katari Municipality
x
Top Navigation
  • Contact
Main Navigation
मंगलबार, असार २३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार २३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • विवाहित महिलाहरूको प्लेटफर्म-मिसेस पूर्वेली आइकन
विवाहित महिलाहरूको प्लेटफर्म-मिसेस पूर्वेली आइकन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असोज ५, २०८१
कटारी

इटहरी । 'मिसेस पूर्वेली आइकन २०८०' को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । संविधान दिवसको अवसर पारेर आयोजक संस्था ओपन स्पेसले इटहरीको रोयल रिसोर्टमा यस कार्यक्रमको आयोजना गरेको थियो ।

जहाँ प्रतियोगिताका ८ जना फाइनलिस्ट प्रतियोगीहरूले आ-आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगितामा सहभागी सुनिता पुरी, रेश्मा लिम्बु, मुना बजगाई, रेनुका श्रेष्ठ, रुबिना श्रेष्ठ, जिसिका सापकोटा, दिपिका भट्टराई, र सुस्मा बिस्टले निर्णायक तथा उपस्थित दर्शकका माझ आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

सो राउण्डमा सुनिता, रेश्मा, रेनुका, दिपिका र सुस्माले विभिन्न भाषाभाषीका पहिरनमा नृत्य प्रस्तुत गरेका थिए भने रुबिना श्रेष्ठले गायन प्रस्तुति दिएकी थिइन् । मुना बजगाई र जिसिका सापकोटाले कविता वाचन गरेकी थिइन् ।

यो प्रतियोगिताको ट्यालेन्ट राउन्ड विशेषत: प्रतियोगीहरूले आफ्नो भित्री प्रतिभा उजागर गर्ने र आफ्नो क्षमता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहेको थियो । निर्णायक मण्डलमा राजु केसी, स्मित कार्की, प्रज्वल पराजुली र यसोदा रहेका थिए।

निर्णायकहरूका अनुसार प्रतियोगीहरूले देखाएका कलामा मौलिकता, प्रस्तुतीकरण र आत्मविश्वास उच्च स्तरको रहेको थियो। ट्यालेन्ट राउन्ड कार्यक्रमको सञ्चालन सजिना श्रेष्ठले गरेकी थिइन् भने यो प्रतियोगिताको कोरियोग्राफी सुभेक्षा कार्कीले गरिरहेकी छन्।

यस कार्यक्रमले विवाहित महिलाहरूका लागी नयाँ आयाम थपेको छ । जहाँ सौन्दर्यको परिभाषा केवल बाहिरी स्वरूपमा सीमित नरही उनीहरूको भित्री कला, क्षमता र बौद्धिक विकासमा जोड दिइएको छ ।

आयोजक संस्था ओपन स्पेसका संचालक सरोज श्रेष्ठका अनुसार यो प्रतियोगिता विवाहित महिलाहरूका लागि एक प्लेटफर्म हो, जहाँ उनीहरूले आफ्नो लुकेको प्रतिभा प्रष्फुटन गर्ने अवसरका साथमा उनीहरूको बौद्धिक क्षमता र अभिव्यक्ति कलामा उल्लेख्य सुधार ल्याउने छ।

प्रतियोगिताको फाइनल यहि असोज १२ गते इटहरीको लायन्स क्लबको सभा हलमा साँझ ६ बजेबाट सुरु हुनेछ। फाइनलमा यी ८ जना फाइनलिस्टहरूले विभिन्न विधाहरूमा प्रतिस्पर्धा गर्दै मिसेस पूर्वेली आइकनको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

विजेताले नगद ५० हजारसहित अन्य थुप्रै पुरस्कार जित्ने छन् भने सबटाईटलहरु पनि वितरण गरिने आयोजकले जनाएको छ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०७:५२
कटारी
प्रतिक्रिया दिनुहोस्
कटारी
थप मनोरञ्जन
सरिता महर्जनलाई लायन्स उच्च सामाजिक सम्मान  
सरिता महर्जनलाई लायन्स उच्च सामाजिक सम्मान   शनिबार, असार २०, २०८३
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास 
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास  शनिबार, असार १३, २०८३
 २८ बर्षपछिको त्यो भेट...
 २८ बर्षपछिको त्यो भेट... सोमबार, असार ८, २०८३
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता शनिबार, असार ६, २०८३
च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान 
च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान  सोमबार, असार १, २०८३
हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म
हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म आइतबार, जेठ ३१, २०८३
मेदान्ता मेमोरिज: ओटी ढोकावारि, ओटी ढोकापारि 
मेदान्ता मेमोरिज: ओटी ढोकावारि, ओटी ढोकापारि  शनिबार, जेठ १६, २०८३
अतुलनीय योगदानको अनुपम कदर–उत्प्रेरणामय सामाजिक सम्मान
अतुलनीय योगदानको अनुपम कदर–उत्प्रेरणामय सामाजिक सम्मान आइतबार, जेठ ३, २०८३
सवैको दुःखका साथी कलाकार गोकुल सुवेदी
सवैको दुःखका साथी कलाकार गोकुल सुवेदी शनिबार, वैशाख २६, २०८३
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ १६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
  • नंः २ स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
  • नंः ३ बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
  • नंः ४ यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
  • नंः ५ कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय
विचार
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्