काठमाडौ । अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर जगन अधिकारीलाई गोठाटार तेक्वान्दो डोजाङले कदर पत्रसहित सम्मान गरेको छ।
युएईलाई कर्मभूमी बनाई तेक्वान्दोको विकास र विस्तारमा योगदान पुर्याउँदै आएका तेक्वान्दो मास्टर अधिकारीलाई नेपाल आएको अवसर पारेर सम्मान गरिएको हो ।
तेक्वान्दो मास्टर अधिकारी नेपाल तेक्वान्दो संघसँग आवद्ध रहि विदेशी भूमीमा नेपाली राष्ट्रिय निर्णायकको रुपमा कार्य गरेर नेपाल र नेपालीको पहिचान उच्च पार्दै आएका छन् ।

विदेशी खेलाडीहरुलाई प्रशिक्षण दिनुको साथै अमेरिकाको शिकागो सहरमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर सेमिनारमा उत्कृष्ट प्रदर्शन गर्दै तेक्वान्दो मास्टर अधिकारी ‘आउट स्ट्यान्डिङ्ग पर्फरमेन्स अवार्ड’ बाट सम्मानित भईसकेका छन् ।
तेक्वान्दो मास्टर अधिकारीले विदेशी भूमीमा रहेर पनि नेपाली खेलाडी तथा तेक्वान्दो खेलकर्मीका लागि प्रेरणाको श्रोत बनेकोमा सम्मान गरिएको गोठाटार तेक्वान्दो डोजाङका संस्थापक एवं अध्यक्ष प्रेम भण्डारीले बताए ।
तेक्वान्दो मास्टर अधिकारीलाई गोठाटार तेक्वान्दो डोजाङका संस्थापक एवं अध्यक्ष प्रेम भण्डारी र डोजाङका सल्लाहकार एवम् नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य हेमन्त डाङ्गीले एक कार्यक्रमविच अधिकारीलाई सम्मान पत्र प्रदान गरेका थिए।
प्रकाशित मिति: शनिबार, असोज ४, २०८२ २२:००