Top Navigation
Main Navigation
आइतबार, असार १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असार १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान - डा शोभाकर पराजुली (लेखक राजनीतिक विश्लेषक हुन्)
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असोज २, २०८१
Api Himal

काठमाडौँ ।
    
‘न कर्मणामनाराम्भान्नैष्कम्यं पुरुषोअश्रुते
न च सन्न्यसनादेव सिध्दिं समधिगच्छति’

एक यो गीतांशको भावार्थ हुन्छ– कुनै बाटो बदलिन सक्छ तर आफूले अपनाएको कर्म फेर्न जरुरी छैन। जब मान्छेले आफ्नो कर्म छोड्छ न उसलाई निस्कर्मता न उसलाई सिद्धी प्राप्त हुन्छ ।

विसं २००६ को अन्त्यतिर राणाविरुद्ध मोर्चाबन्दी गरेको आरोपमा राणा शासकहरूले गणेशमान सिंहलाई ठोरीको जङ्गलबाट समाएर जेल हाले। त्यसपछि राणा शासकका अघि उनलाई केरकार गर्न थालियो र राणा न्यायाधीश हरिशमशेरलाई ‘महाराज’ नभनेर गणेशमानले ‘तँ’ भने।

त्यही बेलै न्यायाधीशको ठाडो आदेशमा उनलाई हजार कोर्रा हान्ने आदेश भयो । त्यसका लागि गणेशमानले आफूलाई पहिलादेखि नै तयार पारिसकेका थिए । राणा सिपाहीहरूले ६ सय कोर्रा हान्दासम्म गणेशमानले सहिरहे । त्यसपछि भने उनी बेहोस भए। त्यही बेलादेखि अहिलेसम्म सायद सधैंँसधैंँ गणेशमानजी ‘लौहपुरुष’ भनेर चिनिइरहेछ ।

Nepal Oil Corporation

राणा शासक र त्यो शासनविरुद्ध विद्रोह गरेवापत गणेशमानले भोगेको यी कुनै पहिलो र अन्तिम सजायका कोर्रा थिएनन्। तथापि राष्ट्र, जनता अनि प्रजातन्त्रका लागि उनले थालेको त्यो सङ्घर्षलाई उनले कहिल्यै त्याग गरेन ।

बाटाहरू बदलिए होलान्, लडाइँका स्वरुपहरू फेरिए होलान् तर उनले आफ्नो लक्ष्यमा आफूलाई कहिल्यै बिचलित पारे। कहिल्यै विचलन भएन। विद्रोहको ‘स्पात’ बनेको एउटा योद्धाका लागि यो जीवन सूत्र नै हो । जीवन हरेक पलहरू गणेशमानजीले प्रजातन्त्रकै लागि त्याग, समर्पण, विद्रोह र सङ्घर्षमै बिताए।

विद्रोहको चेत त उनले जन्मजात नै लिएर आएका थिए । राणा शासकको जागिरे उनका पितापुर्खाको बिरासतलाई उनले विद्रोह गरेर त्यागे र स्वतन्त्रताको लडाइँमा आफ्नो जीवन अर्पण गरे ।

सुब्बा ज्ञानमान सिंह र सुभद्राकुमारीको जेठो सन्तानका रुपमा १९७२ कात्तिक २४ काठमाडौँमै जन्मिएका गणेशमानलाई उनका परिवारले प्रेम गरेर ‘हिराकाजी’ नामले बोलाउँथे । त्यो भनेको उनको परिवार ‘काजी’को उपाधिप्राप्त थियो ।

उनका हजुरबुवा राणा सरकारको सरदर हुँदै बडाकाजीसम्म भएको थियो । र उनका पिता ज्ञानबहादुरको मृत्यु हुँदा गणेशमानजीहरू सानै थिए। उनका बडाकाजी हजुरबुबा रत्नमानकै छत्रछायाँमा उनी हुर्किएका थिए ।

