Top Navigation
Main Navigation
सोमबार, असार २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • मुवा थाई विश्वविजेता गुणराजको कथा
मुवा थाई विश्वविजेता गुणराजको कथा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असार २२, २०८१

काडमाडौँ । मुक्कामुक्की र लात्ती हानाहान । कुहिना र घुँडाको प्रहार । शरीरका अधिकांश भागमा हिर्काउन पाइने नियम। हेर्दै निर्मम र डरलाग्दो। नाक मुखबाट रगत बगेर अनुहार रक्ताम्य हुनु सामान्य जस्तै । मार्सल आर्टअन्तर्गत पर्ने खेल मुवा थाई विधाको नियम हो यो।

विसं २०८० चैत ६ गते मङ्गलबारका दिन थाइल्याण्डको बैङ्ककस्थित द बजार रत्चडाफिसेकमा १९औं विश्व मुवा थाई प्रतियोगिताको फाइनल चलिरहेको थियो । 

सेमि–प्रोफेसनल विधाअन्तर्गत ५४ किलो तौल समूह पुरुषतर्फको प्रतिस्पर्धामा हुनुहुन्थ्यो नेपालका गुणराज रुचाल। रिङभित्र रुचालका प्रतिस्पर्धी थिए इटालीका ग्राभियल ओलारियु । तीन राउण्डको नौ मिनेट लामो मुक्कामुक्कीपछि रेफ्रीले गुणराजको बायाँ हात उचाल्दै विजेता घोषित गर्यो।

त्यो जित गुणराजको एक्लो थिएन । सिङ्गो नेपालको जित थियो । नेपालको राष्ट्रिय झण्डा फहराउँदै गुणराजसहितको सानो नेपाली टोलीले त्यहाँ उत्सव मनाए ।

Nepal Oil Corporation

मुवा थाई खेलमा देशले प्राप्त गरेको हालसम्मकै ठूलो सफलता थियो त्यो । जब विश्वविजेताको पेटी (बेल्ट) गुणराजको कम्मरमा बाँधियो। गुणराज एकछिन भावुक भए । आँखाहरू रसाए । सपना पूरा भएकामा उनी रोमाञ्चित भए । मन भने वहलिँदै त्यही देवीटार गाउँ पुग्यो ।

खेतीपाती गरेर वर्षभरि खान नपुग्ने परिवार । छोराछोरीका लागि बुबाआमाले निरन्तर गरिरहेको सङ्घर्ष । छाती गह्रौँ भयो। गला अवरुद्ध भए। आफ्नै मनले भन्यो, “बाबा तिम्रो छोरा पनि विश्वविजेता बन्यो ।”

ताजा खुसीको उन्मादले ओझेलमा परेको अर्को पीडा साथमै थियो । भीडन्तको पहिलो राउन्डमै उनको दायाँ हात भाँचिसकेको थियो। तर हात भाँचिएको कुरा न उनले कोचलाई सुनाए न त रेफ्रीलाई ।

“मेरो हात भाँचियो भनेर मैले पहिले थाहा पाइसकेको थिएँ । किनभने त्यसरी नै मेरो हात पहिले पनि भाँचिएको थियो”, उनले त्यो क्षण सम्झिँदै भने, “तर मैले मेरो हात भाँचिएको सुनाउने बित्तिकै खेल छाडेर हार स्वीकार्र्नुुपथ्र्यो वा मेरो प्रतिद्वन्द्वीले थाहा पाएको भए मेरो हातलाई केन्द्रमा राखेर प्रहार गरेपछि म खेल्नै सक्दिन थिएँ ।”

दश वर्षदेखिको विश्वविजेता बन्ने लक्ष्य पूरा नहुने जब उनले सम्झिए, त्यसपछि ‘गिभ अप’ गरे । अनि बक्सिङभन्दा बढी लात्ती, कुहिना र घुँडाको प्रहार गर्दै प्रतिद्वन्द्वीसँग फाइनल राउण्डसम्म भिडे । यो त्यही दायाँ हात हो, जो मुवा थाईकै प्रतियोगितामा तेस्रोपटक भाँचिएको थियो।

