Top Navigation
Main Navigation
बिहीबार, पुस २४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, पुस २४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • गाउँभन्दा भेडीगोठको जीवन प्यारो
गाउँभन्दा भेडीगोठको जीवन प्यारो
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, चैत २४, २०८०
Life in the sheepfold

स्वर्गद्वारी, प्यूठान । लालीगुराँसले राताम्मे जङ्गल। आँखैअगाडि ठोक्किँदा चुमौँचुमौँ लाग्ने सेताम्य हिमाल। जङ्गलको बीचमा कतै गोठ भेटिन्छन् त कतै ओढारका बास। डाँडा र हिमालको सौन्दर्यताले मनमोहित हुने जङ्गलका चरन क्षेत्रमा भेटिन्छन् भेडाका बथान।

प्यूठानको गौमुखी गाउँपालिका-३ रजवारा नाङ्गीको क्षेत्र निकै रमाइलो र लोभलाग्दो देखिन्छ। गौमुखी-नौबहिनी पर्यटकीय पदमार्गअन्तर्गतको नाङ्गी मेलबास जङ्गलमा लालीगुराँसको सौन्दर्यतामा भेडापालक किसानले महत्व थपेका छन्। पुसदेखि जेठसम्म यस आसपासमा भेटिन्छन् २२ वर्षीय निशान्त पुनमगर र ६३ वर्षीय जीवन बुढामगर।

वृद्ध बुढामगरले आफ्नो जीवन भेडीगोठमै व्यतित गरिसकेको छ। बाल्यकालमा बुवा, बाजेसँग भेडीगोठमा बिताएको सम्झँदै उहाँ भेडीगोठमा काम गर्ने मजदुरको रूपमा अहिले काम गर्न थालेको बताउँछन्। उनले भने, “जीवनभर अन्तिम समयसम्म भेडीगोठमा जीवन बिताएँ। गाउँभन्दा भेडीगोठ प्यारो लाग्दछ । गोठालो जीवन नै प्रिय बन्यो।”

रुकुमको तकसेरा गाउँका बासिन्दा रहेका जीवनले भेडीगोठमा आफ्नो जीवनको अधिकांश समय बिताउँछन्। उमेर बढ्दै जाँदा गालाका छाला चाउरी पर्न लागे, दाँत झर्न लागे तर उनको जाँगर घटेको छैन। भेडीगोठसँगको उनको सामीप्यता उस्तै छ।

गोठमा घाम, पानी, असिना र हिउँमा सङ्घर्षमय तरिकाले रमाएका जीवन बुढ्यौली लाग्दासमेत गोठको जीवनबाट अझै थाक्नुभएको छैन। अझै केही वर्ष भेडीगोठमा बिताउने रहर रहेको उनको भनाइ छ।

बागलुङको निसीखोला गाउँपालिका चेलबाङ्का २२ वर्षीय निशान्त पुनमगरले भेडाबाख्रा चराउन थालेको चार वर्ष भयो। भेडापालन उनको पुख्र्यौली पेसा हो। बुवा एक्लैले भेडापालन गर्न नसक्ने भएपछि कक्षा ८ मा पढ्दै गर्दा उनले पढाइ छाड्नुपर्यो। अहिले मगर भेडा चराउन बर्सेनि लेकबेँसी गरिरहेको छ।

पाँच सय ५० भेडाको बथानसहित आएका मगर प्युठानको अर्खास्थित लेकाली भेगको मेलवास जङ्गलमा भेडाबाख्रा चराइरहेको छ। हिउँ छल्न रुकुम, रोल्पाको उच्च पहाडी लेक चहार्दै अर्खाको गौमुखी जङ्गल क्षेत्रमा झरेको निशान्त पुनमगरले बताए। उनको सिङ्गो परिवार यही पेसामै आश्रित छ।

कलिलो उमेरदेखि नै बुवासँग फिरन्ते जीवनको अनुभव गर्दै आएको बताउने निशान्तले भने, “चरनको खोजीमा भेडाबाख्रा जता लगिन्छ, उतै पाल टाँगेर गोठ बनाएर बस्ने गरेका छौँ।” उनले बुवाले व्यतित गरेको भेडीगोठको जीवनलाई आफूले निरन्तरता दिन लागेको हो। भेडापालनबाट हुने फाइदा, जीवनयापनमा आश्रित परिवारका लागि खर्चको जोहो गर्न सकिने विश्वासले उनले यो पेसालाई अङ्गालेको हो।

