Top Navigation
Main Navigation
बुधबार, जेठ ८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, जेठ ८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, मंसिर १०, २०८१
Api Himal

काठमाडौँ । बलिउडका पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्छन् कबिर खान। ‘काबुल एक्सप्रेस’बाट सिनेमा निर्देशनमा होमिएका कबिरले त्यसयता ‘न्यूयोर्क’, ‘एक था टाइगर’, बजरङ्गी भाइजान’, ‘८३’, ‘चन्दु च्याम्पियन’ लगायतका सिनेमा निर्देशन गरिसकेको छ ।

यसै साता उनी काठमाडौँ आएको थियो । फिल्म साउथ एसिया महोत्सवको प्रमुख अतिथिका रुपमा उनी काठमाडौँ आएको हो। कविरले यही महोत्सवमा आफ्नो डकु-ड्रामा ‘द फर्गटन आर्मी’ बाट २५ वर्षअगाडि सन् १९९९ को संस्करणमा ‘ग्य्रान्ड जुरी अवार्ड’ हात पारेको थियो ।

फिल्म साउथ एसियाको उद्घाटन सत्रमा सम्बोधन गर्दै कबिरले सो अवार्ड नै आफूले आफ्ना कामका लागि पाएको पहिलो अवार्ड भएको स्मरण गरे। सो अवार्डले नै आफूलाई फिल्म निर्माणमा अगाडि बढ्न मद्दत गरेको भनाइ सो कार्यक्रममा राखेको थियो।

आज बलिउडको मूलधारे सिनेमामा आफ्नो बेग्लै नाम र पकड बनाउन सफल भएका कबिर खानसँगको संवादमा उनको कथाले नेपाल खोजेको दिनमा सिनेमा छायाङ्कन गर्ने आउने बताउनुको साथै सिनेमा भविष्य खोज्न चाहनेहरुले प्रशस्त अध्ययन र सिनेमा हेर्नुपर्ने सुझाव दिए ।

Nepal Oil Corporation

उनी निर्देशक आफूले भन्न खोजेको कथामा अडिग भएर कथाको माग अनुसारको पटकथा लेख्नुपर्ने बताए। यसका लागि अध्ययनसँगै ती चीज पहिचान गर्नसक्ने क्षमता सो व्यक्तिभित्र हुनुपर्ने उनले बताए । प्रस्तुत छ, बलिउडका निर्देशक खानसँग गरिएको संवादको सम्पादित अंशः

तपाईंले फिल्ममेकर बन्ने बारेमा कहिले सोच्नुभयो ?

यो एउटा क्रमिक प्रक्रिया जसरी सुरु भयो । मलाई स्टिल फोटोग्राफीमा रुचि थियो । म पदयात्रामा धेरै नै जाने गर्थें। यसले गर्दा म आफू जहाँ घुम्न जान्थेँ, ती ठाउँहरुलाई कैद गर्ने गर्थें । यिनै कुराहरुबाट म यो दृश्ययात्रामा छिरेँ । स्कुल-कलेजमा मैले केही मात्रामा रङ्गमञ्च पनि गरेँ । थाहै नपाई सिनेमाप्रति निकट हुँदै गइयो । मेरी आमा एकदमै सिनेमाप्रेमी हुनुहुन्थ्यो। उहाँले नै हामीलाई धेरै सिनेमा देखाउन लानुभयो । सिनेमाप्रति एक प्रकारको माया थियो तर त्यहाँ म व्यावसायिक रुपमै हुनेछु भनेर चाहिँ कुनै सोच बनाएको थिइन। स्नातक तह सकेपछि मात्रै यता लागेँ । मेरी दिदी एउटा फिल्म स्कुलमा आवेदन दिँदै हुनुहुन्थ्यो, अनि मैले पनि मेरा लागि पनि एउटा प्रवेश फारम ल्याइदिन भनेँ । मैले विना कुनै सोच आवेदन दिएँ र जामिया फिल्म स्कुलमा प्रवेश पाएँ। जब मैले यो सुरु गरेँ, तब मैले यो कुरा महसुस गरेँ । जब फिल्म स्कुलमा प्रवेश मेरो भयो, तब यो नै त्यो कुरा हो जससँग म प्रीतकर हुनेछु भनेर सोच्न थालेँ।

जामिया प्रवेशअघि तपाईंको झुकाव कस्ता सिनेमातिर हुन थाल्यो ?