सिस्नेरी टु वर्ल्ड च्याम्पियन

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-३, सिस्नेरीस्थित देवीटार गाउँ । जहाँ पाँच घर दलित, तीन घर मगर र ६० घर जति क्षेत्री ब्राह्मण समुदायको बस्ती छ । 

त्यही गाउँका खड्गबहादुर र फूलमायाको तीन भाइ र एक बहिनी छोरीमध्येको जेठो हुन् गुणराज । नुन र चामल बोक्न पाँच घण्टा पैदल हिँडेर घुर्मी बजार पुग्नुपर्ने ।

“अझ बुबाआमाले दुईदिनको पैदल बाटो कटारी पुगेर नून ल्याउनुहुन्थ्यो रे, बाल उमेरमा यस्तो सुन्दा मलाई कथा सुनेजस्तै लाग्थ्यो”, गुणराजले बाल्यकाल सम्झिँदै भने ।

दलित समुदायलाई अझै उच्च जात भनाउँदाले हेर्ने दृष्टिकोण कहाँ बदलिएको छ र ? कहीँ खेतालो, गोठालो, बजार जाँदा नजानिँदो ढङ्गले हेपिएको महसुस गुणराजलाई हुन्थ्यो । तर, आफूलाई हेपेको मात्र नभई अरुलाई हेपेको पनि देख्न नसक्ने उनमा विद्रोही स्वभाव थियो। प्रतिवादमा उत्रिनु गुणराजको नानीदेखिको बानी हो ।

स्कुल बाहेकका समय गोरु, बाख्रा चराउन कहिले खोला किनार त कहिले जङ्गलतिर सुसेल्दै हिँडेको त्यो स्वर्णिम बाल्यकाल अझै उनको मानसपटलमा झल्झली आउँछन् । छुट्टीको दिन घाँस, दाउरा जानुपर्ने नियमित तालिका छँदैछ।

सामान्य लेखपढ गरेका खड्गबहादुर र फूलमायाले दुःखै किन नहोस् छोरालाई सरकारी जागीरे बनाउने सपना देखे। छोराले २०६४ मा गाउँकै कालिका माध्यामिक विद्यालयबाट एसएलसी पास गर्ने बित्तिकै १८ महिने ‘कम्युनिटी मेडिसिन असिसटेन्ट’ (सिएमए) पढाउन सदरमुकामस्थित हिमालयन पारामेडिकल शिक्षालय पठाए ।

गुणराजले पनि बुवाआमाको सपना पूरा गर्न सिएमए पढे । सिएमए उत्तीर्ण गरेपछि बाँकी रह्यो अहेबको परीक्षाको तयारी। त्यसका लागि लोकसेवा आयोगले लिने परीक्षा उत्तीर्ण गर्नुपर्ने ।

तयारीस्वरुप किताब किनेर ल्याए । किताब पढ्न थालेको दोस्रो दिन मात्रै भएको थियो । रेडियोमा अचानक गाउँपालिकाको केन्द्र मूलखर्कमा कराँते तालिम सञ्चालन हुने सूचना उनको कानमा ठोक्कियो ।

रेडियोमा सूचना पुरा बज्न नपाउँदै गुणराजले बन्द गरेको अहेबका लागि लोकसेवा तयारीसम्बन्धी पुस्तक त्यसपछि कहिल्यै खुलेन। कराँते सिकेरै छाड्ने छोराको जिद्दी सामू बाउआमाको केही लागेन ।

गाउँदेखि उकालैउकालो दौडिँदा दुई घण्टामा पुगिन्थ्यो मूलखर्क । छ बजेदेखि सुरु हुने कराँते प्रशिक्षणमा सहभागी हुन गुणराज बिहान ४ बजे  घरबाट हिँडिसक्थे। 

पुष-माघको चिसो ठिही र लामो रात । गाउँदेखि माथि रहेको दमार जङ्गल अँध्यारोमै कट्नुपथ्र्यो । तैपनि मनमा कुनै डर थिएन। थियो त एकमात्र कराँतेको गुरु बन्ने लक्ष्य ।

