Top Navigation
  • Contact
Main Navigation
सोमबार, असार ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
सोमबार, असार ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • यी तीन अभिनेत्री अभिनयमा फर्किंदै
यी तीन अभिनेत्री अभिनयमा फर्किंदै
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, असार २५, २०८१

काठमाडौँ । केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः चलचित्र र टेली शृङ्खलाको माध्यमबाट पर्दामा फर्किंदैछन् ।

अरुणिमा लम्साल, विपना थापा, रेजिना उप्रेतीलगायत अभिनेत्रीहरू एक दशकपछि यस वर्ष पर्दामा देखिँदै छन्। कुनै समय यी अभिनेत्रीले धेरै नेपाली चलचित्रमा अभिनय गरिसकेको थियो ।

पछिल्लो समय एक दशकअगाडि ‘वरदान’ नामक चलचित्रमा देखिएकी अभिनेत्री उप्रेतीले हालै ‘मोदिबेनी’ नामक चलचित्रमा अभिनय गरेको छ ।

यसपटक उनले मुख्य भूमिकामा अभिनय गरेको छ । विशेषतः डिजिटल प्रविधिमा चलचित्र बन्ने क्रम बढ्नाका साथै कथ्य शैलीमा परिवर्तन आएपछि उनी चलचित्रबाट टाढा रहेको थियो।

अभिनेत्री उप्रेतीजस्तै एक दशकपछि पर्दामा देखिँदै छन्, अभिनेत्री लम्साल । पछिल्लो समय अमेरिकामा बसोबास गर्नु हुने अभिनेत्री लम्साल ‘घरः बट इन अमेरिका’ नामक वेब शृङ्खलामार्फत अभिनयमा ‘कमब्याक’ गर्दैछन्।

उनले छायाङ्कन गर्न तयार गरिएको ‘सेट’ मा फर्किदा महसुश भएको अनुभवलाई शब्दमा व्यक्त गर्न नसकिने बताए । “अभिनयमा फर्किंदा नर्भस र उत्साहित छु । पहिलोपटक काम गरेजस्तो लागिरहेको छ। अहिलेको प्रस्तुतीकरण र कथ्य शैली फेरिएको कारण म त्यहीअनुरूप काम गरिरहेकी छु”, अभिनेत्री लम्सालले भने, “मैले अभिनय छाडेकी होइन तर अमेरिकामा बसोबास गर्ने भएकाले निरन्तरता दिन नसकेकी हुँ।”

अब भने अभिनयलाई निरन्तरता दिने उनले बताए । यो शृङ्खला यसै वर्ष डिजिटल प्लेटफर्ममार्फत प्रदर्शन गरिनेछ । यसै वर्ष प्रदर्शन हुने चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत अभिनेत्री थापा झन्डै चौध वर्षपछि अभिनयमा फर्किएको छ। 

“पारिवारिक कारणले गर्दा लामो समय यस क्षेत्रबाट टाढा भएँ । छोरा हुर्किएपछि काममा फर्किएकी हुँ। यसपटक काम गर्दा पहिलो चलचित्र झैँ अनुभव गरेँ । छायाङ्कनको अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिन्”, अभिनेत्री थापाले भने ।

अभिनेत्री निरुता सिंहले पनि चलचित्र ‘दाल भात तरकारी’ मार्फत अभिनयमा पुनरागमन गरेको थियो। यद्यपि उनी पनि अभिनेत्री थापा झैँ भारतमा बसोबास गर्ने भएकाले त्यसपछि अभिनयलाई निरन्तरता दिन सकेको छैन।

यी अभिनेत्रीहरू अभिनयमा ‘कमब्याक’ त गरे तर निरन्तरता दिन्छन् वा हुँदैन भन्ने प्रश्नको जवाफ उनीहरूसँग पनि छैन । यसैगरी कुनैबेला धेरै नेपाली दर्शकले रुचाएझैँ फेरि त्यही अवस्था रहन्छ वा रहन्न भन्ने प्रश्न पनि अनुत्तरित नै छ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ०८:४५
##nirutasingh #rejinaupreti #arunimalamsal
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता शनिबार, असार ६, २०८३
च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान 
च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान  सोमबार, असार १, २०८३
हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म
हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म आइतबार, जेठ ३१, २०८३
मेदान्ता मेमोरिज: ओटी ढोकावारि, ओटी ढोकापारि 
मेदान्ता मेमोरिज: ओटी ढोकावारि, ओटी ढोकापारि  शनिबार, जेठ १६, २०८३
अतुलनीय योगदानको अनुपम कदर–उत्प्रेरणामय सामाजिक सम्मान
अतुलनीय योगदानको अनुपम कदर–उत्प्रेरणामय सामाजिक सम्मान आइतबार, जेठ ३, २०८३
सवैको दुःखका साथी कलाकार गोकुल सुवेदी
सवैको दुःखका साथी कलाकार गोकुल सुवेदी शनिबार, वैशाख २६, २०८३
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा शनिबार, वैशाख १९, २०८३
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम आइतबार, चैत २२, २०८२
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार आइतबार, चैत २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
  • नंः २ नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
  • नंः ३ च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान 
  • नंः ४ परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
  • नंः ५ हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्