katari Municipality
x
Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असार १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असार १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मनसुन प्रतिकार्य योजना निर्माण, ६५ हजार नागरिक प्रभावित हुनसक्ने
मनसुन प्रतिकार्य योजना निर्माण, ६५ हजार नागरिक प्रभावित हुनसक्ने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, असार १८, २०७८

काठमाडौ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ निर्माणको काम  पूरा भएको छ ।

सम्भावित बाढीजन्य प्रकोपलाई मध्यनजर गर्दै प्रतिकार्य योजना बनाइएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा र विपद्का क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको सहकार्यमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना  निर्माण गरिएको छ । निर्माण गरिएको योजना अद्यावधिक गर्ने कार्यलाई अगाडि बढाइएको छ।

रेडक्रसले कञ्चनपुर जिल्लाका नौवटै स्थानीय तहमा प्राकृतिक विपद् तथा जलवायुका कारण मानवीय तथा जीविकोपार्जनमा पर्ने क्षति घटाउनका लागि सरकारी, निजी र नागरिक समाजसँग साझेदारी गर्दै समुदायको अग्रसरतामा विपद् जोखिम न्यूनीकरणका क्रियाकलापलाई निरन्तरता दिएको छ । 

“मौसम पूर्वानुमान माहाशाखाले यस वर्ष नेपालमा औषतभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिसकेको छ”, रेडक्रस कञ्चनपुरका कार्यालय प्रमुख मनोज उप्रेतीले भने, “सुदूरपश्चिम प्रदेशमा पनि यस वर्ष औसतभन्दा बढी पानी पर्ने पूर्वानुमान छ। जसमा कञ्चनपुर पनि बाढीजन्य प्रकोपको उच्च जोखिममा छ।”

उनका अनुसार मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाका आधारमा मनसुनजन्य विपद्बाट सबैभन्दा बढी भीमदत्त नगरपालिकामा १८ हजार १३ जना बाढीबाट प्रभावित हुनसक्ने अनुमान गरिएको छ । 

यसैगरी, दोधारा चाँदनी नगरपालिकामा २ हजार ३३३, बेदकोटमा ९ हजार ४४७, शुक्लाफाँटामा ७ हजार ७१३, कृष्णपुरमा ९ हजार ९०, पुनर्वासमा ३ हजार ९२९, बेलौरी नगरपालिकामा ८ हजार १७ जना बाढीबाट प्रभावित हुनसक्ने अनुमान गरिएको छ। 

लालझाडीमा ४ हजार १९३ र बेलडाडी गाउँपालिकामा ६ हजार ३०० गरी कूल ६५ हजार ३५ जनसङ्ख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ र कञ्चनपुरमा ११ हजार ८२५ घर प्रभावित हुनसक्ने आकलन गरिएको छ।

रेडक्रसले पूर्वसूचना प्रणाली विकासका लागि जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र (डिइओसी) कोे समन्वयमा बाढी पूर्वतयारीका लागि जिल्लामा नदी तथा वर्षामापक अवलोकनकर्ताको सम्पर्क नम्बर पुनरावलोकन गर्ने कार्य पूरा गरेको छ। 

अवलोकनकर्तालाई प्रोत्साहनस्वरुप ३४ थान आवश्यक व्यक्तिगत सुरक्षा सामग्री गमबुट, हाते टर्च, छाता, हेड टर्च र रिचार्जका लागि रु एक हजार र दुर्घटना बीमा गर्ने कार्यको व्यवस्थापन गर्ने योजना रहेको कार्यालय प्रमुख उप्रेतीले बताए। 

मछेली नदीको उदगमस्थान गोदावरी कोल्मोडा सोत्यासमा नदी मापक टेलिमेट्रिक रडार सिस्टम जडान गर्ने र मछेली नदीको सतहको अवस्था थाहा पाउन दुई ठाउँमा डिस्प्ले बोर्ड राख्ने योजनाअनुसार काम भइरहेको उनले जानकारी दिए। 

रेडक्रसले विपद् व्यवस्थापन चक्रअनुसार विपद् पूर्वतयारीका लागि समुदायमा विपद्बारे जागरण गराउने, क्षमतामूलक तालिम दिने, समुदायको विपद् प्रतिकार्य योजना बनाउने र समुदायको जोखिमको पहिचान गरी कार्ययोजना निमार्ण गर्ने कार्यलाई अगाडि बढाएको छ।

नदीले भूक्षय गरी पु¥याउने क्षति रोकथाम र नियन्त्रणका लागि स्थानीय तहसँगको सहकार्यमा जैविक तटबन्धन निर्माणका काम गरेको छ।

जसअन्तर्गत लालझाडी गाउँपालिकामा १ हजार ८०० मिटर, कृष्णपुर नगरपालिकामा ५५० मिटर र शुक्लाफाँटा नगरपालिकामा ३०० मिटर, बेलौरी नगरपालिकामा १५० मिटर जैविक तटबन्ध निर्माण सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका अध्यक्ष उप्रेतीले बताए । पुनर्वास नगरपालिकामा ३०० मिटर जैविक तटबन्धन निर्माण अन्तिम चरणमा पुगेको छ।

“लालझाडी गाउँपालिकालाई लक्ष्य गरी टिस्यु कल्चर विधिबाट बाँसको नर्सरी स्थापना गर्ने योजना अगाडि बढाइएका छौँ”, अध्यक्ष उप्रतीले भने, “नर्सरी स्थापनाका लागि विशेषज्ञ टोलीसँग अनुसन्धानका कार्य भइरहेको छ।”  

