Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • जागरुक युवा समाजकाे आवाज : राज्यले नै प्रोत्साहित गर्दैछ फुटपाथ व्यवसायलाई 
जागरुक युवा समाजकाे आवाज : राज्यले नै प्रोत्साहित गर्दैछ फुटपाथ व्यवसायलाई 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, भदौ ३०, २०७७

काठमाडौं । विशेष गरी नेपालमा कोरोना संक्रमण देखिएसँगै काठमाडौंको असन इच्द्रचोक लगायतका भित्रि वस्तीहरुमा फुटपाथ पसल हटाउनमा सक्रिय हुन थालेको जागरुक युवा समाजले जिल्ला प्रशासन कार्यालयले फुटपाथ पसल राख्न समय तोकेकोमा आपत्ती जनाएको छ।

पैदल यात्रु साथै अत्यावश्यक सवारी आवागमनमा समेत समस्या पुर्याइरहेको र हाल आएर यहि फुटपाथ पसलका कारण भीडभाड हुन गइए संक्रमणको जोखिम समेत बढाएको फुटपाथ पसल हटाउन भूमिका खेल्नु पर्ने जिल्ला प्रशासन कार्यालयले नै यसलाई प्रश्रय दिएको भनी आदेश सच्याउन समाजले माग गरेको हो ।

समाजको स्थापना अभियानको सय दिन पुगेको अवसरमा काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय वासिन्दाको स्वास्थ्य सुरक्षाको लागि आफूहरु संक्रमणको जोखिम मोलेर लागिरहँदा जिल्ला प्रशासन कार्यालयले किन फुटपाथ पसललाई प्रश्रय दिइरहेको छ भनी प्रश्न तेर्स्याएका थिए । 

‘यो सडक हाम्रो होइन, फुटपाथ पसलको हो शुरुमा । उनीहरुको पसल राखेपछि मात्र हाम्रो लागि हो, एम्बुलेन्सको लागि हो, दमकलको लागि हो । फुटपाथ व्यापारीको त्यस्तो व्यवहार हामीले सहनुपर्छ,’ समाजका अध्यक्ष चन्द्रकुमार महर्जनले भने, ‘म जिल्ला प्रशासन कार्यालयलाई प्रश्न गर्न चाहन्छु कि यो सडक वटुवाको लागि, सवारी आवागमनको लागि हो कि फुटपाथ पसल थाप्नलाई ?’

समाजका सल्लाहकार तथा काठमाडौं महानगरपालिका २४ वडाका वडासदस्य विनोद तुलाधरले विशेष गरी काठमाडौंका भित्री वस्तीका लागि फुटपाथ पसल ठूलै समस्या हुने गरेको बताए ।

साँघुरोको सडकको दायाँ बायाँ पुरै ओगटेर राखिने फुटपाथ पसलले दमकल, एम्बुलेन्स लगायतका अत्यावश्यकीय सवारी साधन समेत समयमा गन्तव्य पुग्न नसकिने समस्या रहेको वडासदस्य तुलाधरले बताए।

‘विगतमा पनि धेरै पटक यी फुटपाथ पसल हटाउन प्रयत्न गरें, तर यो समस्याले ठूलै जरा गाडिसकेको छ। यो समस्या हटाउन निकै गार्हो भइसकेको अवस्था छ,’ तुलाधरको भनाई थियो । ‘अहिले समाजको प्रयत्नले फुटपाथ पसल हट्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले फुटपाथ पसललाई नै वैधता दिन खोजिएको देखियो।’

गत भाद्र २४ गते काठमाडौं उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले शर्तसहित व्यापार व्यवसाय गर्न पाउने आदेश जारी गर्दै बिहानको ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म फुटपाथ पसल र ठेला व्यापार खोल्न सकिने भनेको थियो।
यो सूचनापछि असन इन्द्रचोक लगायतका क्षेत्रहरुमा दिनभर नै फुटपाथ पसलहरु राख्न शुरु भएको छ भने यसैको कारणले सडकमा भीडभाड बढेर ट्राफिक जामको समेत समस्या बढेको छ ।