मैले हरप्रकारका सिनेमा हेरेँ । घरमा हामी हरप्रकारका सिनेमाहरु हेर्थ्याै । मेरी आमाका प्रिय कलाकार अमिताभ बच्चन थिए, उहाँ श्याम बेनेगलका सिनेमाको पनि प्रशंसक हुनुहुन्थ्यो । त्यसकारण हामी धेरै प्रकारका सिनेमा हेर्थ्याै।

सिनेमा कर्म गम्भीर काम हो भन्ने बुझेपछि तपाईंले हेर्ने सिनेमाको छनेटमा कुनै परिवर्तन आए कि ?

यो बुझिसक्दा म फिल्म स्कुलमा आइसकेको थिएँ र सिनेमासँगको परिचय फराकिन थालिसकेको थियो। हामी संसारभरका हरप्रकारका सिनेमा हेर्न थालिसकेका थियौँ । अब तपाईंले ठ्याक्कै कुन कुन सिनेमा हेर्नुभयो भनेर सोध्नुभयो भने यो–यो खाले भनेर ठ्याक्कै भन्न सक्दिनँ तर भारतीय फिल्मकर्मीमा कसलाई पछ्याइयो भन्नुहुन्छ भने ती व्यक्ति मणिरत्नम हुन्। मणिरत्नमका सिनेमामा सधैंँ मानवीय कथाहरु हुने गर्छन्, जसको नेपथ्यमा ठूलाठूला राजनीतिक परिदृश्यहरु हुने गर्छन्। म यी कुराहरुतिर आकर्षित थिएँं र मौका मिल्दा यस्तै सिनेमा गर्ने मेरो इच्छा रहेको थियो । मूलधारका सिनेमामा राजनीतिक र ऐतिहासिक सन्दर्भसँग गाँसिएका मानवीय कथाहरु भन्न चाहन्थे ।

डकुमेन्ट्री सिनेमामा लागेकाहरुमा मूलधारका सिनेमा गर्ने उतिसारो मोह भएको पाइँदैन, तपाईंमा यो मोह कसरी जाग्यो ?

म मूलधारको सिनेमा गर्नेमा सधैँ स्पष्ट थिएँ । ती दिनहरुमा डकुमेन्ट्री सिनेमाका लागि दर्शकहरु ज्यादै नै अभाव थियो। ती दर्शकहरुसँग पुग्न मलाई कठिन भइरहेको थियो । आजजस्तो ओटिटीलगायत डिजिटल प्ल्याटफर्महरु पनि थिएनन्। योसँगै मैले यो देशमा मूलधारका सिनेमा नै शक्तिशाली भएको बुझिसकेको थिएंँ र यसैले पनि यतातिर आएँ।

पहिलो सिनेमा ‘पिच’ गर्न कति गाह्रो-सजिलो भयो ?

सजिलो त भएन । जब म मेरो यात्रालाई फर्केर हेर्छु, त्यो त्यति खराब पनि थिएन, एक वर्षसम्म कुनै निर्माताले लगानी गर्ला भने स्क्रिप्ट बोकेर हिँडिरहेको थिएँ । त्यो समयमा चाहिँ मलाई एकदमै कठिन र लामो यात्रा जस्तो लागेको थियो । मेरो पहिलो सिनेमा ‘काबुल एक्सप्रेस’ त्यो समयका हिसाबले पृथक थियो । त्यसमा कुनै प्रेमकथा वा प्रेमका गीतहरु थिएनन्, बिल्कुलै फरक थियो । तर अन्त्यमा अचम्मसँगले बलिउड सिने उद्योगको ठूलो नाम ‘यसराज फिल्मस्’ले मेरो स्क्रिप्ट लियो र तीनवटा सिनेमाका लागि अनुबन्धसमेत ग¥यो ।

‘काबुल एक्सप्रेस’पछि निर्देशकका हिसाबले तपाईं बुझाइ र भोगाइ कस्तो रह्यो ?

