Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • आफ्नो मान्छे छिराउने प्रवृत्तिले आमसर्वसाधारण खोप पाउनबाट वञ्चित
आफ्नो मान्छे छिराउने प्रवृत्तिले आमसर्वसाधारण खोप पाउनबाट वञ्चित
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, साउन १९, २०७८

-अनुषा थापा

सरकारले निषेधाज्ञा खुकुलो गरेपनि अझै कति क्षेत्र खुला हुन बाँकी छ । त्यसमध्ये एउटा बन्देज गरिएको क्षेत्र मठमन्दिर पनि हो। सरकारले मठमन्दिर खुला गर्ने अनुमति अहिले पनि दिएको छैन् । तर अहिले पनि विभिन्न मन्दिरमा घुइँचो लागेको छ। 

साउनको व्रत, र विभिन्न पुजाआजाको नाममा पशुपतिनाथमा घुइँचो लाग्न थालेको छ। जसको कारणले कोरोनाले निकै भयानक रुप लिने देखिन्छ। सरकार निषेधाज्ञा जारी छ भन्ने तर निषेधाज्ञा कही पनि लागू भएको देखिदैन्।
सरकार अनुगमन नगर्ने जनता सरकारको निर्णयलाई धोती लगाइदिने । हाल कुनै पनि क्षेत्रमा सरकारले कोरोना नियन्त्रण गरेको निश्चित गरेको मापदण्ड पूरा भएको छैन् । अनुगमन फितलो भएकाले पनि कोरोनाको मृत्युदर र संक्रमितको संख्या दिन प्रतिदिन बढेको छ। 

कोरोनाको संक्रमित बढ्नुको कारण खोप लाउने कार्यक्रम व्यवस्थित रुपमा सञ्चालन गर्न नसक्नु पनि हो। खोप पनि हाम्रो देशमा बनेको होइन्। अन्य राष्ट्रले नेपाल सरकारलाई सहयोग स्वरुप दिएको हो। तर राजनितिक दलको विधार्थी संगठन र सरकारी कर्मचारीहरुले खोप लुकाइरहेका छन्। आफ्ना कार्यकर्ता र आफन्तहरुलाई खोप लगाउनका लागि कोरोनाको खोपहरु लुकाइरहेका छन्।

कोरोना लागेकाहरुलाई चाहि खोप छैन् नलागेकाको चाहि खोप लाउने होड्बाजी। अस्पताल, वडा र महानगरपालिकामा खोप लाउनेको भीड त्यत्तिकै छ। अस्पतालहरुले पनि व्यवस्थित रुपमा खोप प्रदान गर्न सकेका छैन्। कति सरकारी कर्मचारीहरुले त घर लगेर खोप लगाएको कुरा पनि सुन्नमा आएको छ।

सरकारबाट सर्वसाधारणको लागि भनेर आएको खोप लुकाएर बिक्रि वितरण पनि भइरहेको पाइएको छ। हामी आर्थिक स्थितिले कमजोर भएको सर्वसाधारणहरु राति दुई बजेदेखि खोप लगाउन पाइन्छ कि भनेर लाइनमा बसेका छाैं। तर सरकारी कर्मचारीहरुको आफ्नो मान्छे छिराउने प्रवृत्तिले पनि आमसर्वसाधारण खोप पाउनबाट वञ्चित भएका छन्।

राति दुई बजेदेखि खोप पाइन्छ कि भनेर लाइनमा बसेको हुन्छौँ । अन्त्यमा गएर खोप सिद्यियो भन्दा हामी सिधासाधा जनताको कति चित्त दुख्छ होला? न भोक न प्यास भएर लाइनमा बस्दा हाम्रो खुट्टा कति दुख्छ होला। निजी क्लिनिकहरुले खोप लुकाएर ५।१० हजारमा खोप बिक्रि गरेको पनि सुन्नमा आएको छ। 

अस्पतालहरुले पनि खोप व्यवस्थित ढङ्गले प्रदान गर्न सकेको छैन् । अस्पताल नै यत्ति अस्तव्यस्त छ कि तीबाट कोरोना फैलिने अवस्था देखिन्छ। लाइनमा बसेको मान्छेको मुखमा मास्क छैन् । उनीहरुले सामाजिक दुरी पालना पनि गरेका छैनन्। त्यही भएर पनि कोरोना दिनप्रतिदिन बढ्दै गएको छ। 

