Top Navigation
Main Navigation
सोमबार, असार १६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार १६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • जनताकाे मन जित्ने गरि विकासका कार्यहरु धमाधम हुँदैछ : नगर प्रमुख बस्नेत
जनताकाे मन जित्ने गरि विकासका कार्यहरु धमाधम हुँदैछ : नगर प्रमुख बस्नेत स्थानीय सरकारको साथमा नामी साप्ताहिक
विदुर कटुवाल
विदुर कटुवाल शनिबार, असार ७, २०८२
Api Himal

कोशी प्रदेशको उदयपुरको सदरमुकाम गाईघाट रहेको त्रियुगा नगरपालिकामा अहिले नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख बसन्त कुमार बस्नेत छन्। २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि निर्वाचित नगर प्रमुख बस्नेतले गरेका कामका बारेमा नामी साप्ताहिकको ‘स्थानीय सरकारको साथमा नामी साप्ताहिक’  लागि वरिष्ठ सम्वाददाता विदुर कटुवालले गरेको सम्पादित कुराकानी प्रस्तुत छ ।

हाल त्रियुगा नगरपालिका के के काम गर्दै छ ?

अहिले त्रियुगा नगरपालिका नगरको शिक्षा क्षेत्रको सुधारमा जुटेको छ । स्थानीय पाठ्यक्रम ल्याएका छौँ । शिक्षकहरुको क्षमता अभिबृद्धि तालिम दिइरहेका छौँ । नगर क्षेत्रका नीजि, सामुदायिक तथा सरकारी विद्यालयमा ‘फ्रि बुक डे’ का कार्यक्रम ल्याएका छौँ । हप्ताको एक दिन विद्यालयहरुमा व्यवहारिक सिप सिकाउने कार्यक्रम लागू गरेका छौँ । विद्यालयका भौतिक संरचनादेखि अन्य क्षेत्रको सुधारमा जोड दिएका छौँ । अन्य विभिन्न काममा पनि जोड दिएका छौँ । चुनावी घोषणा पत्रको आधारमा काम भएका छन् । तर, जति हुनु पर्ने, अहिले नै पूरा गर्न सकेको छैन । तर, कार्यकालको अन्तिमसम्म पूरा गर्ने लक्ष्य लिएको छु ।

चुनावी घोषणा पत्रको आधार लक्ष्य पूरा गर्न नसकिएको अनुभव भएको हो?

Nepal Oil Corporation

चुनावी घोषणा पत्रकै आधारमा कामहरु अघि बढेका छन् । त्रियुगा आर्थिक दृष्टीकोणले सवल नगरपालिका होइन। प्रदेश र संघीय सरकारको समन्वयमा काम गर्नु परेको छ । जति गर्न सक्नु पर्ने थियो, आर्थिक हिसावले त्यति गर्न सकिएको छैन्। तथापि पनि काम त हामी गरिरहेका छौँ। गाईघाट बजार क्षेत्रका सडक कालोपत्रे हुँदैछन् । बजार बाहिरका महत्वपूर्ण सडकहरु पनि कालोपत्रे हुँदै छन्। अन्य विभिन्न प्रकारका काम पनि चुनावी घोषणा पत्रकै आधारमा भएका छन् । गाईघाटबाट रौतामाई जाने सडक कालोपत्रे हुँदैछ । त्रियुगा नगरपालिकाभित्र धेरै खहरे खोलाहरु छन्। खहरे खोलाको क्षति न्यूनिकरण तथा रोक्ने काम पनि धमाधम भएका छन् । पूर्वाधारको काम समस्याहरुकाबीच पनि नयाँरुपमा अघि बढिरहेको छन्।

गाईघाट बजारको टाउन प्लालिङको काम के हुँदैछ ?

नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत विश्व बैंकको सहयोगमा त्रियुगा नगरपालिकाभित्र गाईघाट क्षेत्रमा टाउन प्लालिङको काम भइरहेको छ । जुन समयमै सकिनु पर्ने थियो । त्यो नसकिने अवस्थामा छ । ठेकेदारपक्षले ढिलाई गरिरहेको छ। हामी निरन्तर खवरदारी गरिहेका छौँ। अहिले ढिला भएपनि काम सम्पन्न हुन्छ । टाउन प्लालिङले गाईघाटको मुहारमा एउटा चमक ल्याउने छ।

त्रियुगा नगरपालिकाका विकासको चुनौतीहरु के के हुन् ?

