Top Navigation
Main Navigation
बिहीबार, भदौ १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, भदौ १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • राष्ट्रप्रति समर्पित राष्ट्रिय सेवा दल
राष्ट्रप्रति समर्पित राष्ट्रिय सेवा दल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असार २०, २०७८

काठमाडौ । समाजमा अनुशासनको खडेरी र मूल्य मान्यतामा ह्रास आइरहेका बेला नेपाली सेनाले भने ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श वाक्यकासाथ युवाशक्तिमा राष्ट्रिय भावना जागृत तुल्याउन भगीरथ प्रयास गरिरहेको छ।

देश र जनताको सुरक्षामा अनवरत अग्रसर सेनाले राष्ट्रिय सेवा दलमार्फत युवामा राष्ट्रिय दायित्वबोधको संस्कार विकास गराउन तालिमका माध्यमद्वारा महत्वपूर्ण योगदान पु¥याइरहेको छ । 

अनुशासनको जगमा कर्मशील, मर्यादित, मुलुकप्रति समर्पित र ऊर्जाशील युवा तयार गर्ने कार्यमा सेवा दलद्वारा प्रदान गरिने तालिमले ठूलो बल प्रदान गरिरहेको राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक रघु भण्डारीले बताए। 

पछिल्लो वर्ष भने कोभिड–१९ सङ्क्रमण जोखिमले सेवा दलको उक्त प्रयासमा अड्चन खडा गरेको छ। यद्यपि कोरोनाका कारण भौतिक उपस्थितिमा सञ्चालन हुन नसके पनि उपलब्ध प्रविधिको प्रयोग गरी भर्चुअल माध्यमद्वारा सैद्धान्तिक कक्षा सञ्चालन गर्न अध्ययन कार्ययोजना तयारीको क्रममा रहेको बताइएको छ ।

Nepal Oil Corporation

विस २०२२ कात्तिक ७ गते स्थापना भएको सेवा दलले ५१ हजार ३३२ युवालाई अनुशासित, इमान्दार, जिम्मेवार तथा देशप्रति समर्पित सभ्य र सुसंस्कृत समाज निर्माणमा स्थापित गराउन जुनियर र सिनियर डिभिजन क्याडेट तालिम प्रदान गरिसकेको छ। युवालाई अनुशासित, मुलुक र मुलुकवासीप्रति बफादार बनाउने तथा राष्ट्रियता र राष्ट्रिय एकतालाई प्रवद्र्धन र नेतृत्व विकास गर्ने लक्ष्यका साथ सेवा दलको तालिम शुरु गरिएको हो । 

अतिरिक्त लक्ष्यमा नेपालमा मानवसिर्जित वा दैवी विपत्तिका बेला सङ्गठित भएर खोजी, उद्धार र राहत व्यवस्थापनमा सहयोग पुर्याउने सेवा दलको उद्देश्य छ।

प्रारम्भमा ५०० विद्यार्थीलाई तालिमको कोटा निर्धारण गरेको सेवा दलले अघिल्लो आवमा ७ हजार ५०० लाई तालिम दियो। आगामी कार्यक्रममा जुनियर डिभिजनमा ७ हजार ९५० र सिनियर डिभिजनमा ३ हजार ६०० छात्रछात्रालाई संस्थागत तालिम तथा सामूहिक वार्षिक क्याम्प सञ्चालन गर्ने योजना बनाइएको छ । 

हाल मुलुकका ७७ जिल्ला र २१३ विद्यालयमा कार्यक्रम विस्तार गरिसकेको सेवा दलले जनाएको छ। तालिमबाट दीक्षित क्याडेटको ज्ञान, सीप, योग्यता र क्षमता अधिकतम उपयोग हुने गरी सेना र सरोकारवाला निकायको सम्पर्कमा रही क्षमताअनुरुपको भूमिकामा संलग्न हुँदै आएका छन् । 

तालिमरत तथा पूर्वक्याडेटलाई एनसिसी अल्मुनाइ एशोसिएशन नेपालमार्फत सामाजिक विकृति, विसङ्गति र कुसंस्कारविरुद्ध सचेतना अभियान तथा विपद् व्यवस्थापन एवं राष्ट्रहितमा परिचालित हुने व्यवस्था मिलाइएको पूर्वउपरथी भण्डारीले जानकारी दिए। 