काठमाडौंको काजी खानदान । राणा शासनमा बेग्लै छाँट थियो । अलग्गै ठाँट थियो । तर गणेशमानजीको कलिलो मस्तिष्कमै विद्रोह र स्वाभिमानको चेत भरिइसकेको थियो ।

उनको शिक्षादीक्षा दरबार हाइस्कुलमा सुरु भएको थियो । त्यो स्कुलमा राणा र राणा शासकहरूका उच्चपदस्थ कारिन्दाहरूका छोराछोरीले पढ्न पाउँथे। बडाकाजीका नाति भएका कारण गणेशमानजी पनि त्यो स्कुलमा भर्ना हुन पाएको थिए।

त्यहाँ धेरैजसो त राणाहरूका छोरा, नाति पढ्न आउँथे । गणेशमानजीले राणाका ती छोरा नातिहरूलाई कहिल्यै ‘सरकार’ भनेर पुकार्नु भएन र त्यही ‘अनादर’ गरेका कारण उनलाई राणाहरूले स्कुलबाट निकालिदिए । त्यसको केही समयपछि उनी राणाहरूकै ‘बहिदार’का रुपमा जागिर पाए।

एकदिन राणाको दरबारअघि उनी साइकल कुदाएको आरोपमा उनलाई सजाय दिए। राणाका अघि ठाँटले हिँडनु, कुद्नु भनेको उनीहरूको अपमान गरे सरह मानिन्थ्यो । तर पनि गणेशमानजी झुकेन ।

बरु उनले राणाको जागिर छोडिदिए र त्यसपछि उनी कोलकाता गए । त्यहीँबाट उनले मेट्रिक ९एसएलसी० पास पनि गरे। त्यहाँकै विद्यासागर कलेजमा पढ्दापढ्दै उनका पाइलाहरू राजनीतितिर मोडिएका थिए । त्यसपछि उनका पाइलाहरू कहिल्यै पछाडि फर्किएनन्, बरु राणा शासनविरुद्ध उनले आफूले आफूलाई सधैँ अग्रमोर्चामै उभ्याए ।

उच्च शिक्षाको अध्ययन गर्दागर्दै घरबिदामा आएका गणेशमान सिंहले १९९७ सालमा राष्ट्रिय प्रजा परिषद्मा आबद्ध भएको थियो। यो नेपालकै पहिलो राजनीतिक दल भनेर चिनिन्छ ।

राजनीतिक जीवनसँगै उनको वैवाहिक जीवन पनि सुरु भएको थियो । त्यही वर्ष हजुरबुवा र आमाको आग्रहमा उनको विवाह मङ्गलादेवीसँग भयो। विवाहको लगभग तीन महिनापछि उनलाई राणा सरकारले फेरि गिरफ्तार ग¥यो । 

सरकारविरुद्ध जनतालाई उक्साएको आरोपमा उनलाई राणा शासकले सर्वस्वहरणसहित आजीवन कारावासको सजाय सुनाएका थिए। उनीसँगै गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई पनि राणाले जेल हालेका थिए। यी चारजनालाई राणाले झुन्ड्याएर अनि गोली ठोकेर मृत्युदण्ड दिए । उनीहरू नेपालका अजर अमर सहिदका रुपमा इतिहासले सधै चिनाइरहेको छ ।

राणा शासकप्रतिको एकप्रकारको घृणा अनि प्रजातन्त्रका लागि विद्रोहले खारिएका गणेशमानलाई ती जेलका पर्खालहरूले के छेक्न सक्थे र १ भद्रगोल जेल पर्खाल फोडेर उनी त्यहाँबाट मुक्त भए ।

त्यसपछि राणाले देश निकाला गरेका भारतमा निर्वासित नेपाली विद्रोहीहरूसँग मिलेर उतैबाट नेपालमा राणा विरोधी आन्दोलनमा आफ्नो उपस्थिति जनाए । राणाविरुद्ध सङ्घर्षकालको त्यो बेला उनीलाई भूमिगत नाम ‘कृष्णबहादुर प्रधान’को नामले चिनिए।

