विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ्मा मात्रै सीमित हुन्थ्यो भनेर टिप्पणी गर्नेहरु पनि उत्तिकै छन् । 

निगमलाई धेरै अगाडि बढाउन सकिन्छ, यहाँ त हुँदैन, सकिदैन भन्ने मान्यताले काम गरेको छ । जसले  हुँदैन र सकिदैन भन्छन् उनीहरुलाई नै निगमको खास जिम्मेवारी दिइएको आरोप पनि लाग्ने गरेको छ । 

नेपालको हवाई उड्डयन व्यवसाय ९५ अर्ब भन्दामाथिको छ जसमा नेपालमा स्थापित सबै वायुसेवाहरुको कूल हिस्सा २० देखि २५ अर्ब मात्र रहेको छ। हामी सबैले कसैको पनि कुभलो नचिताई स्वस्थ प्रतिस्पर्धा गरेरै अघि बढ्दा सम्वृद्धि हाँसिल गर्न सकिने सकारात्मक मत पनि छ । 

निगमका वरिष्ठ पाइलट समेत रहेका सुवास भन्छन् “उच्च व्यवस्थापनमा रहेकाहरुले जे कुरा सम्भव छैन भनिरहनु भएको छ, त्यो कुरा हामी सम्भव छ भनेर देखाउन सक्छौँ । हामीमा आँट छ, गर्ने ल्याकत पनि छ।” 

सबैतिर बन्द भएको उडान तत्कालीन अवस्थामा सुगतरत्न कंसाकार महाप्रबन्धक भएको समयमा शुरु भएको थियो। सुवासको बुझाइमा सन् २०१६ देखि २०१८ को बीचमा झण्डै ४० गन्तव्यमा उडान शुरु भएको थियो । सो समयमा सुवास निगमको अपरेशन डाइरेक्टर थिए । त्यसपछि झनै गन्तव्य थपिनु पर्ने थियो । नयाँ नयाँ जहाज पनि थपिनु पर्ने थियो । 

अवस्था भने ठिक विपरित भएर गएको छ । आन्तरिक उडानका लागि भनेर ल्याइएका चिनियाँ जहाज घाम तापेर, बर्षा सहेर बसेको छ। भएका दुई वटा ट्वीनअटर जहाजले कुन कुन गन्तव्यमा उडान भरोस् । निजी विमान कम्पनीले धमाधम उडान भरीरहँदा निगमका जहाज भने पखेटा काटिएको चरा जस्तै रहन किन बाध्य भयो त ? सुवासको टिप्पणी छ “यो पनि सकिदैन, त्यो पनि सकिदैन, हुँदैन भन्ने मान्यताले निगममा घर गरेको छ । यो प्रवृत्तिलाई बदलेर, सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने मान्यता स्थापित गरिए सबै कुरा सम्भव छ । हामी सम्भव बनाउन सक्छौँ ।”
“जहाज उडाउने भनियो, पाइलट छैन भनिन्छ, इन्जिनियर छैन भनिन्छ, अर्कोलाई दोष लगाउन थालिन्छ तर म यो काम गर्छु, यसरी सम्भव छ भनेर कोही कसैले पनि तयारी गरेको देखिएन । बरु राम्रा काम गरेकालाई हिलो छ्याप्ने काम गरियो”, वरिष्ठ क्याप्टेन सुवास भन्छन् “जसलाई संस्थाको भन्दा अन्यत्रैको माया छ भने कसरी निगम उभो लाग्छ।” 

गुनासै गुनासाका पोका मात्रै होइन, हामीसँग निगमलाई अगाडि बढाउने मास्टर प्लान पनि छ । खुम्चिएर बसेको निगमलाई फुकाउने, व्यवसायिक कार्ययोजनाका साथ अगाडि बढ्ने सोच पनि छ । विगतमा अगाडि बढाइएका सकारात्मक कार्ययोजना पूरा गर्ने हो भने निगमले चोला फेर्न धैरै पर्खनुपर्ने छैन । 