त्रियुगा नगरपालिकाका मुख्य चुनौती भनेको राजश्व हो । राजश्व धेरै कम उठिरहेको छ । यता संघ र प्रदेश सरकारले जति सहयोग गर्नु पर्ने हो। त्यति गर्न सकिरहेको छैन् ।  अर्को भौगोलिक विकटता हो । चुरेदेखि महाभारतसम्मको भूगोल छ । ठूलो क्षेत्र छ। १८ वटा खोलानालाहरु छन्। मुख्य गरी भौगोलिक विकटता र राजश्वको दायरा कम हुनु समस्या छ । अनि संघ र प्रदेश सरकारले भुगोल अनि जनसंख्या हेरेर सहयोग गर्न नसकेको कारणले हामीले सोचेको जति काम गर्न सकिरहेको छैन् । हामीसँग भएका साधन स्रोत अनुसार जनताको काम गरेका छौँ। साधन स्रोत पारदर्शी ढंगले जनतामा राखिदिएका छौँ । यसमा जनताको साथ सहयोग छ ।

देश संघीयतामा गएपछि त्रियुगा नगरपालिकाको दोस्रो नगरप्रमुखको रुपमा तपाईँ हुनुहुन्छ। तर, संघीयताको विरोध गर्दै पालिका प्रमुखहरुलाई किन छोटे राजा भन्दै विरोध गरिरहेका छन् ?

देशमा राजनीतिक जटिलता छ । यो जटिलता पार्टीका केन्द्रीय कमाण्डका नेताहरुबाट आएको देखिन्छ। केन्द्रीय नेतृत्वहरुले पनि अलिकति जनतामा आशा छर्न सक्नु भएको छैन् । समाजमा बिकृति पनि बढेको छ । गलत क्रियाकलाप गर्नेहरुलाई कारवाही नहुने। छुट कर पाउने। दिनानुदिन ठूला ठूला भ्रष्टाचारका कुराहरु बाहिर निक्लने । ठूला भ्रष्टाचारका कुराहरु राजनीतिक सहमतिका आधारमा गुपचुप बनाइदिने। यस्ता क्रियाकलाप देशमा भइरहेको छ । अब त्यो जनताले देखिरहेका छन् । जनताको हातमा डिजिटल फोन छ । सबैतिरको राम्रा हुनु वा नराम्रा हुनु समाचार आउँछन्। अनि त्यही नराम्रा कामका समाचारको आधारमा धारणा बनाउँदा संघीयताको विरोध भएको हो । युरोप अमेरिकामा विकास जुन ढंगले भएको छ। त्यहाँका नागरिकले काम गरेर विकास भएको हो । चिया पसलमा बसेर, फेसबुक चलाएर विकास भएको होइन् । यहाँ काम हुन जरुरी छ।

लोकतन्त्रले धेरै स्वतन्त्रता दिएको हो ?

जति अनुशासनमा रहनु पर्ने हो । त्यही अनुसार अनुशासनमा नरहँदा विरोध भएको जस्तो देखिएको हो। संविधानले यति अधिकार दिएको छ, की जे गर्न पनि गर्दा पनि जे बोलदा पनि हुने खालको संविधान छ । यसमा धेरै देशमा लिखित संविधान छ । अलिखित संविधान छ। वेलायतमा अलिखित संविधान छ। तर, त्यहाँ जनता अनुशासित छन् । अमेरिकामा पनि मान्छे अनुशासित छन् । भारतमै मान्छे अनुशासित छन्। कुनै बेला नेपालभन्दा गरिब देश भारत आज विकासमा ठूलो फड्को मारिसकेको छ । संसारको चौथो शक्तिको रुपमा उदाइसक्यो । कुनैबेला अनिकाल भोगेको चीन अहिले संसारको एउटा शक्तिको रुपमा उदाइसक्यो । त्यहाँका जनताले, त्यहाँका युवाले देशप्रति माया ममता देखाउँदै काममा जोड दिएको कारणले सम्भव भएको हो। हाम्रो देशमा अलि बढी स्वतन्त्रता हुँदा अनुशासनहिनता मौलाएको छ । ठूला नेता पनि अनुशासनहिन कार्यकर्ता च्यापेर हिड्ने। उनीहरुकै संरक्षण गर्ने। त्यो कारणले समाज अनुशासनहिनतिर गइरहेको छ । समाजमा बिकृतिहरु फैलिरहेको छ । अब यो कुराको गहिराहीमा राजनीतिक नेताहरु पुग्न जरुरी छ।

तपाईँको कार्यकालमा त्रियुगा नगरपालिकाको मुहार कस्तो हुन्छ ?