यस क्षेत्रमा आधा दर्जन गोठ ठूलो बथानसहित रहेको पाइन्छ। भेडीगोठ सरिरहन्छन्। गोठ छिटोछिटो सार्नुपर्ने भएकाले उति व्यवस्थित हुँदैनन्। गोठाला त्रिपालले छाएका गोठ र ओढारमुनि बस्छन्। खाने खर्च र कपडा बोकेर उनीहरु भेडाको बथानसहित चरन क्षेत्र रहन्छन् भने खाने खर्चको हप्तामा एकपटक नजिकका गाउँ, आफ्नो घर क्षेत्रबाट खर्च पुर्याउने गरिएको हुन्छ।

वर्षमा झण्डै ११ महिना खुला आकाशमुनि जङ्गलमै रात बिताउने उनले हिउँदभन्दा वर्षामा दैनिकी कष्टकर हुने सुनाए। जाडो याममा हिउँ पर्न थालेपछि गोठमा काम गर्नेहरू घर फर्किन्छन्। उनले वर्षामा पाठापाठी हुर्काउन बढी समस्या हुने बताए।

मगरले भेडाबाख्रा चराउन ल्याएवापत स्थानीयलाई देवालीका लागि दुई भेडा र ५ वर्षसम्म चरन क्षेत्रका लागि १ लाख बुझाएको छ। उनले भने, “यो याममा सधैँ नाङ्गीको जङ्गलमा आउँछौँ। यहाँ पोषिलो घाँस भएकाले भेडाबाख्रा निकै मोटा हुन्छन्।”

एक सहयोगीसहित गत पुसमा यहाँ आएका मगर गर्मीयाम सुरु भएपछि भेडाबाख्रा लिएर ढोरपाटनको उकालो चढ्ने तरखरमा छन्। उनले बागलुङको ढोरपाटन क्षेत्रको लेकाली भेगमा जेठसम्म फर्केर रोल्पा, रुकुम हुँदै गोठालासँग भेडा मिसाएर चराउने बताए। जङ्गली जनावरबाट भेडाबाख्रा जोगाउन चारवटा भोटेकुकुर पालेको छ। भेडी गोठाला मगरले कुकुरले जङ्गली जनावरबाट जोगाउन मद्दत गरेको बताए।

भेडाबाख्रापालनबाट वार्षिक ११ लाख कमाउने मगर बताउँछन्। प्यूठानसहित बागलुङ, रुकुम, रोल्पा, गुल्मी तथा अन्य थुप्रै ठाउँबाट भेडाबाख्रा लिन चरन क्षेत्रमै ग्राहक आउँछन्। प्रतिभेडा १५ देखि २५ हजारसम्ममा बिक्री हुन्छ। वर्षमा दुईपटक ऊन निकाल्ने र भेडा बिक्रीबाट वार्षिक रु ११ लाखको कारोबार र ४ लाख बचत हुने उनले सुनाए।

प्यूठानको लेकाली क्षेत्रमा प्रशस्त भेडीगोठ छन्। स्थानीयले समेत एक सयदेखि २/३ सयका हाराहारीमा भेडा पालेर बसेका छन्। प्यूठान गौमुखी-३ उत्तिसेमा २ सयवटा भेडा पालेर बसेका भविराम पुनले भेडापालन गतिलो आम्दानीको स्रोत बनेको बताए।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले
चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले मंगलबार, पुस २२, २०८२
आज अमेरिकी डलरको मूल्य उकालो लाग्याे, अरुकाे कति ?
आज अमेरिकी डलरको मूल्य उकालो लाग्याे, अरुकाे कति ? मंगलबार, पुस २२, २०८२
नागरिक लगानी कोषको वार्षिक साधारणसभाकाे मिति ताेकियाे
नागरिक लगानी कोषको वार्षिक साधारणसभाकाे मिति ताेकियाे शनिबार, पुस १२, २०८२
नागरिक लगानी कोष र मौलाकालिका अस्पतालबीच सम्झौता
नागरिक लगानी कोष र मौलाकालिका अस्पतालबीच सम्झौता शनिबार, पुस १२, २०८२
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता बुधबार, पुस २, २०८२
होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी आइतबार, मंसिर २९, २०८२
विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै
विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै बुधबार, मंसिर २५, २०८२
१३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
१३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न शनिबार, मंसिर २१, २०८२
डोमिनार डे घोषणा, राइड प्रेमीहरूलाई आह्वान
डोमिनार डे घोषणा, राइड प्रेमीहरूलाई आह्वान मंगलबार, मंसिर १७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ सत्य आफैमा एउटा ठूलो तन्त्र हो
  • नंः ३ तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
  • नंः ४ पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
  • नंः ५ काठमाडौंमा चिसो बढ्यो
विचार
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्