सुवासको भनाइ छ “जे हुदैन, सम्भव छैन भनिन्छ त्यो काम सम्भव छ, गर्न सकिन्छ । निगम पनि अन्य व्यवसायिक निजी कम्पनीभन्दा अब्बल बनाउन सकिन्छ । प्रतिस्पर्धी बनाउन सकिन्छ ।”  हुन पनि हो । काम गर्दा  भन्दा नगर्दा नै फाइदा भएपछि किन मानिसले दुःख गरोस् ? अहिले निगममा भएको पनि त्यही हो । सायद यसैले हुनसक्छ उनको आक्रोशपूर्ण अभिव्यक्ति देखिन्छ बेलाबखतमा ।  

कोरोनाको विपदमा उद्धार गर्नु पर्दा निगमको जहाज चाहिएको छ । स्वास्थ्य सामग्री ल्याउनु परेको छ, जहाज त फेरि पनि निगमको नै चाहिन्छ तर निगमलाई व्यवसायिक बनाऔं भन्ने सन्दर्भ कहीँ कतैबाट आयो भने, कोही जिम्मेवारी लिन तयार नभएको उनको गुनासो छ । किनकि त्यहाँ जवाफदेही हुनुपर्छ । निगम बनाउँछु भनेर आएका एकाध बाहेक अधिकांशसँग जवाफदेहिता छैन भन्ने आफूले देखेको सुवासको भनाइ छ । 

‘आपत विपदको समयमा काम लाग्ने भनेकै आफ्नाहरु हुन्’ नेपाली समाजमा यो भनाई लोकप्रिय छ। कुनैपनि सार्वजनिक संस्था स्थापना गर्नुको पछाडि पनि यही सामाजिक चरित्रले काम गरेको छ तर निगमलाई आम जनताको संस्था बनाउनेतर्फ कोही कसैले सोचेका छैनन् जस्तो देखिनु आफैमा दुःखद छ। 

निगमका दुई वाइडबडी जहाजमध्ये एउटालाई जानी बुझीकनै बिरामी बनाइएको छ । बिरामी निगम सुधार्न ठूलै पापड पेल्नुपर्ने बताउने सुवासलाई शुरुमा आमाले छोरो डाक्टर बनोस् भन्ने चाहेको थियो । बुबा पाइलट भइहाल्नुभयो अब छोरो डाक्टर बनोस् भन्ने भएपनि परिस्थितिले पाइलट नै बनाइदियो । पिता गंगाप्रसादका तीन भाई छोरा नै पाइलट बने।

बनारसमा आइएस्सी सकेपछि सुवास पाइलट पढ्न अमेरिका गए। यो सन् १९८८ मा उनी त्यहाँ पुगेर करिब १० महिनामा १०–१२ हजार अमेरिकी डलर खर्च गरेर अध्ययन गरे र व्यवसायिक पाइलट बनेर फर्किए । उनले नेपाल फर्केपछि जहाज उडाउने सपना बोकेर आएको थियो तर त्यति नै बेला भने निगमसँग पर्याप्त जहाज थिएनन् । त्यसमाथि सरकारी संस्थान भएकाले सजिलै जागिर पाउने कुरा पनि थिएन । 

जहाज उडाउन नपाएपछि केही समय शिक्षक भएको स्मरण गरे, सुवासले । बेरोजगार पाइलट भनेर पहिलो अन्तरवार्ता दिने पनि मै थिएँ, शुरुवाती दिनहरुको स्मरण उनी यसरी गछन् । 

संयोगले तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठसँग भेट्ने अवसर मिल्यो । मरिचमानले विस्तारमा सुवासहरुको कुरा सुने। उनलाई भेटेको केही समय लगत्तै सुवासलाई रोजगारीको खवर आयो । 

नेपाल एयरलाइन्सका पाइलट सुवासले ट्वीनअटर, बोइङ हुँदै अहिले एयरबस ३२० उडाइरहेको छ। उनले आफनै पितासँग एउटै ककपिटमा बसेर पनि जहाज उडाएको छ । सन् १९६७ मा पाइलट बनेको गंगाप्रसाद, सन् २००३ मा अवकाश भएको हो। 

