Top Navigation
  • Contact
Main Navigation
बिहीबार, साउन १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, साउन १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसको ८ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान 
कांग्रेसको ८ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, साउन १२, २०७८

काठमाडौ । नेपाली कांग्रेसले देशभरका ८ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ। 

कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट ८ लाख ५२ हजार ७११ जनालाई क्रियाशिल सदस्यता प्रदान गरेको हो । 

क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा ४ लाख ४३ हजार ६७८ नयाँ र ४ लाख ९ हजार ३३ ले नवीकरण गरेका हुन् \। जसमध्ये पुरुष ६ लाख ५३ हजार ४३८, महिला १ लाख ९९ हजार ९७ र अन्य १७६ जना रहेका छन्। 

कांग्रेसको क्रियाशील सदस्यमध्ये प्रदेश १ मा १ लाख ७४ हजार ७८२, प्रदेश २ मा १ लाख १२ हजार ९४६, वाग्मती प्रदेशमा १ लाख ८६ हजार १४३, गण्डकी प्रदेशमा १ लाख १८ हजार ६३३ रहेका छन् भने लुम्बिनी प्रदेशमा १ लाख ३० हजार ८८५, कर्णाली प्रदेशमा ५४ हजार ५६६ र सुदूरपश्चिम प्रदेशमा ७४ हजार ७५६ रहेका छन्। 

क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार कांग्रेस क्रियाशील सदस्यमा १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार ४२७, २६ देखि ४० वर्ष उमेर समूहका २ लाख ४९ हजार ७७४, ४१ देखि ६० वर्ष उमेर समूहका ३ लाख २८ हजार २३४, ६१ देखि ७५ वर्ष उमेर समूहका ८३ हजार १० र ७५ वर्षभन्दा बढी उमेर समूहका ११ हजार ७७२ जना रहेका छन्। 

क्रियाशील सदस्यता छानबिन समितिमा ४६ खाले उजूरी तथा गुनासो प्राप्त भएको थियो। नवीकरणतर्फ ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुङ्गो लगाएको समितिले नयाँ क्रियाशील सदस्यता नामावलीलाई आगामी १४औँ महाधिवेशनका लागि स्थगन गरी उक्त महाधिवेशनपछि प्रक्रिया पुर्याएर कायम गर्ने प्रतिवेदनमा उल्लेख छ। 

कांग्रेसले पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा प्रदीप पौडेल, आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेको छानबिन समिति गठन गरेको थियो।

क्रियाशील सदस्यता नामावली टुङ्गिएसँगै अब पार्टीको १४औँ महाधिवेशनको प्रक्रिया समेत शुरु हुने भएको छ। शनिबार पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी एवं  पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता छानबिनको काम नसकिएको भन्दै साउन १२ गते अर्थात् (आजदेखि) शुरु हुने पार्टीको तल्लो तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो। सो बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ का बारेमा भने केही निर्णय गरेको थिएन। 

पार्टीको आज पनि पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक सभापति देउवाको निजी निवासमा बसेको थियो।  बैठकले क्रियाशील सदस्यता छानबिन समितिले दिएको प्रतिवेदन अध्ययन गरी अधिवेशनको नयाँ कार्यतालिका टुंगो लगाउने छ।  

क्रियाशील सदस्यताको सम्पूर्ण काम समयमै सम्पन्न भएको कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज अर्थात् साउन १२ गते  गाउँ/नगर वडा अधिवेशन हुने थियो । तर समयमै क्रियाशील सदस्यता वडास्तरमा नपुगेका कारण पार्टी पदाधिकारी बैठकले यसअघि नै वडा अधिवेशन स्थगित गरिसकेको छ।

कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकेको थियो । केही जिल्ला र क्षेत्रको विवादका कारण उक्त प्रतिवेदन आज १२ दिन ढिला बुझाइएको छ।

कांग्रेसको गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिले बैठकले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो। संशोधित कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन यही साउन १२, गाउँ/नगरपालिका अधिवेशन साउन १६, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ।
 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १५:५७
##NepaliCongress
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ?
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ? बुधबार, साउन १३, २०८३
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता सोमबार, साउन ११, २०८३
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ?
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ? शुक्रबार, साउन ८, २०८३
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म आइतबार, साउन ३, २०८३
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु बुधबार, असार ३१, २०८३
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै सोमबार, असार २९, २०८३
सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि...
सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि... बुधबार, असार २४, २०८३
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय शुक्रबार, असार १९, २०८३
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ? सोमबार, असार १५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ माइतीघरको सामीप्यता : माया,  स्नेह र भरोसा
  • नंः २ आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना
  • नंः ३ मिसेस नेपाल उपविजेता रञ्जना बुढाथोकीको नजरमा
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ असनको गल्लीदेखि अमेरिकासम्म: साहित्य र कला सिर्जनाको अविरल यात्रामा हृदय तुलाधर
विचार
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्