तीन घण्टाको प्रशिक्षण सकेर फर्किँदा १० बज्थ्यो । त्यसपछि फेरी घरको काम गर्नुपथ्र्यो । तर त्यो कराँते प्रशिक्षण विविध कारणले तीन महिनाभन्दा बढी सञ्चालन हुन सकेन ।

गुणराजको खेलाडी बन्ने सपना अधुरै रह्यो । उनी २०६९ असार १५ गते नेपाली सेनामा भर्ती भए । बाँकी सपना पूरा गर्ने माध्यम उनले नेपाली सेनालाई बनाउने सोचे ।

सेनाको तालिममै मार्सल आर्टस विधाअन्तर्गतका विभिन्न खेलहरु अनिवार्य सिक्नुपथ्र्यो । तर त्यो आधारभूत किसिमको मात्र हुन्थ्यो। त्यसअन्तर्गत पनि गुणराजले मुवा थाई रोजे ।

मुवा थाईमा उनको लगाव यति धेरै देखियो कि नेपाली सेनाले उनलाई त्रिभुवन आर्मी क्लबमा आबद्ध गरायो। अनि पूर्णकालीन मुवा थाई खेलाडी बने। अहिले नेपाली सेनाको अमलदार पदमा हुन् रुचाल ।

निरन्तरको मेहनत र लगावले गर्दा उनले विस्तारै मुवा थाईमा सफलता प्राप्त गर्न सुरु गरे । उनले २०७६ सालमा काठमाडौँमा आयोजित ‘बेल्ट च्याम्पियनसिप’को राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरे भने २०७७ मा चितवनमा भएको ‘टप फाइभ’ मुवा थाई प्रतिस्पर्धामा स्वर्ण पदक हासिल गरे ।

विसं २०७४ माघ २८ मा चितवनमा भएको तेस्रो इन्डो-नेपाल प्रतियोगितामा पनि स्वर्ण पदक हात पारे र जितलाई निरन्तरता दिँदै २०७९ सालको चौथो इन्डो-नेपाल प्रतियोगितामा स्वर्ण पदक आफ्नै कब्जामा राखे ।

विसं २०७९ को आठौँ इन्डो-नेपाल मुवाथाई प्रतियोगितामा स्वर्ण जितेर इन्डो-नेपाल प्रतियोगितामै तीनवटा स्वर्ण पदक प्राप्त गर्ने खेलाडी बने।

मुवा थाईको अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा पनि उनको वर्चस्व कायम छ । विसं २०७५ असोजमा नेपालमै आयोजित तेस्रो केब्याक इन्टरनेशनल मुवा थाई प्रतियोगितामा स्वर्ण पदक जितेका उनले २०७६ भदौमा थाइल्याण्डमा सम्पन्न जेएफ बक्सिङ फाइट प्रोमोसनमा इटालीका खेलाडीलाई नकआउट गर्दै विजयी भएको थियो ।

विसं २०७९ मा थाइल्याण्डको बैंककमा भएको फेयरटेक्स फाइटमा म्यानमारका खेलाडीलाई पराजित गर्दै रुचाल विजयी भए। यसैबीचमा रुचालको विश्व च्याम्पियनसिप यात्रा सुरु भइसकेको थियो । विसं २०७९ मा थाइल्यान्डको पतायामा आयोजित १७ औँ अम्याचुअर एण्ड प्रो–एम वल्र्ड मुवा थाई च्याम्पियनसिप २०२२ मा कास्य पदक प्राप्त गरे ।

त्यो मङ्सिरको कुरा हो । त्यही सालको चैतमा थाइल्याण्डमै सम्पन्न १८औँ अम्याचुअर एण्ड प्रो-एम वल्र्ड मुवा थाई च्याम्पियनसिप २०२३ मा पुनः दोस्रो पटक कास्य पदकमा चित्त बुझाए । दुई पटक कास्य पदक प्राप्त गरेपछि पनि विजेता बन्ने अठोटबाट गुणराज पछि हटेन।

