Top Navigation
Main Navigation
शनिबार, वैशाख २६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, वैशाख २६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, साउन २६, २०८१

–बिक्रम भक्त जोशी

एकपटक फेरि स्मरण गर्न पुगेँ – मैले प्रथमपटक नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण, जब रोहित कार्कीज्यूले आफ्नो मोबाइलबाट खिँचिएका डेढ वर्षअघिका यी फोटा मलाई फर्वार्ड गर्नुभयो, केही दिनअघि ।

रोहित कार्की, होलिडे ट्रिप नेपालका संस्थापक हुनुहुन्छ । उहाँकै कम्पनीका मार्फत् उहाँकै साथ मैले गरेको थिएँ लुक्ला र कालापत्थरको यात्रा । मिति २०७९ मंसिर १८ र १९ मा ।

लुक्ला पुग्न काठमाण्डौबाट आधा घण्टाको फ्लाइट समय लाग्ने रहेछ । समिट एयरको सानो डोर्नियर विमानबाट । निक्कै छोटो रनवे भएकोले ठूला विमान अवतरण गर्ने गुञ्जाइश रहन्न । तत्पश्चात् लगत्तै फिशटेल एयरको हेलिकप्टरबाट कालापत्थर पुगियो । एक घण्टा समय, आतेजाते ।

लुक्लाबाट हेलिको रुट भनेको दूधकोशीको तिरैतिर उत्तर लागेर इम्जा खोलालाई पछ्याउँदै नाम्चे बजार, होटेल एभरेस्ट भ्यूलाई बायाँतिर पारेर फेरिचे गाउँको बाटो । त्यहाँबाट चोला ताललाई देब्रेतिर पारेर अघि बढेपछि खुम्बु ग्लेसियर पुगिन्छ र त्यसको माथिमाथि पाँचै मिनेट उडेपछि कालापत्थर पुगिन्छ ।

अँ, एउटा कुरा… लुक्लाबाट हेलिमा पाँचजना लगेपनि फेरिचेमा दुई वा तीनजनालाई उतार्दा रैछन् । कालापत्थर पुग्न ५५०० मिटर बढी उचाईमा लानुपर्ने भएकोले वजन घटाउनलाई दुई खेप ओहोरदोहोर गर्छन्। पहिला दुईजनालाई घुमाएर ल्याई फेरिचेमा उतारिन्छ र यसअघि उतारिएका तीनलाई घुमाउन लान्छन् । अक्सिजनको कमी हुने भएकोले १० मिनेटभन्दा ज्यादा कालापत्थरमा राख्दैनन् । थोरै रिङ्टा लागेको अनुभव भएपनि मलाई अरु कुनै अप्ठेरो भने भएको थिएन ।

कालापत्थर भन्ने ठाउँ पुमोरी हिमालको फेदमा रहेको कालो वर्णको सुख्खा पहाड हो, जसको फेदमा गोरकशेप गाउँ छ । ठिक पूर्वतिर तल खोँचमा एभरेस्ट बेस क्याम्प रहेको छ, जुन हामीलाई हेलिले उतारेको ठाउँबाट देखिन्न, उड्दा मात्र देख्न सकिन्छ । एभरेस्ट बेस क्याम्पबाट पूर्वतिर सगरमाथाको चोसो देखिन्छ र त्यसको दाहिनेपट्टी नुप्त्से हिमाल देख्न सकिन्छ । यहाँबाट ल्होत्से हिमाल देखिन्न, नुप्त्सेले ठ्याक्कै छेकिन्छ ।
ठाउँको वर्णन म के गरुँ ! धर्तीमा खसेको स्वर्गको टुक्रा । भावबिभोर भइन्छ । मौसम पनि खुलेको थियो । छर्लङ्गै देखियो सगरमाथा !!

यहाँ पुग्ने र सगरमाथा हेर्ने मेरो सपना पूरा भएको खुसियाली त छँदैछ, विश्वकै अग्लो हिमालको काखमा मेरो पुस्तक ‘चोभार ब्लुज’को सांकेतिक लोकार्पण गर्ने अवसर पनि मिल्यो, त्यो अर्को खुसियालीको कुरा रह्यो ।


(नामी साप्ताहिकवाट साभार)

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्
थप विचार
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती शुक्रबार, वैशाख २५, २०८३
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना बुधबार, वैशाख २३, २०८३
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति आइतबार, वैशाख २०, २०८३
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ? आइतबार, वैशाख २०, २०८३
सरकारको महिना दिन: असफलता र सफलता   
सरकारको महिना दिन: असफलता र सफलता    शनिबार, वैशाख १९, २०८३
पहिलो माया अमर माया
पहिलो माया अमर माया बिहीबार, वैशाख १७, २०८३
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास मंगलबार, वैशाख १५, २०८३
प्राइभेटमा सरकारी आतंक–बेरोजगार बढाउने बर्बादी  
प्राइभेटमा सरकारी आतंक–बेरोजगार बढाउने बर्बादी   मंगलबार, वैशाख १५, २०८३
बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल सोमबार, वैशाख १४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
  • नंः २ पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
  • नंः ३ हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
  • नंः ४ बालेनको सम्पत्ति छानबिन आयोगः आशा कि नाटक ?
  • नंः ५ सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती
विचार
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती विदुर कटुवाल
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना अच्युत प्रसाद नेपाल
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्