त्रियुगा नगरपालिकामा बजेट धेरै आउँथ्यो । त्यसवेला योजनाबद्ध विकास भएन । अहिले बजेट कम भौगोलिक रुपमा ठूलो छ। त्यसकारण सोचेको जस्तो लक्ष्य हाँसिल हुन सक्दैन । पहिला प्लानिङ (योजना) अनुसार काम गर्नुपर्छ । अहिले त्रियुगा नगरपालिका त्यो बाटोबाट अघि बढेको छ। हामी जनताले सोचे जस्तो काम गर्ने तयारीमा छौँ । अहिले हामी त्रियुगा विकास बोर्ड भन्ने एउटा ऐन ल्याएका छौँ । त्यसबाट हामी नगरपालिकाको समग्र गुरुयोजना बनाउँदै छौँ । पूर्वाधारका विषयमा, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, युवा, सामाजिक, आर्थिकका विषयमा गुरुयोजना बनाउँदै छौँ। यस विषयमा काम अघि बढेको छ । अब हामी १५ वर्षमा जुन लक्ष्य हाँसिल गर्छाैँ । हामीसँग कहाँ एयरपोर्ट हुन्छ । मेडिकल कलेज हुन्छ। पर्यटनको विकासमा हामी कहाँ पुग्छौँ । यी सबै लक्ष्यलाई गुरुयोजनामा समेटछौँ । यसमा जनताको भावनम समेटिएको हुन्छ । हामी अब गुरुयोजना अनुसार त्रियुगाको विकास अघि बढाउँछौँ । संघ र प्रदेश सरकारसमक्ष पनि गुरुयोजना अनुसार बजेट माग गर्छौँ । त्यही गुरुयोजना दिन्छौँ। राजनीतिक दलहरुलाई पनि त्यसमा सहभागी गराउँछौँ । हामी त्रियुगाको मुहार फेर्न सर्वमान्य, सर्वस्विकार्य गुरुयोजना वा विकासको दस्तावेज बनाउँछौँ। त्यही गुरुयोजनाले त्रियुगा नगरपालिकाको मुहारमा परिर्वन ल्याउँछ । अहिले पनि धेरै कुरामा परिवर्तन छ । नगरको बजारी क्षेत्र उज्यालो बनाएका छौँ । सडक बत्तिहरु आधुनिक जडान गरिएको छ । जडान गर्नेक्रम जारी छ । सार्वजनिक जग्गाको संरक्षण गर्नेका, खेलमैदानहरु व्यवस्थित बनाउने काम भइरहेको छ। मजदुरहरुलाई दुर्घटना विमा गर्ने कार्यक्रम ल्याउँदैछौँ । शैक्षिक छात्रबृत्ति कोष निर्माण गर्दैछौँ । जसमा अति विपन्न, गरिव, दलित, सिमान्तकृत समुदायलाई शैक्षिक क्षेत्रमा जोडदैछौँ। जिल्ला अस्पतालमा विभिन्न सहयोग गरेर भएपनि गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएका छौँ । सदा समुदायका चार जनालाई पढाएर हामीले रोजगारी दिएका छौँ । हाम्रो कार्यकालमा त्रियुगा नगरपालिकाको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा परिवर्तन आउने छ। तर, नगरपालिकावासीको आकांक्षा धेरै ठूलो छ । तर, गर्नसक्ने जति बाँकी राख्ने छैन । त्रियुगाको मुहारमा नयाँ रुप ल्याउँने छु ।

त्रियुगा नगरपालिका हिजोको तुलनामा आज राम्रो हुँदै गएको हो ?

