Top Navigation
Main Navigation
आइतबार, जेठ ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, जेठ ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असोज ५, २०८१

सम्पादकीय
राजनीति गर्ने नेताहरुको सोच तथा खोज भन्ने कुरा नै आगामी निर्वाचन हुने गरेको छ। निर्वाचनमा आफू र आफ्नो पार्टीलाई साम, दाम सवै प्रयोग गरेर जसरी भएपनि जिताउने भिजन र मिसन नै हुने गरेको हो । यस भिजन तथा मिसनमा आगामी २०८४ सालको आम निर्वाचनलाई लक्षित गरेर नेपालका ठूला पार्टीहरुले मिसन २०८४ नै बनाउन थालेका छन्। उनीहरुको मिसन ०८४ भनेकै चुनाव जितेर सवैभन्दा ठूलो पार्टी बनाउने र सरकार हाँक्ने नै हो।

यसक्रममा सत्तारुढ नेपाली कांग्रेसले कुनै पार्टीसंग गठवन्धन नगरिकन बहुमत ल्याएर एकल सरकार वनाउने मिसन ल्याएको छ। यसलगतै अर्को सतारुढ नेकपा एमालेले आगामी चुनावपछि एकल बहुमतको सरकार बनाउने लक्ष्य सहितको मिसन ८४ लाई तिब्रता दिएको छ।

यसको लागि रोडम्याप नै तयार गरिसकेको छ। जसको लागि दुई चरणको अभियान सकाएर तेस्रो चरणको कार्यक्रममाथि छलफल तथा बहस पनि सम्पन्न गरिसकेको छ। पार्टी कार्यक्रमको उद्देश्य आगामी चुनाव ०८४ बाट एमालेलाई पहिलो र बलियो शक्ति बनाउनु रहेको छ ।

त्यस्तै, पार्टीगत रुपमा नेपालको तेश्रो शक्ति मानिएको नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको पार्टी पनि मिसन ०८४ मा नै होम्मिएको छ। प्रचण्डले पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको बताउंदै आएका छन्। मिसन ०८४ मा देश दौडाहामा रहेका प्रचण्ड आफ्नो लागि अध्यक्षभन्दा प्रचण्ड भन्ने नै ठूलो छ भनेर गर्ब गर्न चुकेका छैनन्।

यसो भन्नु स्वभाविक पनि हो । प्रचण्डलाई माओवादी केन्द्रको पार्टी अध्यक्ष भन्दा प्रचण्ड भन्ने ब्राण्ड बनाउन जुन उनले संघर्ष र मेहनत गरे। त्यो ठूलो कुरा हो । त्यस्तै मेहनत र परिश्रम देश विकास गर्न र गराउन सवै नेताहरु सवैले गरेको खण्डमा सवै नेपाली सुखी र समृद्ध हुने निश्चित थियो। तर, सवै पार्टी तथा नेताहरु आफ्नै र पार्टीको स्वार्थमा लागेर नेपाल र नेपालीको लागि खासै केही नयाँ कार्य गर्न र गराउन सकेको छैन्। जसको कारण नेपाली जनता नेता तथा पार्टीवाट वाक्क दिक्क नै भैसकेका छन्।

मिसन ०८४ मा सवै पार्टी पहिलो हुने होडमा मात्र देखिएको छ। नेपाल र नेपालीको लागि विकास तथा समृद्धिको लागि केही सोच राखेको खुलासा भएकै देखिएन । सवैको पहिलो हुने होडले नेपाल र नेपालीलाई पछि पार्ने हो कि भन्ने सवै नेपाली जनताको पिरलो छ। यसतर्फ पनि सोचेर मिसन ०८४ बनाउन आवश्यक छ। 

नामी साप्ताहिकवाट

 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्
थप विचार
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ शुक्रबार, जेठ १, २०८३
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? सोमबार, वैशाख २८, २०८३
नेपालको गौरवमाथि सत्यगत अडान
नेपालको गौरवमाथि सत्यगत अडान आइतबार, वैशाख २७, २०८३
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती शुक्रबार, वैशाख २५, २०८३
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना बुधबार, वैशाख २३, २०८३
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति आइतबार, वैशाख २०, २०८३
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ? आइतबार, वैशाख २०, २०८३
सरकारको महिना दिन: असफलता र सफलता   
सरकारको महिना दिन: असफलता र सफलता    शनिबार, वैशाख १९, २०८३
पहिलो माया अमर माया
पहिलो माया अमर माया बिहीबार, वैशाख १७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
  • नंः २ ‘एक पटक बोलिदेउन बालेन सरकार’
  • नंः ३ बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता
  • नंः ४ वरिष्ठ पत्रकार कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर’ लोकार्पण
  • नंः ५ नेपालको गौरवमाथि सत्यगत अडान
विचार
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ विदुर कटुवाल
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? विदुर कटुवाल
नेपालको गौरवमाथि सत्यगत अडान
नेपालको गौरवमाथि सत्यगत अडान NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्