Top Navigation
Main Navigation
मंगलबार, मंसिर २४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, मंसिर २४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रधानमन्त्रीलाई विदाई
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रधानमन्त्रीलाई विदाई
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, साउन १९, २०८२

काठमाडौँ । तुर्कमेनिस्तानमा आयाेजना हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ प्रस्थान गरेको छ। 

भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडीसी)को सम्मेलनमा भाग लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रधानमन्त्री ओलीलाई विदाइ गरेको हो।

kp-oli--2-1754273652.jpg

तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन त्यसतर्फ गएका हुन्।

यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगष्ट) तुर्कमेनिस्तानको ‘अवाजा’ सहरमा उक्त सम्मेलनको आयोजना हुँदैछ। आयोजित सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

kp-oli-1-1754273652.jpg

सम्मेलनका क्रममा एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। नेपाल हाल एलएलडीसी समूहको अध्यक्षसमेत रहेको छ।

एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्ठित विकासशील देशहरूले भाग लिने सो सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव, भूपरिवेष्ठित मुलुकहरूले भोग्नुपरेका समस्या र विश्व बजारबाट लिनसक्ने लाभलगायतका विषयमा छलफल हुनेछ।

ती मुलुकहरुको अन्तरराष्ट्रिय व्यापार अन्य देशहरू हुँदै पारवहनमा निर्भर रहनुपरेको यथार्थलाई दृष्टिगत गरी अतिरिक्त सीमा पार गर्ने ठाउँहरू र प्रमुख बजारबाट लामो दूरी, बोझिलो पारवहन प्रक्रिया र अपर्याप्त पूर्वाधारसँगै यातायात र अन्य लेनदेनसहित कूल लागतमा उल्लेखनीय वृद्धि हुने भएकाले भूपरिवेष्ठित विकासशील देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन सम्मेलन केन्द्रित रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  ०८:०१
##kpoli #kpsharmaoli #pmoli #pmkpsharmaoli
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका
महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका बुधबार, मंसिर १८, २०८२
केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी महत्वपूर्ण निर्णयहरु
केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी महत्वपूर्ण निर्णयहरु सोमबार, मंसिर १६, २०८२
एमाले ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्बजनिक
एमाले ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्बजनिक आइतबार, मंसिर १५, २०८२
अध्यक्ष यादवले दिए जनकपुरमा कार्यकर्तालाई प्रशिक्षण
अध्यक्ष यादवले दिए जनकपुरमा कार्यकर्तालाई प्रशिक्षण शनिबार, मंसिर १४, २०८२
नेकपा संयोजक 'प्रचण्ड'ले भने, "उमेरको हिसाबले उत्तरार्धमा छिरिसके पनि कुनै जेनजीभन्दा कम छैनौं"
नेकपा संयोजक 'प्रचण्ड'ले भने, "उमेरको हिसाबले उत्तरार्धमा छिरिसके पनि कुनै जेनजीभन्दा कम छैनौं" बिहीबार, मंसिर १२, २०८२
कांग्रेस नेता गुरुराज घिमिरेले भने, "जीवनभर सत्ताको चास्नीमा डुब्ने ?"
कांग्रेस नेता गुरुराज घिमिरेले भने, "जीवनभर सत्ताको चास्नीमा डुब्ने ?" बुधबार, मंसिर ११, २०८२
जसपा नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
जसपा नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने मंगलबार, मंसिर १०, २०८२
मन्त्रीपरिषद् बैठकको निर्णयहरु
मन्त्रीपरिषद् बैठकको निर्णयहरु सोमबार, मंसिर ९, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले के के निर्णय गर्यो ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले के के निर्णय गर्यो ? शनिबार, मंसिर ७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ लुकेका लोकप्रिय कथाहरू लोकार्पित
  • नंः २ १३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
  • नंः ३ महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका
  • नंः ४ आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
  • नंः ५ बैंकर नारायणदास मानन्धरको निधन
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्