त्यसपछिको तयारी यति मेहनतका साथ गर्यो कि त्यो लक्ष्य पूरा गर्न एकवर्ष पनि कुर्नु परेन । विसं २०८० फागुन २९ देखि चैत ६ गतेसम्म थाइल्याण्डमा सम्पन्न १९औँ अम्याचुअर एण्ड प्रो-एम वल्र्ड मुवा थाई च्याम्पियनसिप २०२४ मा विश्व विजेता हुन सफल भए। मुवा थाई खेल विधाअन्तर्गत उनले प्राप्त गरेको यो उपाधि नेपालका लागि हालसम्मकै ठूलो हो ।

उनले मुवा थाई विधामा सातवटा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पराजय भोगेको छ । तर पनि पराजय नै विजयको पहिलो आधार मानेर निरन्तर अभ्यास गर्ने बानीले उनलाई सफलताको बाटोमा डोर्याइरहेको छ ।

नेपाल राष्ट्रिय मुवाथाई सङ्घले उनलाई सन् २०१६, २०१८ र २०२२ मा तीन पटक मुवाथाईको उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मान गरिसकेको छ।

के हो मुवा थाई ?

मार्सल आर्टअन्तर्गतकै एक खेल विधा हो मुवा थाई । ‘द आर्ट अफ एट लिम्बस्’ अर्थात दुवै कुहिना र दुवै घुँडा, दुवै बक्सिङ र दुवै किक गरेर आठ वटा भागले आफ्नो प्रतिस्पर्धीमाथी नियममा रहेर आक्रमण गर्न पाइन्छ ।

यो थाइल्यान्डको राष्ट्रिय खेल पनि हो । त्यसो त यसको इतिहास जान्नलाई १३ औँ शताब्दीतिर थाइल्यान्ड सुखोथाई राज्यको बेलासम्म पुग्नुपर्ने हुन्छ ।

पहिलो थाई सेना जसले राज्यको सुरक्षा गर्न यो युद्धकलाको विकास गरे र उनले आफ्नो सेना तथा गैरसेनालाई यो कला सिकाए। मार्सल आर्ट अन्तर्गतकै यो कलालाई पछि मुवा बोरन र मुवा थाई नामाकरण गरियो ।

मुवाको खास अर्थ बक्सिङ हो । मुवा थाई भन्नाले थाई बक्सिङ भन्ने बुझिन्छ । सुरुमा मुवा थाई खेलाडीले हातमा डोरीले बाँधेर बक्सिङ खेल्ने गर्थ।२० औँ शताब्दीको सुरुआतपछि यो खेल ब्रिटिस बक्सिङबाट प्रभावित भएर आधुनिकीकरणतर्फ लाग्यो र पछि हातमा पञ्जा लगाएर खेल्न थालियो। 

नेपालमा मुवाथाई खेलले सन् २०१० मा मान्यता पाएको हो । नेपाल राष्ट्रिय मुवाथाई सङ्घ सन् २०१२ मा दर्ता भयो। गुणराजका प्रशिक्षक तथा नेपाल राष्ट्रिय मुवा थाई सङ्घका केन्द्रीय अध्यक्षसमेत रहेका गणेशलाल कक्षपति गुणराज पछिल्लो समय व्यावसायिक खेलाडीको रुपमा परिचित भइसकेको बताउँछन् ।

“उसले खेलेको धेरै लामो समय पनि भयो । अब एउटा ठूलै प्रतिस्पर्धामा उसलाई सहभागी गराउनुपर्छ भन्ने तयारी छ हाम्रो”, उनले भने, “उसले लामै समय थाइल्यान्डमा तालिम पनि गरिसक्यो । १० पटक त थाइल्याण्डमै खेल्न गइसक्यो । अरु पनि राम्रा खेलाडी थिए तर उनीहरुले निरन्तरता दिन सकेनन् । गुणराजले निरन्तर मेहनत गरेकोले राम्रो छ । अहिले टपमै छ ।”

