काठमाडौं। संस्कार र संस्कृतिको अनुपम जाति नेपालभाषी नेवार संस्कार र संस्कृतिमा आधारित मूल्य मान्यताका गीत–संगीतले नेपाली संगीतमा नयाँ आयाम थप्ने कार्यमा निरन्तरता दिने कार्य हुदैआएको छ।
यसक्रममा संसारर्स अनलाइन टेलिभिजनवाट विश्वभर एकसाथ सार्वजनिक भएको गायक एलन शाही तथा गायिका समा डंगोलको युगल गायन रहेको विलकुलै नयाँ आयामिक गीत अन्तीया झँगः ब्वयकाः बोलको गीतवाट थप पुट दिने कार्य भएको हो।
यस गीतमा नेवाः संस्कार र संस्कृतिलाई उजागर गर्ने कार्य भएको छ। नेवाः संस्कार र संस्कृतिमा परम्परागत रक्सी राख्ने भाडो अन्तीमाथि हुने गरेको चरालाई प्रतिकात्मक रुपमा प्रस्तुत गरेर युगल मायाजोडीको कौतुहलता र मायाप्रेमलाई प्रस्तुत गर्ने कार्य कोरियोग्राफर प्रदीप श्रेष्ठ र निर्देशक अरुण शाक्यवाट भएको छ।
सोहेल नेम्कुल र रिचा थापाको बुलन्द अभिनय रहेको यस गीतका गीतकार तिर्थमान महर्जन र संगीतकार अनिल तुलाधर हुन्। नेवाः संगीत तिबः पुचको निर्माण प्रस्तुति रहेको छ।
प्रकाशन मिति–२०८२ साल बैशाख २७ गते शनिवार ।
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२ ०८:०६