Top Navigation
Main Navigation
आइतबार, असार १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असार १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असोज ५, २०८१
Api Himal

सम्पादकीय
राजनीति गर्ने नेताहरुको सोच तथा खोज भन्ने कुरा नै आगामी निर्वाचन हुने गरेको छ। निर्वाचनमा आफू र आफ्नो पार्टीलाई साम, दाम सवै प्रयोग गरेर जसरी भएपनि जिताउने भिजन र मिसन नै हुने गरेको हो । यस भिजन तथा मिसनमा आगामी २०८४ सालको आम निर्वाचनलाई लक्षित गरेर नेपालका ठूला पार्टीहरुले मिसन २०८४ नै बनाउन थालेका छन्। उनीहरुको मिसन ०८४ भनेकै चुनाव जितेर सवैभन्दा ठूलो पार्टी बनाउने र सरकार हाँक्ने नै हो।

यसक्रममा सत्तारुढ नेपाली कांग्रेसले कुनै पार्टीसंग गठवन्धन नगरिकन बहुमत ल्याएर एकल सरकार वनाउने मिसन ल्याएको छ। यसलगतै अर्को सतारुढ नेकपा एमालेले आगामी चुनावपछि एकल बहुमतको सरकार बनाउने लक्ष्य सहितको मिसन ८४ लाई तिब्रता दिएको छ।

यसको लागि रोडम्याप नै तयार गरिसकेको छ। जसको लागि दुई चरणको अभियान सकाएर तेस्रो चरणको कार्यक्रममाथि छलफल तथा बहस पनि सम्पन्न गरिसकेको छ। पार्टी कार्यक्रमको उद्देश्य आगामी चुनाव ०८४ बाट एमालेलाई पहिलो र बलियो शक्ति बनाउनु रहेको छ ।

त्यस्तै, पार्टीगत रुपमा नेपालको तेश्रो शक्ति मानिएको नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको पार्टी पनि मिसन ०८४ मा नै होम्मिएको छ। प्रचण्डले पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको बताउंदै आएका छन्। मिसन ०८४ मा देश दौडाहामा रहेका प्रचण्ड आफ्नो लागि अध्यक्षभन्दा प्रचण्ड भन्ने नै ठूलो छ भनेर गर्ब गर्न चुकेका छैनन्।

Nepal Oil Corporation

यसो भन्नु स्वभाविक पनि हो । प्रचण्डलाई माओवादी केन्द्रको पार्टी अध्यक्ष भन्दा प्रचण्ड भन्ने ब्राण्ड बनाउन जुन उनले संघर्ष र मेहनत गरे। त्यो ठूलो कुरा हो । त्यस्तै मेहनत र परिश्रम देश विकास गर्न र गराउन सवै नेताहरु सवैले गरेको खण्डमा सवै नेपाली सुखी र समृद्ध हुने निश्चित थियो। तर, सवै पार्टी तथा नेताहरु आफ्नै र पार्टीको स्वार्थमा लागेर नेपाल र नेपालीको लागि खासै केही नयाँ कार्य गर्न र गराउन सकेको छैन्। जसको कारण नेपाली जनता नेता तथा पार्टीवाट वाक्क दिक्क नै भैसकेका छन्।

मिसन ०८४ मा सवै पार्टी पहिलो हुने होडमा मात्र देखिएको छ। नेपाल र नेपालीको लागि विकास तथा समृद्धिको लागि केही सोच राखेको खुलासा भएकै देखिएन । सवैको पहिलो हुने होडले नेपाल र नेपालीलाई पछि पार्ने हो कि भन्ने सवै नेपाली जनताको पिरलो छ। यसतर्फ पनि सोचेर मिसन ०८४ बनाउन आवश्यक छ। 

नामी साप्ताहिकवाट

 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
लाेकप्रिय समाचार
  • नंः १ पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।।
  • नंः २ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
  • नंः ५ जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्