कार्यक्रममा समाजका सचिव संजय महर्जनले फुटपाथ व्यापारीहरुबाट आफू र समाजका स्वयमसेवकहरुलाई सांघातिक आक्रमण समेत भएको क्षणको स्मरण गर्दै भने, ‘गरीव भन्छन्, तर सार्वजनिक ठाउँ ओगटेर फुटपाथ पसल राखेर त्यो एक टुक्रा ठाउँको लाखौंमा किनवेच हुन्छ । हामीलाई हिँड्नलाई समस्या भयो, फुटपाथमा पसल नथाप भन्दा हामीलाई हतियार लिएर आक्रमण गरीन्छ। हामी, हाम्रो समाजलाई यसले के दिन्छ, सोचौं।’

त्यस्तै समाजका प्रेस सल्लाहकार बिराजकाजी राजोपाध्यायले जिल्ला प्रशासन कार्यालय जस्तो जिम्मेवार निकायले फुटपाथ पसललाई प्रश्रय दिने हो भने भाडा तिरेर, कर तिरेर किन कसैले व्यापार व्यवसाय गरीरहनु पर्यो भनेर प्रश्न तेर्साएका थिए। 

जागरुक युवा समाज

‘फुटपाथ व्यापारीहरुले न भाडा तिर्छन् र कमाएको नाफाबाट राज्यलाई कर नै तिर्छन्। अब घर भाडा कर, व्यवसाय कर सबै छलाएर गरिने व्यापारलाई जिल्ला प्रशासन कार्यालय जस्तो जिम्मेवार निकायले बढावा दिने भए हामी पनि फुटपाथ व्यापार नै शुरु गरौं। राज्यलाई किन कर तिरिरहनु पर्यो त ?’ राजोपाध्यायले भने ।

कार्यक्रमका वक्ताहरुले सवारी आवागमनको लागि सडक साँघुरो भन्दै जिल्ला प्रशासन कार्यालयको सो आदेशपछि काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीको साथै कामपा वडा १७ का वडाध्यक्ष नवीन मानन्धर, २५ वडाका वडाध्यक्ष नीलकाजी शाक्यको साथमा समाजका पदाधिकारीहरु समेत जिप्रका कार्यालय बबरमहल गई प्रजिअ जनकराज दाहालको ध्यानाकर्षण गराएका थिए।

काठमाडौं महानगरपालिकाले यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाभित्र फुटपाथ पसल पूर्ण रुपले निषेध गर्ने नीति लिएको छ।

सो अवसरमा समाजले अब फुटपाथ पसल हटाउ अभियानसँगै सम्पदा संरक्षणका कार्यक्रमहरु समेत आयोजना गर्दै जाने र यहाँको ऐतिहासिक सम्पदाको प्रवद्र्धन गर्दै आन्तरिक र वाह्य पर्यटकलाई आकर्षिक गर्ने कार्यक्रमहरु गर्ने समेत घोषणा गरेको छ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  १९:४९
प्रतिक्रिया दिनुहोस्
थप समाज
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
शंकर ग्रुपले गरे ४ करोड सहयोग
शंकर ग्रुपले गरे ४ करोड सहयोग मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो मंगलबार, भदौ १६, २०८३
महाविपत्तिमा एकता अपरिहार्य
महाविपत्तिमा एकता अपरिहार्य बिहीबार, भदौ ११, २०८३
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए बुधबार, भदौ १०, २०८३
कानुन कडा, बालिका किन असुरक्षित ?
कानुन कडा, बालिका किन असुरक्षित ? मंगलबार, भदौ ९, २०८३
तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि
तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि आइतबार, भदौ ७, २०८३
फोटो प्रदर्शनीमा घुइँचो
फोटो प्रदर्शनीमा घुइँचो बिहीबार, भदौ ४, २०८३
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
  • नंः २ विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ नाडा अटोमोबाइल प्रदर्शनीमा भिडामभीड
  • नंः ५ महाविपत्तिमा एकता अपरिहार्य
विचार
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति प्रज्ज्वल घिमिरे
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन NamiNews- नामीन्यूज
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्