Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • बिक्रम भक्त जोशीलाई अमेरिकाको गौरबमय स्रष्टा सम्मान
बिक्रम भक्त जोशीलाई अमेरिकाको गौरबमय स्रष्टा सम्मान
श्याम स्मृत
श्याम स्मृत शनिबार, कात्तिक २४, २०८१

   ललितपुर । देशको भाषा, साहित्य, कला, संस्कृतिको उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिलाई स्रष्टा भनिन्छ।

आफ्नो सिर्जनात्मक लेखन तथा प्रस्तुतिकरणबाट समाजमा जागरण ल्याउन स्रष्टाको भूमिका महत्वपूर्ण मानिन्छ । मुलुकको सामाजिक रुपान्तरण र राजनीतिक परिवर्तनमा पनि स्रष्टाहरुको योगदान अतुलनीय पाइएको छ। त्यो अतुलनीय योगदान धेरै कृति र सिर्जनावाट गर्न आवश्यक पर्दैन । एउटै कृति तथा सिर्जनावाट पनि सामाजिक रुपान्तरणमा अतुलनीय योगदान दिएको हुन्छ।

यसकार्यमा नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशीको पहिलो र एकमात्र कृति निकथाको संग्रह चोभार ब्लुजले सामाजिक यथास्थितिको पर्दाफास गरेर त्यो समाज अनि स्थानको रुपान्तरण गर्न र गराउन गहन योगदान दिएको छ। धेरै कृति तथा सिर्जनाभन्दा राम्रो एक कृति र सिर्जनाले अतुलनीय योगदान दिएको तथ्यलाई बिक्रम भक्त जोशीको चोभार ब्लुजले साकार पार्ने कार्य भएको छ।

यस कृति तथा सिर्जना मार्फत नेपाल र नेपालीको मिहिन तथ्यलाई सार्वजनिक गरेर सामाजिक रुपान्तरणमा गहन योगदान दिएवापत विश्वको बैभबशाली राष्ट्र अमेरिकाले स्रष्टा बिक्रम भक्त जोशीलाई विशेष स्रष्टा सम्मान प्रदान गरेको छ।

तीन महिना लामो अध्ययन अनुसन्धान पश्चात जाति, धर्म र राजनीतिभन्दा माथि रहेर कार्य गर्दैआएको अन्तरराष्ट्रिय सामाजिक संस्था हामी नेपाली ग्लोबलले स्रष्टा जोशीको विशेष सम्मान गरेको हो।

ललितपुरको भैंसेपाटी स्थित ज्याक्सन हाइटको काठमाडौं क्याफेमा मिति २०८१ कात्तिक १२ गते सोमवार आयोजित भव्य समारोहवीच स्रष्टा जोशीलाई अमेरिकामा सात बर्षअघि स्थापित हामी नेपाली ग्लोबलले विशेष स्रष्टा सम्मान प्रदान गरिएको थियो।

नेपाली सिनेमा, साहित्य र संगीतको विश्वकोष नै मानिएका बरिष्ठ सर्जक प्रकाश सायमीको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा जोशीलाई हामी नेपाली ग्लोबलले अमेरिकाको न्यूयोर्कवाट पार्सल गरेर पठाइएको विशेष स्रष्टा सम्मानव्दारा सम्मानित गर्ने कार्य भएको थियो । सम्मान बरिष्ठ सर्जक सायमीले जोशीलाई हस्तान्तरण गर्ने कार्य भएको थियो ।

कार्यक्रममा आफ्ना क्षेत्रका दिग्गज तर, निश्कलंक व्यक्ति विशेषहरु प्रकाश सायमीका साथमा आफ्नो शरीरको आफै डाक्टर लक्ष्मीनारायण सुवाल, पूर्व स्वास्थ्य एवं पर्यटन सचिव रामचन्द्र मान सिंह, साहित्यकार श्री धेनु सिँह,  कवि एवम् साहित्यकार भानु प्रकाश जोशी, मुक्तककार मान बहादुर भुजेल, नाट्यकर्मी राज रजक, मधुर स्वरका धनी गायक एवम् इन्जिनियर शैलेश सिंह, सञ्चारकर्मी प्रेमाहा महर्जन, पावर अफ वुमन बिन्जु जोशी, सामाजिक अभियन्ता ज्ञानलाल महर्जन र राई माइला अतिब थिए । कार्यक्रमको संचालन आँट, धैर्य र साहसको प्रतिक बहुमुखी प्रतिभाका धनी संसार्स अनलाइन टेलिभिजनका अध्यक्ष तथा महाप्रवन्धक स्वतन्त्र संसार महर्जनले गरेका थिए।
     
