Top Navigation
Main Navigation
शनिबार, असार २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असार २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • कृषिलाई प्राथमिकता नदिएसम्म देश नबन्ने सांसद सुवालकाे ठाेकुवा
कृषिलाई प्राथमिकता नदिएसम्म देश नबन्ने सांसद सुवालकाे ठाेकुवा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, फागुन १५, २०८०
prem suwal

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेम सुवाललाई अर्थतन्त्रको खम्बाका रूपमा रहेको कृषिलाई प्राथमिकता नदिए देश बन्दैन भन्ने लाग्छ।

आफूले पटक-पटक किसान र कृषिजन्य विषयमा सदनमा आवाज उठाउने गरे पनि सुनुवाइ नहुँदा उनलाई दुःख महसुुस हुन्छ। जनताको प्रतिनिधि सांसदले कृषिलाई प्राथमिकता दिनुपर्ने कुरामा गरेको खबरदारीलाई सरकारले ध्यान नदिएको उनको अनुभव छ।

“नेपाल कृषिप्रधान देश हो, कृषि क्षेत्रलाई समृद्ध बनाउन जरुरी छ”, सांसद सुवालले भने, “अर्थमन्त्री डा प्रकाशशरण मतहले आगामी बजेटको प्रस्ताव प्रस्तुत गर्दा ऊर्जा, सूचना प्रविधिलाई उच्च महत्व दिइने भनिएको छ, तर कृषिलाई पहिलो प्राथमिकता दिनुपर्ने होइन रु अर्थतन्त्रको बलियो खम्बा भनेको कृषि क्षेत्र भए पनि प्राथमिकता दिएको देखिँदैन, कृषिलाई प्राथमिकता नदिएसम्म देश बन्दैन।”

सांसद सुवाललाई बहुदल र गणतन्त्रमा देशको अर्थतन्त्र अझ कमजोर भएको जस्तो लाग्छ। कृषिलाई उच्च प्राथमिकता दिए अर्थतन्त्रमा सुधार आउनेमात्र होइन, देशबाट युवाको बढ्दो पलायनमा पनि कमी आउने उनको भनाइ छ। “रोजगारी सिर्जना गर्ने किसिमका उद्यम, व्यवसायको उत्थान र विकासमा राज्यले पर्याप्त ध्यान दिएको छैन। युवाको विदेश पलायनलाई टुलुटुलु हेरेर बसेको छ राज्य। उनीहरूमा बढेको निराशालाई कसरी सम्बोधन गर्ने भन्ने योजना खोई ?”

Nepal Oil Corporation

सांसद सुवाललाई जनप्रतिनिधिले आफ्ना जनताका साथै देशभरका समस्या र देशको भूमिको रक्षाका लागि बोल्ने गरेको र आफूले उठाएका सवालमा आफ्ना निर्वाचन क्षेत्रका जनता निकै खुसी भएको लाग्छ।

“मेरा मतदाता मसँग खुसी छन्। मैले मतदाता र देशभरका जनताको समस्याका कुरा उठाउने गर्छु”, सांसद सुवालले भने, “नेपाली जनताको समस्या एउटै हो, जनताको प्रतिनिधि भएर जनताको सवाल, दुःखमा साथ दिनुपर्छ।”

सदनमा जनताको आवाज बोल्नुपर्छ भन्ने उनलाई लाग्छ। “प्रतिनिधिसभाको सदस्य भनेको जनताको प्रतिनिधि हो, जनताले चुनेर पठाएको हो, समस्यामा साथ दिन पठाएका हुन्”, नेता सुवालले भने, “जनताको प्रतिनिधिले जनताका समस्याको विषय शिक्षा, स्वास्थ्य, रोजगारी, विकास निर्माण आदिका बारेमा सवाल राख्छन्, सम्बन्धित मन्त्रीले स्पष्ट जवाफ दिनुपर्छ।”

