काठमाडौं । अहिले अन्तरिम सरकार गठनबारे बिहानदेखि पुनस् छलफल जारी रहेको छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने विषयमा विहानदेखि छलफलमा जुटेको हो।
अन्तरिम सरकार गठन सम्बन्धमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर छलफल भएको थियो ।
हिजो विहिबार भएको छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्नेमा विषयमा सहमति नजुटेपछि निष्कर्षमा पुग्न नसकेको हो। त्यसैको परिणामस्वरुप अहिले बिहान ९ बजेबाट पुनस् छलफल सुरु हुन लागेको हो ।
अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद अध्यक्षमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गर्ने विषयमा भने सहमति जुटिसकेको स्रोत बताउँछ ।
भ्रष्टाचारविरोधी प्रदर्शन गरेका जेनजी प्रतिनिधिसँग नेपाली सेनाले जंगीअड्डामा छलफल चलेपश्चात उनीहरूले बुधबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेका थिए ।
दुई दिनसम्म चलेको प्रदर्शनमा मृत्यु हुनेको संख्या ३४ पुगिसकेको छ । मृतकमध्ये नेपाली प्रहरीका समेत छन्।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२ ०८:५१