स्रष्टाको सिर्जनामा पाइने परिवर्तनमुखी चेतनाले नेपाली समाजमा जागरण ल्याउन र हरेक व्यक्तिलाई परिवर्तनका निम्ति सक्रिय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । स्रष्टाले साहित्य, कलालगायत सम्पूर्ण वाङ्मयको समुचित विकासका निम्ति देश र समाजलाई गम्भीर र सचेत बनाउन भूमिका खेलिरहेको हुन्छ। जुन कतिलाई थाहा भएको कुरा हो । कतिलाई थाहा नभएको कुरा पनि हो।

यसक्रममा बिक्रम भक्त जोशी नियात्रा गर्न अत्यन्त रुचि राख्ने अब्बल स्रष्टा पनि भएको कारण आफ्नो पहिलो मौलिक सिर्जनाका रुपमा चोभार ब्लुजलाई जनसमक्ष ल्याए।  नियात्राको क्रममा काठमाडौं घाटी वरपरको बस्तुपरिवेश तथा सामाजिक संरचना अनि मूर्त-अमूर्त सम्पदालाई चोभार ब्लुज मार्फत खुलासा गर्ने कार्य जोशीवाट भएको छ। जुन बस्तुनिष्ठ एक सचेतना हो ।

एक यथार्थ पनि हो। यो यथार्थतालाई आत्मसात गर्ने कार्य चोभार ब्लुज मार्फत स्रष्टा सर्जक जोशीवाट भएको छ। जसको मूल्यांकन नेपाल वाहिर सात समुद्रपारि विश्वको बैभवशाली राष्ट्र अमेरिकावाट भएको छ।

हाल ४१ राष्ट्रमा विस्तार भैसकेको हामी नेपाली ग्लोबलको सात बर्षअघि अमेरिकाको न्यूयोर्कमा अमृत लामाको नेतृत्वमा स्थापना भएको हो। यिनै हामी नेपाली ग्लोबलका संस्थापक अध्यक्ष एवम् केन्द्रिय अध्यक्ष अमृत लामाले स्रष्टा जोशीको विषयमा तीन महिना लामो गहन अध्ययन–अनुसन्धान गरेपश्चात हामी नेपाली ग्लोबल विशेष स्रष्टा सम्मान प्रदान गर्ने कार्य भएको हो।

जाति, धर्म तथा राजनीति भन्दा माथि रहेर विश्वभरका छरिएर रहेका नेपालीहरुलाई जोड्दै नेपाल आमाको आँशु पुछ्न हरदम तयार भएको बसेको अन्तरराष्ट्रिय सामाजिक संस्था हामी नेपाली ग्लोबलले नेपाल र नेपालीको लागि साहित्य मार्फत विशेष योगदान दिने स्रष्टाहरु मध्ये एकलाई दिइने गरेको दूर्लभ सम्मान यो बर्ष बिक्रम भक्त जोशी र उनको अमर कृति चोभार ब्लुजलाई दिइएको जानकारी हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष लामाले दिएका छन्।

नेपाली निकथाको धारमा बेग्लै धार तथा नविनता ल्याउन सफल यो बर्ष सर्वाधिक चर्चामा आएको कृति चोभार ब्लुज निकथाकार साहित्यकार बिक्रम भक्त जोशीको पहिलो कृति हो। साहित्यकार जोशी पेशाले सिभिल इन्जिनियर हुन् भने उनी निवर्तमान बैंकर पनि हुन्। अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर उनी बालसाहित्यमा पनि दखल राख्दछन्।

चोभार ब्लुजु निकथासङ्ग्रह हो। जसमा १९ निकथा समाविष्ट छन् । निकथा भन्नाले नियात्रा र निबन्धको फ्लेभर मिसिएको कथा भन्ने बुझिन्छ। नियात्राका बीच निबन्धात्मक वर्णनलाई कथाको गोलाकार वृत्तमा निहित विधा नैं निकथा हो।

यो कृति साहित्यपोष्ट उत्तम आख्यान पुरस्कार प्रतियोगितामा द्वितीय बनेको थियो। यस कृतिले नारी स्रष्टा समाजद्वारा प्रदान गरिएको २०८० सालको वर्ष पुस्तक सम्मान यसै बर्ष विराटनगरमा आयोजित भव्य कार्यक्रममा प्राप्त गरिसकेको छ।

त्यस्तै, लायन्स क्लव अफ काठमाडौं फेलोसिप तथा लायन्स क्लव अफ काठमाडौं महिमावाट पनि स्रष्टा जोशीलाई विशेष सामाजिक अभियान सम्मान प्रदान गरिसकेको छ। फोकस नेपालले काठमाडौंमा राष्ट्रिय प्रतिभा सम्मान तथा शैली मिडियाले थाइल्याण्डमा नेपाली नोबल साहित्यकार सम्मान र न्यूजलाइन्स नेपालले संयुक्त अरब इमिरेटस्को दुबई शहरमा विशेष अब्बल साहित्य सम्मान प्रदान गरिसकेको छ।

ई पेपर : नामी साप्ताहिक

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १८:३०
##nami #namiweeky #namisaptahik
प्रतिक्रिया दिनुहोस्
थप समाज
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्