Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • १४औँ महाधिवेशनमा ‘डिजिटल भोटिङ’ को व्यवस्था
१४औँ महाधिवेशनमा ‘डिजिटल भोटिङ’ को व्यवस्था
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, साउन ५, २०७८
Api Himal

काठमाडौ । नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ। 

कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा हालै उक्त प्रविधिको विकास गरेको हो।

यस प्रविधिमार्फत सबै जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको विभागका सचिव दिनेश थापा मगरले जानकारी दिएका हुन्। 

Nepal Oil Corporation

प्रविधिमार्फत पार्टीको आगामी १४औँ महाधिवेशनमै केन्द्र र सबै प्रदेशको निर्वाचन सम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमताको विकास गरिएको छ। महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । 

विभागको हालै सम्पन्न बैठकले ‘डिजिटल भोटिङ’ को नमूना प्रदर्शनीको आन्तरिक कार्ययोजना समेत तय गर्नाका साथै जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनीयरहरूको नेटवर्क तयार गरिएको छ। 

महाधिवेशनको वैचारिक प्रचार प्रारम्भ गर्ने लगायत अन्य निर्णय पनि गरिएको उनले बताए। विभागले यसअघि नै ‘प्रविधि मैत्री अभियान’का क्रममा पार्टीको वेबसाइटलाई आधुनिकीकरण र क्रियाशील सदस्यताको अभिलेखीकरण (डाटा इन्ट्री) को काम सफलतापूर्वक सम्पन्न गरिसकेको छ । 

विभागले महाधिवेशनको प्रचारलाई विगतभन्दा भिन्न र जीवन्त शैलीमा अघि बढाउने र त्यसका लागि पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग आवश्यक समन्वय गर्ने निर्णयसमेत गरेको छ।

महाधिवेशनसँग सम्बन्धित प्रतिनिधि चयन प्रक्रिया, उम्मेदवारीका आधारलगायत विधानको व्यवस्थालाई सरलीकरण गर्दै सबै क्रियाशील सदस्यबीच पुर्याउन आवश्यक दृष्टिगत गरी केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर सामग्री तयार गर्न संयोजनको जिम्मेवारी विभागका सचिव मगरलाई दिइएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १९:१९
##NepaliCongress
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप राजनीति
माओवादी पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड
माओवादी पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड शनिबार, जेठ ३२, २०८२
बाेल्दा बाेल्दै गृहमन्त्रीको घोक्रै सुके
बाेल्दा बाेल्दै गृहमन्त्रीको घोक्रै सुके शुक्रबार, जेठ ३१, २०८२
आजको संसद बैठकमा यस्तोसम्म भयो
आजको संसद बैठकमा यस्तोसम्म भयो बिहीबार, जेठ ३०, २०८२
एमालेमा विद्या भण्डारी सक्रिय हुँदा ओली चिन्तामा
एमालेमा विद्या भण्डारी सक्रिय हुँदा ओली चिन्तामा बिहीबार, जेठ ३०, २०८२
सभामुख हेरेको हेर्यै, संसदमा यस्तोसम्म भयो
सभामुख हेरेको हेर्यै, संसदमा यस्तोसम्म भयो बुधबार, जेठ २९, २०८२
यस्ताे छ मन्त्रीपरिषदका निर्णयहरु
यस्ताे छ मन्त्रीपरिषदका निर्णयहरु बुधबार, जेठ २२, २०८२
वाईसीएल नेतृत्वकाे लागि सहमति नजुटेपछि भोलि निर्वाचन
वाईसीएल नेतृत्वकाे लागि सहमति नजुटेपछि भोलि निर्वाचन बुधबार, जेठ २२, २०८२
भाेलिसम्मकाे लागि प्रतिनिधिसभा बैठक स्थगित
भाेलिसम्मकाे लागि प्रतिनिधिसभा बैठक स्थगित बुधबार, जेठ २२, २०८२
गृहमन्त्री रमेश लेखककाे बारेमा उच्चस्तरीय छानबिन समिति बनाउने माग प्रतिपक्ष दलकाे यथावत्
गृहमन्त्री रमेश लेखककाे बारेमा उच्चस्तरीय छानबिन समिति बनाउने माग प्रतिपक्ष दलकाे यथावत् मंगलबार, जेठ २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्