Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • प्रख्यात गायक प्रताप सुब्बाको “कहिले काहिँ मैले कागजकाे टुक्रामा” सार्वजनिक
प्रख्यात गायक प्रताप सुब्बाको “कहिले काहिँ मैले कागजकाे टुक्रामा” सार्वजनिक
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, वैशाख १५, २०८२

काठमाडौ । नेपाली संगीतमा प्रेम र विछोडले बेजोड मिठासपन भरेको अनप्लग्ड भिडियो “कहिले काहिँ मैले कागजकाे टुक्रामा” सार्वजनिक भएको छ।

गीतसंगीत क्षेत्रमा प्रख्यात गायक प्रताप सुब्बाले आफ्नो नवीनतम सिर्जनालाई नयाँ वर्षको आरम्भसँगै नयाँ उर्जाकासाथ “कहिले काहिँ मैले कागजकाे टुक्रामा” भिडियाेलाई सांगीतिक बजारमा ल्याएको हो।

सार्वजनिक भएको यस गीतले छोटो समयमा नै स्रोतामाझ गहिरो प्रभाव छोड्न सफल भएको छ भने प्रेम, विछोड र समर्पणका भावनाहरु गहिरो रूपमा उजागर गरेकाे पाइन्छ। यस गीतमा प्रताप सुब्बाले सन् १९७८ तिर भूटानको सर्भाङमा विद्यार्थी जीवनकालखण्ड र साथीभाइसँगको प्रेम सम्झिँदै शब्द रचना गरेका हुन्। संगीत, शब्द र स्वर तीनै पक्षमा प्रताप सुब्बाको गीतमा थप आत्मीयता र मौलिकता थपिएको देखिन्छ।

भिडियो निर्देशन विशाल गुरुङले गरेका छन् भने केदार उप्रेतीले सह-निर्देशकको रूपमा साथ दिएका छन्। सिनेम्याटोग्राफी, सम्पादन र रङ संयोजनमा सुरेन्द्रमान सिंहले आफ्नो कलात्मकता प्रस्तुत गरेका छन्। निर्देशक गुरुङ भन्छन्, “हाम्रो इतिहास र पुस्ताको सम्मानमा सधैं कार्य गर्दै नयाँ पुस्तासम्म पुर्‍याउने AB Dream को योजना हो।”

गीतमा भायोलिनवादनले विशेष जीवन्तता थपेको छ। मुस्कान बलम्पाकी, सेलेना गुरुङ, येमा चम्लागाईं, ग्रीष्मा खतीवडा, लाकिएशा तामाङ, प्रिशा गुरुङ, जेनी गुरुङ र दक्षिणा सुनुवारले आफ्नो प्रतिभाबाट गीतलाई अझ सजीव बनाएका छन्।

संगीत संयोजनमा Flamingo Band का सदस्यहरू रत्न गुरुङ, ज्याक लोजा गुरुङ, साइमन छेत्री, सुसान्त राई, लोकेश गुरुङ, दीपक गुरुङ, ग्रीश (तमु) गुरुङ, विमान रेम्जग र धनपति शिवाकोटीले महत्वपूर्ण योगदान दिएका छन् भने ध्वनि सम्पादनको जिम्मेवारी धन राईले सम्हालेका छन्।

त्यस्तैगरी, संगीत संयोजन सञ्चिब बराइलीले गरेका हुन् भने रेकर्डिङ तथा भोकल व्यवस्थापन मनिश मिलन चाम्लिङले सम्हालेका छन्, जसले गीतको भावनात्मक गहिराइ अझै प्रखर बनाएको छ।गीतको छायांकन एभरेस्ट स्पाइस मास्क बार र शाङ्ग्रिला हिबाची सुशी इन्डियन–नेपाली रेस्टुरेन्टमा सम्पन्न गरिएको हो ।

यस परियोजनामा राम गुरुङ, धन लेप्चा, कृष्ण रिजाल, नरेश मैनाली, खडानन्द अधिकारी, मुक्तिराज गुरुङ, जीवन गुरुङ, रोनन सुब्बा लगायत अन्य सहयोगीहरूको महत्त्वपूर्ण योगदान रहेको छ।गायक प्रताप सुब्बाले भनेका छन्, “यो गीत मैले १९७८ तिर विद्यार्थी जीवन र साथीभाइको प्रेम सम्झिँदै लेखेको हुँ।” 

“कहिले काहिँ मैले कागजकाे टुक्रामा” गीतले नेपाली संगीतमा प्रेम, विछोड र समर्पणको गहिरो मिठास भरेको छ। यसले भविष्यमा नेपाली संगीतमा मौलिकता र भावनात्मकता थप्ने सम्भावनालाई अझ बलियो बनाएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ०८:३६
##pratapsubba #singerpratapsubba
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै शनिबार, असोज ३, २०८३
‘ताल’ मा अमृत र करिश्माको बेताल
‘ताल’ मा अमृत र करिश्माको बेताल शनिबार, असोज ३, २०८३
चलचित्र चंगुलको ट्रेलर रिलिज
चलचित्र चंगुलको ट्रेलर रिलिज शुक्रबार, असोज २, २०८३
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता सोमबार, भदौ २९, २०८३
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण
‘चोभार ब्लुज’को थाइल्यान्डमा विश्वव्यापी लोकार्पण सोमबार, भदौ १५, २०८३
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा
‘कति बस्छौं माइतीघर’ र ‘आश्रम’ सार्वजनिक : सम्बन्ध, संवेदना र समाजको कथा एउटै मञ्चमा शनिबार, साउन २३, २०८३
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा शनिबार, साउन २३, २०८३
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ :
निशा अधिकारीको जीवन दर्शन यस्ताे छ : मंगलबार, साउन १९, २०८३
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ४ दम्भ होइन, धैर्य र मधुरता प्रिय
  • नंः ५ चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्