Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • युनिटी कप: वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित
युनिटी कप: वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असोज १२, २०८२

ओम प्रकाश विष्ट

काठमाडौँ । युनिटी कप अन्तर्गतको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ । गएकाे शनिबार राति संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा भएको खेलमा नेपालले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रनको प्रतिस्पर्धात्मक योगफल बनायो । सुरुवात भने राम्रो भएन । नेपालले १२ रनमै ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई गुमाएकाे थियाे । 

भुर्तेल ११ बलमा ६ रन बनाएर आउट भए भने आसिफ शेख होल्डरको बलमा क्यासी कार्टेको हातबाट क्याच आउट भएका थिए । त्यसपछि कप्तान रोहित पौडेल र कुशल मल्लले पारी सम्हालेका थिए । 

रोहितले ३५ बलमा ३८ रन र कुशल मल्लले २१ रन बनाए । गुलशन झा ले १६ बलमा २२ रनको योगदान दिए भने दिपेन्द्र सिंह ऐरीले १९ बलमा १७ रन बनाएर होल्डरकै बलमा नविन विदासीको हातबाट क्याच आउट भएका थिए । सोमपाल कामी पाँच बलमा ६ रन बनाउँदै अविजित रहे । करण केसी शून्यमा आउट भए भने नन्दन यादवले २ बलमा ७ रनको योगदान दिए ।

वेस्ट इन्डिजका लागि होल्डर सर्वाधिक प्रभावशाली बलर साबित भए । उनले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । नाभिनले ३ विकेट र होसिनले १ विकेट लिए ।

१४९ रनको लक्ष्यसहित मैदानमा उत्रिएको वेस्ट इन्डिज नेपालका बलरहरूको कडाइपूर्ण आक्रमणका कारण २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनमै रोकियो । वेस्ट इन्डिजका लागि नाभिनले सर्वाधिक २२ रन बनाए भने अमिर र फाबेनले समान १९–१९ रन जोडेका थिए । 

नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए । करण केसी, नन्दन यादव, रोहित पौडेल र ललित राजवंशीले समान १–१ विकेट लिए । सोमपाल कामी भने आजको खेलमा महँगो सावित भए । उनले पुरा ४ ओभरमा ४३ रन खर्चिए तर विकेट विहीन रहे । सन्दीप लामिछाने आजको खेलमा बेन्चमा थिए ।

खेल जितेसँगै प्लेयर अफ द म्याच घोषित कप्तान रोहित पौडेलले यो पुरस्कार हालैका आन्दोलनमा भएका शहीदहरूलाई समर्पित गरेका थिए । यस जितसँगै नेपालले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । दुबै टोलीबीचको दोस्रो खेल नेपाली समयअनुसार आगामी सोमबार राति ८:१५ बजे हुनेछ ।
 

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  ०८:२०
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
पहिलाको सरकार त पूर्वाग्राही नै रह्यो, अहिलेकोसँग आशावादी छौं
पहिलाको सरकार त पूर्वाग्राही नै रह्यो, अहिलेकोसँग आशावादी छौं बिहीबार, भदौ ४, २०८३
पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु
पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु सोमबार, साउन २५, २०८३
इतिहासमै पहिलो खेलकुद प्रदर्शनी 
इतिहासमै पहिलो खेलकुद प्रदर्शनी  सोमबार, साउन १८, २०८३
फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति बिहीबार, असार ४, २०८३
कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन बुधबार, वैशाख १६, २०८३
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक 
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक  बिहीबार, फागुन ७, २०८२
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक बुधबार, फागुन ६, २०८२
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना आइतबार, माघ २५, २०८२
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक बुधबार, माघ २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्