हो । हिजो पञ्चायतकालमा नभएका कुराहरु आज हुँदैछन् । २०७९ सालदेखि २०८२ सालसम्म धेरै काम हुनेछन्। अहिले पनि गएर हेर्दा हुन्छ। कहाँ के के बन्दैछन् भनेर । त्यो प्रष्ट रुपमा देखिन्छ । नगरबासीलाई अनुभुति दिलाउने गरी हामीले काम गरिरहेका छौँ। अपुरो हुने योजनाहरुको काम नगर्ने रणनीति लिएका छौँ । जुन काम पूरा हुँदा नगरबासीको मुहारमा उज्यालो आउँछ । त्यही काम गरिरहेका छौँ। त्रियुगाको विकासको लागि सरकारी क्षेत्रमा मात्र होइन, नीजि क्षेत्र पनि जुटेको छ । आँखै अगाडि त्रियुगा बसपार्क आधुनिक बन्दैछ । बरुवा बसपार्क पनि आधुनिक बनाउने लक्ष्यमा छौँ। यी दुई बसपार्क गाईघाट सहरको पहिचान हो । प्रष्ट रुपमा नै हिजोको तुलनामा आज धेरै काम भइरहेका छन्। हाम्रो कार्यकालमा धेरै हुनेछन्।

भनेपछि चुनावी घोषणा पत्रको आधारमा काम भइरहेको छ ?

मेरो चुनावी घोषणा पत्रको आधारमा मात्र होइन । अन्य त्यसवेलाका सबै त्रियुगा नगरपालिकाका नगरप्रमुख, उपप्रमुख लगायत सबैको चुनावी घोषणा पत्रको आधारमा काम भइरहेका छन् । चुनावी घोषणा पत्र जनताका समस्याका पत्र हुन् । जनताकै समस्याको समाधानमा जुटेका छौँ। त्यही अनुसार कामहरु भइरहेका छन् । जनतामा निराशा आउनु भएन । जनताले पाउने सेवासुविधाबाट जनता बञ्चित हुनु भएन। जनताले हाम्रो अविभावक नगरपालिका हो भन्ने अपनत्व अनुभव गर्ने गरी काम भएका छन् ।

अन्त्यमा
त्रियुगालाई मजबुत् बनाउन साधन स्रोतले भरिपूर्ण बनाउनु पर्छ । त्यसको लागि प्रदेश र संघीय सरकारले पूर्णरुपमा सहयोग गर्नुपर्छ। जनता सबै काम स्थानीय सरकारमार्फत हुँदैछ । यो माथिल्ला सरकारले बुझेका छन् । हामी अहिले भोलिको त्रियुगा नगरपालिका कस्तो बनाउने भनेर लागि परेका छौँ। मैले अघि नै भने बिस्तृत रुपमा गुरुयोजना बनाउँदैछौँ । त्यसभित्र भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पर्यटन, आर्थिक, सामाजिक, खेलकुद सबै कुरा राखेका छौँ । जसमा कृषिमा आत्मनिर्भर, स्वास्थ्य सेवामा सहज पहुँच, शिक्षामा गुणस्तरीय बनाउँदैछौँ। विभिन्न प्रकारका व्यवसायिक तालिम दिइरहेका छौँ । इलाममा जसरी चियाले चिनिन्छ । अहिले हामी त्रियुगाका पहाडी क्षेत्रमा कफिले चिनाउने गरी अघि बढेका छौँ। बजारक्षेत्र सुन्दरीकरण गर्न विभिन्न काम गरिरहेका छौँ । वडा कार्यालयहरुलाई जनसंख्याको आधारमा सवल प्रविधिमैत्री बनाउने काममा छौँ।

याे पनि : नामी साप्ताहिक

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  ०८:२५
##triyugamunicipality #basantakumarbasnet #mayor #gaighat #udayapur
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप सम्वाद
यस्तो छ यसवर्षको मनसुनीे वर्षाको प्रक्षेपण
यस्तो छ यसवर्षको मनसुनीे वर्षाको प्रक्षेपण शनिबार, असार ७, २०८२
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल सोमबार, जेठ १३, २०८२
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान सोमबार, मंसिर १०, २०८१
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे मंगलबार, असोज १, २०८१
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे आइतबार, असार १६, २०८१
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली शुक्रबार, असार १४, २०८१
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई शुक्रबार, असार ७, २०८१
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी शनिबार, जेठ १२, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पौडेल
  • नंः ४ खाडी मुलुकका उडान रद्द भएपछि विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्