Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  •  रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमालको शतवार्षिकीमा सम्मान
 रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमालको शतवार्षिकीमा सम्मान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असोज ५, २०८१

काठमाडौं। रेडियो नेपालका प्रथम गायक, ख्यातिप्राप्त रंगकर्मी, अभिनेता तथा गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाईएको छ।

उनको शतवार्षिर्कीको अवसर पारेर राष्ट्रिय नाचघर जमलमा पहिलोपटक आयोजना गरिएको राष्ट्रिय नाटक महोत्सव २०८१ मा विभिन्न विधाका विजयी तथा कला तथा पत्रकारीता क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेर उनको शतवार्षिकी एवम समापन कार्यक्रमको आयोजना गरियो।

स्व.रिमाल र उनकी सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आईतबारबाट आयोजना गरेको तीनदिने नाटक महोत्सवको विजयीहरुलाई पुरस्कार प्रदान गरिएको थियो। महोत्सवमा कोशी प्रदेशबाट चेतना नाट्य समूह इलामको प्रस्तुतिस्वरुप माधव भण्डारीको लेखनको नाटक घरजमले प्रथम पुरस्कार जितेको छ। सोही  नाटकबाट सुरेश पोर्तेल र अन्वेश थुलुङ राईले निर्देशक तथा भावना खपाङ्गी मगरले अभिनेत्रीको अवार्ड चुमेका छन्।

त्यस्तै लुम्बिनी प्रदेशबाट सहभागी शैक्षिक विकृतीसम्बन्धि गणेशप्रसाद पौडेलको लेखन र बिसालकुमार केसीको निर्देशन रहेको नाटक निब दोस्रो भयो।  सोही नाटकबाट सोमनाथ खनालले अभिनेताको अवार्ड चुमे। त्यस्तै बागमती प्रदेशबाट सहभागी श्रीकृष्ण शाहीको लेखन, निर्देशन र प्रस्तुतिको सिल्भिया तेस्रो भएको छ।

समारोहमा  कार्यक्रमका प्रमूख अतिथि तथा सभाध्यक्ष एवम प्रतिष्ठानका अध्यक्ष वासुदेव त्रिपाठी, रिमालकी सञ्चारकर्मी पत्नी  कल्याणी रिमाल, सदस्य सचिव सम्राट सापकोटालगायतले  महोत्सवमा विजयी हुनेहरुलाई ट्रफी र सम्मानपत्रसहित पहिलो पुरस्कारस्वरुप एक लाख रुपियाँ, दोस्रो पुरस्कारस्वरुप ५० हजार रुपियाँ र तेस्रो पुरस्कारस्वरुप २५ हजार रुपियाँ प्रदान गरेका छन्। त्यसैगरी नाटकका उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई पुरस्कारस्वरुप जनही नगद १५ हजार रुपियाँ प्रदान गरिएको छ।

सोही अवसरमा कलाकर्मी र सञ्चारकर्मीलाई हरेक वर्ष प्रदान गरिँदै आएको सम्मान पनि प्रदान गरियो। अभिप्सा सापकोटाद्वारा सञ्चालित कार्यक्रममा  वर्ष २०७९ को हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत पुरस्कारबाट गणेश रसिक, हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत बिशेष पुरस्कारबाट गायक सुदेश शर्मा, हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मानबाट पुरुषोत्तम सापकोटा र हरि प्रसाद कल्याणी बिशेष सञ्चार सेवा सम्मान पुरस्कारबाट सञ्चारकर्मी भाष्करराज राजकर्णिकारलाई पुरस्कृत गरियो।

त्यस्तै २०८० को हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत सम्मान पुरस्कारबाट मदनदास श्रेष्ठ सम्मानित  भए भने हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत बिशेष पुरस्कारबाट रंगकर्मी अनुप बराल, हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मानबाट सूर्य कुमारी पन्त, हरि प्रसाद कल्याणी बिशेष सञ्चार सेवा सम्मान पुरस्कारबाट  पत्रकार  अनन्त वाग्ले पुरस्कृत भए।

हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत पुरस्कारको राशी ३१ हजार  एक र अन्य पुरस्कारको  राशी २१ हजार एक रुपिँया रहेको छ। समारोहमा सम्मानित व्यक्तित्वबारे  पत्रकार विदुर गिरी, नाट्यकर्मी पुष्कर गुरुङ, अभिनेता तथा रंगकर्मीद्धय सम्राट सापकोटा र विरेन्द्र हमाल तथा सञ्चारकर्मीसोमराज सुवेदीले प्रकाश पारेका थिए।

स्व.रिमालको शतवार्षिकी महोत्सवको प्रतिस्पर्धाअन्तर्गत महोत्सवमा सुदूरपश्चिमबाहेक ६ प्रदेशका विभिन्न स्थानबाट प्रतिस्पर्धाका लागि आएका नाटकमध्ये  निर्णायक समूहले चयन गरेका ६ नाटक प्रदर्शन गरिएको थियो। नाट्यकर्मी अषेश मल्ल, हरि बहादुर थापा र पुष्कर गुरुङ निर्णायक रहेको महोत्सवमा सती कलसा, निब, नाच नौवरंगीे, लासको खेती र सिल्भियाले प्रतिस्पर्धा गरेका थिए। नाटकका विजेता कलाकारले निर्णायकमध्येका एक पुष्कर गुरुङको आगामी फिल्ममा  अभिनयको मौका पाउनेछन्।

समारोहमा शिखर कलाकार हरिप्रसाद रिमाल नामक पुस्तक पनि लोकार्पण गरिएको थियो। प्रतिष्ठानका उपाध्यक्ष तथा प्राध्यापक प्रयागराज भट्टराई वशिष्ठले समारोहलाई स्वागत गर्दै नेपाली नाट्य, गीत, संगीत, प्रसारण, फिल्मलगायत क्षेत्रमा रिमालको योगदानको चर्चा गर्दै उनको शतवर्षिकीको अवसरमा आयोजना गरिएको नाटक महोत्सवले विषेश महत्व राख्ने बताए।

प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार प्राडा वासुदेव त्रिपाठीले रिमालको सम्झनामा उनकै कर्मथलोमध्ये एक सांस्कृतिक संस्थानमा उनैको शतवार्षिकीको अवसरमा नया पुस्ताका कलाकारलाई प्रतिष्ठानले सम्मान र पुरस्कार प्रदान गर्दा प्रतिष्ठान गौरवान्वित भएको बताए।

प्रतिष्ठानका सदस्य सचिव एवं अभिनेता सम्राट सापकोटाले प्रतिष्ठानले व्यक्तिगत फाईदाका लागि नभई नाट्य क्षेत्रमा नव कलाकार, लेखक निर्देशक आदी जन्माउन र सम्मानका लागि प्रतिष्ठानको लगानीमा महोत्सव आयोजना गरिएको बताए। 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०९:२५
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै शनिबार, असोज ३, २०८३
‘ताल’ मा अमृत र करिश्माको बेताल
‘ताल’ मा अमृत र करिश्माको बेताल शनिबार, असोज ३, २०८३
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ५ दम्भ होइन, धैर्य र मधुरता प्रिय
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्