अझै अहिले त खोपको कारणले गर्दा पनि कति जनाको मृत्यु भएको सुन्नमा आएको छ। कति दुई जीउ भएका महिलाहरुको गर्भ तुहिएको छ। खोप लगाएकाहरु प्नि कोरोना संक्रमण देखिएको पनि छ। यस खोपले हाम्रो स्वास्थ्यमा नकारात्मक प्रभाव ल्याउँछ कि ल्याउदैन् भन्ने कुरा कसैलाई पनि थाहा छैन । यसको स्पष्टीकरण स्वास्थ्य मन्त्रालयले पनि दिएको छैन्। 

यदि खोपले प्रभावकारी रुपमा काम गर्न नसक्ने हो भने खोप लाउने नाममा जनतालाई दुःख दिने काम सरकारले नगरोस् । सरकारले कोरोना नियन्त्रण गर्ने नाममा कोरोना फैलाउने काम गरिरहेको छ। 

हामी नेपालीको एउटा एकदमै नराम्रो बानी सबैलाई थाहा नै छ । हामी नेपालीहरु सित्तैमा पायौँ भने अलकत्रा पनि खान तयार हुन्छौँ। सरकारले यहि खोपको ५ हजार भन्ने हो भने खोप लाउन कोही पनि जादैन थियो होला। अहिले तपाईहरुले देख्नु नै भएको होला खोप लाउने ठाउँमा चिल्लो कार चढेर आउने पनि त्यत्तिकै छन्। धाक चाहि मेरो घर छ। मेरो छोराछोरी बाहिर छन्। मेरो पेन्सन आउँछ। 

त्यस्ता मान्छेहरुले त अलि पछि खोप लगाएपनि भइहाल्थ्यो । जसको काम घरमा खुट्टा पसारेर अरुलाई काम लगाएर खाने हुन्छ। उसलाई चाहि सबैभन्दा पहिले खोप चाहिने। यिनीहरु सम्पतिवाल मान्छेहरु यति लोभी हुन्छन् कि पैसा तिर्नु परेपछि दाँतबाट पसिना नै छुट्छ। 

यी धनी मान्छेहरुलाई सम्पति नसिध्याइकन मर्छु कि भन्ने ठूलो डर हुन्छ। अर्को त सित्तैमा पाएको हामीले पनि पक्कै लाउनै पर्यो नि भन्ने सोच उनीहरुमा हुन्छ। फेरि सित्तैमा पाएको चीज । सरकार यसरी हुलमुल गराएर खोप लाउनुभन्दा बर खोप नदिनु नै बेस होला। कमसेकम कोरोना त फैलिँदैन । खोप पहिले कस्तो मान्छेलाई प्रदान गर्ने। सरकारको प्राथमिकतामा जसको आर्थिक कमजोर छ। जसले कोरोना लाग्यो भने उपचार गर्न सक्दैन्। त्यस्तो व्यक्तिहरु पर्नुपर्छ।
जोसंग सम्पति छ। जसले उपचार गर्ने क्षमता राख्छ।

जोसंग धितो र जाय जेथा छ। उसले त पछि खोप लगाएपनि हुदैन र? अस्पतालले कोरोनाको खोप नलगाएकाहरुलाई उपचार नै गर्दैन्। सरकार सबै जनतालाई कोरोनाको खोप दिन पनि नसक्ने। अनि कोरोनाको खोप नपाएकाहरुले चाहि उपचार पनि नपाउनु। यो त सरकारले हामी सर्वसाधारणहरुलाई गरेको अत्याचार होइन?  

हाम्रो देशको हालको जनसंख्या ३ करोड छ। ती ३ करोड जनतामध्ये जम्मा १८ लाख जनताले कोरोनाको खोप पाएका छन्। अनि बाँकी दुई करोड असी लाखले चाहि उपचार लै नपाउनु। यो त अस्पताल र सरकारले हामी नेपाली जनतामाथि दुर्व्यवहार होइन र? 
 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १५:४५
##AnushaThapa
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्