सपना साकार भएझैँ भयो । ठूलो पर्दामा त्यो सिनेमा ल्याउनु एक प्रकारले बोनसजस्तो भयो। म सौभाग्यशाली रहेँ, जसले आदित्य चोपडाजस्तो निर्माता पायो । उनले मलाई तीन भिन्न प्रकारका सिनेमा बनाउने अवसर प्रदान गरेँ। मैले यसराजका लागि ‘काबुल एक्सप्रेस’, ‘न्युयोर्क’ र ‘एक था टाइगर’ गरी तीनवटा सिनेमा बनाएँ र ती तीनवटै सिनेमा एकअर्काभन्दा फरक थिएँ। त्यसकारणले त्यो एकदमै ठूलो प्रशिक्षण मैदान जस्तो भयो सिनेमा निर्माणको ।

आदित्यले किन तपाईंको ‘काबुल एक्सप्रेस’ सिनेमा छनोट गरेजस्तो लाग्छ, यो सिनेमालाई लिएर उनको प्रतिक्रिया के थियो ?

‘काबुल एक्सप्रेस’पछि मात्र होइन, बनाउनुभन्दा पहिले पनि धेरै छलफलहरु भए। ती छलफलहरु सिनेमाको सोच-शैली तथा स्क्रिप्ट इत्यादिका बारेमा थिए । उनले ‘काबुल एक्सप्रेस’लाई नयाँ समय र सोचको सिनेमाका रुपमा सोच्थेँ। यो उनीहरुले बनाइरहेका सिनेमाभन्दा फरक थियो । उनी त्यसमा परिवर्तन ल्याउन चाहन्थे । उनी यसलाई आफ्नो सहजताभन्दा बाहिरको सिनेमाका रुपमा लिन्थेँ।

सिनेमाका लागि तपाईं कथा कसरी खोज्नुहुन्छ ?

जो कोहीबाट पनि कथा आउनसक्छ । तपाईंको व्यक्तिगत अनुभवबाट पनि आउनसक्छ जस्तो ‘काबुल एक्सप्रेस’मा मलाई आएको थियो। अखबारमा तपाईंले पढ्नु भएको समाचार पनि हुनसक्छ, जस्तो ‘चन्दु च्यामपियन’। यो अखबारमा मैले पढेको लेखबाट आएको हो र ती ऐतिहासिक सन्दर्भबाट पनि हुनसक्छन् वा कसैले तपाईंले सुनाएको कुराबाट पनि हुनसक्छ, जसबाट ‘बजरङ्गी भाइजान’ बन्यो। त्यो मलाई विजयन्त्रप्रसादले हैदराबादबाट पठाई दिनुभएको थियो, जुन मलाई पढ्ने बित्तिकै मन परेको थियो। त्यसकारण कथाका जुनकुनै तरिकाबाट तपाईंले पाउनसक्नुहुन्छ । त्यसपछि हो त्यसलाई स्क्रिप्टमा ढाल्ने ।

पटकथाको छनोट कसरी गर्ने गर्नुहुन्छ ?

तपाईंभित्रको ‘गट फिलिङ इन्स्टिङ’ले छनोट गर्ने हो । तपाईंमा व्यक्तिगत रुपमा त्यसले आकर्षण उत्पन्न गराउनुपर्याे। जब म कुनै कथा सुन्छु, त्यसले मलाई उत्साहित गराउनुप¥यो कि हो यो कथा म भन्न चाहन्छु भनेर। म मलाई यो किन मन पर्याे भनेर विश्लेषण गर्छु र लेखन प्रक्रियामा लैजान्छु तर मेरो पहिलो आधार भने ‘गट फिलिङ इन्स्टिङ’ हो।

निर्देशकका रुपमा कथा भेटेपछि तपाईं के कुरामा ज्यादा उत्साहित बन्नुहुन्छ ?

जस्तो कि मैले भनिसकेँ यसमा एउटै चीज मात्र हुन्न, सबै कुराले हुन्छ । जस्तो कि पात्रहरुको जुगलबन्दी, कथाले भन्न खोजिरहेको कुरा, चरित्रको नेपथ्य जसले त्यसलाई निर्माण गर्छ अर्थात् कथाका रूपमा त्यसले तपाईंको संवेदनालाई जगाउनुपर्छ, उत्साहित पार्ने खालको हुनुपर्छ । फिल्मकारका रुपमा यति भइसकेपछि तपाईं सिनेमा सुरु गर्नसक्नुहुन्छ। यो एउटा लामो प्रक्रिया हो। जब तपाईं सिनेमा बनाउने भनेर आउनुहुन्छ, तब तपाईं त्यो सोचप्रति वर्ष-डेढ वर्षसम्म प्रतिबद्ध हुनुपर्छ । त्यसमा तपाईंको लगावले मात्र काम गर्नसक्छ।

स्क्रिप्ट सिनेमाका लागि महत्वपूर्ण हुन्छ, निर्देशकका हिसाबले स्क्रिनप्लेमा तपाईंका चेकलिस्टहरु केके हुन् ? र राम्रो स्क्रिनप्लेका लागि त्यसमा केके हुनुपर्ला ?