सांसद सुवाललाई संसद्मा आकस्मिक समय, शून्य समय, विशेष समय वा समय माग गरेर कुरा राखिएको कुरालाई सरकारका जिम्मेवार निकायले ध्यान नदिने गरेकोप्रति दुःख लाग्छ। संसदीय अभ्यास नै कमजोर भएको जस्तो लाग्छ। “जनताको प्रतिनिधिले जनताको प्रत्यक्ष सरोकारका सवाल लिएर सदनमा आउँछौँ, तर सम्बन्धित मन्त्रीबाट उत्तर नै आउँदैन, यो संसदीय अभ्यास नै गलत भयो”, सांसद सुवालले भने, “सदन संसदीय व्यवस्थानुसार चलेन, सत्तापक्ष र प्रतिपक्षबीच भागबण्डामात्रै भयो।”

देशमा फरक राजनीतिक दल र विचारधारा भए पनि मुलुकको आर्थिक नीति र विदेश मामिलामा सबैको सोच एउटै भएकोप्रति अनौठो लाग्छ। “प्रजातन्त्रवादी विचार राख्ने र कम्युनिष्ट विचार राख्नेको अर्थतन्त्रको आधार एउटै कसरी हुनसक्छ ?” प्रश्नको शैलीमा उनले भने, “संसारमा फरक छ, तर त्यस्तो नेपालमा भएन, आज अर्थमन्त्री डा महतले आगामी आवको बजेट प्रस्तावमा निजीकरणलाई नै प्राथमिकता दिनुभयो ।”

उनलाई अर्थतन्त्रमा कांग्रेस, एमाले र माओवादीको केही फरक धारणा नभएको जस्तो लाग्छ। उनले थपे, “विदेशी पुँजी ल्याउने र देशलाई कमजोर बनाउने, सबैको नीति यस्तै छ, विदेश मामिलामा पनि उस्तै छ, नेपाल भारतको खुला सिमाना जनताले दुःख पाइरहेका छन्, मिचिएको भूमिको नक्सा सच्चियो तर कार्यान्वयनमा आएन।”

नेमकिपालाई सत्तामोह नभएको र देश तथा जनताको रक्षाका लागि काम गर्ने उनको भनाइ छ। “प्रखर प्रतिपक्ष हो हाम्रो पार्टी। सरकारमा गएकालाई गल्ती नगर्नु भनेर खबरदारी गर्छौँ, हामीलाई सत्तामोह छैन, देश र जनताको हितविपरीत नलाग्नु भनेर सत्ताधारीलाई सचेत गराउँछौँ”, संसद्मा सदा सक्रिय भूमिका निर्वाह गर्ने सांसद सुवालले भने, “बारम्बार कुरा उठाइरहेका छौँ, प्रजातन्त्र भनेको बाघ र बाख्रा एउटै खोरमा राख्नेजस्तो हुनु हुँदैन, बाघ र बाख्रालाई एउटै खोरमा राख्दा त बाघले खाइहाल्छ नि।”

कुराकानी गर्दा उनमा पटक–पटक संसद्मा उठाएका विषयलाई सम्बन्धित निकायले ध्यान नदिएकोप्रति आक्रोश थियो। “जनताको प्रतिनिधिको कुरा किन सुनुवाइ हुँदैन ? अहिले संसदीय व्यवस्थानुसार संसद् चलेकोजस्तो मलाई लाग्दैन। देशको नेतृत्व गर्नेसँग देश विकासको खाका नै भएन”, सांसद सुवालले भने, “नीति कार्यक्रम एउटा हुन्छ, बजेट अर्को देखिन्छ, केही तादाम्यता छैन, प्राथमिकता के हो ? केही थाहा हुँदैन, सरकारमा जाने पार्टीले विकासको प्राथमिकताअनुसार काम गर्नुपर्छ, त्यो जरुरी छ।”

