Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • हामीले जनतालाई कुनै पनि सेवामा कन्जुस्याईँ गरेका छैनौं : वडाअध्यक्ष कार्की
हामीले जनतालाई कुनै पनि सेवामा कन्जुस्याईँ गरेका छैनौं : वडाअध्यक्ष कार्की
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, साउन ६, २०७८

ललितपुर । ललितपुर महानगरपालिका-२४ वडाका वडाअध्यक्ष दिनेश कार्की कुराभन्दा कामलाई सर्वाेपरि ठान्ने जननिर्वाचित जनप्रतिनिधिको रुपमा चिनिन्छ। ललितपुर महानगरपालिका २४ गाविसवाट विकसित नयाँ वडा भएको कारण पनि वडाअध्यक्ष कार्कीलाई विकास निर्माणका कार्यमा धेरै चुनौति रहेको छ। ती चुनौतिका पहाडलाई पनि सहज ढंगवाट चिर्न सिपालु वडाअध्यक्ष कार्कीसंग नाम साप्ताहिकका निर्देशक निशान बुढाथाेकीबीच भएको विशेष अन्तरवार्ता।

यहाँको करिब ५ वर्षको कार्यकाल सकिनै लागेको छ, पक्कै पनि विभिन्न खालका योजनाहरु अघि सारेर निर्वाचित हुनुभएको थियो, यसरी समुदायलाई जुन प्रतिबद्धता व्यक्त गरेर निर्वाचित हुनुभयो, ति योजनाहरु कति हदसम्म पूरा भएको अनुभव गर्नु भएको छ ?

केही योजनाहरु पुरा हुन बाँकी छ। मुख्य काम भनेको सडक चौडा गर्ने काम शुरुवात भएको छ। क्षतिपूर्तिका कारण रोकिएको सडकको काम अहिले पुनः सुचारु भएको छ। खानेपानी वितरणमा समस्या भएर बोरिङ गर्ने काम भएको छ, भने शिक्षा र स्वास्थ्यका काम सम्पन्न भएको छ । 

ललितपुर महानगरपालिका-२४ वडाले गर्ने काम भनेको ढल व्यवस्थापन पनि हो ढल निर्माणको काम कहाँनिर पुग्यो?

हुन त निर्वाचन गर्ने समयमा ढल निर्माणको काम योजनामा थिएन, यहाँका जनताको मुख्य समस्या मध्ये ढल निर्माण पनि एक हो। त्यसै कारण हामीले यसलाई पनि मुख्य समस्याका रुपमा राखेका छौं र ढलको  डिपिआर पनि सम्पन्न भइसकेको छ।

जति विकास निर्माणका कुराहरु यहाँले अघि सार्नु भएको थियो, ति उपलब्धीहरु हासिल भएको छ, त्यसप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

आफ्नो काम प्रति सन्तुष्ट नहुने त कुरै भएन। तर, जति सन्तुष्ट हुनुपर्ने हो, त्यति चाँहि भएको छैन्। नयाँ वडा भएको हुनाले पनि भौतिक पूर्वाधारको कुरा धेरै छन्। गर्न चाहेर पनि कतिपय काम गर्न नसकिएको अवस्था छ। जनताको चाहना कस्तो हुन्छ भने अहिले नै गर्नुपर्छ तुरुन्तै हुनुपर्छ भन्ने छ। एकै ठाउँमा बजेट खर्च गर्न सकिदैन र गर्न पनि हुँदेैन। काम धेरै भएको छ तर, देखिएको छैन। 

तपाईले आफ्नो कार्यकालको जति अवधि छ । अब यो अवधिभरमा कस्ता-कस्ता विकासका मुद्दाहरु प्राथमिकतामा राखेर अघि बढ्नु भएको छ त?

हामीले अबको योजनामा शिक्षा र स्वास्थ्यलाई जोड दिदै भौतिक पूर्वाधार, चौडा बाटो निर्माण, त्यसैगरी हाम्रो जमिन भनेको भू-क्षय बढी हुने खालको छ। त्यसलाई प्राथमिकता दिएर काम गर्ने योजना बनाएका छौं। 

अबको कार्यकाल सकिएपछि फेरि यहाँको विचार के छ ? फेरि आफू निर्वाचित हुन के जनताको मन जिते जस्तो लाग्छ ?