स्क्रिप्टमा स्क्रिनप्ले एकदमै महत्वपूर्ण हुन्छ । स्क्रिनप्लेले कथा कसरी खुल्दै जान्छ, कसरी एउटा दृश्यबाट अर्को दृश्यमा गएर दर्शकलाई बाँधिराख्छ भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ । स्क्रिनप्ले लेख्ने कुरा तपाईंले अरू सिनेमाहरु हेरेर सिक्न सक्नुहुन्छ। किताब अध्ययन गरेर पनि सक्नुहुन्छ । यी कुराले सहयोग गर्छन् नै तर अन्ततोगत्वा तपाईंभित्र प्रतिभा भने हुनैपर्छ । प्रशंसा गरिएका अरुका स्क्रिप्ट पनि पढ्नुपर्छ। यो निरन्तरको सिकाइ प्रक्रिया हो । प्रत्येक सिनेमाले भिन्नभिन्न स्क्रिनप्लेको माग गर्छ, त्यसकारण तपाईंले भन्न खोजेको कुरालाई अनुभूति गर्नुपर्छ र कसरी भन्न चाहेको हो त्यो बुझ्नुपर्छ । किनकि कथाअनुसार त्यो कहिले लिनियर त कहिले नन-लिनियर हुने गर्छ।

एउटा फिल्म निर्माताले धेरैभन्दा धेरै सिनेमा हेर्नुपर्छ कि पढ्नुपर्छ रु यसले उनीहरुलाई कसरी र कस्तो सहयोग पुर्याउँछ ?

दुवै गर्नुपर्छ । यसले भिन्न संसारका मानिसहरूको अभिव्यक्ति हेर्ने झ्याल प्रदान गर्दछ, जसको अनुभव वा पढाइ तपाईंले गर्नुभएको छैन। अध्ययन र सिनेमा हेर्ने दुवै कामले एकदमै सहयोग गर्छ । भिन्न दृष्टिकोण बुझ्न, वरिपरि के भइरहेको छ त्यो बुझ्न, संसारमा मानिसहरु के कसरी सोचिरहेका छन्, उनीहरुका अभिव्यक्ति, शिल्पका बारेमा बुझ्न सहयोग गर्छ । मलाई धेरैभन्दा धेरै सिनेमा हेर्ने र अध्ययन गर्ने बाहेकका अरू विकल्प छन् जस्तो लाग्दैन ।

सिनेमा सफल हुँदा र असफल हुँदा निर्देशकका रुपमा तपाईं के सोच्नु हुन्छ ?

कुनै बेला किन काम गरे–गरेनन् भनेर विश्लेषण गर्ने कोसिस गर्छु । कुनै बेला फेरि त्यो कुरा बुझ्न समय लाग्नसक्छ। तर मलाई के लाग्छ भने सिनेमा सफल हुँदामा ज्यादा उत्साहित हुने र असफल हुँदैमा धेरै गम्भीर हुनुहुँदैन । यो खेलको नियम नै त हो। सफलता र असफलताले तपाईंको सिनेमाप्रति रहेको भिजनलाई तपाईंबाट पर लान सक्दैन । तपाईंले भन्न खोजेको कथाहरु पनि प्रभावित हुँदैनन्। सफलता-असफलता दुवै कुराबाट तपाईं प्रभावित बन्नुहुँदैन ।

निर्देशकका हिसाबले नयाँ फिल्म निर्माताका लागि तपाईंका केही सुझावहरु छन् ?

