काठमाडौं । आज नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच निर्णायक छलफल हुनेछ।
जेनजी प्रतिनिधिहरुले नयाँ अन्तरिम सरकार नेतृत्वका लागि नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकताको रुपदिने बताएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग बिहानदेखिनै छलफल जारी रहने र सो छलफलबाट आज नयाँ सरकार नेतृत्वको निकास निकाल्ने नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बताए ।
बुधबार रातीसम्म नेपाली सेनाका प्रधानसेनापति सिग्देलले सबै पक्षको कुरा सुन्ने उद्देश्यले जेनजी युवाका प्रतिनिधिहरु, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, दुर्गा प्रसाईं लगायतसँग छलफल गरिसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२ ०८:४८