Top Navigation
Main Navigation
आइतबार, कात्तिक १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, कात्तिक १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • दर्दनाक छुवाछूत प्रथा यथावत्, पाइला पाइलामा जातीय विभेद
दर्दनाक छुवाछूत प्रथा यथावत्, पाइला पाइलामा जातीय विभेद
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, असार २१, २०७८
Racial discrimination

जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ लागू भएको दश वर्ष वितिसक्दा समेत छुवाछूतका घटनामा कमी आउन सकेको छैन। 

दलितलाई व्यक्तिका घरमा मात्र होइन, देउताका मन्दिरमा पनि प्रवेश निषेध छ । सार्वजनिक धारामा पानी वर्जित छ, उनीहरूले पालेका गाईभैँसीको दूधसमेत बजारमा बहिष्कृत छ । 

संयुक्त राष्ट्र सङ्घको नेपालस्थित कार्यालयले गरेको एक अध्ययन अनुसार ९७ प्रतिशतले आफ्नो समुदायमा जातीय विभेद हुने गरेको र ७४ प्रतिशत दलितले गैरदलितको घर–भान्सामा प्रवेश नपाउने गरेको बताएका छन् । 

कर्णाली र सुदूरपश्चिममा ५४ प्रतिशत र प्रदेश २ मा ४६ प्रतिशतले दलितलाई आफ्नो घरभित्र प्रवेश गर्न नदिने गरेको प्रतिवेदनमा उल्लेख छ।

Nepal Oil Corporation

अन्तर्जातीय विवाह गरेका दम्पतीलाई समुदाय–गाउँमा बस्न नदिइएको, जबर्जस्ती छुट्याइएको र शारीरिक सजाय दिइएको र कतिपयकोे हत्या समेत गरिएको छ । 

छुवाछूतका घटनाका कारण दर्जनौँ दलित बस्ती विस्थापित नै भएका छन् । ऐन लागू भएको नौ वर्ष पूरा हुँदा पनि जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रशासनिक निकायले नै ऐनको बारेमा अनभिज्ञता प्रकट गर्ने गरेको, छुवाछूत अपराधका दोषीलाई कारवाही नगरिएको र छुवाछूतका घटनालाई गाउँमै मिलापत्र गराई कानूनी दायरामा पुग्नबाट रोक्ने प्रयास गरिएको दलित अधिकारकर्मीको गुनासो छ।

पूर्वप्रधानमन्त्री वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वको सरकारको पालामा २०६८ जेठ १० गते बसेको व्यवस्थापिका संसद्को बैठकले सर्वसम्मतिबाट सो ऐन पारित भएको थियो । 

ऐनको दफा ४ को उपदफा २ (क) र (ख) मा कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, वंश, समुदाय वा पेशाका आधारमा सो दफा बमोजिमको काम गरे वा गराएमा जातीय भेद्भाव तथा छुवाछूत गरेको मानिने र दफा ७ को उपदफा १ (क) मा कसूर गर्ने व्यक्तिलाई तीन महिनादेखि ३ वर्षसम्म कैद वा १ हजार रुपैयाँदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

एसटीएस नामक गैरसरकारी संस्थाले आयोजना गरेको ‘नेपालको संविधान, दलित मानव अधिकारकर्मीे, दलित मैत्री कानून तथा नीति र बजेट पैरवी’ विषयक अन्तर्क्रियामा सरोकारवालाले जातीय भेदभावको सबैभन्दा जोखिममा मध्यम र कथित तल्लो जाति, विशेषगरी दलित, देशको सबैभन्दा कम मानव विकास सूचकांक रहेको क्षेत्रमा बसोवास गर्ने र तराई तथा पहाडमा बसोवास गर्नेहरू रहेको बताएका छन् । 

“छुवाछूत ऐनलाई राज्यले अभियानका रुपमा अगाडि बढाउनुपर्छ”, दलित अधिकारकर्मी तथा दलित गैरसरकारी संस्थाका केन्द्रीय सदस्य भरत नेपालीले भने, “जातीय भेदभाव नेपालमा व्याप्त रहेपनि यसको व्यापकता बारे सही बुझाइ अझै पनि अज्ञात छ । धेरै घटनाको उजुरी नै हुँदैन।” 

संविधान र ऐन लागू भइसक्दा पनि दलित युवाको हत्या तथा बस्नलाई कोठा समेत नपाउनु दुःखद् भएको बताउँदै उनले संविधान र ऐनलाई प्रभावकारी बनाउन प्रचारप्रसार गरी अभियानका रुपमा अगाडि लैजान राज्य, सरकार तथा सरोकारवाला निकाय एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।  

अमरगढी नगरपालिका कानूनी सल्लाहकार विष्णु भट्टले मुलुकमा व्याप्त छुवाछूत अन्त्यका लागि नगरपालिकाले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

कार्यक्रममा मावनअधिकारकर्मी रामेश्वर जैरुले मुलुकमा जातीय भेदभाव र छुवाछूतको वर्तमान अवस्था र यस्को दीर्घकालीन समाधान विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। 

एसटिएसका अध्यक्ष ऋषिकेश जैरुले  ‘जातीय विभेद् तथा छुवाछूत ९कसुर र सजाय० ऐन, २०६८’ को कार्यान्वयनलाई अझ बढी प्रभावकारी बनाउन सचेतनामूलक कार्यक्रमलाई अभियानको रुपमा लैजानुपर्ने आवश्यकता औल्याएका थिए। 
 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  २१:१३
##RacialDiscrimination
प्रतिक्रिया दिनुहोस्
थप समाज
काठमाण्डूको गौरीघाटमा छठको तयारी
काठमाण्डूको गौरीघाटमा छठको तयारी शुक्रबार, कात्तिक ८, २०८२
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज सोमबार, कात्तिक ४, २०८२
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश सोमबार, कात्तिक ४, २०८२
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु आइतबार, कात्तिक ३, २०८२
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु आइतबार, कात्तिक ३, २०८२
पाहुनाको रोजाईमा अरिङ्गाल
पाहुनाको रोजाईमा अरिङ्गाल आइतबार, कात्तिक ३, २०८२
आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व
आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व आइतबार, कात्तिक ३, २०८२
असोजमा कुल ३३ लाख ८२ हजार भेटी सङ्कलन
असोजमा कुल ३३ लाख ८२ हजार भेटी सङ्कलन आइतबार, कात्तिक ३, २०८२
सिन्धुलीमा बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित
सिन्धुलीमा बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित शुक्रबार, कात्तिक १, २०८२
लाेकप्रिय समाचार
  • नंः १ अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता
  • नंः २ कर सुधार कार्यक्रमको ऐतिहासिक सफलता: ५ वर्षमा करदाता सङ्ख्या दोब्बर
  • नंः ३ दुई रोपनी क्षेत्रफलमा सयपत्री ढकमक्क, बजार खोज्दै किसान
  • नंः ४ तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु
  • नंः ५ यस्ताे छ, आज देशभर मौसम 
विचार
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्