उनका अनुसार नदी प्रभावित समुदायमा विपद् व्यवस्थापन समितिमार्फत सबडिभिजन वन कार्यालयसँगको सहकार्यमा २० बिघा क्षेत्रफलमा वृक्षरोपण गर्ने कार्ययोजनाअनुसार काम भइरहेको छ।

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाअन्तर्गत १५ वटा उपशाखामा २ हजार ८२१ सदस्य सङ्ख्या रहेका छन्। विपद्को घटना भएमा छिटो र प्रभावकारी प्रतिकार्यका लागि उपशाखा परिचालित हुने व्यवस्था गरिएको छ। 

जिल्लामा प्राथमिक उपचार प्रशिक्षक नौ, क्याडर प्रशिक्षक नौ, एनडिआरटी १०, डिडिआरटी ९६ जना दक्ष जनशक्ति रहेका छन्।

जिल्ला शाखाले बाढीको उच्च जोखिममा रहेका शुक्लाफाँटा, कृष्णपुर नगरपालिका, लालभलाडी गाउँपालिका, बेलौरी, पुनर्वास, दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकामा बाढी पूर्वतयारी तथा प्रतिकार्यका लागि खोज तथा उद्धार कार्यदल, प्राथमिक उपचार कार्यदल र पूर्वसूचना कार्यदल गठन गर्ने, क्षमतामूलक तालिम सञ्चालन गर्ने र आवश्यक सामग्री वितरण गर्ने काम गरिरहेको छ । समुदायस्थलमा सुरक्षित बाटो, आश्रयस्थल र जोखिम घरको पहिचान गर्ने काम अगाडि बढाएको अध्यक्ष उप्रतीको भनाइ छ ।

जिल्लामा घट्ने कुनै पनि विपद् प्रतिकार्यका लागि रेडक्रससँग १०० घरपरिवारका लागि गैरखाद्य सामग्री मौज्दात अवस्थामा राखिएको छ । क्षेत्रीय गोदाममा २ हजार सेट गैरखाद्य सामग्री मौज्दात अवस्थामा राखिएको रेडक्रसका कोषाध्यक्ष थिरेन्द्रचन्द्र भट्टले जानकारी दिए। 

“सामग्री थप आवश्यक भएमा रेडक्रस केन्द्रीय कार्यालयसँग समन्वय गरी उपलब्ध गराउन सकिने छ”,  उनले भने, “रेडक्रसले जिल्लामा सातवटा एम्बुलेन्स सञ्चालन गर्दै आएको छ । स्थानीय तहको आर्थिक सहयोगमा बिरामीका लागि निःशुल्क रक्त सेवा उपलब्ध गर्दै आइरहेको छ । अझै यसलाई प्रभावकारी बनाउँछौँ ।”

नेपाल रेडक्रस सोसाइटी एमरेड परियोजनाले बाढी प्रभावित समुदायमा जोखिम घटाउन तथा आम्दानी बढाउनका लागि उखुखेती सहयोग कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । 

बाढी प्रभावित समुदायमा नदीले कटान तथा पटान गरिएको बगर तथा नदी किनारामा उखुखेतीमार्फत बाढी नियन्त्रणमा मद्दत पु¥याई आम्दानी बढाउने काममा लागेको छ ।

रेडक्रसले मर्सिकोरको सहयोगमा सञ्चालन गरिरहेको एमरेड परियोजनाले एकातर्फ प्रयोगविहीन भइरहेको बगरलाई पुनः प्रयोग गरी उत्पादनमूलक आयआर्जनका गतिविधि गरेको छ भने अर्कातर्फ बाढीको जोखिमलाई न्यूनीकरण गर्दै माटोको उर्वराशक्ति बढाउन मद्दत गरेको छ ।

चिनी मिल र स्थानीय तहका कृषि शाखाको समन्वयमा ६८ दशमलव ६५ बिघामा कात्तिके उखुखेती र १८९ दशमलव नौ बिघामा फागुने उखुखेती गरिएको छ । जसबाट ४४८ परिवार प्रत्यक्षरूपमा  लाभान्वित भएको परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले बताए। 

उनका अनुसार परियोजनाको तर्फबाट पुराना किसानलाई रासायनिक मलमा सहयोग गरिएको छ । नयाँ किसानलाई उन्नत जातको बीउमा ५० प्रतिशत अनुदान, दुई आख्ले बीउको प्रयोग, बीउ उपचार र ट्रेन्च विधि प्रयोगमा प्रोत्साहन गएिको छ।

“मुख्यमन्त्री नमूना कृषिगाउँ उखु कार्यक्रमअन्तर्गत साना कृषि औजार वितरण, कृषि जेटिए स्वयंसेवक परिचालन, सघन उखुखेतीसम्बन्धी तालिम, नमूना प्रदर्शनीमा समेत सहयोग गरेका छौँ”, संयोजक घिमिरेले भने।, “चिनी मिल र उखु उत्पादक हकहित संरक्षण समितिसँगको सहकार्यमा सघन उखुखेतीसम्बन्धी किसानलाई तालिम, उखुखेती क्षेत्र विस्तारमा पारस्परिक सहयोग, उखुखेती एवं रोग किरा नियन्त्रणबारे चेतनामूलक कार्यक्रम अगाडि बढाइएको छ।”
 

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्
थप समाज
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति 
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति  शुक्रबार, असार १९, २०८३
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य बुधबार, असार १७, २०८३
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम बुधबार, असार १७, २०८३
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन मंगलबार, असार १६, २०८३
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू सोमबार, असार १५, २०८३
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा शनिबार, असार १३, २०८३
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान बुधबार, असार १०, २०८३
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट सोमबार, असार ८, २०८३
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ १६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
  • नंः २ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः ३ स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
  • नंः ४ बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
  • नंः ५ यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्