Top Navigation
Main Navigation
शुक्रबार, वैशाख ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, वैशाख ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रतिनिधिसभा : राष्ट्रिय गौरवका आयोजनामा स्थलगत अनुगमनको जोड
प्रतिनिधिसभा : राष्ट्रिय गौरवका आयोजनामा स्थलगत अनुगमनको जोड
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, साउन १३, २०७८

काठमाडौ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सदस्यले समितिले राष्ट्रिय गौरवका आयोजनामा भइरहेको ढिलाइ, बाढीपहिराका कारण भएको क्षति, आवश्यक कानून निर्माण लगायतका विषयमा छलफल र निर्देशन तथा स्थलगत अनुगमन आवश्यक रहेकामा जोड दिएको छ। 

प्रतिनिधिसभा पुनर्स्थापनापछि भएको समितिको पहिलो बैठकमा समितिका सदस्यले विगत एक वर्षमा संसद् विघटन र कोरोनाका कारण विकास निर्माणका कामको अनुगमन तथा मन्त्रालयलाई आवश्यक निर्देशन हुन नसकेको बताएको हो। 

‘युटिलिटी करिडोर’ निर्माण गर्न ढिलाइ गर्न नहुने बताउँदै जनता आवास कार्यक्रम सङ्घीय सरकार आफैँले सञ्चालन गर्नेभन्दा पनि स्थानीय तहलाई हस्तान्तरण गर्दा प्रभावकारी हुने समिति सदस्य आशाकुमारी विकको भनाइ छ। उनले भने, “अहिले जनता आवास कार्यक्रम सङ्घले दिए पनि जसको घर छैन उसले पाइरहेको छैन।”

समितिका सदस्य रामबहादुर बिष्टले अहिले बाढी तथा पहिराका कारण धेरै पुलमा क्षति पुगिरहेकामा कति वर्षाका कारण क्षतिग्रस्त भए र कति कम गुणस्तरका भएकाले क्षति भयो भनेर अध्ययन हुनुपर्ने बताए। लामो समय खर्चेर मेलम्चीको पानी काठमाडौँ ल्याइएकामा अहिले बाढीले गर्दा पुगेको क्षतिका कारण अब कति समयमा पुनः ल्याउन सकिन्छ भन्ने अन्यौल भएको उनले बताए। 

समिति सदस्य कमला रोक्काले विगतमा बजेट प्रधानमन्त्री, अर्थमन्त्री र मन्त्रीहरुको जिल्लामा मात्रै थुपारिने प्रवृत्ति देखिएकाले अबको समयमा दुर्गम जिल्ला तथा हिमाली क्षेत्रमा पनि वितरण हुनु पर्नेमा जोड दिए भने सदस्य इन्दु शर्माले समितिले विगतमा अनुगमन गरेका आयोजनाको अवस्था अहिले के छ भनी बुझ्नुपर्ने आवश्यकता औँल्याएका थिए।  

समितिका सदस्य यज्ञराज सुनुवारले संसद् डेढ वर्षसम्म चल्ने देखिएकाले अबको एक वर्षको कार्ययोजना बनाएर अघि बढ्नु पर्नेमा जोड दिए। उनले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको स्थानीयस्तरमा महत्व भएकाले यसलाई निरन्तता दिनुपर्ने औँल्याए।

समितिका सदस्य बहादुरसिंह लामाले विकास निर्माणका धेरै विषय छलफल गर्न आवश्यक रहेको भए पनि प्राथमिकता छुट्याएर अघि बढ्नु पर्ने बताए।  

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १५:२५
##HouseOfRepresentatives
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’  शुक्रबार, वैशाख ४, २०८३
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु सोमबार, चैत ३०, २०८२
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु मंगलबार, चैत २४, २०८२
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ?
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ? शुक्रबार, चैत २०, २०८२
पहिलाे संसद् बैठक:  प्रतिबद्धता धेरै, विश्वास थाेरै
पहिलाे संसद् बैठक: प्रतिबद्धता धेरै, विश्वास थाेरै शुक्रबार, चैत २०, २०८२
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी बिहीबार, चैत १९, २०८२
सर्बदलीय बैठकमा के के भयो ?
सर्बदलीय बैठकमा के के भयो ? बुधबार, चैत १८, २०८२
जेनजी आन्दोलन र भदौ २४: अधुरो सत्य, अपूरो छानबिन
जेनजी आन्दोलन र भदौ २४: अधुरो सत्य, अपूरो छानबिन बुधबार, चैत १८, २०८२
एमाले सचिवालय बैठकले गर्यो यस्तो निर्णय
एमाले सचिवालय बैठकले गर्यो यस्तो निर्णय मंगलबार, चैत १७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
  • नंः ३ जलवायु परिवर्तनले देखाएको ताण्डव 
  • नंः ४ युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
  • नंः ५ बोल्नै नपर्ने खाजा घर
विचार
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  शारदा बजगाईँ
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्