जनताले के भन्छन्, जनताको कुरा हो, पार्टीको कुरा हो। तर, सेवामा निरन्तर रुपमा लागिरहन्छु। पार्टी र जनताको निर्णय नै हामी आत्मसाथ गर्छाैं। अब निर्वाचित भएर जनताको मन जित्ने कुरा चाहिँ के हो भने दुई वटा मुख्य काम एउटा जनतालाई सेवा दिने र अर्को विकास निर्माणको काम हो। हामीले २४ वडामा जनतालाई कुनै पनि सेवामा कन्जुस्याईँ गरेका छैनौं। जनतालाई निराश पनि बनाएका छैनौं। मेरो विचारमा जनता बेखुशी छैनन्।

यहाँ ललितपुर महानगरपालिकाको सामाजिक विकास समितिको संयोजक पनि हुनुहुन्छ, यस अन्तर्गत कस्तो काम गर्नु भएको छ र सुधारका प्रयासहरु के के हुन् ?

विशेषगरी सामाजिक विकास समितिमा संयोजकको नाताले हामीले महिला समूहहरुलाई सिपमूलक तालिम दिने, व्यवसायिक प्रर्वद्धनमा जोड दिदै उहाँहरुले उत्पादन गरेका चिजहरुलाई प्रचार प्रसारमा जोड दिने, त्यसैगरी शिक्षाको हकमा सामुदायिक बिद्यालयमा शैक्षिक गुणस्तर कसरी वृद्धि हुन सक्छ?, जनप्रतिनिधि कसरी जोडिन सक्छन्? र जनप्रतिनिधि र सामुदायिक बिद्यालय जोडिएपछि सामुदायिक बिद्यालयमा गुणस्तर शिक्षा दिन सकिन्छ भन्ने विषयमा विशेष जोड दिएका छौ। त्यसपछि स्वास्थ्यको कुरा आउँछ। स्वस्थ नभइकन हामी केही पनि काम गर्न सक्दैनौं। त्यसैले वडा-वडामा स्वास्थ्य कार्यालय समिति मोबिलाईज गरी काम गर्दै आइरहेका छौ। 

सामाजिक विकास समिति अन्तर्गत महिला तथा बालबालिका सम्बन्धि काम गर्ने भन्नुभयो विशेष गरी महिलालाई कस्ता खालका तालिम दिने कार्य भइरहेको छ ?

महिलाहरुकै आग्रह अनुसार तालिमहरु दिदै आइरहेको छ । बेसिक र एडभान्स गरी दुई थरीको तालिममा आयमूलक जस्तै: अचार बनाउने, जुत्ता बनाउने, सिलाई बुनाई, बेकरी लगायत थुप्रै तालिमहरु दिइन्छ। हामी तालिम दिने मात्र होइन अनुगमन पनि गर्छौं। तालिम लिएकाहरु मध्येबाट २५ प्रतिशतले मात्र काम गरिरहनु भएको छ, बाँकीले गर्न नसक्नुको कारण उहाँहरुले उत्पादन गरेको सामान बजारसम्म पुर्याउन नसक्नु हो, त्यसैले उत्पादन गरेको सामान बजारसम्म पुर्याउने व्यवस्था गर्दैछौं।

यस्तो सिप भएर पनि अघि बढ्न नसकेका महिलाहरुलाई ऋणको व्यवस्था गर्नु भएको छ ? लक्षित महिलासम्म पुगेको छ त?

प्रत्येक वडामा ५ लाख ऋणको व्यवस्था गरिएको छ । दुई वर्षमा चुक्ता गर्ने व्यवस्था गरेका छौं। प्रत्येक वडालाई जानकारी गराएर लक्षित दिदी-बहिनीले ऋण लिएर पनि जानु भएको छ। 

यस्तो खालको काम गरिरहँदा चुनौति पनि धेरै हुन सक्छन्, यसको सामना र समाधान कसरी गर्नु भएको छ ?

चुनौती हरेक काममा हुन्छन्। धेरै वर्षसम्म स्थानिय निर्वाचन नहुँदा मान्छेहरुमा बढी स्वतन्त्रता भयो। जसले गर्दा मानिसहरु सबै बिज्ञ भए। सबै जान्ने भए, यसको मतलब तँ भन्दा म जान्ने छु भन्ने भावनाको विकास भयो। राम्रो काम गर्ने जनप्रतिनिधिलाई पनि अप्ठ्यारो अवस्था आयो। सोचे अनुरुपको काम गर्न सकिएन। चुनौतीको कुरामा जहाँ जस्तो चुनौती आउँछ। चुनौतीको अध्ययन गरेर त्यही अनुरुप समाधान गर्दै जान्छौ।

-नामी साप्ताहिकबाट साभार
 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  ०८:२९
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्