कोलकातामा २००१ सालतिर बिपी कोइरालासँग भेट भएपछि गणेशमान पनि बिपीसँगै राणा विरोधी आन्दोलनमा आफूलाई सक्रिय बनाएको थियो। २००३ सालमा गठन भएको नेपाली राष्ट्रिय कांग्रेसका संस्थापकमध्ये गणेशमान पनि एक पात्र हुन्।

२००६ सालमा सुवर्णसमशेर नेतृत्वको प्रजातान्त्रिक कांग्रेससँगको एकीकरणपछि बनेको अहिलेको ‘नेपाली कांग्रेस’ हो। जसको गर्भास्थानमा गणेशमानहरूकै नाम रगतले लेखिएको थियो ।

२००७ सालमा भारतको बिहारमा भएको नेपाली कांग्रेसको ‘बैरगनिया’ सम्मेलन राणा शासन अन्त्यका लागि एउटा निर्णायक प्रस्थानबिन्दु बन्यो। जहाँ बिपी, गणेशमान, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, खड्गजीत बराल र बहादुर सिंहजस्ता नेपाली कांग्रेसका बलिया खम्बाहरू थिए ।

त्यही सम्मेलनमा उनीहरूले ‘कि राणा शासनको अन्त्य गर्ने, कि आफूहरूको अन्त्य हुने’ कसम लिए र जहाँनिया राणा शासनविरुद्ध निर्णायक क्रान्तिको सुरुआत गरे । फलतः २००७ फागनु ७ गते १०४ वर्षे राणा शासनको अन्त्य भयो र देशमा प्रजातन्त्र आयो।

२००८ सालमा नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा कृषि मन्त्रीको जिम्मेवारी सम्हालेका गणेशमानले बिपीको निर्देशनमा मन्त्री पद त्याग गरेको थियो ।

२०१२ सालमा वीरगन्जमा भएको नेपाली कांग्रेसको छैटौँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएका सिंह पराजित भए। त्यो महाधिवेशनले सुवर्णसमशेरलाई पार्टीको सभापति छानेको थियो ।

२०१४ सालमा भएको ‘भद्र अवज्ञा’ आन्दोलनमा नेतृत्वदायी भूमिका निभाएका गणेशमान सिंह २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा काठमाडौंँबाट सांसदमा निर्वाचित भएका थिए । त्यसपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको सरकारमा उनी यातायातमन्त्री भए।

नेपालीले प्रजातान्त्रिक अभ्यास गर्दागर्दै त्यो कलिलो प्रजातन्त्रको घाँटीमा दरबार झुन्डियो । र फेरि बिपी अनि गणेशमानहरूलाई राजा महेन्द्रले जेल हाले।

२०१७ सालदेखि लगातार आठ वर्षसम्म उनी सुन्दरीजेलमा थिए । जेलबाट रिहा भएपछि उनी पनि निर्वासित भए र फेरि प्रवासबाटै देशको पञ्चायती निरङ्कुशताविरुद्ध आन्दोलनमा होमिए ।

२०३३ सालमा मेलमिलापको नीति लिएर देश फर्किएका बिपी र गणेशमानलाई विमानस्थलबाटै पञ्चायती सरकारले गिरफ्तार गरेको थियो। त्यो बेला उनलाई क्रुर शारिरीक यातना दिइएको थियो ।

उनीमाथि राजकाजको मुद्दा चलाइयो र पञ्चहरूले बिपी अनि गणेशमानलाई फाँसीको सजाय दिनुपर्ने माग गरेका थिए। उनीलाई पञ्चायती सरकारले चारपटकसम्म मृत्युदण्डको सजाय सुनाएको थियो ।

विसं २०३७ को जनमत सङ्ग्रहमा गणेशमान र बिपीबीच मतभेद भएको थियो । बिपीले त्यो जनमत सङ्ग्रहमा बिनाशर्त सहभागी हुने प्रस्ताव राखेका थिए तर गणेशमान भने त्यसको विरोधमा थिए ।