कुनै बेला बाबु छोराले जहाज हाँक्ने सुवासका दाजुभाई पनि बेला बेलामा त्यस्तै संयोग मिलेर आएको हुन्छ। भाइ श्रवणसँगै सुवासले एअरबस ३२० उडाउँछन् । अहिले भाई एअरबस ३३० मा छन् भने सुवास ३२० मा प्रशिक्षक पाइलट हुन्। केही वर्ष पहिले तीनै जना दाजुभाई एअरबस ३२० उडाउँथे । 

क्याप्टेन गंगाप्रसादका तीन भाइ छोरा, तिनै जना पाइलट । बुबाले झण्डै १८ हजार घण्टाभन्दा भन्दा बढी उडाए। सुवास भन्छन् “मेरो नै २१ हजार घण्टा माथि पुग्यो । भाइहरुको १८– १८ हजार घण्टा माथि पुग्यो । यसबाट प्रष्ट हुन्छ हाम्रो परिवारको मात्रै ६५ हजार घण्टाभन्दा माथि जहाज उडाएको पुगेको छ ।” 

विभिन्न क्षेत्रमा नयाँ रेकर्ड कायम भएका छन् । चारै जना एउटै एयरलाइन्स राष्ट्रिय ध्वजाबाहकमा काम गरेको पनि विरलै पाइन्छ। एउटै संस्थामा लामो समयसम्म आवद्ध भएर बसेको पनि लामो नै भएको छ । 

“पिताजी ८० पुग्नु भएको छैन । म ५३ वर्ष भएँ । भाइहरु म भन्दा चार वर्ष कान्छा छन् ।” सुवासले पारिवारिक पृष्ठभूमि बताए। माइला सुदीप पनि केही पहिले निगमको पाइलट थिए । अहिले उनी संयुक्त राष्ट्रसङ्घमा कार्यरत छन्।  
 
विराटनगर–४ बरगाछी स्थायी ठेगाना भएपनि रिजाल परिवार काठमाडौंँमा नै बस्थे । सुवास मात्रै विराटनगरमै जन्मिएको हो। सुदीप र श्रवण काठमाडौंमै जन्मिए । सुवासले भानुभक्त र ल्याब्रेटरी स्कुल पढेको हो । 

सुदीप र श्रवण सिद्धार्थ वनस्थलीमा पढे । खासमा सुदीप र श्रवण पाइलट बन्न खोजेको थिएन तर पछि उनीहरु पनि अन्तिममा पाइलट बन्न पुगे । सुदीप–श्रवणले इन्जिनियरिङ पढेको हो । त्यसमा पनि सुदीपको सफ्टवेयरमा इन्जिनियरिङ हो। श्रवणको इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ विषय थियो । 

इन्जिनियरिङ सकेर दुबै जना नेपाल फर्केर जागिरको खोजी शुरु भयो । तर केही गर्दा पनि पाउन सकिएन । काम गर्ने ठाँउ नै पाउन सकिएन । के गर्ने त भन्ने जिज्ञासाका बीचमा दुबै जनाले पाइलट पढ्ने निधो भयो । पाइलट कोर्सका लागि अमेरिका गए। 
 
बाबु र जेठा छोरा जतिबेला सँगै जहाज उडाउँथे भने माइला र कान्छा भने पाइलट कोर्स पढ्दै थिए। सन् १९९७ मा पाइलट कोर्स सकेर आउँदा निगममा नै जागिर  खुलेको थियो । बाबु र तीन भाइ छोरा सबै निगमको नै जगिरे पाइलट भए। 
 
सुवास र श्रवण अनुभवी पाइलटका रुपमा स्थापित छन् । दाजुभाई नै एकै पटक ककपिटमा रहँदा कस्तो अनुभव हुँदो रहेछ त? “अरु जस्तै सामान्य” सुवासको छोटो उत्तर थियो । झण्डै अढाई सय हाराहारी उडानमा दाजुभाइ सँगै छन्। प्रायः एकैसाथ उडेका छौँ। दाजुसँगै एउटै ककपिटमा धेरै उडान भरेका सुदीपले भने बुबासँग जहाज उडाउन पाएको अनुभव छैन।  

