Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • नौमती बाजा र नाँचगानकासाथ स्वास्थ्यचौकी उद्घाटन
नौमती बाजा र नाँचगानकासाथ स्वास्थ्यचौकी उद्घाटन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, मंसिर २३, २०८१
Api Himal

म्याग्दी, बेनी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएपछि स्थानीयले खुसीयाली मनाएका छन् ।

गाउँपालिका र संघीय सरकारको १ करोड ७९ लाख ३९ हजार ३२ लागतमा दुईतल्ले सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको हो । भवन निर्माण भएर सेवा सुचारु भएपछि एक समारोहकाबिच स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ।

उद्घाटन समारोहमा स्थानीयले नौमती बाजा सहित नाँचगान गरेर खुसीयाली मनाएका हुन्। नयाँ भवनबाट सरल र सहज रुपमा स्वास्थ्य उपचार सेवा लिन सुविधा पुगेको छ ।

चिमखोलाको मलाङमा स्थानीयको १० लाख र रघुगङ्गा गाउँपालिकाको १० लाख बजेटमा ५ रोपनी जग्गा खरिद गर्ने र सम्याएर व्यवस्थापन गर्ने काम गरिएको थियो ।

Nepal Oil Corporation

भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले आबश्यक सामाग्रीको बन्दोबस्त गरि नवनिर्मित भवनबाट सेवा सुभारम्म गरिएको बताए ।

अध्यक्ष भण्डारीले भवनमा थप औजार उपकरण र औषधीहरुको उपलब्धता गराएर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको समेत सेवा विस्तार गर्ने तयारी गरिएको जानकारी दिए ।

भवन बनाउन रघुगङ्गा गाउँपालिकाले १ करोड ५ लाख  ४० हजार ४ सय ४२ र संघीय सरकारको विशेष अनुदानबाट ७३ लाख ९८ हजार ५ सय ९० लगानी भएको छ । आर्थिक बर्ष २०७८/७९ देखि निर्माण सुरु भएको स्वास्थ्य चौकीभवन दुई चरणमा ठेक्का लगाएर निर्माण गरिएको हो।

भवनको तला थप गर्न र भवनको सम्पूर्ण निर्माण सम्पन्न गर्न भगवती/मालिका निर्माण कन्ट्रक्सनले ठेक्का लिएको थियो भने स्थानीय निर्माण व्यवसायि प्रदिप पाईजाले कामको जिम्मा लिएर निर्माण सम्पन्न गरेको हो।

उद्घाटन समारोहमा निर्माण कम्पनीका प्रतिनिधि बिजय भट्टचनले स्वास्थ्य चौकी भवनको चाबी गाउँपालिका अध्यक्ष भण्डारीलाई हस्तान्तररण गरेको छ । भवनमा विरामी चेकजाँच, बर्थिङ सेन्टर, औषधी भण्डारण, कर्मचारी आवास लगायतको लागि छुट्टाछुट्टै कोठाको व्यबस्था गरिएको छ।

भवनको सुरक्षाको लागि पर्खाल निर्माण, तारबार, रङरोगन संगै विद्युत्, खानेपानी जडान गरिएको छ। खुला ठाउँ र फराकिलो कोठाहरु रहेकाले विरामीहरुको चेकजाँच गर्न र सेवाग्राहीलाई समेत सहज रुपमा स्वास्थ्य सेवा लिने सुविधा पुगेको स्वास्थ्य चौकीका प्रमुख हिस्टोरी पाईजाले जानकारी दिए ।

नवनिर्मित स्वास्थ्य चौकी भवनमा बर्थिङ सेन्टर संगै गुणस्तरीय स्वास्थ्य सेवा प्रदानको लागि आबश्यक सामाग्री, उपकरण तथा जनशक्तिको व्यवस्थापन गर्ने वडा कार्यालयको तयारी छ।

विभिन्न टोल बस्तीमा छरिएको चिमखोलामा नागरिकलाई सरल र सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि यस अघि चिमखोलाको पात्लेखेतमा सामुदायिक स्वाथ्य इकाई स्थापना गरिसकिएको छ भने नामेला बस्तीमा समेत सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न लागिएको वडा अध्यक्ष थकबहादुर पाइजाले जानकारी दिए ।

रघुगंगा गाउँपालिकामा-१ बेग बाहेकका सबै वडामा स्वास्थ्य चौकी भवन निर्माण भएको छ। भौगोलिक बिकटता रहेको र स्वास्थ्य चौकीमा पुगेर सेवा लिन घण्टौ हिड्नु्पर्ने ठाउँका नागरिका लागि गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  २०:२६
##raghuganga #raghugangamunicipality #healthcenter #myagdi #beni
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप स्वास्थ्य-शिक्षा
याे गर्मिमा नरिवल पानी पिउनुहोस्, चमात्कार फिल् गर्नुहोस्
याे गर्मिमा नरिवल पानी पिउनुहोस्, चमात्कार फिल् गर्नुहोस् बिहीबार, जेठ २३, २०८२
७४ वर्षिया आमाले दिइन् परीक्षा
७४ वर्षिया आमाले दिइन् परीक्षा आइतबार, वैशाख २१, २०८२
चिकित्सकहरुले सबै सेवा थप्प पार्ने चेतावनी
चिकित्सकहरुले सबै सेवा थप्प पार्ने चेतावनी बिहीबार, वैशाख ११, २०८२
शिक्षकले तीन काम गरेर देखाउनुपर्यो सरकारलाई : सञ्चारमन्त्री गुरुङ
शिक्षकले तीन काम गरेर देखाउनुपर्यो सरकारलाई : सञ्चारमन्त्री गुरुङ बिहीबार, वैशाख ११, २०८२
विरामी जाँच्न छाेडेर चिकित्सकहरू आन्दोलनमा
विरामी जाँच्न छाेडेर चिकित्सकहरू आन्दोलनमा मंगलबार, वैशाख ९, २०८२
शिक्षकहरु आन्दोलनमा, सामुदायिक स्कूलमा ताला
शिक्षकहरु आन्दोलनमा, सामुदायिक स्कूलमा ताला आइतबार, वैशाख ७, २०८२
वायु प्रदुषण अत्यन्त्यै हानिकारक छ
वायु प्रदुषण अत्यन्त्यै हानिकारक छ बुधबार, चैत २७, २०८१
अब रोबोर्टको निर्देशनमा सर्जरी ?
अब रोबोर्टको निर्देशनमा सर्जरी ? सोमबार, चैत २५, २०८१
शिक्षक आन्दोलन : विगतका सम्झाैता कार्यान्वयन गर
शिक्षक आन्दोलन : विगतका सम्झाैता कार्यान्वयन गर शुक्रबार, चैत २२, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्