बिडम्बना त्यो जनमत सङ्ग्रहमा पञ्चहरूको धाँधलीका कारण बहुदल पराजित भयो । २०३९ सालमा बिपीको निधन भयो र नेपाली कांग्रेसले उनलाई ‘सर्वोच्च’ नेताको मानार्थ जिम्मेवारी दियो । त्यसअघि २०३७ सालमै भारतको पटनामा भएको कांग्रेसको सम्मेलनले उनलाई पार्टीको ‘नेता’ छानिसकेको थियो ।

बिपीको निधनपछि २०४२ सालमा उनकै नेतृत्वमा नेपाली कांग्रेसले मेलमिलाप नीतिलाई पुर्नव्याख्या गर्याे र त्यसपछि गणेशमानले ‘सत्याग्रह’को नेतृत्व गरे।

२०४६ सालको चैत ५,६ र ७ गते सिंहकै निवासमा भएको नेपाली कांग्रेसको सम्मेलनले जनआन्दोलनको घोषणा गरेको थियो। त्यो जनआन्दोलनलाई तत्कालीन ६ वटा कम्युनिस्ट पार्टीहरूले पनि समर्थन गरे र गणेशमानलाई त्यो जनआन्दोलनको सर्वोच्च कमाण्डर स्वीकार गरे।

त्यही बेला फेरि पञ्चायती सरकारले उनलाई घरमै नजरबन्द गर्याे । उनी बिरामी भएपछि पनि अस्पतालमै नजरबन्द गरियो। २०४६ साल चैतमा उनीहरूमाथिको प्रतिबन्ध फुकुवा गरे । त्यो बिजयोत्सव मनाउनका लागि टुँडिखेलमा भएको विशाल जनसभाले गणेशमानलाई ‘फादर अफ दि डेमोक्रेसी’ अर्थात प्रजातन्त्रका पिता भनेर सम्मान दिइएको थियो ।

जनआन्दोलनपछि गठन हुन लागेको अन्तरिम सरकारमा प्रधानमन्त्री हुन तत्कालीन राजा वीरेन्द्रले गरेको प्रस्तावलाई गणेशमानजीले अस्वीकार गरे। बरु आफ्ना समकालीन कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाए । यसरी जीवनभरि राष्ट्र र प्रजातन्त्रका लागि त्याग, सङ्घर्ष र विद्रोह गरेका नेता गणेशमान सिंहले कहिल्यै उच्च पदको लालसा राखेन ।

चाणक्यले भनेका छन्–
‘त्यजेदेकं कुलस्यार्थे ग्रामस्यार्थे कुलं त्यजेत्
ग्रामं जन पदस्यार्थे आत्मार्थे पृथिवीं त्यजेत्’

यसको अर्थ हुन्छ, ‘एउटा कुल रक्षाका निम्ति कुनै व्यक्तिलाई छोड्नू, एउटा गाउँको भलोका लागि कूलको त्याग गर्नसम्म पछि नपर्नू, अनि देशको हित हुन्छ भने गाउँ त्याग गरिदिनू र आत्मसम्मानका लागि बरु यो धर्ती नै त्याग गरिदिनू’ ।

जीवनको उत्तराद्र्धमा उनले भोगेका पारिवारिक वियोगको पीडा अनि राजनीतिक जीवनको बिरक्तिले उनलाई केही शिथिल पनि बनाएको थियो।प्रजातन्त्रिक लडाइँका लागि आफूलाई सुम्पिएका गणेशमानजीले बरु आफ्नो घरसंसार त्यागे, आफन्त अनि देश त्यागे तर स्वाभिमान र आत्मसम्मान अनि प्रजातन्त्रका लागि कहिल्यै झुकेन ।

यसरी नेपाली राजनीतिको लौहपुरुष अनि प्रजातन्त्रका पिता गणेशमानजी २०५४ साल असोज २ गते सदाका लागि हामीमाझबाट महाप्रस्थान भए। लौहपुरुष गणेशमानप्रति हार्दिक श्रद्धाञ्जलि ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ०९:१३
##shobhakarparajuli
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
लाेकप्रिय समाचार
  • नंः १ पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।।
  • नंः २ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
  • नंः ५ जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्