Top Navigation
Main Navigation
मंगलबार, वैशाख २२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, वैशाख २२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मुख्य न्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख प्रसाई समक्ष पेश
मुख्य न्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख प्रसाई समक्ष पेश
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, भदौ ३०, २०७७

- सानुराजा पुरी

काठमाडौ । बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रसाद थपलियाले आ.ब.०७६/०७७ को मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख माननीय विष्णुप्रसाद प्रसाई समक्ष पेश गरेको छ। 

कोरोना भाइरस (काेविड-१९) रोगको कारण कुनै कार्यक्रम आयोजना नगरिएको भएतापनि मुख्य न्यायाधिवक्ताको कार्यालयले आफूले एक बर्षमा सम्पादन गरेको कार्य प्रदेश सरकारलाई जानकारी दिने र आफना गतिविधि सार्वजनिक गर्ने कार्य पनि भएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराईएको हो । 

नेपालको संविधानको धारा १६० (५) को व्यवस्था अनुसार मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानूनी सल्लाहकार हुने व्यवस्था बमोजिम बागमती प्रदेशको सरकारलाई संवैधानिक र कानूनी राय दिने गरेको छ ।

बागमती प्रदेश सरकार बादी वा प्रतिबादी भएका मुद्दाको प्रतिरक्षा गरिएको विवरण प्रकाशित गरिएको छ। यस आ.ब.मा सर्वोच्च अदालतमा ३७, उच्च अदालत पाटन र हेटौडा मुकाम समेतमा १५ धादिङ र सिन्धुली जिल्ला अदातमा २ गरी ५४ मुद्दा रहेको, मुद्दाको सफलता करिब ९२ प्रतिशत रहेको जानकारी विज्ञप्ती मार्फत गराईएको छ । 

बागमती प्रदेशका विभिन्न नेपाल सरकारका निकायबाट माग भएका १४ बटा निकायलाई कानूनी राय सुझाव लिखित रुपमा पाठएको एवम् ५९ विधेक निर्माणमा मुख्य न्यायाधिवक्ताको भूमिका सशक्त रहेको थियो ।

नयाँ संरचना संवैधानिक व्यवस्थाका कारण स्थानीय निकायका न्यायिक समितिका जनप्रतिनिधिहरुको क्षमता अभिबृद्धिका तालिमहरु स्थानीय स्तरमा संचालन गरिएको थियो ।  

आ.व.२०७७/०७८ को लागि वार्षिक कार्ययोजना ९ बुँदामा तयार गरी कार्य गरिने भएको छ।  प्रदेश सरकारको हकहित र सरोकार रहेका मुद्दा तथा रिटहरुमा प्रभावकारी रुपमा प्रभावकारी रुपमा आवश्यकता अनुसार सामूहिक प्रतिनिधित्व गर्ने, प्रदेश निर्मित कानून तथा स्थानीय सरकार संचालन ऐन, २०७४ र अन्य कानूनका बारेमा सचेतनाका कार्यक्रमहरु संचालन गर्ने, महान्यायाधिवक्ताको कार्यालयसंग समन्वय गरी हिरासतमा रहेका थुनुवाहरु तथा बन्दीहरु उपर मानवोचित व्यवहार भए नभएको सम्बन्धमा अनुगमन गर्ने, बाल सुधार गृहहरुको अनुगमन गरी प्रतिवेदन पेश गर्ने र स्थानीयतहलाई कानूनी तवरले सबल बनाउन समुदायमा मुख्य न्यायाधिक्ता कार्यक्रम संचालन गर्ने उल्लेख गरिएको छ। 

त्यस्तैगरी एक वर्षको अवधिमा कार्यलयले सम्पादन गरेका कार्यका आधारमा १२ बटा सुझावहरु दिइएको छ मुख्य न्यायाधिवक्ताको कार्यालयका कर्मचारीहरुको व्यवस्थापन महान्यायाधिवक्ताको कार्यालयबाट हुने संवैधानिक प्रावधान रहेको छ। 

मुख्य न्यायाधिवक्ता र आफ्नो मातहतमा रहने कार्यालयका कर्मचारीहरुको व्यवस्था प्रदेश सरकारबाटै हुने व्यवस्था मिलाउन उपयुक्त हुने देखिन्छ।

मुख्य न्यायाधिवक्ताको कार्यालयका कर्मचारीको दरबन्दी तथा पदपूर्तिको स्थिति हेर्दा मानव संसाधन योजनामा समुचित ध्यान पुग्न सकेको छैन। मुख्य न्यायाधिवक्तालाई संविधान र ऐन, कानूनले दिएको जिम्मेवारी प्रभावकारी रुपले निर्वाह गर्न मानव संसाधन योजना निर्माण गरी लागू गर्न जरुरी छ ।

स्थानीय सरकारमा न्यायिक समितिले न्यायिक कार्य गर्न पाउने संवैधानिक व्यवस्था अनुरुप प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता र सो मातहतका निकायले के÷कसरी समन्वय र सहकार्य गर्नु पर्ने हो, सो सम्बन्धमा स्पष्टता हुन आवश्यक छ।

स्थानीय न्यायिक समिति वा स्थानीय सरकारका काम कारबाही समेत न्यायिक परिक्षणका विषय हुनसक्ने भएकाले त्यस्ता काम कारबाहीका सम्बन्धमा मुख्य न्यायाधिवक्ता र यस कार्यालयको भूमिका प्रष्ट पार्नु पर्ने आवश्यकता छ।

फौजदारी कसूर/सजाय निर्धारण तथा कार्यान्वयन-ऐन, २०७४ दफा ३८ (२) अनुसार प्रदेशस्तरीय प्यारोल र प्रोवेशन बोर्डको प्रत्यक्ष निर्देशन, नियन्त्रण र सुपरिवेक्षण मुख्य न्यायाधिवक्ताबाट हुने हुँदा सो सम्बन्धी कार्यविधि निर्माण गर्नुपर्ने देखिन्छ। संविधान बमोजिम निर्माण हुने प्रदेश न्याय सेवा आयोगमा मुख्य न्यायाधिवक्ताको भूमिका स्पष्ट  हुनुपर्दछ।

संवैधानिक व्यवस्था अनुसार प्रदेश सभाबाट नयाँ कानूनहरुको निर्माण हुने क्रम जारी छ। सो अनुरुप मुख्य न्यायाधिवक्ता तथा मुख्य न्यायाधिवक्ताको कार्यालयमा पूर्व तयारी र थप क्रियाशिलता देखाउनु पर्ने अवस्था छ। 

 

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  १७:४८
प्रतिक्रिया दिनुहोस्
थप समाज
मेघौलीको माया
मेघौलीको माया आइतबार, वैशाख २०, २०८३
सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती
सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती आइतबार, वैशाख २०, २०८३
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय शनिबार, वैशाख १९, २०८३
रोल्पाको जलजलामा जीप दुर्घटना
रोल्पाको जलजलामा जीप दुर्घटना बिहीबार, वैशाख १७, २०८३
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’ मंगलबार, वैशाख १५, २०८३
थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य
थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य शुक्रबार, वैशाख ११, २०८३
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन आइतबार, वैशाख ६, २०८३
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते सोमबार, चैत २३, २०८२
दूरीको दूरी
दूरीको दूरी आइतबार, चैत २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
  • नंः २ सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
  • नंः ३ कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
विचार
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति शारदा बजगाईँ
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ? NamiNews- नामीन्यूज
सरकारको महिना दिन: असफलता र सफलता   
सरकारको महिना दिन: असफलता र सफलता    NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्