Top Navigation
Main Navigation
बिहीबार, पुस ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, पुस ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • पर्यटकीय केन्द्र ठमेल सुनसान
पर्यटकीय केन्द्र ठमेल सुनसान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, असार २८, २०७८

काठमाडौ । काठमाडौँ उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रूपमा रहेको ठमेल कोरोना सङ्क्रमणका कारण सुनसान बनेको छ। 

विश्वका विभन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल सुनसान बनेको हो। 

गत वर्ष ८ महिना बन्द रहेको ठमेल मङ्सिरपछि विस्तारै चहलपहल शुरु भए पनि वैशाखको पहिलो हप्तादेखि नै दोस्रो भेरियन्टसहितको कोरोना सङ्क्रमण वृद्धि भएपछि यहाँका पर्यटकीय गतिविधि सञ्चालन नहुँदा सुनसान बनेका हुन्। 

पहिलो चरणको कोरोना सङ्क्रमणका कारण बन्द भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान दोस्रो चरणको कोरोना सङ्क्रमणमा पनि बन्द हुँदा विदेशी पर्यटक नेपाल घुम्न आउन पाएका छैनन् । 

घुम्न आएका पर्यटकलाई पनि सम्बन्धित देशले जहाज चार्टर्ड गरेर आफ्नै देशमा फर्काउँदा ठमेल क्षेत्र सुनसान बन्न पुगेको हो। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोभिड–१९ का कारण उक्त कार्यक्रम स्थगित भएको थियो। 

गत वर्षको बन्दाबन्दी अगाडि ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने प्रत्येक दिन खचाखच नै हुन्थे। अझ शुक्रबार र शनिबार थप चहलपहल हुँदै आएको थियो। 

व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवापुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनःव्यावसायिक बाटोमा आउने पर्खाइमा छन् । 

ठमेल क्षेत्रमा ६ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन् । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले कोभिड–१९ का कारण स्वदेशी तथा विदेशी पर्यटक नेपाल घुम्नका लागि नआएका कारण ठमेल सुनासान बनेको बताउँछन्। “पर्यटन व्यवसायीलाई खोपको उचित प्रबन्ध गरेर स्वास्थ्य मापदण्डसहित ठमेल क्षेत्र खुलाउनका लागि राज्य गम्भीर बन्नुपर्छ”, उनी भन्छन्।  

उपाध्यक्ष शर्माले कोरोनाका कारण व्यापार व्यवसाय बन्द हुँदा मर्कामा परेका पर्यटन व्यवसायलाई विस्तारै चलायमान बनाउन खोज्दा प्रहरीले धरपकड गर्ने गरेको गुनासोसमेत गरे । 

पर्यटन क्षेत्र निर्वाधरुपले चल्न दिनुपर्ने उनले बताए । तत्काल विदेशी पर्यटक आउने वातावरण नभए पनि आन्तरिक पर्यटक आउने वातावरण ठमेलले निर्माण गर्नुपर्ने उनको भनाइ थियो । 

यहाँका ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुन्छ। ठमेल विकास परिषद्ले यस क्षेत्रका व्यवसायीलाई यहाँबाट विस्थापित हुन नदिन गत वर्ष ठमेलका घरधनीसँग छलफल गरेर घरभाडामा ५० प्रतिशत सहुलियतको व्यवस्था मिलाएको छ। ठमेल क्षेत्रमा १ हजारभन्दा बढी होटल रहेका छन्।

पर्यटन व्यवसायी लीलाबल्लभ दाहाल ‘काका’ ठमेल क्षेत्रलाई बचाउनका लागि पर्यटन व्यवसायीलाई व्यवसायको आधारमा सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने बताउँछन्।  “गत वर्षको मौद्रिक नीतिमा पर्यटन व्यवसायीलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने घोषणा गरे पनि सोही ऋण पहुँचवाला व्यवसायीको हातमा मात्र पुग्यो”, उनी भन्छन्, “व्यवसायको आधारमा ३५ लाखदेखि ५करोडसम्म ऋण उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो।” 

ठमेल काठमाडौँ महानगरपालिकाको वडा नं १६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको सबैभन्दा धेरै भाग वडा नं २६ मा पर्दछ। नेपाल घुम्न आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेका छन् । 

काठमाडौँ-२६ का वडाध्यक्ष ख्यामराज तिवारी वार्षिक अर्बौंको कारोवार हुने ठमेललाई बचाउनका लागि महानगरपालिकाले पर्यटन व्यवसायमा लाग्ने कर र घरबहाल करमा छुट दिने नीति अगाडि सारेको बताउँछन् ।  

लामो समयसम्म बन्द रहेको पर्यटन क्षेत्रलाई  स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालनमा ल्याउनुपर्ने उनी बताउँछन्। “ठमेललाई पूर्ववत् अवस्थामा फर्काउनका लागि सरकार र व्यवसायी एक भएर अगाडि बढ्नुपर्छ”, उनको भनाई रहको छ।ठमेल क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  ०९:५६
##ThamelBazar
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता बुधबार, पुस २, २०८२
होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी आइतबार, मंसिर २९, २०८२
विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै
विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै बुधबार, मंसिर २५, २०८२
१३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
१३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न शनिबार, मंसिर २१, २०८२
डोमिनार डे घोषणा, राइड प्रेमीहरूलाई आह्वान
डोमिनार डे घोषणा, राइड प्रेमीहरूलाई आह्वान मंगलबार, मंसिर १७, २०८२
सजिलो नेट र एभरेष्ट इञ्जिनियरिङ कलेजबिच सम्झौता
सजिलो नेट र एभरेष्ट इञ्जिनियरिङ कलेजबिच सम्झौता बिहीबार, मंसिर ५, २०८२
हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल
हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल सोमबार, मंसिर २, २०८२
महालक्ष्मी विकास बैंक र दराज नेपालबीच सहकार्य
महालक्ष्मी विकास बैंक र दराज नेपालबीच सहकार्य मंगलबार, कात्तिक २६, २०८२
नेपाल टेलिकमले ल्यायो जेनजी विद्यार्थी अफर योजना
नेपाल टेलिकमले ल्यायो जेनजी विद्यार्थी अफर योजना आइतबार, कात्तिक २४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै
  • नंः ३ श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
  • नंः ४ मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ
  • नंः ५ होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्