Top Navigation
Main Navigation
मंगलबार, पुस ८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, पुस ८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • नसर्ने रोगबाट वार्षिक ४ करोडको मृत्यु, यस राेगबाट बच्ने उपायहरु :
नसर्ने रोगबाट वार्षिक ४ करोडको मृत्यु, यस राेगबाट बच्ने उपायहरु : अस्वस्थ जीवनशैली नै नसर्ने रोगको मूलकारण
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, भदौ १९, २०८१

काठमाडौँ । नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ । विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञ बताउँछन् ।

उनीहरुका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका रोग बढ्दो क्रममा छ। मुटु रोग विशेषज्ञ डा राजेन्द्र कोजु ओपिडीमा आइपुग्ने धेरै जसो बिरामीमा उच्च रक्तचाप, मधुमेह, छाति दुख्ने, मुटुको समस्या देखिन्छ। यी सबै नसर्ने रोग हुन् ।

 स्वस्थ खानपान तथा व्यायामले शरीर तन्दुरुस्त हुन्छ भन्ने चेत हुँदा पनि धेरै जनाले यसलाई बेवास्ता गरिरहेको उनको अनुभव छ। खानेकुरामा अनुशासन नहुँदा बालबालिकामा पनि मोटोपन बढ्दो छ । “धेरै चिल्लो र गुलियो खाने तर शारीरिक व्यायाम छैन अनि बोसो जम्छ । अर्कातिर प्रदूषणले पनि धेरैलाई रोगी बनाउँदै लगेको छ”, डा कोजु भन्छन्।

नसर्ने रोगबाट वार्षिक ४ करोडको मृत्यु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार नसर्ने रोगबाट वार्षिक ४ करोड १० लाखले ज्यान गुमाउने गरेका छन्। जुन विश्वव्यापी रुपमा हुने मृत्युको ७४ प्रतिशत बराबर हो ।

हरेक वर्ष १ करोड ७० लाख मानिस नसर्ने रोगबाट ७० वर्षको उमेरभन्दा अगावै नै ज्यान गुमाइरहेका छन्। नसर्ने रोगबाट मर्ने ७७ प्रतिशत निम्न तथा मध्यम आय भएका देशका छन् । कार्डियो भास्कुलर रोग (सिभिडी) बाट वार्षिक १ करोड ७९ लाख, क्यान्सरबाट ९३ लाख, क्रोनिक रेस्पिरेटिरीबाट ४१ लाख मानिसले वार्षिक रुपमा ज्यान गुमाउने गरेका छन् ।

नसर्ने रोगको मुख्य कारक अस्वस्थ्यकर जीवनशैली नै देखिएको छ । सूर्तीजन्य पदार्थको सेवन, शारीरिक व्यायामको कमी, मद्यपान तथा धुमपान, अस्वस्थकर खानपान, वायु प्रदूषणले नसर्ने रोग निम्त्याउन अहम भूमिका खेलिरहेका छन् । नसर्ने रोगले लामो अवधि र साधारणयता सुस्त गतिमा प्रभाव पार्ने गर्छ ।

विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको एक अध्ययनका अनुसार ७१ प्रतिशतभन्दा बढी नागरिकले नसर्ने रोगका कारण ज्यान गुमाउनुपरेको छ।

रोकथाममा ध्यान दिन आवश्यक

एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने दीर्घ रोग, सुक्ष्म जीवाणु माध्यमबाट नहुने रोगलाई साधारणतया नसर्ने रोग भन्ने गरिन्छ। यो रोगबाट जुनसुकै उमेरका व्यक्तिहरु प्रभावित हुन सक्छन् । उपचारात्मकभन्दा रोकथाममा नै सुरुमा ध्यान दिन सके नसर्ने रोगबाट बच्न सकिन्छ ।

मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराईले भने्, “वंशाणुगतबाहेक जङ्क फुड, व्यायाम नहुनु, दुब्लो देखिँदा पनि कलेजोमा बोसो थुप्रिएको हुन्छ जसलाई हामी ‘फ्याटी लिभर’ भन्छौँ त्यो धेरैमा छ । सन्तुलित भोजनको कमी, गुलियो पेयपदार्थले चिनी रोग बढिरहेको देखिन्छ। यसबाट कालान्तरमा किड्नी फेल, खुट्टा काट्ने अवस्था, हृदयघातजस्ता समस्या आउन सक्छन्।”

उनले नसर्ने रोग लाग्न नदिन विद्यालयस्तरबाट विद्यार्थीलाई सचेत गराउने र अभिभावकलाई पनि जनचेतना प्रदान गर्न आवश्यक रहने बताए। नियमित व्यायाम गर्ने, रेसायुक्त खाना खाने, प्रशोधित खाना नखाने, घरमै पाकेको खाना खानाले चिनी रोगलगायत नसर्ने रोगबाट बच्न सकिने उनको सुझाव छ।

नसर्ने रोग यदी प्रारम्भिक अवस्थामै पत्ता लगाइ सोही समयमै व्यवस्थापन गर्न सकेमा यसले भविष्यमा निम्त्याउने जटिलता र अकाल मृत्यु हुनबाट बच्न सकिन्छ । बाल्यावस्था तथा युवावस्थामा स्वस्थकर जीवनशैली अपनाएमा वयस्क/वृद्ध अवस्थामा गएर नसर्ने रोग लाग्नबाट बच्न सकिने विज्ञ बताउँछन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नसर्ने तथा मानसिक रोग स्वास्थ्य शाखा प्रमुख डा पोमावती थापाले धुमपान, मद्यपान, शारीरिक निष्कृयता, प्रशोधित खाना नै नसर्ने रोगको प्रमुख कारक रहेको बताए।

