Top Navigation
Main Navigation
मंगलबार, असार २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, असार २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
शारदा बजगाईँ
शारदा बजगाईँ मंगलबार, असार २, २०८३

मानिस स्वभावैले एक सामाजिक प्राणी हो। सुख–दुःख बाँड्न र जीवनका पाटाहरूलाई अर्थपूर्ण बनाउन हामीलाई परिवार र साथीभाइको आवश्यकता पर्छ। दैनिक जीवनको दौडधुप, कामको तनाव र एउटै दिनचर्याबाट केही समयका लागि टाढा पुग्नु र प्रकृतिसँग रम्नु नै भ्रमण हो। 

त्यसमा पनि जब भ्रमण परिवार र अनन्य साथीहरूको साथमा हुन्छ, तब त्यसले दिने खुशी र उमङ्गको सीमा हुँदैन। आधुनिकतातर्फ ढल्कँदै गरेको आजको समाजमा परिवारका सदस्यहरू एउटै घरमा बस्दा पनि एकअर्काका लागि पर्याप्त समय निकाल्न धौ–धौ परिरहेको हुन्छ।

घरायसी काम लगायतका आआफ्ना स्वभाव अनुसारका कामना व्यस्त रहन्छन्। कोही मोबाइलको स्क्रिनमा त कोही अफिसको फाइलमा व्यस्त देखिन्छन्। यस्तो अवस्थामा पारिवारिक भ्रमण सम्बन्धलाई पुनर्ताजगी गर्ने एउटा उत्कृष्ट माध्यम बन्छ। साथी सर्कलसँगको भ्रमण एक स्वतन्त्रता र ऊर्जाको उत्सव हो।

यदि पारिवारिक भ्रमणले आत्मिक शान्ति र संस्कार दिन्छ भने, साथीभाइको सर्कलसँगको भ्रमणले जीवनमा असीमित ऊर्जा र उन्मुक्त स्वतन्त्रता थपिदिन्छ। साथीहरूसँगको यात्रा औपचारिक गफगाफ भन्दा धेरै टाढा, बिल्कुलै अनौपचारिक र जीवन्त हुन्छ। यस्ता भ्रमणहरू काल्पनिक संसारभन्दा बाहिर रहेका हुन्छन्। कलेज र कार्यक्षेत्रका साथीहरूसँगको यात्राले बालापनको याद दिलाउँछ । गन्तव्यसम्म पुग्न गरिएका कठिन यात्रा ,बाटोभरि  सँगै बसेर गरिने गफगाफ र एउटा बिस्कुट पनि बाँडेर खानुको आनन्दले बाल्यकालको याद दिलाउँछ।

जोखिम र चुनौतीको सामना एकअर्काको सहयोग लिएर गरिन्छ। साथीहरूसँग हिँड्दा कठिन बाटोहरू पनि सहज लाग्छन्। कठिन उकाली–ओराली गर्दा एकअर्कालाई हात समातेर तान्नु र गन्तव्यमा पुगेपछि संयुक्त रूपमा खुसीयाली मनाउनुले ’टिम वर्क’ र मित्रताको गहिराइलाई झल्काउँछ। सधैंभरिलाई स्मरण रहने गरीका तस्बिरहरू खिच्नु सामाजिक सञ्जालमा विगतका लागि स्मरण स्वरूप राख्नु यात्राको उपलब्धि हो।

यसरी गरिने भ्रमणले पुस्तान्तरणको दूरी मेटिने हुनाले हजुरबुबा–हजुरआमा, आमाबुबा र छोराछोरी सँगै निस्कँदा पुराना र नयाँ पुस्ताबीचको दूरी मेटिन्छ। साथै नयाँ यादहरूको निर्माण हुने हुन्छ सँगै खाना खानु, बाटोमा पुराना कथाहरू सेयर गर्नु र एउटै फ्रेममा मुस्कुराउँदै तस्बिर खिच्नुले कहिल्यै नमेटिने सम्झनाको निर्माण गर्छ। संस्कार र संस्कृतिको सिकाइ हुन्छ। परिवारसँग धार्मिक वा ऐतिहासिक स्थलहरूको भ्रमण गर्दा बालबालिकाले आफ्नो कला, संस्कृति र इतिहासलाई नजिकबाट बुझ्ने मौका पाउँछन्। पारिवारिक भ्रमणले घरभित्र लुकेका साना–तिना मनमुटावहरूलाई पखालेर आपसी विश्वास र आत्मीयताको जगलाई अझ बलियो बनाउँछ।

जीवन एउटा यात्रा हो, र यो यात्रा तब मात्र सुन्दर बन्छ जब तपाईंसँग पाइला मिलाउने पुराना साथीहरू र मार्गनिर्देशन गर्ने परिवार हुन्छन्। यात्राले खुशीको उमङ्ग र मानसिक पुनर्ताजगी गराउँछ। भ्रमण केवल नयाँ ठाउँ हेर्नु मात्र होइन, यो त आफ्नो भित्री मनलाई खुशी पार्ने एउटा थेरापी पनि हो। जब हामी परिवार र साथीहरूसँग नयाँ वातावरणमा पुग्छौं, हाम्रो मस्तिष्कले ’डोपामाइन’ र ’सेरोटोनिन’ जस्ता खुशीका हर्मोनहरू उत्सर्जन गर्छ।

यसले दैनिक जीवनको तनावलाई चटक्कै बिर्साइदिन्छ। हरियाली पहाड, बग्दै गरेको नदी वा हिउँले ढाकेका चुचुराहरूलाई नियाल्दा मनमा एउटा नयाँ उमङ्ग र ऊर्जाको सञ्चार हुन्छ। यात्राबाट फर्किएपछि मानिस आफ्नो काममा झन् बढी उत्साह र रचनात्मकताका साथ लाग्न सक्छ।

भौतिक सुखसुविधाको प्रलोभन मानिसमा धेरै हुने गर्दछ। पैसा र गाडीले क्षणिक आनन्द त दिन सक्छन्। तर वास्तविक र दिगो खुसी प्रियजनहरूको साथमा मात्र सम्भव छ। त्यसैले, कार्यव्यस्तताको बहानालाई थाती राखेर वर्षमा कम्तीमा एक–दुई पटक परिवार र साथीभाइका साथमा भ्रमणको योजना बुन्नु आवश्यक छ। पैसा त भोलि पनि कमाउन सकिएला, तर आफ्ना मान्छेहरूसँग बिताएका ती अमूल्य पलहरू र तिनीहरूको अनुहारमा छाएको त्यो ’खुसीको उमङ्ग’ फेरि फर्केर आउँदैन। जीवनलाई उत्सवमय बनाउन आजै एउटा नयाँ यात्राको सुरुवात गरौँ!

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  ०७:४७
प्रतिक्रिया दिनुहोस्
थप विचार
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शनिबार, जेठ १६, २०८३
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas बिहीबार, जेठ १४, २०८३
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  सोमबार, जेठ ११, २०८३
भोजभतेरको रवाफ र भोको पेटको चित्कार
भोजभतेरको रवाफ र भोको पेटको चित्कार शनिबार, जेठ ९, २०८३
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ सोमबार, जेठ ४, २०८३
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ शुक्रबार, जेठ १, २०८३
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? सोमबार, वैशाख २८, २०८३
नेपालको गौरवमाथि सत्यगत अडान
नेपालको गौरवमाथि सत्यगत अडान आइतबार, वैशाख २७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
  • नंः २ नामी बहस
  • नंः ३ जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै
विचार
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शारदा बजगाईँ
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्