Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • राष्ट्रिय रैथाने खाना महोत्सव सुरू
राष्ट्रिय रैथाने खाना महोत्सव सुरू भरतपुर भ्रमण वर्ष २०२४
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, पुस १२, २०८१

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा पारेर राष्ट्रिय रैथाने खाना महोत्सव आजदेखि मेघौलीमा सुरू भएको छ।

राष्ट्रिय रैथाने खाना महोत्सव आजदेखि मेघौलीमा सुरू भएको  महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेको हो।

रैथाने खानाको महत्त्व बुझाउन यस्ता महोत्सव प्रभावकारी हुने मुख्यमन्त्री लामाले बताउँदै उनले भने, “रैथाने चिजको संरक्षण गर्नुपर्छ। रैथाने खानाको संरक्षण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आउनेछन् ।” उनले भने, “रैथाने खानाको महसुस हुने गरी काम गर्न आवश्यक छ।” यसले नेपालको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने उनले बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षमा लक्ष्यअनुसार पर्यटक आएको बताए। भ्रमण वर्षको अवसरमा बाह्य २ लाख र आन्तरिक १० लाख पर्यटकले भरतपुरका पर्यटकीय क्षेत्रको अवलोकन गरेका उनले बताए।

भरतपुर भ्रमण वर्षले यहाँका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धनमा टेवा पुगेको, आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्विमा महत्वपूर्ण भूमिका पुगेको उनले बताए ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको विकाससँगै जनतालाई प्रत्यक्ष लाभान्वित वनाउने उद्देश्यले भ्रमणा वर्षको आयोजना गरिएको बताए ।

भ्रमण वर्षलाई सफल बनाउन सहयोग गर्न स्थानीय जनतामा यो महोत्सवले थप ऊर्जा मिल्ने उनले बताए। यस महोत्सव स्थानीय खानासँगै ७७ जिल्लाको प्रतिनिधत्व गर्दै ७७ मिटर लम्बाइको नेपालको नक्सा विशेष आकर्षकको रूपमा रहने उनले बताए।

पुस १६ गतेसम्म सञ्चालन हुने महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलहरू रहेको संयोजक मायाराम चौधरीले जानकारी दिए। महोत्सवमा स्थानीय थारू, कुमाल, दराई, मगर, गुरूङ, बोटे, मुसहर समुदायसहितका स्थानीय जातका खाना राखिएका छन्।

स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउन महोत्सव फलदायी हुने चौधरीले बताए । महोत्सवमा एक लाखभन्दा बढी पर्यटक आउने अनुमान गरिएको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्यहरू उत्तम जोशी, ईश्वर सापकोटा, पूर्वप्रदेशसभा सदस्य कृष्ण भूर्तेल, नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, रास्वपाका जिल्ला अध्यक्ष कृष्ण भुसाल, राप्रपाका जिल्ला उपसभापित चेतनाथ वाग्ले, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले पूर्खाहरूले कसरी जीवन बिताएका थिए भन्ने कुरालाई अनुसन्धान गर्नका लागि यस्ता महोत्सव फलदायी हुने बताए ।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  २२:०२
##nationalraithanefoodfestival #meghauli #chitwan #bharatpur #raithanefoodfestival #foodfestival #chitwan
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग बिहीबार, भदौ १८, २०८३
नाडा अटोमोबाइल प्रदर्शनीमा भिडामभीड
नाडा अटोमोबाइल प्रदर्शनीमा भिडामभीड मंगलबार, भदौ ९, २०८३
बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो
बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो बुधबार, साउन २७, २०८३
नाइमा नेपाल मोबिलिटि एक्सपो आकर्षणको हब
नाइमा नेपाल मोबिलिटि एक्सपो आकर्षणको हब बुधबार, साउन २७, २०८३
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे शुक्रबार, साउन २२, २०८३
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् 
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्  बुधबार, साउन २०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
  • नंः ५ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्