सांसद सुवाल २०१७ साल असार ५ गते आमा चन्द्रमाया सुवाल र बुवा हरिभक्त सुवालको सन्तानका रूपमा जन्मिएको थियो। व्यवस्थापनमा स्नातकोत्तरसम्मको अध्ययन गरेका नेता सुवाल भक्तपुर निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षबाट निर्वाचित सांसद हुन्।

साधारण किसान परिवारमा जन्मिएका सांसद सुवाल माक्र्सवादी दर्शनअनुसारको समाजवाद र साम्यवादबाट सम्पूर्ण मानवजातिको हित हुने निष्कर्षसहित २०३८/३९ सालमा नेपाल मजदुर किसान पार्टीको सदस्य भएको थियो। विसं २०३४/३५ मा कोपिलाको सम्पादन र प्रकाशनको काममा समेत उनी सक्रिय थिए।

विसं २०३९ मा तत्कालीन भक्तपुर नगरपालिकाको सदस्यमा निर्वाचित भएको थियो भने २०४४ सालमा पुनः वडाध्यक्षमा निर्वाचित भएको थियो। 

नेपाल मजदुर किसान पार्टीविरुद्ध पञ्चायती राज्यसत्ताको षड्यन्त्र भक्तपुर काण्डको २०४५ भदौ ९ देखि २०४७ वैशाख ५ गतेसम्म २० महिना भूमिगत रहेर उनले राजनीति गरेको थियो।

जनआन्दोलनको बेला २०६२ माघ २० गते मध्यराति तत्कालीन सरकारको प्रशासनद्वारा घरैबाट पक्राउ परेको र तीन महिना प्रहरी हिरासतमा बसेको थियो।

विसं २०५४ मा भक्तपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भयो। उनी संविधानसभा सदस्य २०७०, प्रतिनिधिसभा सदस्य २०७४ र २०७९ मा निर्वाचित भएको थियो।

नेता सुवालले चीन, दक्षिण कोरिया, श्रीलङ्का, बेलायत, इटाली, अमेरिका, दक्षिण अफ्रिका भ्रमण गरेको छ। धेरै देशको विकासको नमूना हेरेको छ।

उनलाई नेपाल र नेपाली जनताको जीवनस्तरमा सुधार आउन नसकेकामा दुःख छ। जनताको दुःखमा मल्हम लगाउन सकिन्छ कि भनेर राजनीतियात्रा तय गरेका सुवालले थपे, “मेरो राजनीतिको लक्ष्य भनेको देश समृद्ध होस् र जनता खुसी हुन सकुन् भन्ने हो, यति लक्ष्य प्राप्ति गर्न सके हुन्थ्यो।”

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ०८:३२
##premsuwal
प्रतिक्रिया दिनुहोस्
थप सम्वाद
मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ :  नगर प्रमुख श्रेष्ठ
मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ शनिबार, असार २८, २०८२
ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा शनिबार, असार २१, २०८२
यस्तो छ यसवर्षको मनसुनीे वर्षाको प्रक्षेपण
यस्तो छ यसवर्षको मनसुनीे वर्षाको प्रक्षेपण शनिबार, असार ७, २०८२
जनताकाे मन जित्ने गरि विकासका कार्यहरु धमाधम हुँदैछ : नगर प्रमुख बस्नेत
जनताकाे मन जित्ने गरि विकासका कार्यहरु धमाधम हुँदैछ : नगर प्रमुख बस्नेत शनिबार, असार ७, २०८२
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल सोमबार, जेठ १३, २०८२
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान सोमबार, मंसिर १०, २०८१
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे मंगलबार, असोज १, २०८१
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे आइतबार, असार १६, २०८१
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली शुक्रबार, असार १४, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ तुलसीपुरको पातुखोला जीर्ण पुलमा श्रमदानबाट तटबन्ध निर्माण
  • नंः २ वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
  • नंः ३ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः ४ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
  • नंः ५ उदयपुरकाे कुन पालिकामा एसइई नतिजा कस्ताे?
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्