मलाई लाग्छ तपाईं आफ्नो दृष्टिकोण र दृश्यमा अटल हुनुपर्छ । यो उद्योगमा नाम दाम र चर्चाका कारण छिट्टै पथान्तर हुने सम्भावना रहन्छ । यो हुँदा यी नै मा आफूलाई हराउने खतरा रहन्छ । प्रत्येक सिनेकर्मीको आफ्नो आवाज हुन्छ र त्यो हराउने खतरा हुन्छ। मानिसहरुले तपाईंको सिनेमालाई एउटा हस्ताक्षरका रुपमा हेरिराखेका हुन्छ, त्यसैले तपाईं त्यसमा अडिग भइराख्नु जरुरी छ।

केही वर्षयता दक्षिण भारतीय सिनेमाहरुले आफ्नो प्रभाव विस्तार गरिरहेका छन्, बलिउडले त्यताका सिनेमालाई कसरी हेरिरहेको छ ?

यो एउटा स्वागतयोग्य परिवर्तन हो । हामीले भारतमा यो बलिउडको यो दक्षिणको वा यो पञ्जाबको सिनेमा भन्दा पनि यी भारतीय सिनेमा हुन् । हामीले दर्शकलाई हलसम्म ल्याउन सफल भइरहेका छौंँ, यो नै महान् उपलब्धि हो, जसको फाइदा समग्र उद्योगलाई नै पुगिरहेको छ ।

बितेका केही समयमा बलिउडले सोचेजस्तो व्यावसायिक सफलता हात नपारिरहेको बताइन्छ, जुन उनीहरुले पहिले पाउने गर्थे। यसका कारणहरु के होलान् ?

त्यस्तो पनि होइन । कोभिडपछि केही समय हामीले मानिसहरुले अझै पनि सामान्यकरणतर्फ फर्किएका छैनन् भनेर सोच्यौँ। मानिसहरुमा पहिलेझैँ सिनेमाघर आउने बानी बसिसकेको छैन । तर केहीपछि नै धेरै भारतीय हिन्दी सिनेमाले ठूलो व्यापार गरेका छन्। पठान, स्त्री-२, जवानलगायतका सिनेमाले ठूलो मात्रामा व्यापार गरेका छन् । मानिसहरु अब हलमा आउन थालिसकेका छन् यद्यपि कोभिडअघि जति आउँथे त्यति आइरहेका छैनन् । विस्तारै यो बढ्दै जानेछ ।

तपाईं बलिउडले जस्ता सिनेमा बनाइरहेको छ, ती सिनेमाको निर्माणबाट खुसी हुनुहुन्छ ?

दर्शकका हिसाबले मेरा लागि बनाइरहेको छैन होला तर अरू दर्शकहरुले त रुचाइरहनुभएको छ। व्यक्तिगत रुपले भन्नुहुन्छ भने म पोस्ट कोभिडपछि आएका सिनेमाहरुबाट सन्तुष्ट भइरहेको छैन, त्यस्तो आइरहेको छैन। तर सिनेमाहरु बनिरहेका छन्, मानिसहरु हेर्न आइरहेका छन् जुन एउटा खुसी हुनुपर्ने कारण बनिरहेको छ ।

धेरै दक्षिण भारतीय सिनेमाहरुले पछिल्लो समय नेपाललाई सुटिङ गन्तव्य बनाइरहेका छन्, कबिर खानलाई नेपालमा कहिले सुटिङ गर्दै गरेको देख्न पाइएला ?

मलाई फेस्टिबलको संवाद सत्रमा पनि भनिसकेको छु । म नयाँ कथाको खोजीमा रहेको छु र नेपालको सेटिङ भएको उत्साहजनक कथा भेटियो भने म नेपालमा सुटिङ गर्न उत्साहित हुनेछु । नेपाल सुटिङका हिसाबले मनमोहक ठाउँ हो र यो प्राकृतिक रुपमा मात्र नभई काठमाडौँको चरित्र, यहाँका मानिसहरुका कारण पनि राम्रो ठाउँ हो । सही कथा र काठमाडौँको कथा भएमा अवश्य नै मेरो छायाङ्कनस्थल काठमाडौँ बन्नेछ।

यहाँ आएपछि कुनै नेपाली सिनेमा हेर्नुभयो कि भएन ?

