Top Navigation
  • Contact
Main Navigation
मंगलबार, असोज १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असोज १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे शनिबार, पुस १३, २०८१

भौतिकवादीहरू भाग्यवादी चिन्तनलाई स्वीकार्दैनन् किनभने उनीहरूको दृष्टिकोणमा भाग्यवादी सोचलाई यदि हामीले मान्ने हो भने हामीले मेहनत गर्न नै छोड्ने सम्भावना बलियो भएर जान्छ भन्ने रहेको पाइन्छ ।

उनीहरूको यो विचार स्वभाविक जस्तो देखिएता पनि भाग्यले नै मानिसलाई कामको अवसरहरू दिलाउने र मेहनत गर्न प्रेरणा दिने गर्दछ। भन्ने कुरा पनि उनीहरूले बुझ्न सकेको भए ज्योतिषशास्त्रको महत्त्व र औचित्य अझ राम्रोसँग झल्किन्थ्यो।

वास्तवमा भन्ने हो भने हाम्रो जीवन सुनियोजित छ भन्ने कुरा अध्यात्मलाई र हाम्रो शास्त्रहरुलाई पनि अङ्गीकार र चिन्तन गरेर दृष्टिकोण बनाउने हो भने हामीले कुनै न कुनै मोडमा गएर भाग्यवादी चिन्तन प्रति विश्वास गर्नै पर्ने हुन जान्छ।

अझ हिन्दु परिवारमा जन्मेपछि जन्म, विवाह, पेशा र मृत्यु आदि इत्यादि जीवनमा जति पनि घट्ने घटनाहरु छन् ती सबै  सुनियोजित र निर्धारित हुन्छ भन्ने कुरालाई मान्नै पर्ने परिस्थिति हामी सामु आउँछ।

कतिपय मानिसहरु जीवनमा धेरै मेहनत गर्दा गर्दै पनि र आफूसँग प्रतिभा हुँदाहुँदै पनि चाहेको जस्तो सफलता नपाउने अवस्थाबाट गुज्रिरहेका हुन्छन् भने कतिपय मानिसहरु जीवनमा खासै मेहनत नगरिकन पनि र उच्च कोटीको प्रतिभा नहुँदा नहुँदै पनि जीवनमा हुनुपर्ने भन्दा बढी सफल भइरहेका हुन्छन् माथिका यी दुई अवस्थाहरूलाई केलाएर हेर्दा  अस्वभाविक परिणामहरू लाई स्वीकार्नै पर्ने हुन्छ ।

यो दुवै परिस्थितिलाई स्वीकार्दा हामीले भाग्यवादी चिन्तनलाई पनि पूर्णरूपले अस्वीकार गर्न सक्दैनौँ । संसारका प्राय सबै धर्मावलम्बीहरूले चाहेर अथवा नचाहेर पनि एस्ट्रोलोजी अर्थात् ज्योतिषशास्त्रलाई कुनै न कुनै रुपले मानिरहेका हुन्छन् ।

विशेषगरी मानिस जब अप्ठ्यारो परिस्थितिमा हुन्छ त्यतिबेला उसले अदृश्य शक्ति अर्थात् नदेखिने शक्ति को खोजी गर्न थाल्छ। ज्योतिषशास्त्र पनि तिखो नजर भएका दूरदर्शी हरुले मात्र मनन चिन्तन गरेर व्याख्या गर्न सकिने अनि भौतिक जगत झै खासै त्यस्तो कुनै ठोस प्रमाण प्रस्तुत गर्न नसकिने शास्त्र भएकोले यसलाई अध्यात्मसँग जोडेर हेर्नपर्ने हुन्छ ।

ज्योतिषशास्त्रले परिवार समाज देश र संसारैभरि घट्न सक्ने घटनाहरूको सम्भावना अथवा अनुमान मात्र होइन ठोकुवा गरेर भन्ने हैसियत राख्दछ। विश्वमा विगतमा घटेका घटनाहरू घट्नुभन्दा पहिले नै ज्योतिषहरूले भविष्यवाणी गरेका  उदाहरणहरू धेरै पाइन्छन् जुन हेर्दाखेरि आश्चर्यजनक पनि देखिन्छन् ।

नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने ९० सालको भूकम्पलाई लिएर एउटा ज्योतिषले गरेको भविष्यवाणी सत्य साबित भएबाट ज्योतिषशास्त्रको आश्चर्यजनक र चमत्कारिक शक्तिलाई महसुस गर्न सकिन्छ । ज्योतिषशास्त्र यस्तो विज्ञान हो जसलाई नबुझ्नेहरूको अगाडि प्रत्यक्ष रुपले साबित गर्न सकिँदैन तर यो शाश्वत सत्य भएको कुरा विगतमा  ज्योतिषहरूद्वारा जानकारीमा आएर घटेका घटनाहरू ले साबित गरिदिन्छ।

प्राकृतिक र राजनैतिक सङ्कट मात्र होइन मानिसको वैयक्तिक जीवनमा आउने उतारचढाव सफलता असफलता जस्ता कुराहरु लाई गहन रुपले विश्लेषण गर्दा हामीले के बुझ्न सक्छौं भने केही मानिसहरु आफ्नो लक्ष्य प्राप्त गर्ने हैसियत नहुँदा नहुँदै पनि गन्तव्यमा पुगिरहेका हुन्छन् भने कतिपय मानिसहरु आफूसँग क्षमता खुबी सबै चिज भएर पनि आफू द्वारा लक्षित मुकाममा पुग्न सकिरहेका हुँदैनन्। यसको कारण के हो त ? हामीले यो प्रश्नको उत्तर खोज्यौ भने मात्र हामी ज्योतिषशास्त्रभित्र प्रवेश गर्न सक्छौँ ।

दूरदराजमा बसोबास गर्ने मानिसहरू उच्चकोटीको प्रतिभा भएर पनि स्थान नपाएर थन्केर बसेका धेरै भेटिन्छन्। चिकित्सक बन्न सक्ने मस्तिष्क भएका मानिसहरू कुटो कोदालो गरिरहेको र राम्रो प्रशासक बन्न सक्ने मानिसहरू अनि सृजनशील क्षमता भएका मानिसहरु पनि सामान्य जीवन बिताइरहेको हामीले धेरै देख्न सक्छौ तर सुविधामूलक ठाउँमा बसोबास गर्ने मानिसहरु अवसर पाएका कारणले माध्यम खालको अथवा निम्न खालको प्रतिभा भएर पनि उच्च स्थानमा पुगेका हुन्छन् ।

यो पंक्तिकारले यो कुराको उठान गर्नुको मुख्य कारण के हो भने मानिसको जन्मस्थान परिवार जन्ममिति मृत्यु  विवाह आदि इत्यादि सबै कुरा पूर्व निर्धारित हुने भएको कारणले अज्ञानतावश हेर्दा विधाताले कसैमाथि न्याय र कसैमाथि अन्याय गरेको जस्तो हामीलाई लाग्न सक्छ तर वास्तवमा कुरा चाहिँ के हो भने हाम्रो जन्म जन्मान्तरको हिसाबकिताबको निर्क्योल भएर हाम्रो जन्म भएको हुन्छ भन्ने कुरालाई शास्त्रहरूमा उल्लेख गरेको पाइन्छ। यसैलाई आधार मानेर अगाडि बढ्ने हो भने हामीलाई ज्योतिषशास्त्रको सहयोग लिँदा धेरै फाइदा हुन जान्छ।

ज्योतिषशास्त्रले आर्तहरूको कलुसित जीवनलाई कसरी सुसज्जित तुल्याई अगाडि बढाउन सकिन्छ। भन्ने कुराको उपायहरु निकाल्ने भएको कारणले हामीले यसको विधि विधानहरूलाई अपनाएर आफ्नो जीवनलाई सफलतातिर  लम्काउन सक्छौ।

तसर्थ  हामीले भौतिक जगत भन्दा धेरै माथि उठ्न सक्ने क्षमता भएको एस्ट्रोलोजी अर्थात् ज्योतिषशास्त्रको महत्व र हैसियतलाई मनबाट नै महसुस गर्न सक्यौँ भने  विविध कारणले अस्वभाविक ढङ्गबाट बिग्रिएको हाम्रो जीवनलाई सुधार्न धेरै ठूलो मद्दत मिल्नेछ। साथमा मानव सभ्यताको रक्षार्थ संसारमा हुनसक्ने विभिन्न प्राकृतिक दुर्घटनाहरुबाट सावधानीपूर्वक बच्ने र राजनीतिक दुर्घटनाहरूबाट बच्न सचेत हुने अवसर पनि प्राप्त गर्नेछौं। 

नामी साप्ताहिक

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  ११:१२
##astrology
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्