मुवाथाई अहिले मार्शल आर्ट खेलअन्तर्गत उत्कृष्ट विधाको रुपमा स्थापित भएको कक्षपतिको भनाइ छ । “नेपाली सेनाको विशेष फोर्स, रेन्जर र सशस्त्र प्रहरीमा पनि यो खेल समावेश गरेको छ । यो व्यावसायिक रुपमा उदाएको खेल हो । नेपालमै ४ हजारसम्मको टिकट काटेर यो खेल हेर्ने दर्शक छन्”, उनले भने । चितवनको राइनोलगायतका दर्जनौँ क्लब व्यावसायिक क्लबहरुले यो खेल खेलाउने गरेका छन् ।

गुणराजको अन्तिम लक्ष्य भनेको ‘वान च्याम्पियनसिप’ सम्म पुग्नेछ । ‘वान च्याम्पियनसिप’ मार्शल आर्टसँग सम्बन्धित प्रतिस्पर्धा हुने संसारकै एक ठूलो ‘प्लेटफर्म’ हो ।

यो प्रतियोगिता संसारको १ सय ९० भन्दा बढी देशको टेलिभिजन च्यानलहरुमा प्रत्यक्ष हेर्न पाइन्छ । सिंगापुरमा मुख्यालय रहेको ‘वान च्याम्पियनसिप’मा गुणराजले आफ्नो प्रोफाइल पेस गरिसकेको छ ।

मुवा थाई विधामा उक्त प्लेटफर्मका लागि छनोट हुनु नेपाली खेलाडीका लागि फलामको चिउरा चपाउनु सरह छ। यद्यपी कुनैदिन त्यहाँसम्म पुग्ने उनको सपनामा तगारो भने लागिसकेको छैन ।

उनको ‘आइडल’ खेलाडी बुवाक बान्चामेक हो । जो थाइ फाइटर हुन् । बान्चामेक ‘वान च्याम्पियनसिप’लगायतका विश्व चर्चित मार्शल आर्ट प्रतियोगिताका ‘नम्बर वान’ खेलाडी हुन् ।

गुणराजलाई उनका बुबाआमाले यो कुटपिट गर्ने खालको खेल छाड्न सुझाव दिएको छ । “जति गरिस् त्यसले हाम्रो इज्जत राखिस् हामी खुसी छौँ, अब भने यो छाड भन्नुहुन्छ बुवाआमा”, गुणराजले भने, “तर मलाई अहिले नै यो खेल छोड्ने इच्छा छैन।” नेपालमा अझै मुवा थाई खेलेरै व्यावसायिक बन्ने अवस्था छैन । अन्तर्राष्ट्रिय चर्चित प्रतियोगितामा सहभागी हुनसके मात्र दाम कमाउन सकिने उनको भनाइ छ।

संसारमा मार्सल आर्टका चर्चित खेलाडी हङकङ ब्रुस ली हुन् या अमेरिकाका बक्सर मुहम्मद अलि जसले ‘फाइट’ खेलेरै आफू मात्र प्रसिद्ध भएनन्, देशलाई समेत चिनाए ।

यसरी नै गुणराजले पनि देशको प्रतिनिधित्व गर्दै कुनै दिन नेपाललाई चिनाउने सपना बोकेको छ । गुणराज रुचाल भन्छन्, ‘मेरो रगतमा मुवा थाई छ, मैले खेल्दा देशकै लागि खेल्नेछु।’

प्रकाशित मिति: शनिबार, असार २३, २०८१  ०८:२६
##gunarajruchal #muwathai #playrer
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु  
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु   मंगलबार, असार ३, २०८२
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा शनिबार, जेठ ११, २०८२
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई 
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई  शुक्रबार, जेठ १०, २०८२
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै शुक्रबार, जेठ १०, २०८२
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु मंगलबार, जेठ ७, २०८२
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप सोमबार, वैशाख २२, २०८२
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि'
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि' बिहीबार, चैत १४, २०८१
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त सोमबार, फागुन १९, २०८१
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु बिहीबार, पुस ११, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ दिदीभाइको कथानकतामा गजबको गीत सार्वजनिक
  • नंः ३ वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
  • नंः ४ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
  • नंः ५ नामी साप्ताहिक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्