katari Municipality
x
Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असार १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
शुक्रबार, असार १९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • पर्यटकीय केन्द्र ठमेल सुनसान
पर्यटकीय केन्द्र ठमेल सुनसान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, असार २८, २०७८

काठमाडौ । काठमाडौँ उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रूपमा रहेको ठमेल कोरोना सङ्क्रमणका कारण सुनसान बनेको छ। 

विश्वका विभन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल सुनसान बनेको हो। 

गत वर्ष ८ महिना बन्द रहेको ठमेल मङ्सिरपछि विस्तारै चहलपहल शुरु भए पनि वैशाखको पहिलो हप्तादेखि नै दोस्रो भेरियन्टसहितको कोरोना सङ्क्रमण वृद्धि भएपछि यहाँका पर्यटकीय गतिविधि सञ्चालन नहुँदा सुनसान बनेका हुन्। 

पहिलो चरणको कोरोना सङ्क्रमणका कारण बन्द भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान दोस्रो चरणको कोरोना सङ्क्रमणमा पनि बन्द हुँदा विदेशी पर्यटक नेपाल घुम्न आउन पाएका छैनन् । 

घुम्न आएका पर्यटकलाई पनि सम्बन्धित देशले जहाज चार्टर्ड गरेर आफ्नै देशमा फर्काउँदा ठमेल क्षेत्र सुनसान बन्न पुगेको हो। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोभिड–१९ का कारण उक्त कार्यक्रम स्थगित भएको थियो। 

गत वर्षको बन्दाबन्दी अगाडि ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने प्रत्येक दिन खचाखच नै हुन्थे। अझ शुक्रबार र शनिबार थप चहलपहल हुँदै आएको थियो। 

व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवापुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनःव्यावसायिक बाटोमा आउने पर्खाइमा छन् । 

ठमेल क्षेत्रमा ६ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन् । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले कोभिड–१९ का कारण स्वदेशी तथा विदेशी पर्यटक नेपाल घुम्नका लागि नआएका कारण ठमेल सुनासान बनेको बताउँछन्। “पर्यटन व्यवसायीलाई खोपको उचित प्रबन्ध गरेर स्वास्थ्य मापदण्डसहित ठमेल क्षेत्र खुलाउनका लागि राज्य गम्भीर बन्नुपर्छ”, उनी भन्छन्।  

उपाध्यक्ष शर्माले कोरोनाका कारण व्यापार व्यवसाय बन्द हुँदा मर्कामा परेका पर्यटन व्यवसायलाई विस्तारै चलायमान बनाउन खोज्दा प्रहरीले धरपकड गर्ने गरेको गुनासोसमेत गरे । 

पर्यटन क्षेत्र निर्वाधरुपले चल्न दिनुपर्ने उनले बताए । तत्काल विदेशी पर्यटक आउने वातावरण नभए पनि आन्तरिक पर्यटक आउने वातावरण ठमेलले निर्माण गर्नुपर्ने उनको भनाइ थियो । 

यहाँका ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुन्छ। ठमेल विकास परिषद्ले यस क्षेत्रका व्यवसायीलाई यहाँबाट विस्थापित हुन नदिन गत वर्ष ठमेलका घरधनीसँग छलफल गरेर घरभाडामा ५० प्रतिशत सहुलियतको व्यवस्था मिलाएको छ। ठमेल क्षेत्रमा १ हजारभन्दा बढी होटल रहेका छन्।

पर्यटन व्यवसायी लीलाबल्लभ दाहाल ‘काका’ ठमेल क्षेत्रलाई बचाउनका लागि पर्यटन व्यवसायीलाई व्यवसायको आधारमा सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने बताउँछन्।  “गत वर्षको मौद्रिक नीतिमा पर्यटन व्यवसायीलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने घोषणा गरे पनि सोही ऋण पहुँचवाला व्यवसायीको हातमा मात्र पुग्यो”, उनी भन्छन्, “व्यवसायको आधारमा ३५ लाखदेखि ५करोडसम्म ऋण उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो।” 

ठमेल काठमाडौँ महानगरपालिकाको वडा नं १६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको सबैभन्दा धेरै भाग वडा नं २६ मा पर्दछ। नेपाल घुम्न आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेका छन् । 

काठमाडौँ-२६ का वडाध्यक्ष ख्यामराज तिवारी वार्षिक अर्बौंको कारोवार हुने ठमेललाई बचाउनका लागि महानगरपालिकाले पर्यटन व्यवसायमा लाग्ने कर र घरबहाल करमा छुट दिने नीति अगाडि सारेको बताउँछन् ।  

लामो समयसम्म बन्द रहेको पर्यटन क्षेत्रलाई  स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालनमा ल्याउनुपर्ने उनी बताउँछन्। “ठमेललाई पूर्ववत् अवस्थामा फर्काउनका लागि सरकार र व्यवसायी एक भएर अगाडि बढ्नुपर्छ”, उनको भनाई रहको छ।ठमेल क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  ०९:५६
##ThamelBazar
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जीडब्लुएम ओरा ५ ईभी सार्वजनिक
जीडब्लुएम ओरा ५ ईभी सार्वजनिक बिहीबार, असार ११, २०८३
उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो
उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो बिहीबार, असार ११, २०८३
उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक बुधबार, असार १०, २०८३
कटारी नगरपालिकाको बजेट सार्वजनिक
कटारी नगरपालिकाको बजेट सार्वजनिक आइतबार, असार ७, २०८३
सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार
सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार सोमबार, जेठ २५, २०८३
नयाँ भन्ने शक्तिहरुकाे यसरी उदय भयाे
नयाँ भन्ने शक्तिहरुकाे यसरी उदय भयाे बिहीबार, जेठ २१, २०८३
अन्नपूर्ण आधार शिविरमा बढ्याे चाप
अन्नपूर्ण आधार शिविरमा बढ्याे चाप बिहीबार, जेठ २१, २०८३
११ बुँदे विशेष प्रस्ताव पारित गर्दै अडानको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न
११ बुँदे विशेष प्रस्ताव पारित गर्दै अडानको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न आइतबार, जेठ १७, २०८३
नयाँ सरकारकाे २१ खर्ब बजेटमा ‘समृद्धि’को महत्त्वाकांक्षा
नयाँ सरकारकाे २१ खर्ब बजेटमा ‘समृद्धि’को महत्त्वाकांक्षा शुक्रबार, जेठ १५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
  • नंः २ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः ३ स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
  • नंः ४ बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
  • नंः ५ यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्