Top Navigation
Main Navigation
मंगलबार, फागुन १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, फागुन १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • टि–२० विश्वकप छनोटमा नेपालको सानदार विजयी सुरुवात
टि–२० विश्वकप छनोटमा नेपालको सानदार विजयी सुरुवात
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असोज २३, २०८२

ओमप्रकाश विष्ट 

काठमाडौं । आइसिसी मेन्स टि–२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै शानदार विजयी सुरुवात गरेको छ ।

ओमानको अल अमरित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रनको प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो ।

नेपालको सुरुवात भने राम्रो भएन । ओपनर आसिफ शेख ७ बलमा २ रन बनाएर अकिफ फारुकको एलबिडब्लूमा आउट भए । कुशल मल्ल ४ रन र कप्तान रोहित पौडेल १६ रनमा आउट भए । दुवैलाई नवीनराज राजेन्द्रनले बोल्ड गरेका थिए । त्यसपछि आएका सन्दीप जोरा पनि पाँच रनमा आउट हुँदा नेपाल ६३ रनमै चार विकेट गुमाएर नाजुक अवस्थामा पुगेको थियो ।

तर कुशल भुर्तेलले इन्निङ थामे । उनले अन्तिम ओभरको पाँचौँ बलमा अनुदिप चांदमारा बलमा बोल्ड हुनुअघि ५६ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ६६ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १९ बलमा २० रन जोडेपछि रनआउट भए ।

नेपालले सुस्त सुरुवातपछि १९औँ ओभरमा उत्कृष्ट प्रदर्शन गर्‍यो । नवीनराजको ओभरमा भुर्तेलले दुई चौका र गुल्सन झाले तीन छक्का प्रहार गरेपछि सो ओभरबाट २७ रन जोडियो ।
गुल्सन झा अन्तिम ओभरको दोस्रो बलमा अनुदिप चांदमारा बलमा बोल्ड भए । उनले ६ बलमा ३ छक्कासहित २० रन बनाए । नन्दन यादव र सोमपाल कामी क्रमशः २ र १ रनमा नटआउट रहे ।

कुवेतका लागि नवीनराजले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । उनले पहिलो तीन ओभरमा १३ रन मात्र दिएका थिए, तर अन्तिम ओभरमा २७ रन खर्चन बाध्य भए । अनुदिप चांदमारा ले पनि अन्तिम ओभरमा २ विकेट हात पारे ।

१४२ रनको लक्ष्य पछ्याउँदै आएको कुवेत १८.१ ओभरमै ८३ रनमा अलआउट भयो । कुवेतका ओपनर क्लिन्टो अन्तोले सर्वाधिक २६ रन बनाए । यसिन पटेलले १९ र मीत भास्वरले ११ रन जोडे भने बाँकी ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन् ।

नेपालका लागि ललित राजवंशी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले २–२ विकेट लिए भने सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले १–१ विकेट आफ्नो नाममा लेखाए ।
यो छनोट प्रतियोगिताबाट शीर्ष तीन टोलीले आगामी वर्ष फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टि–२० विश्वकप २०२६ मा स्थान पक्का गर्नेछन् ।

आजै भएको समूह चरणका अन्य खेलमा ओमानले सामोआलाई हराएको छ भने कतार युएईसँग पराजित भएको छ । नेपाल समूह ‘बी’ मा रहेको छ, जसमा नेपाल, कुवेत र जापान छन् । नेपालले अर्को खेल जापान विरुद्ध सेप्टेम्बर १० गते नेपाली समय अनुसार बेलुकी ४:१५ बजे खेल्नेछ ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  ०८:५५
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक 
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक  बिहीबार, फागुन ७, २०८२
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक बुधबार, फागुन ६, २०८२
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना आइतबार, माघ २६, २०८२
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक बुधबार, माघ २२, २०८२
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप आइतबार, मंसिर २२, २०८२
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान शनिबार, मंसिर १४, २०८२
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता शनिबार, मंसिर ७, २०८२
१५ औं यल कप
१५ औं यल कप शनिबार, कात्तिक ३०, २०८२
अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता
अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता आइतबार, कात्तिक ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ मतदानका दिन अत्यावश्यक सवारीसाधनलाई पास नचाहिने
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा मध्यपूर्वकाे तनावमा नेपालीकाे  सुरक्षालाई पहिलो प्राथमिकता राख्न सरकारसँग माग
  • नंः ४ नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा
  • नंः ५ वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा 
विचार
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि :  समृद्धिका भरोसा 
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा  शारदा बजगाईँ
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्