Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • गाउँभन्दा भेडीगोठको जीवन प्यारो
गाउँभन्दा भेडीगोठको जीवन प्यारो
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, चैत २४, २०८०
Life in the sheepfold

स्वर्गद्वारी, प्यूठान । लालीगुराँसले राताम्मे जङ्गल। आँखैअगाडि ठोक्किँदा चुमौँचुमौँ लाग्ने सेताम्य हिमाल। जङ्गलको बीचमा कतै गोठ भेटिन्छन् त कतै ओढारका बास। डाँडा र हिमालको सौन्दर्यताले मनमोहित हुने जङ्गलका चरन क्षेत्रमा भेटिन्छन् भेडाका बथान।

प्यूठानको गौमुखी गाउँपालिका-३ रजवारा नाङ्गीको क्षेत्र निकै रमाइलो र लोभलाग्दो देखिन्छ। गौमुखी-नौबहिनी पर्यटकीय पदमार्गअन्तर्गतको नाङ्गी मेलबास जङ्गलमा लालीगुराँसको सौन्दर्यतामा भेडापालक किसानले महत्व थपेका छन्। पुसदेखि जेठसम्म यस आसपासमा भेटिन्छन् २२ वर्षीय निशान्त पुनमगर र ६३ वर्षीय जीवन बुढामगर।

वृद्ध बुढामगरले आफ्नो जीवन भेडीगोठमै व्यतित गरिसकेको छ। बाल्यकालमा बुवा, बाजेसँग भेडीगोठमा बिताएको सम्झँदै उहाँ भेडीगोठमा काम गर्ने मजदुरको रूपमा अहिले काम गर्न थालेको बताउँछन्। उनले भने, “जीवनभर अन्तिम समयसम्म भेडीगोठमा जीवन बिताएँ। गाउँभन्दा भेडीगोठ प्यारो लाग्दछ । गोठालो जीवन नै प्रिय बन्यो।”

रुकुमको तकसेरा गाउँका बासिन्दा रहेका जीवनले भेडीगोठमा आफ्नो जीवनको अधिकांश समय बिताउँछन्। उमेर बढ्दै जाँदा गालाका छाला चाउरी पर्न लागे, दाँत झर्न लागे तर उनको जाँगर घटेको छैन। भेडीगोठसँगको उनको सामीप्यता उस्तै छ।

गोठमा घाम, पानी, असिना र हिउँमा सङ्घर्षमय तरिकाले रमाएका जीवन बुढ्यौली लाग्दासमेत गोठको जीवनबाट अझै थाक्नुभएको छैन। अझै केही वर्ष भेडीगोठमा बिताउने रहर रहेको उनको भनाइ छ।

बागलुङको निसीखोला गाउँपालिका चेलबाङ्का २२ वर्षीय निशान्त पुनमगरले भेडाबाख्रा चराउन थालेको चार वर्ष भयो। भेडापालन उनको पुख्र्यौली पेसा हो। बुवा एक्लैले भेडापालन गर्न नसक्ने भएपछि कक्षा ८ मा पढ्दै गर्दा उनले पढाइ छाड्नुपर्यो। अहिले मगर भेडा चराउन बर्सेनि लेकबेँसी गरिरहेको छ।

पाँच सय ५० भेडाको बथानसहित आएका मगर प्युठानको अर्खास्थित लेकाली भेगको मेलवास जङ्गलमा भेडाबाख्रा चराइरहेको छ। हिउँ छल्न रुकुम, रोल्पाको उच्च पहाडी लेक चहार्दै अर्खाको गौमुखी जङ्गल क्षेत्रमा झरेको निशान्त पुनमगरले बताए। उनको सिङ्गो परिवार यही पेसामै आश्रित छ।

कलिलो उमेरदेखि नै बुवासँग फिरन्ते जीवनको अनुभव गर्दै आएको बताउने निशान्तले भने, “चरनको खोजीमा भेडाबाख्रा जता लगिन्छ, उतै पाल टाँगेर गोठ बनाएर बस्ने गरेका छौँ।” उनले बुवाले व्यतित गरेको भेडीगोठको जीवनलाई आफूले निरन्तरता दिन लागेको हो। भेडापालनबाट हुने फाइदा, जीवनयापनमा आश्रित परिवारका लागि खर्चको जोहो गर्न सकिने विश्वासले उनले यो पेसालाई अङ्गालेको हो।

