katari Municipality
x
Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असार १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असार १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कोरोना खोपमा विश्व राजनीति 
कोरोना खोपमा विश्व राजनीति 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, असार २१, २०७८

-श्याम स्मृत

नेपालमा कोरोना खोपको व्यापक राजनीति भएजस्तै कोभिड–१९ को खोपको आविष्कार भएयतावाटै विश्व राजनीति शुरु भएको हो। त्यो राजनीतिको असर विश्वव्यापी भएर हानथापको स्थिति नै आएको कसैवाट छिपेको छैन्। यस राजनीतिमा  खोपको उपलब्धताप्रति विश्वका देशहरुका प्रयासहरु पनि बढ्दो छ। कतिपय देशहरुले त आफ्ना सबै नागरिकलाई खोप लगाइसक्ने मिति नै सार्वजनिक गरिसकेका छन् भने केहीलाई यसको पहुँचमा नै अझै आशंका छ।

जसरी चीनबाट कोभिड–१९ को जीवाणुले युरोप हुँदै अमेरिका भ्रमण गर्दै थियो त्यतिबेला अमेरिकी नेतृत्वका कतिपय पश्चिमा देशहरुले महामारीको राजनीतिक भाषाको पनि प्रयोग गरेका थिए। जसका कारण कोरोनाको खोपमा पनि विश्व राजनीति घुसेको छ। 

कतिपय विश्वका शक्ति र पहुँचवाला देशहरुले आफ्ना नागरिकलाई आवश्यक पर्नेजति खोपको जोहो गरिसकेका छन् र तिनको भण्डारण नै गरिएको सुनिएको छ। तर, बाँकी विश्वले भने तिनै देशहरु र विश्व स्वास्थ्य संगठनको कोभ्याक्सको मुख टाकेर बस्न बाँध्य छन्।  यी देशले खोपको प्राप्ति र यसको उपलब्धताका बारेमा केही गर्न सक्ने अवस्थामा छैनन्। उनीहरु खोप अनुदानको पर्खाइमा छन्। विश्वका विभिन्न देशमा वितरण गरिएको खोपको मात्रा अनुसार सबैभन्दा धेरै मात्रा चीनमा उपलब्ध छ। त्यहाँ करिब ३० करोड मात्रा खोप उपलब्ध भएको बताइएको छ। चीन विश्वकै सबैभन्दा बढी खोप उपलब्ध भएको देश त हो तर, यहाँको जनसंख्याको तुलनामा भने धेरै होइन। विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश चीनलाई हेर्दा यहाँ उपलब्ध खोप जनसंख्याको २० प्रतिशत मात्र हुन आउँछ।

त्यसो त चीन आफैले पनि खोप उत्पादन गरिरहेको छ तर उसले आफैले मात्र प्रयोग भने गरेको छैन। अफ्रिका, एसियाका विभिन्न देशमा चिनियाँ खोप वितरण भइरहेको छ। कतिपय विकासोन्मुख देशलाई चीनले अनुदानमै उपलब्ध गराएको छ भने कतिपय देशमा बिक्री थालेको छ। त्यसपछिको देश अमेरिकामा यो खोप करिब २६ करोड मात्रा वितरण भएको देखिएको छ। हुनत यो खोपको मात्रा चीनको भन्दा थोरै हो, तर जनसंख्यामा हेर्दा यो मात्राले यहाँको ७५ प्रतिशत जनसंख्यालाई पुगेको छ।

त्यस्तै भारतमा उपलब्ध खोपको मात्रा १६ करोड मात्र छ। विश्वको दोस्रो ठूलो जनसंख्या भएको देश भारतीय नागरिकमा भने यो खोपको उपलब्धता जम्मा करिब १२ प्रतिशत हुन आउँछ। त्यसो त भारतमा खोप उत्पादन पनि भइरहेको छ तर, उसले आफैलाई आवश्यक पर्ने खोप पनि उत्पादन गर्न तथा खोप लगाइदिन पनि सकिरहेको छैन। एकातिर जनसंख्या ठूलो छ । अर्कातर्फ भारतमा पछिल्लो समयमा महामारीको बृद्धि तीव्र रुपमा भइरहेको छ।

खोपको मात्रालाई जनसंख्यासँग तुलना गरेर हेर्दा विश्वमा सबैभन्दा बढी उपलब्ध बेलायतमा छ। त्यहाँ ५ करोड भन्दा बढी खोप उपलब्ध छ । बेलायतको जनसंख्याका हिसाबले ७६ प्रतिशत भन्दा बढी नागरिकलाई लगाउन सहज भएको छ। यसरी कतिपय पश्चिमा देशहरुले, विशेषगरी युरोपेली देशमा आफूलाई पुग्नेगरी खोपका मात्राहरु भण्डारण गरिराखेका भन्ने गरिएको छ। बेलायतको यो मात्रा हेर्दा त्यसमा विमती राख्नुपर्ने अवस्था छैन। त्यसो त कोरोना भाइरसको नयाँ प्रजातिले बेलायतलाई नै पछिल्लो समयमा असर पारेकोले पनि खोपको उत्पादनमा बेलायतले ध्यान दिएको पनि हुनसक्छ।

त्यसपछि बढी खोप ब्राजिल र जर्मनीमा उपलब्ध छ। ब्राजिलमा ४ करोड ६५ लाख मात्रा खोप उपलब्ध रहेको छ भने जर्मनीमा ३ करोड ६५ लाखभन्दा बढी खोप उपलब्ध छ। यसरी जनसङ्ख्याका हिसाबले हेर्दा ब्राजिलमा उपलब्ध खोपले त्यहाँका करिब ३० प्रतिशत नागरिकलाई पुग्छ भने जर्मनीमा ४० प्रतिशतलाई पुग्न सक्नेछ।

करिब एक दर्जन खोपहरु विश्व स्वास्थ्य संगठनको अनुमतिले स्वीकृत भएका छन्। ती खोपहरु बेलायत, अमेरिका, चीन, रुस, भारतले निर्माण गरेका छन्। खोप उत्पादनका प्राविधिक कठिनाईहरु त छँदैछन्। त्यसबाहेक पनि खोप राष्ट्रियता, विश्व राजनीति, खोप उत्पादनमा विश्वका शक्ति राष्ट्रहरुबीचको प्रतिस्पर्धा तथा नयाँ स्वरुपका भाइरसको आगमनजस्ता कारणहरुले यो कार्यलाई अझ बढी जटिल बनाइदिएको छ। त्यसमाथि, खोपमा विश्वका राजनीतिले निक्कै समस्या उत्पन्न गरिदिएको छ। जुन विडम्बना हो।

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  ०८:३०
##CoronaVaccine
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय शुक्रबार, असार १९, २०८३
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ? सोमबार, असार १५, २०८३
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ? शनिबार, असार १३, २०८३
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ बुधबार, असार १०, २०८३
कांंग्रेसको युवा नेतृत्ववाट बालेन सरकारको मूल्याँकन र समीक्षा
कांंग्रेसको युवा नेतृत्ववाट बालेन सरकारको मूल्याँकन र समीक्षा आइतबार, असार ७, २०८३
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ?
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ? शनिबार, जेठ ३०, २०८३
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ?
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ? शुक्रबार, जेठ २९, २०८३
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै बिहीबार, जेठ २८, २०८३
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ?
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ? शुक्रबार, जेठ २२, २०८३
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ १६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
  • नंः २ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः ३ स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
  • नंः ४ बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
  • नंः ५ यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्