उनलाई बेला बेलामा मलाई त्यो सौभाग्य भने मिलेन भन्ने लाग्दछ । एउटै ककपिटमा रहँदा दाजुभाइको नाता कि एउटा व्यवसायिक पाइलटको सम्बन्ध? कुन बढी देखिन्छ रु हाम्रो अर्को जिज्ञासा थियो सुवाससँग । उनले भने “दाजुभाई भन्दा पनि साथी जस्तो लाग्छ मलाई। उडेपछि हामी साथीभाइ ।” श्रवणको पनि उस्तै भनाइ छ “ककपिटमा बस्दा दाजुभाइ भन्ने जस्तो नै हुदैन।”

नेपालका अधिकांश विमानस्थलमा उडान भरेको अनुभव छ, सुवाससँग । यस्तै अनुभवको खानी नै छ श्रवणसँग पनि। रुम्जाटारबाट काठमाडौँका लागि उडेको ट्वीनअटर जहाजको एकापट्टिको इन्जिन उड्ने वित्तिकै बन्द भयो। जहाजलाई नियन्त्रण गर्नुको विकल्प थिएन उनीसँग । रुम्जाटारै फर्किन पनि सकिएन । काठमाडौँ सजिलै अवतरण गराउनु ठूलो चुनौती थियो तर बन्द भएको इन्जिन दस मिनेट पछाडि स्टार्ट भयो र सङ्कट टर्यो । 

उनीहरुसँगको कुराकानी सुन्दा लाग्छ कि हवाई उडान आफैमा जोखिमपूर्ण हो । त्यो नेपालमा मात्रै नभई संसारभर नै उस्तै हो। मात्रै जोखिम नियन्त्रण गर्ने उपाय खोज्नुपर्छ । 

“उडान मार्ग परिवर्तन गर्दै खराब मौसमलाई चिर्ने हो । आकाशमा समस्या हुन्छ नै अमेरिकाको आलास्कामा यहाँको भन्दा बढी जोखिम छ तर पनि उडान त भइरहन्छ” सुवासको भनाइ छ । 

एयरबस उडाउने १२ जना पाइलटमा वरिष्ठमध्ये एक हुन् सुवास । अफगानिस्तानबाट नेपालीको उद्धारका लागि भएको उडानमा सुवास र श्रवण नै गएको थियो । त्यहाँ अवतरण गरेको केही समयमै विमानस्थलको एक भागमा बम विष्फोट भएको थियो। यस्ता दर्जनौँ उदाहरण छन् उनीहरुसँग ।  

सन् १९९९ डिसेम्बर २४ मा इन्डियन एयरलाइन्सको एयरबस ए–३०० अपरहणमा परेको थियो । त्यसपछि नेपाल वायु सेवा निगमको जहाज नै काबुलका लागि सोझो उडान भरेको थियो । रिजाल दाजुभाइले पटक पटक आफनो ऐतिहासिक दायित्व पूरा गरेको छ। 

विगतमा अपरशेन डाइरेक्टर भएर ४० गन्तव्यमा नेपाली ध्वजाबाहक जहाज पुर्याउने श्रेय समेत सुवासको नाममा छ। व्यवसायिक हितका लागि काम गर्दा निगमको हित नचिताउनेहरुले दुःख दिएपनि त्यसको परवाह नगर्ने स्वभाव छ मेरो, सुवास स्पष्ट भन्छन्। 

निगममा पटक पटक प्रमुख व्यवस्थापक परिवर्तन भए । पूर्व सचिव सुशिल घिमिरे दोहोर्याएर अध्यक्ष बने। मदन खरेल पनि दोहोर्रयाएर कमान सम्हाल्न पुगे तर अवस्था जहाँको त्यहीँ रहेको छ । उनीहरु दुवै जना कार्यकाल नै पूरा नगरी राजीनामा दिएर हिडे। निगमलाई  बचाउन सफलता प्राप्त होस् भनी धेरैले दिएको आशिर्वाद, बधाई र सफलताका  शुभकामनाहरु फेरि अधुरै रहेको गुनासो उत्तिकै छ । यो नियति दोहोरिरहँदा नेपालको राष्ट्रिय ध्वजावाहकलाई  माया गर्नेहरु पटक पटक मर्माहत हुनु परेको बताउँछन् वरिष्ठ क्याप्टेन सुवास । 