यस क्षेत्रमा आधा दर्जन गोठ ठूलो बथानसहित रहेको पाइन्छ। भेडीगोठ सरिरहन्छन्। गोठ छिटोछिटो सार्नुपर्ने भएकाले उति व्यवस्थित हुँदैनन्। गोठाला त्रिपालले छाएका गोठ र ओढारमुनि बस्छन्। खाने खर्च र कपडा बोकेर उनीहरु भेडाको बथानसहित चरन क्षेत्र रहन्छन् भने खाने खर्चको हप्तामा एकपटक नजिकका गाउँ, आफ्नो घर क्षेत्रबाट खर्च पुर्याउने गरिएको हुन्छ।

वर्षमा झण्डै ११ महिना खुला आकाशमुनि जङ्गलमै रात बिताउने उनले हिउँदभन्दा वर्षामा दैनिकी कष्टकर हुने सुनाए। जाडो याममा हिउँ पर्न थालेपछि गोठमा काम गर्नेहरू घर फर्किन्छन्। उनले वर्षामा पाठापाठी हुर्काउन बढी समस्या हुने बताए।

मगरले भेडाबाख्रा चराउन ल्याएवापत स्थानीयलाई देवालीका लागि दुई भेडा र ५ वर्षसम्म चरन क्षेत्रका लागि १ लाख बुझाएको छ। उनले भने, “यो याममा सधैँ नाङ्गीको जङ्गलमा आउँछौँ। यहाँ पोषिलो घाँस भएकाले भेडाबाख्रा निकै मोटा हुन्छन्।”

एक सहयोगीसहित गत पुसमा यहाँ आएका मगर गर्मीयाम सुरु भएपछि भेडाबाख्रा लिएर ढोरपाटनको उकालो चढ्ने तरखरमा छन्। उनले बागलुङको ढोरपाटन क्षेत्रको लेकाली भेगमा जेठसम्म फर्केर रोल्पा, रुकुम हुँदै गोठालासँग भेडा मिसाएर चराउने बताए। जङ्गली जनावरबाट भेडाबाख्रा जोगाउन चारवटा भोटेकुकुर पालेको छ। भेडी गोठाला मगरले कुकुरले जङ्गली जनावरबाट जोगाउन मद्दत गरेको बताए।

भेडाबाख्रापालनबाट वार्षिक ११ लाख कमाउने मगर बताउँछन्। प्यूठानसहित बागलुङ, रुकुम, रोल्पा, गुल्मी तथा अन्य थुप्रै ठाउँबाट भेडाबाख्रा लिन चरन क्षेत्रमै ग्राहक आउँछन्। प्रतिभेडा १५ देखि २५ हजारसम्ममा बिक्री हुन्छ। वर्षमा दुईपटक ऊन निकाल्ने र भेडा बिक्रीबाट वार्षिक रु ११ लाखको कारोबार र ४ लाख बचत हुने उनले सुनाए।

प्यूठानको लेकाली क्षेत्रमा प्रशस्त भेडीगोठ छन्। स्थानीयले समेत एक सयदेखि २/३ सयका हाराहारीमा भेडा पालेर बसेका छन्। प्यूठान गौमुखी-३ उत्तिसेमा २ सयवटा भेडा पालेर बसेका भविराम पुनले भेडापालन गतिलो आम्दानीको स्रोत बनेको बताए।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी शनिबार, असोज २४, २०८३
सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट शुक्रबार, असोज २३, २०८३
ध्वजावाहक अलपत्र, सरकार र सांसद भाडाको राजनीतिमा
ध्वजावाहक अलपत्र, सरकार र सांसद भाडाको राजनीतिमा शुक्रबार, असोज २३, २०८३
आफ्नो बाइक ल्याउनुहोस् । आफ्नो पावर अपग्रेड गर्नुहोस् ।
आफ्नो बाइक ल्याउनुहोस् । आफ्नो पावर अपग्रेड गर्नुहोस् । बिहीबार, असोज २२, २०८३
पासपोर्टमा सरकारको लापरबाही किन ?
पासपोर्टमा सरकारको लापरबाही किन ? शुक्रबार, असोज १६, २०८३
काठमाडौंपछि बुटवलमा हुँदैछ पल्सर आरपीएम रोमाञ्चक तयारी 
काठमाडौंपछि बुटवलमा हुँदैछ पल्सर आरपीएम रोमाञ्चक तयारी  बिहीबार, असोज १५, २०८३
रविन्द्र ढाँट ब्रान्ड एम्बेसडरमा नियुक्त 
रविन्द्र ढाँट ब्रान्ड एम्बेसडरमा नियुक्त  बुधबार, असोज १४, २०८३
बजाजको 'चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
बजाजको 'चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक मंगलबार, असोज १३, २०८३
महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता 
महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता  सोमबार, असोज १२, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ५ दम्भ होइन, धैर्य र मधुरता प्रिय
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्