सेवा दलका कार्यक्रमलाई सहज र स्पष्ट मार्गनिर्देशकासाथ अघि बढाउन राष्ट्रिय सेवा दल ऐन–२०७८, राष्ट्रिय सेवा दल नियमावली–२०७८ र राष्ट्रिय सेवा दल पूर्व छात्रछात्रा सङ्घ, नेपाल व्यवस्थापन निर्देशिका–२०७८ स्वीकृतिका लागि पेश गरिएको बताइएको छ।

सेवा दलले आफ्नै व्यवस्थापन तथा अन्य स्रोत साधनको समेत समन्वय गरी राष्ट्रियता, देशभक्ति र राष्ट्र सेवामा समर्पित सचेत नागरिक तयार गर्न विभिन्न नारा र बुँदा समावेश गरी सङ्कल्प कार्ड वितरणको व्यवस्था मिलाएको छ।

उक्त कार्डमा ‘म मेरो मातृभूमि नेपाल आमालाई अत्यधिक माया गर्दछु’, ‘मेरो देश कसैको उपनिवेश हुन नपरेकामा मलाई गर्व छ’ तथा ‘मेरो राष्ट्रको एकता, अखण्डता र स्वाधीनता मलाई प्राणभन्दा प्यारो लाग्छ’ भन्नेलगायतका सन्देश समावेश गरिएको महानिर्देशक भण्डारीले बताए। 

राष्ट्रको धर्म, संस्कृति, रीतिरिवाज, पहिचान, सम्पदा, इतिहास, विभूति, वीरपुर्खालाई सहृदय सम्मान गर्ने, राष्ट्र र समाजमा गलत तथा खराब क्रियाकलाप हुन नदिन आफ्नोतर्फबाट सदा क्रियाशील रहने, ‘राम्रा मानिसलाई हाम्रा भन्नुपर्दछ, हाम्रा हुँदैमा राम्रा मान्न हुँदैन’ भन्ने ज्ञान सिकाउने तथा ‘लोभ, मोह, राग, द्वेष, डाह, ईष्र्या र अनावश्यक रिसजस्ता कुभावना मेरा शत्रु हुन्’ भन्ने कुरा पनि सङ्कल्प कार्डमार्फत युवामा सन्देश प्रवाह गर्न खोजिएको छ।

युवालाई लक्षित गरी बनाइएको सङ्कल्प कार्डमा ‘मेरा सबै क्रियाकलाप विधि र प्रक्रिया तथा प्रणाली र पद्धतिबमोजिम हुनुपर्दछ’, ‘मैले हासिल गरेको ज्ञान र सीप सधैँ राष्ट्र र राष्ट्रवासीको सेवामा समर्पित गर्नेछु’ र ‘म जुनसुकै पेशा, सेवा, कर्ममा लागे पनि आफ्नो काम, कर्तव्य र दायित्वलाई सर्वोपरी ठानी कार्यसम्पादन गर्नेछु’ भन्ने उल्लेख छ। 

सेवा दलको पहिलो समूहको तालिममा सहभागी भएका प्राध्यापक विश्वम्भर प्याकुरेलले अनुशासन कायम गर्ने, शारीरिक अवस्था चुस्त राख्ने र आत्मनिर्भर हुन सिकाउने प्रशिक्षण सबैका लागि जीवनोपयोगी भएको प्रतितिक्रिया दिएका थिए। 

उनले भने, “तालिमका क्रममा टोखा र नगरकोटमा बाटो निर्माण गर्न खटाइयो, समयको सदुपयोग र पालना सिकाइयो, राष्ट्रियता प्रवद्र्धनलाई विशेष प्राथमिकता राखेर काम गर्न ज्ञान दिइयो, अहिलेका युवापुस्तालाई यो तालिम निकै आवश्यक र प्रभावकारी छ। जुत्ता टल्काउनेदेखि समयको पालना, आत्मनिर्भर र अनुशासनमा रहन सेवा दलको योगदान छ।”

पहिलो समूहदेखि नै छात्राको प्रवेश रहेको तालिममा सहभागी प्रशिक्षार्थीलाई खुराकस्वरुप उपलब्ध गराइन शुुरु गरिएको एक पाउण्ड दूध र १०० ग्राम जेरी दिने चलनले हालसम्म पनि निरन्तता पाउँदै आएको छ । 