आँट गरेर ल्याएको अन्तर्राष्ट्रिय उडान गर्ने चार वटा जहाजको भरमा निगमको साख कति दिन जोगिएला? धेरैको जिज्ञासा छ। वरिष्ठ क्याप्टेन सुवासको भनाइ छ– मौजुदा अवस्थालाई परिवर्तन गर्न आँट चाहिन्छ । त्यस्तो आँटका लागि प्लान चाहिन्छ। टिम पनि चाहिन्छ । विद्यमान व्यवस्थापनले त्यो काम गर्न सक्दैन । 

नयाँ सोचका साथ काम गर्नैपर्छ । निजी सेवा प्रदायकले गर्न सक्छ भने निगमले किन गर्न सक्दैन? तपाईले जिम्मेवारी पाए निगमलाई सुधार गर्न सक्नुहुन्छ? हाम्रो यो प्रश्नको उत्तरमा सुवास धेरै आशावादी देखिए। भने “निगमलाई धेरै सुधार गर्न सकिन्छ। छ महिनामा परिणाम दिन सकिन्छ । निगम भित्रका तमाम विकृति पनि हटाउन सकिन्छ। दर्जन बढी जहाज पनि किन्न सकिन्छ । गन्तव्य पनि विस्तार गर्न सकिन्छ । नसकिने भन्ने केही पनि छैन। सबै सम्भव छ। गर्न सकिन्छ।” 

त्यो काम हामी गर्न सक्छौँ। कुराकानीको विट मार्दै वरिष्ठ क्याप्टेन सुवासले भने “एउटा इतिहास बनेको परिवारको एउटा सदस्य भएकाले पनि मेरो रगतमा नै निगम छ । निगम डुबेको होइन, निगम फैलिएको हेर्ने धोको छ। किनकि मेरो परिवारको रगत पसिना नै यसका लागि बगेको छ । मेरा लागि यसको विकास र विस्तारभन्दा अरु कुनै स्वार्थ छैन।” 
 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १६:१४
##Pilot
प्रतिक्रिया दिनुहोस्
थप समाज
प्रेसमाथि बालेनको प्रहारः नयाँ सत्ता, पुरानै दमन
प्रेसमाथि बालेनको प्रहारः नयाँ सत्ता, पुरानै दमन शनिबार, कात्तिक १४, २०८३
उदयपुरमा ठाउँ नपाएपछि इलाम पुगे गोविन्द केसी, चिकित्सा शिक्षा सुधारका लागि २५औँ सत्याग्रह
उदयपुरमा ठाउँ नपाएपछि इलाम पुगे गोविन्द केसी, चिकित्सा शिक्षा सुधारका लागि २५औँ सत्याग्रह शुक्रबार, कात्तिक १३, २०८३
थाइल्यान्डकी मिसेस वर्ल्ड स्यामी नेपालमा 
थाइल्यान्डकी मिसेस वर्ल्ड स्यामी नेपालमा  शुक्रबार, कात्तिक १३, २०८३
उदयपुरगढी पर्यटनको रोजाइको केन्द्र बन्दै 
उदयपुरगढी पर्यटनको रोजाइको केन्द्र बन्दै  बिहीबार, कात्तिक १२, २०८३
आगामी मौसमः सतर्कता अपनाऔँ, बाली जोगाऔँ र सुरक्षित रहौँ
आगामी मौसमः सतर्कता अपनाऔँ, बाली जोगाऔँ र सुरक्षित रहौँ बुधबार, कात्तिक ११, २०८३
ऐतिहासिक सम्पदाको सरसफाई
ऐतिहासिक सम्पदाको सरसफाई बिहीबार, असोज २९, २०८३
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर बिहीबार, असोज २९, २०८३
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु मंगलबार, असोज २७, २०८३
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ मंगलबार, असोज २७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
  • नंः २ थाइल्यान्डकी मिसेस वर्ल्ड स्यामी नेपालमा 
  • नंः ३ उदयपुरमा ठाउँ नपाएपछि इलाम पुगे गोविन्द केसी, चिकित्सा शिक्षा सुधारका लागि २५औँ सत्याग्रह
  • नंः ४ उदयपुरगढी पर्यटनको रोजाइको केन्द्र बन्दै 
  • नंः ५ नेपाल मेडिकल कलेजमा खुल्याे रोजगारी
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्