katari Municipality
x
Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असार १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असार १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • दर्दनाक छुवाछूत प्रथा यथावत्, पाइला पाइलामा जातीय विभेद
दर्दनाक छुवाछूत प्रथा यथावत्, पाइला पाइलामा जातीय विभेद
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, असार २१, २०७८
Racial discrimination

जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ लागू भएको दश वर्ष वितिसक्दा समेत छुवाछूतका घटनामा कमी आउन सकेको छैन। 

दलितलाई व्यक्तिका घरमा मात्र होइन, देउताका मन्दिरमा पनि प्रवेश निषेध छ । सार्वजनिक धारामा पानी वर्जित छ, उनीहरूले पालेका गाईभैँसीको दूधसमेत बजारमा बहिष्कृत छ । 

संयुक्त राष्ट्र सङ्घको नेपालस्थित कार्यालयले गरेको एक अध्ययन अनुसार ९७ प्रतिशतले आफ्नो समुदायमा जातीय विभेद हुने गरेको र ७४ प्रतिशत दलितले गैरदलितको घर–भान्सामा प्रवेश नपाउने गरेको बताएका छन् । 

कर्णाली र सुदूरपश्चिममा ५४ प्रतिशत र प्रदेश २ मा ४६ प्रतिशतले दलितलाई आफ्नो घरभित्र प्रवेश गर्न नदिने गरेको प्रतिवेदनमा उल्लेख छ।

अन्तर्जातीय विवाह गरेका दम्पतीलाई समुदाय–गाउँमा बस्न नदिइएको, जबर्जस्ती छुट्याइएको र शारीरिक सजाय दिइएको र कतिपयकोे हत्या समेत गरिएको छ । 

छुवाछूतका घटनाका कारण दर्जनौँ दलित बस्ती विस्थापित नै भएका छन् । ऐन लागू भएको नौ वर्ष पूरा हुँदा पनि जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रशासनिक निकायले नै ऐनको बारेमा अनभिज्ञता प्रकट गर्ने गरेको, छुवाछूत अपराधका दोषीलाई कारवाही नगरिएको र छुवाछूतका घटनालाई गाउँमै मिलापत्र गराई कानूनी दायरामा पुग्नबाट रोक्ने प्रयास गरिएको दलित अधिकारकर्मीको गुनासो छ।

पूर्वप्रधानमन्त्री वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वको सरकारको पालामा २०६८ जेठ १० गते बसेको व्यवस्थापिका संसद्को बैठकले सर्वसम्मतिबाट सो ऐन पारित भएको थियो । 

ऐनको दफा ४ को उपदफा २ (क) र (ख) मा कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, वंश, समुदाय वा पेशाका आधारमा सो दफा बमोजिमको काम गरे वा गराएमा जातीय भेद्भाव तथा छुवाछूत गरेको मानिने र दफा ७ को उपदफा १ (क) मा कसूर गर्ने व्यक्तिलाई तीन महिनादेखि ३ वर्षसम्म कैद वा १ हजार रुपैयाँदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

एसटीएस नामक गैरसरकारी संस्थाले आयोजना गरेको ‘नेपालको संविधान, दलित मानव अधिकारकर्मीे, दलित मैत्री कानून तथा नीति र बजेट पैरवी’ विषयक अन्तर्क्रियामा सरोकारवालाले जातीय भेदभावको सबैभन्दा जोखिममा मध्यम र कथित तल्लो जाति, विशेषगरी दलित, देशको सबैभन्दा कम मानव विकास सूचकांक रहेको क्षेत्रमा बसोवास गर्ने र तराई तथा पहाडमा बसोवास गर्नेहरू रहेको बताएका छन् । 

“छुवाछूत ऐनलाई राज्यले अभियानका रुपमा अगाडि बढाउनुपर्छ”, दलित अधिकारकर्मी तथा दलित गैरसरकारी संस्थाका केन्द्रीय सदस्य भरत नेपालीले भने, “जातीय भेदभाव नेपालमा व्याप्त रहेपनि यसको व्यापकता बारे सही बुझाइ अझै पनि अज्ञात छ । धेरै घटनाको उजुरी नै हुँदैन।” 

संविधान र ऐन लागू भइसक्दा पनि दलित युवाको हत्या तथा बस्नलाई कोठा समेत नपाउनु दुःखद् भएको बताउँदै उनले संविधान र ऐनलाई प्रभावकारी बनाउन प्रचारप्रसार गरी अभियानका रुपमा अगाडि लैजान राज्य, सरकार तथा सरोकारवाला निकाय एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।  

अमरगढी नगरपालिका कानूनी सल्लाहकार विष्णु भट्टले मुलुकमा व्याप्त छुवाछूत अन्त्यका लागि नगरपालिकाले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

कार्यक्रममा मावनअधिकारकर्मी रामेश्वर जैरुले मुलुकमा जातीय भेदभाव र छुवाछूतको वर्तमान अवस्था र यस्को दीर्घकालीन समाधान विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। 

एसटिएसका अध्यक्ष ऋषिकेश जैरुले  ‘जातीय विभेद् तथा छुवाछूत ९कसुर र सजाय० ऐन, २०६८’ को कार्यान्वयनलाई अझ बढी प्रभावकारी बनाउन सचेतनामूलक कार्यक्रमलाई अभियानको रुपमा लैजानुपर्ने आवश्यकता औल्याएका थिए। 
 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  २१:१३
##RacialDiscrimination
प्रतिक्रिया दिनुहोस्
थप समाज
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति 
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति  शुक्रबार, असार १९, २०८३
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य बुधबार, असार १७, २०८३
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम बुधबार, असार १७, २०८३
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन मंगलबार, असार १६, २०८३
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू सोमबार, असार १५, २०८३
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा शनिबार, असार १३, २०८३
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान बुधबार, असार १०, २०८३
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट सोमबार, असार ८, २०८३
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ १६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
  • नंः २ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः ३ स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
  • नंः ४ बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
  • नंः ५ यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्