उनले सरकारले नसर्ने रोगको रोकथामका लागि सबै जिल्लामा पेन प्रोग्राम (प्याकेज अफ इसेन्सियल नन कम्युनिकेबल डिजिज) ल्याएको बताए। डा थापाले भने, “समुदायस्तरमा नसर्ने रोगको पहिचान, स्क्रीनिङ र उपचार गर्न यो कार्यक्रम ल्याइएको हो। पाठेघर क्यान्सर स्क्रीनिङ तथा एचपिभी खोप पनि सरकारले सुरु गरिसकेको छ । त्यसैगरी जटिल, दीर्घ, बालबालिका र किशोरकिशोरीमा लाग्ने नसर्ने रोगको रोकथाम गर्न पेन प्लस कार्यक्रम पनि ल्याएका छौँ । त्यो छ जिल्लामा लागू भएको छ । " नसर्ने रोगको रोकथाम तथा नियन्त्रण गर्न बहुक्षेत्रीय समन्वयको आवश्यकता रहेको उनको भनाइ छ ।

मुुटरोग विशेषज्ञ डा कोजुले स्वस्थ्य जीवनशैली अपनाउन अभिभावकले आफै पनि अनुसरण गरेर आफ्ना बालबालिकालाई सिकाउनुपर्ने धारणा राख्छन्। "मोबाइल हेर्ने बानीले एकोहिरने हुन्छ जसले गर्दा स्ट्रेस तह पनि बढ्दै गएको देखिन्छ । स्वस्थ्यकर खाना जस्तै तरकारी, फलफूल खानुपर्छ। गुलियो पेयपदार्थ कम खाने । व्यायाम र धुमपानबाट टाढा रहे धेरै रोगबाट बच्न सकिन्छ”, डा कोजुले भने।

उनकाअनुसार मोबाइल टिभीमा लत लगाउनुभन्दा खेलकुदमा अभिभावकले ध्यान दिनुपर्छ। उनी भन्छन्, “राज्यले पनि स्कुलको पाठ्यक्रममा वा स्वस्थ जीवनशैलीसम्बन्धी पैरवी गर्नुपर्छ साथै व्यायाम गर्ने ठाउँको निर्माण गर्दिनुपर्छ।”

नसर्ने रोगको बढ्दो प्रकोपका कारण विश्व नै आक्रान्त भइरहेका बेला नेपालले यसलाई व्यवस्थित रुपमा रोकथाम र नियन्त्रण गर्न नसर्ने रोगसम्बन्धी बहुक्षेत्रीय कार्ययोजना (सन् २०२१–२०२५) बनाएको छ ।

नेपालले नसर्ने रोगका कारणले अल्पायुमा हुने मृत्यु सन् २०२५ सम्ममा २५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ। त्यसैगरी दिगो विकास लक्ष्यले समेत एक तिहाइले नसर्ने रोगका कारणले हुने मृत्यु घटाउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  ०८:२४
##disease
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
अस्पताल अनुगमनको क्रममा स्वास्थ्य मन्त्री गौतमले के भने ?
अस्पताल अनुगमनको क्रममा स्वास्थ्य मन्त्री गौतमले के भने ? सोमबार, मंसिर २३, २०८२
बालबालिकालाई चिसोबाट कसरी जोगाउँने ?
बालबालिकालाई चिसोबाट कसरी जोगाउँने ? आइतबार, मंसिर २२, २०८२
सिंहदवारबाट सेवा शुरु
सिंहदवारबाट सेवा शुरु बुधबार, मंसिर ४, २०८२
वीर अस्पताल किन सुध्रिएन ? स्वास्थ्य मन्त्रीको निर्देशन
वीर अस्पताल किन सुध्रिएन ? स्वास्थ्य मन्त्रीको निर्देशन मंगलबार, मंसिर ३, २०८२
निजी तथा आवासीय विद्यालय सञ्चालक समुहकाे आन्दोलन चर्कियाे
निजी तथा आवासीय विद्यालय सञ्चालक समुहकाे आन्दोलन चर्कियाे शुक्रबार, भदौ ६, २०८२
अध्यक्ष प्रचण्ड : नेपालमा विदेशी विद्यार्थी पढ्न आउने वातावरण राज्यले निर्माण गर्नुपर्छ
अध्यक्ष प्रचण्ड : नेपालमा विदेशी विद्यार्थी पढ्न आउने वातावरण राज्यले निर्माण गर्नुपर्छ शुक्रबार, साउन २४, २०८२
कविता :  मेरो देश 
कविता :  मेरो देश  शुक्रबार, साउन १०, २०८२
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ७ द्वारा एसइई सम्मान कार्यक्रमको आयोजना
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ७ द्वारा एसइई सम्मान कार्यक्रमको आयोजना सोमबार, असार ३०, २०८२
जनशक्तिको अभाव र भौतिक पूर्वाधारका कारण अहिले फुलफेजमा चलाउँन सकेका छैनौं : डा कोपिला अधिकारी
जनशक्तिको अभाव र भौतिक पूर्वाधारका कारण अहिले फुलफेजमा चलाउँन सकेका छैनौं : डा कोपिला अधिकारी शनिबार, असार २८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ गायिका तथा निर्माता सत्यकला राई सम्मानित
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
  • नंः ४ मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु
  • नंः ५ आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्