छैन । म यहाँ आएको दुई दिन मात्र भयो तर मैले हाल चलिरहेको सिनेमाका बारेमा एकदमै राम्रो चर्चा सुनेको छु, नामचाँहि पूरा बिर्से ९पूर्ण बहादुरको सारङ्गी० । कुनै विन्दुमा हेर्छु होला तर यो यात्रामा चाहिँ अलिक सम्भव छैन किनकि महोत्सवमै व्यस्त भएकाले त्यसका लागि समय निकाल्न सक्दिनँ मैले । स्थानीय दर्शकबाट यसरी साथ पाउनु एकदमै राम्रो कुरा हो। यसरी आफ्नाको साथ पाउनु आफैँमा एउटा महान् कुरा हो ।

तपाईंको अर्को वृत्तचित्र सिनेमा कहिले हेर्न पाइएला ?

मलाई कहिले पाइन्छ भनेर साँच्चै थाहा छैन । फिचर फिल्ममै व्यस्त छु त्यसैले कुन विन्दुमा वृत्तचित्र फिल्म बनाउँछु थाहा छेन तर मलाई वृत्तचित्रफिल्म बनाउन मनपर्छ मलाई यसको संरचनाले उत्साहित बनाउँछ । ड्रामा फिक्सनभन्दा वृत्तचित्रको संरचनाले कथा अझ राम्रोसँग भन्न सक्छन् ।

तपाईंका आफ्नै फिल्ममध्येको प्रिय सिनेमाचाहिँ कुन हो ?

मेरो सिनेमाबाट भन्नुभयो रु यो भन्न एकदमै गाह्रो छ किनकि यो कसैलाई तपाईंको प्रिय सन्तान कुन हो भनेर सोध्नुजत्तिकै हो। त्यसकारण मेरो प्रिय सिनेमा यो भनेर कुनै नाम दिन सक्दिनँ । तर कहिलेकाहीँ सिनेमा निर्माणको प्रक्रियाले चाहिँ मनको छेउमा राख्ने काम गर्छ। त्यो सिनेमा बनाउँदाको विधिप्रक्रिया र यात्राले चाहिँ एउटा निर्देशकलाई त्यो कथा सिनेमाका लागि लिँदा एउटा लक्ष्य लिएर काम गरिरहेको हुन्छ र त्यसलाई कसरी कुशलतापूर्वक सिनेमामा परिणत गर्नुभयो भन्ने कुराले एउटा उपलब्धि हासिल गरेँ भन्ने गराउँछ ।

जस्तै ‘८३’ र ‘चन्दु च्यामपियन’ यी दुवै सिनेमा मैले पर्दामा म जसरी ल्याउन चाहन्थेँ, त्यसैगरी ल्याउन सकेँ। त्यसैले यी दुई सिनेमा मेरो धेरै नै निकट छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  २१:०४
##director #kabirkhan
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप सम्वाद
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे मंगलबार, असोज १, २०८१
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे आइतबार, असार १६, २०८१
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली शुक्रबार, असार १४, २०८१
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई शुक्रबार, असार ७, २०८१
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी शनिबार, जेठ १२, २०८१
डमी संसदीय प्रणाली हाबी भइरहेको छ : नागिना यादव
डमी संसदीय प्रणाली हाबी भइरहेको छ : नागिना यादव शनिबार, चैत २४, २०८०
शक्ति र पहुँचका आधारमा बजेट नछुट्याइयाेस् : सांसद शाह
शक्ति र पहुँचका आधारमा बजेट नछुट्याइयाेस् : सांसद शाह शनिबार, चैत ३, २०८०
कृषिलाई प्राथमिकता नदिएसम्म देश नबन्ने सांसद सुवालकाे ठाेकुवा
कृषिलाई प्राथमिकता नदिएसम्म देश नबन्ने सांसद सुवालकाे ठाेकुवा मंगलबार, फागुन १५, २०८०
लाेकप्रिय समाचार
  • नंः १ पवन जोशीलाई मल्टीस्टार अवार्ड ।। रत्न बेहोशीलाई लाइफटाइम ।। दुई वडा सरकारलाई अवार्ड ।। बागमती भाइलाई पिपल्स च्वाइस ।।
  • नंः २ मोतिराज खनालको प्रस्तुतिमा गुञ्जियो सुपा देउराली भजन
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ सिद्धार्थ बैंकको अनलाइन पेमेन्ट गेटवे सेवा अब विश्वभर
  • नंः ५ चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्