सेवा दलले तालिममा सहभागी छात्रछात्रालाई थप उत्प्रेरित÷आकर्षित गर्न सेना दिवस तथा महाशिवरात्रिका अवसरमा आयोजित प्रदर्शनीमा सहभागी गराउँदै आएको छ । 

सेवा दलका कार्यकारी पूर्वमहानिर्देशक रमीन्द्र क्षेत्रीले सेवा दलका तालिम प्रशिक्षणअघि बढ्ने क्रममै रहेको तर  यस बीचमा सबैभन्दा ठूलो चुनौती कोरोना भएको टिप्पणी गरेका थिए। 

राष्ट्रिय सेवा दलले युवालाई प्रदान गर्ने तालिम अत्यन्तै लोकप्रिय र धेरै माग भएको सरकारको राष्ट्रिय कार्यक्रम भएको बताउँदै पूर्वरथी क्षेत्रीले भने, “सेवा दलमा दरबन्दी हाल ३५० मात्र छ, ठूलो सङ्ख्यामा छात्रछात्रालाई तालिम दिन थोरै जनशक्ति आफैमा पनि एउटा चुनौती हो ।” नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कलेज जीवनमा राष्ट्रिय सेवा दलको तालिम लिएको छ ।

सेवा दलबाट प्रदान गरिने १०० दिनको उक्त तालिममध्ये ७९ दिन प्रत्येक विद्यालयमै प्रशिक्षक खटाएर दिने गरिएको छ। विद्यालय कक्षाको पढाइ सकिएपछि शारीरिक अभ्याससँगै सैद्धान्तिक ज्ञान समेटेर तालिम प्रदान गरिन्छ। 

सेवा दलको क्षेत्रगतरूपमा कोहलपुर, हात्तीखोर, बर्दिबास र याङसिलामा एकैपटक ५०० देखि ६०० जनासम्म क्षमताको बनाइएको पूर्वाधारमा क्याडेटलाई २१ दिने क्याम्प राखेर दीक्षान्त प्रदान गरिँदै आएको छ। 

सेवा दलको तालिममा हाल छात्रछात्राका लागि ५०/५० प्रतिशत कोटा निर्धारण गरिएको छ । हालको सेवा दलको शीर्ष गीतको स्रष्टा संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली छन्। नेपाली संस्कृति र परम्पराको प्रवद्र्धनमा समेत युवालाई सहभागी गराउन वार्षिक सामूहिक क्याम्पमा स्थानीय लोक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिँदै आएको छ।

राष्ट्रमा विपत्ति हुँदा समर्पित भएर राष्ट्रिय हित र विपद् व्यवस्थापनलगायत सामाजिक कार्यमा समर्पित तालिमप्राप्त युवालाई सङ्गठित बनाई परिचालन गर्ने उद्देश्यले स्थापित राष्ट्रिय सेवा दलको पूर्व छात्रछात्रा सङ्घ ७७ वटै जिल्लामा गठन छ। 

कोभिड–१९ सङ्क्रमणविरुद्ध मुलुकका १०० भन्दा बढी स्थानमा स्यानिटाइजर र मास्कको प्रयोग तथा मिचिमिची साबुन पानीले हात धुनेलगायत स्वास्थ्य मापदण्डसम्बन्धी सचेतना अभियानमा सेवा दलका प्रशिक्षार्थीबाट विशिष्ट योगदान भएको छ। 
 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १०:१९
प्रतिक्रिया दिनुहोस्
थप समाज
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार बुधबार, भदौ १८, २०८२
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण शनिबार, भदौ ७, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना शनिबार, साउन ३२, २०८२
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला मंगलबार, साउन २८, २०८२
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट शनिबार, साउन २५, २०८२
जनैपूर्णिमा जात्राकाे दृष्य
जनैपूर्णिमा जात्राकाे दृष्य शनिबार, साउन २५, २०८२
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै शनिबार, साउन २५, २०८२
मिर्गौला पीडितलाई तनहुँ समाज हङकङको सहयोग
मिर्गौला पीडितलाई तनहुँ समाज हङकङको सहयोग शुक्रबार, साउन २४, २०८२
एमसीसी पास गर्नेमा कांग्रेस र एमाले मुख्य जिम्मेवार : प्रचण्ड
एमसीसी पास गर्नेमा कांग्रेस र एमाले मुख्य जिम्मेवार : प्रचण्ड बुधबार, साउन २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
  • नंः २ अतिवाद आफैंमा गलत हुन्छ  
  • नंः ३ धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्